Washington DC, US : February 10, 2026, Tuesday 07:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|घर परिवार : सामाजिक सन्देश मुलक गीत|रूसको सैन्य शक्ति गम्भीर रूपमा क्षतिग्रस्त, सैन्य संयन्त्र पुनर्निर्माण गर्दै|नेपालमा भ्रष्टाचार कायमै रहेको अन्तर्राष्ट्रिय सर्वेक्षण प्रतिबेदन|लाज शरम पनि मरेको हो ?!|Breaking News: तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२, ९ जनाको सनाखत, ३ जनाको परिचय खुल्न बाँकी|जाँचबुझ आयोगको म्याद थपप्रति सत्य र न्यायको खोजी अभियानको आपत्ति|Breaking News : साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि गएका ७ सय ४८ जना नेपाली विभिन्न मुद्दामा जेलमा|नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन सम्पन्न|जाँचबुझ आयोगको कार्यकाल २५ दिन बढाउने निर्णय, ओलीले काठमाडौंमा जनविश्वास गुमेपछि बालेन्द्र झापातिर आएको टिप्पणी|कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केपी शर्मा ओली र बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको बताए

नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन सम्पन्न - बिष्णु घिमिरे, साउदी अरब

  NepalMother.com | २८ माघ २०८२, मंगलवार ०७:३५

साउदी अरेबियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भ्रातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन छ बुँदे घोषणासहित सम्पन्न भएको छ। अधिवेशनले प्रवासी नेपालीका हक–अधिकार, श्रमिक संरक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको आयोजकले बताए।

शुक्रबार साउदीको राजधानी रियादमा आयोजित अधिवेशन घण्टी बजाएर सुरु गरिएको थियो। अधिवेशनले प्रेम आचार्यको अध्यक्षतामा भूपाल भण्डारीलाई सन् २०२६–२०२८ कार्यकालका लागि सर्वसम्मत सभापतिमा चयन गरेको आयोजकले जानकारी दिए।

नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा पद्मबहादुर थापा क्षेत्री, सचिवमा नरबहादुर खतिवडा, सहसचिवमा नेत्र न्यौपाने र कोषाध्यक्षमा नारायणप्रसाद भुसाल चयन भएका छन्। सदस्यहरूमा रविन अधिकारी, युवराज पाठक, अकल प्रधान (जुवेल), मिनबहादुर सुनार, राजेश परियार, सुभेष शर्मा पण्डित, लक्ष्मण पुरी, तीर्थ गौतम, मनोज लामिछाने थापा मगर र वितेन्द्र चौधरी चयन भएको आयोजकले बताए। यसरी १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो।

अधिवेशनले कानुनी सहायता तथा श्रमिक अधिकार संरक्षण, सूचना प्रवाह र डिजिटल प्लेटफर्म विस्तार, सामाजिक सुरक्षा र आपतकालीन सहयोग, मानसिक स्वास्थ्य र सामाजिक एकता, सीप विकास तथा पुनःस्थापनाको योजना र संगठन सुदृढीकरण तथा पारदर्शितामा केन्द्रित भएर काम गर्ने निर्णय गरेको छ।

आयोजकका अनुसार “नारामा मात्र होइन, व्यवहारमा परिवर्तन” भन्ने मूल भावनासहित संगठनको उद्देश्य साउदी अरेबियामा रहेका नेपालीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी का विचार र अभियानसँग जोड्नु, प्रवासी नेपालीका समस्या र अधिकारका विषयमा आवाज उठाउनु, सुशासन र पारदर्शिताको प्रवर्द्धन गर्नु तथा आपतकालीन अवस्थामा समन्वय र सहयोग गर्नु रहेको छ। साथै प्रवासी अनुभवलाई नेपालको विकासमा योगदान गराउने लक्ष्य पनि राखिएको बताइयो।

कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेती, फिजा  साउदी अरेबिया अध्यक्ष विष्णु घिमिरे, पत्रकारहरू, भर्चुअल माध्यमबाट केन्द्रीय तहका नेताहरू तथा पार्टीप्रति आस्था राख्ने नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए। हालसम्म संगठनमा चार हजारभन्दा बढी क्रियाशील सदस्य रहेको पनि जानकारी दिइयो।

अधिवेशनमा सहभागी वक्ताहरूले दोस्रो अधिवेशनसम्म योगदान पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्दै पार्टीको विधि–विधान पालना गर्दै श्रमिक नेपालीहरूको पक्षमा निडर, स्पष्ट र प्रभावकारी रूपमा उभिनुपर्ने बताए। उनीहरूले नयाँ कार्यसमितिले जिम्मेवार, सक्रिय र उपलब्धिमूलक भूमिका खेल्ने अपेक्षा गरिएको पनि बताए।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।