Washington DC, US : March 11, 2026, Wednesday 02:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए

दरबार बाहिरकी महारानीभित्र घोत्लिँदा - कृष्णराज खनाल

  NepalMother.com | १३ आश्विन २०८२, सोमबार ०८:०२

दरबार भन्नासाथ हाम्रो मानसपटलमा एउटा दृश्य आउँछ राजा वा रानी । दरबार बाहिरकी महारानी भनेपछि को हो त्यो महारानी ? कस्की महारानी ? भन्ने खालका थुप्रै प्रश्नहरु एकपछि अर्को गरी आउँछन् । त्यसको उत्तर खोज्नुभएको छ नगेन्द्र न्यौपानेले दरबारबाहिरकी महारानी नामक उपन्यासमार्फत ।
कविता, कथा, नियात्रा र उपन्यास गरी झण्डै एक दर्जन कृतिका कृतिकार नगेन्द्र न्यौपाने अहिले नर्थ क्यारोलिनामा बस्नुहुन्छ र यद्यापि आफ्नो कलमलाई तिखारिरहुभएको छ ।
२०४६ सालको प्रजातन्त्र पुनर्वहाली भएको एक दुइ वर्ष अघिमात्र यो उपन्यासको मोटामोटी पाण्डुलिपि तयार भएको हो तर अनुकुल समय पर्खँदा पर्खँदै पुस्तकाकारका रुपमा आउन भने यसले अझ दुई दशकभन्दा बढी समय व्यतीत गरेको कुरा स्वयं लेखकले गर्नुभएको छ । यसरी हेर्दा तुइन लागेको उपन्यासले सग्लो आकृति लिएर हामीबीच आएको छ भन्दा अत्युक्ति हुँदैन ।
दरबारबाहिरकी महारानी ऐतिहासिक उपन्यास हो । तर यसको सत्यतथ्यका बारेमा उपन्यासकारले पनि पूर्णरुपले निरुपण गर्नुभएको छैन । तथापि इतिहासको गर्तमा बिलाउन लागेको राजपरिवारभित्रकै ऐतिहासिक पात्रलाई उजागर गरेर उपन्यासकारले न्याय गर्नुभएको छ भन्ने लाग्दछ । विहंगम रुपमा इतिहासमा चर्चा नभएको, नदेखेको वा नकोट्याएको पात्रलाई नायिकाका रुपमा उभ्याएर उपन्यासकारले यो उपन्यास लेख्नुभएको छ ।
यो उपन्यासका पात्रहरु जीवन्त छन् । यसको उद्गस्थल चाहिँ राजधानी काठमाडौँको ठमेल नजिकैको सातघुम्ती हो । र, यसले मुख्यतः चर्चेको स्थान भने नारायणहिटी दरबार हो । सातघुम्तीमा हामीले पनि धेरै समय गुजारेका थियौँ । त्यसैले पनि होला, त्यो घर कुन थियो ? मनमा अहिले पनि जिज्ञासा आइरहन्छ । उपन्यासकार न्यौपानेले दरबारकी सुसारे बनेर भित्रिएकी एउटी गुरुंगकी छोरी गीता नै दरबारबाहिरकी महारानी अर्थात् उपन्यासकी नायिकाका रुपमा चित्रण गर्नुभएको छ । उपन्यासकारले उनकै चरित्र र सेरोफेरोमा उपन्यासलाई घुमाएका छन् । न्यौपानेले उपन्यासमा सबै पात्रलाई न्याय गरेका छन् । चाहे महेन्द्र हुन् वा गीता, वा रविन्द्र, वा वीरेन्द्र । त्यहाँभित्रको घात, अन्तर्घात र षडयन्त्रमा दरबारभित्रका र दरबारका अन्तरंगी थुप्रै पात्रहरु जोडिएका छन् । गीता र महेन्द्र पुत्र रविन्द्रको भूमिका पनि स्वागतयोग्य बनाएका छन् लेखकले । तोपकुमारीदेखि एककुमारीसम्म उजेलीदेखि राममायासम्म, वैद्यनाथ, लोकनाथ आदि पात्रले आआफ्नो भूमिका यथोचित रुपमा निर्वाह गरेका छन् । राजा त्रिभुवन मात्र होइन, रत्न र इन्द्रराज्यलक्ष्मीको भूमिका पनि उत्तिकै सशक्त छ जसले यो उपन्यासको गरिमा बढाउन र यसलाई अगाडि बढाउन ठूलो मद्धत गरेका छन् । त्यसैले पनि उपन्यास सन्तुलित लाग्छ ।
राजा महेन्द्र युवराज हुँदाकै बखत १७।१८ वर्षको तन्नेरी वय छँदै सानै उमेरमा दरबारमा सुसारेकी रुपमा भित्रिएकी गीतासँग भएको अनुचित यौन सम्बन्ध र त्यो सम्बन्धबाट जन्मलिएको बालक रविन्द्रको सेरोफेरोको घुमेको यो उपन्यासले गीतालाई दरबारभित्रकी महारानी बनाउला वा दरबारबाहिरकी महारानी ? भनेर निकै पृष्ठहरु पढेपछि बल्ल पाठकले थाहा पाउँछन् । उपन्यास कौतुहलमय छ । अब के हुन्छ ? प्रत्येक हरफले यही प्रश्न गरिरहेका हुन्छन् । हो, ल्याइते पट्टिकालाई दरबारकी महारानी बन्ने हैसियत छैन र हुँदैन भन्ने निक्र्योलका साथ उपन्यास सकिन्छ । अझ उनी त ल्याइते पनि होइनन् । यो एउटा दुर्घटना थियो । यो कुरा स्वयं गीताले पनि भनेकी छन्, स्वीकार गरेकी छन् । एक ठाउँमा उनी भन्छिन् यसपल्ट रानीको सपना छोडिसकेकी थिएँ…जबसम्म मानिसले आफ्नो हैसियत चिन्दैन त्यो बेलासम्म आफ्नै ठाउँमा बस्नुपर्छ । म रानीको लागि योग्य छैन । मेरो आत्मा दरो छैन । ….म महेन्द्र सरकारकी रानी भएर दायाँबायाँ हिँड्न सुहाउने पनि कहाँ थिएँ र ? पृ १२९ । कतिपय ठाउँमा उनले विद्रोह गरेकी छन् । म त गुरुंगकी छोरी पो त भनेर आफ्नो बहादुरी समेत प्रस्तुत गरेकी छन् । उनी युवराज महेन्द्रलाई भन्छिन् सरकार, अन्नदाता भने पनि हजुर नै, प्राणदाता भने पनि हजुर नै । हजुरले लगाए अराएको कुन प्रस्ताव अस्वीकार गरेकी छु र ? …..यो बच्चा मेरो मात्र होइन, हजुरको पनि हो….म जे त्याग गर्न पनि तयार छु ..हजुर गर्भवध गरेर निसन्तान हुन चाहिबक्सिन्छ ? अपराधी बनिबक्सिन्छ ? गर्भवध गर्नु जतिको पाप यो संसारमा अर्को केही छैन । …भ्रूण हत्यालाई ईश्वरले कहिल्यै माफ गर्दैनन् ….नारी सृजनाको लागि यो पृथ्वीमा आएकी हुन् न कि भ्रूण हत्याका लागि । पृ. ७९
गीताको बोलीमा ओज छ । तार्किक शैली छ । कतिपय स्थानमा राजालाई उनको तर्कले हायलकायल बनाएको छ ।
राजा महेन्द्र उपन्यासमा जटिल पात्रका रुपमा देखापरेका छन् । उता गीता चाहिँ समझदार, उदात्त विचार, सन्तुलित प्रस्तुति, बोलीवचन, हाउभाउ र सुरुदेखि अन्तसम्म उनको चरित्र देखिएकोले उनी नै उपन्यासकी नायिका हुन् भनेर भन्न सकिन्छ । उनको विचारमा ओज छ । उता राजा महेन्द्र भने धीरोदात्त नायकका रुपमा होइनन्, खलपात्रका रुपमा देखापर्दछन् । महेन्द्र राजा हुनुभन्दा केही समय अघिको समयदेखि महेन्द्र राजा हुँदासम्मका करिब दुइ दशकको कथालाई उपन्यासमा समेटिएको छ । उपन्यासमा दरबारभित्र राजारानी मात्र होइनन् त्यससँग सम्बन्धित र त्योसँग नजिक भएकाहरुबाट हुने अनेकन् किसिमका जालझेल, द्धन्द्ध, कपट, संघर्ष, षडयन्त्र, तिक्तता र कटूतापूर्ण व्यवहारको राम्रो चित्रण छ ।
राजा महेन्द्र र गीताबाट विवाह पूर्व नै जन्मेको बालक रविन्द्रले खेलेको भूमिका पनि प्रशंसनीय छ । राजा महेन्द्रले गीतालाई दरबार बाहिरकी महारानी बनेर बस भन्ने कुरामा यी दुइबीच निकैबेर गलफती र द्धन्द्ध भए पनि अन्ततः गीता दरबार बाहिरै बसेर महारानीको ताज लिन राजी भएको उपन्यासको मूल मर्म हो ।
उपन्यासकारको भाषामा ऊर्जा छ । शैली अनुकरणात्मक छ । उनले प्रयोग गरेका प्रत्येक शव्दले निश्चित गरिमा र अर्थ बोकेका छन् । शव्द शव्दको कसीमा वाक्य गठन पूर्णतः सफल छ । महेन्द्र र गीताले बोलेका वाक्य र शव्दहरु सफल छन् । दुवैले सन्तुलन गुमाएका छैनन् । कतिकतिखेर दुवैको मनोभाव र मनोदशा बिग्रन्छ तर पनि दुवै संयमित छन् । दुवैको शक्ति संघर्ष छ । दुवैको यथोचित संवादले कथानकलाई उत्कर्षमा पुर्याउन मद्धत गरेका छन् ।

No photo description available.

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।