Washington DC, US : August 15, 2025, Friday 09:56 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|ट्रम्प र पुटिनबीचको ऐतिहासिक शिखर बैठक आज अलास्कामा हुँदै|विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’|मनोज गजुरेलको ‘बेडरुममा बिचौलिया’ सार्वजनिक|निजी विद्यालयहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरे|‘माग्ने बुढा’ : नेपाली हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रको अमूल्य सम्पत्ति|“पुस्ता” को नयाँ र तेश्रो भाग हेर्नुहोस|अमेरिका–रूस शिखर वार्ताको पूर्वसन्ध्यामा ह्वाइट हाउस भन्छ – राष्ट्रपति ट्रम्प युक्रेन युद्ध अन्त्य गर्न उपलब्ध सबै विकल्पहरू प्रयोग गर्ने|“बुझे तुरुन्तै ४० खर्वको अर्थतन्त्र बनाइदिन्छौँ”|“विदेशमा बसेर नेपालको चिन्ता किन गर्नुहुन्छ?” भन्नेहरुलाई यतै भेट्दा|“भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा

विन्दा पाण्डे (पिएच्डी)को बहुचर्चित कृतिभुइँ मान्छे - प्रा. पुरुषोत्तम दाहाल

  NepalMother.com | १९ श्रावण २०८२, आईतवार ०९:५५

विन्दा पाण्डे (पिएच्डी)को बहुचर्चित कृतिभुइँ मान्छे प्रकाशित भएको धेरै भएको छैन । यो कृति विशुद्ध रूपमा नेपालको साम्यवादी आन्दोलनको इतिहास र नेकपामाले हुँदै एमाले निर्माणको इतिवृत्त हो । एमालेको वर्तमानसम्म आइपुग्दा यसका लागि बलिदान गर्नेहरू, भुइँमा बसेर सहयोग गर्ने तर लुकेका अनुहारहरू, पार्टी संगठन र विकास, विचार विवाद र परिणामसमेत उल्लेख भएको हुनाले कृतिमा नेपाली साम्यवादी आन्दोलनको जरोकिलो गहीरोसँग पढ्न पाइन्छ ।

(क) विन्दाको विगत :
विन्दा पाण्डे शिक्षित र सामान्यतः मध्यमवर्गीय परिवारकी सदस्य । विकीपिडया अनुसार सन् १९६६ मा नुवाकोटको रावलस्वाँरा खानी गाउँमा जन्मनुभएकी विन्दाले शिक्षा र कानुनमा स्नातक पूरा गरी जेन्डर र विकासका सन्दर्भमा स्नातकोत्तर अनि सशक्तीकरणमा विद्यावारिधि (पिएच्डी) गर्नुभएको छ । विसं २०३७ सालदेखि साम्यवादी विद्यार्थी फाँटमा सम्बद्ध भएयता अनवरत एमाले राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँको मुख्य कार्यक्षेत्र मजदुर र महिला अधिकार रहेको छ । सिंगो परिवार नै बौद्धिक र राजनीतिक भएको हुनाले विन्दाको सामाजिक राजनीतिक चेतनाप्रखर रहनु स्वाभाविक हो । विन्दाका दाजु प्रा.महेन्द्रबहादुर पाण्डे अंग्रेजी साहित्यको विद्वान्, अन्तर्राष्ट्रिय सम्बन्धको जानकार तथा परराष्ट्रमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ ।

प्रस्तुत कृति ती भुइँमान्छेको कथा र व्यथा हो जसले ००६ सालयता अर्थात् करिब ७५ वर्षको अवधिमा नेपालमा कम्युनिष्ट आन्दोलनको विकास र पार्टी निर्माणमा नेताहरूलाई आश्रय दिए, सुरक्षा दिए र सम्पर्कका सारथी भए । मैले यो कृति पढ्दै गर्दा नेपालको प्रजातान्त्रिक आन्दोलनका भुइँमान्छेहरू सम्झिइरहेँ ।

माध्यमिक विद्यालयमा पढ्दै गर्दा विन्दा अनेरास्ववियुमा सक्रिय हुनुभयो, विस्तारै उहाँ अखिल नेपाल महिला संघको कार्यकर्ता र नेता हुनुभयो । अनि मजदुर फाँटमा गहिरो संलग्नता रहृयो र ट्रेड युनियन महासंघको महासचिवसम्मको जिम्मेदारी सम्हल्ल्नुभयो । सन् २००९ मा एमालेको केन्द्रीय सदस्य र ०१५ मा पोलिटब्युरो सदस्य भएर पार्टीमा योगदान दिनुभएको छ । हङ्ककङस्थित सिएडब्लुको संयोजक भएर तीन वर्षसम्म जिम्मेदारी, अन्तर्राष्ट्रिय मजदुर संगठनको गभर्निङ काउन्सिलको सदस्य, राष्ट्रिय महिला आयोगको सदस्य र संविधानसभा सदस्य जस्ता जिम्मेदारीहरू पूरा गर्दैगर्दा उहाँले नेपाली समाज र कम्युनिष्ट आन्दोलनलाई समेत गहिरो अध्ययन गरेको देखिन्छ । उहाँका यसअघि समानताको पाइला धर्तीमाथिको दाबी, अधिकारको लडाइँ, संसदीय राजनीतिमा लैंगिक सहभागिता जस्ता विषयमा गहन कृतिहरू रहेका छन् ।

प्रस्तुत कृति ती भुइँमान्छेको कथा र व्यथा हो जसले ००६ सालयता अर्थात् करिब ७५ वर्षको अवधिमा नेपालमा कम्युनिष्ट आन्दोलनको विकास र पार्टी निर्माणमा नेताहरूलाई आश्रय दिए, सुरक्षा दिए र सम्पर्कका सारथी भए । मैले यो कृति पढ्दै गर्दा नेपालको प्रजातान्त्रिक आन्दोलनका भुइँमान्छेहरू सम्झिइरहेँ । केही वर्ष पहिले (०७५ साउनदेखि ०७८ मसिरसम्म) म नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक थिएँ । पार्टीको उपसभापति र प्रतिष्ठानको प्रमुख हुनुहुन्थ्यो विमलेन्द्र निधि ।

निधिजीकै सुझाव र सल्लाहनुसार प्रतिष्ठानले प्रजातान्त्रिक आन्दोलनमा योगदानदिने गाउँमा नै रहेका, कुनै पद नलिएका, परिवार गुमाएका, श्रीसम्पत्ती गुमाएका, आफ्नो योग्यता, सीप, श्रम र समयको लगानी प्रजातन्त्रका लागि समर्पण गरेकाहरूको अभिलेख तयार पार्ने प्रयास गरेका थियौं । प्रत्येक जिल्ला कार्य समितिलाई यसबारे पत्र पठायौं र मौखिक रूपमा पनि आग्रह गर्‍यौं । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय लेखकहरूका साहित्य, जिल्लामा प्रकाशित स्मारिका वा समसामयिक दस्तावेजसमेत संकलन गरी केन्द्रमा पठाउन वा स्थानीय तहमा नै संग्रह गरी पुस्तकालय खोल्न सुझाव दियौं तर मासवेस पार्टीका नाममा यसप्रति कसैको पनि चासो भएन ।

अहिले फरक विचार र आन्दोलनका विषयमा तयार पारिएको भुइँमान्छे पढ्दै गर्दा विन्दाजीलाई स्यालुट गर्न मन लागेको छ । देश वा समुदायका नायकहरू एक वा केहीको नाम इतिहासको धरोहर हुने गर्दछ तर त्यस्ता नायकहरूको विचार निर्माण गर्न, व्यक्तित्व निर्माण गर्न र समाजमा स्थापित गर्न पृष्ठमा अनेक भुइँमान्छेहरूको योगदान, त्याग, बलिदान त्यसै भुइँमुनि नै पुरिएर बस्छ । कसैले पनि ती भुइँमान्छेहरूको योगदानको स्मरण गर्दैन र उत्खनन् गरेर हेर्ने प्रचलन छैन । नायकहरू सफल वा असफल जे भए पनि आफै स्वयम्भू, सर्वव्यापी, सम्पूर्ण ज्ञाता र रचयिता जस्तो गरी भुइँमान्छेको उपेक्षा गरिरहेका हुन्छन् । यस्तो कृतघ्न समाज, कृतघ्न इतिहास र मानिसका बीचमा भुइँमान्छे खोज्ने र उनीहरूका पीडा पोख्ने, योगदान लिपिबद्ध गर्ने र सतहमा ल्याउने काम गर्नुभएको छ विन्दाजीले । यसै कारण यो कृत्य स्तुत्य छ ।

(ख) कृतिको सोच कसरी बन्यो ?
लेखककै शब्दमा २०७८ वैशाख १५ गते यएउटा टेलिभिजन बहसमा प्रस्तोताले सोध्नुभयो : नेताजीहरूको वार्ता त मिलेन नि के भन्नुहुन्छ ?

अचानक आएको अनपेक्षित प्रश्नको जवाफ एक्कासि फुर्‍यो : झुपडीमा बसेर बनाएको पार्टीको समस्या पाँचतारे होटलको वार्ताले किन मिल्थ्यो ? झोपडीमै बसेर छलफल गरेको भए सायद मिल्थ्यो होला ? (कृतिको पूर्वाधारमा लेखक पृष्ठ झ)
यही स्फुरित जवाफले मन छोएकाहरूको चासोका कारण यो कृति तयार भएको छ । ती प्रश्नकर्ता र उत्तर सुनेर चासो राख्नेहरू पनि यो कृतिका हकदार छन् । नेपालमा लोकतान्त्रिक आन्दोलनको सोच प्रचण्ड गोर्खादेखि भए पनि नेपाल प्रजापरिषद्को अभियान र शहादत हुँदै भारतमा व्यवसाय र अध्ययनार्थ रहेका नेपालीहरूको सोचमा स्थापित अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस, त्यसपछिको प्रजातन्त्र कांग्रेस र यी दुईबीचको एकताबाट निर्मित नेपाली कांग्रेस एउटा धार हो । यिनै पृष्टभूमिसँग जोडिएर निर्माण भएको अर्को धार हो नेपाल कम्युनिष्ट पार्टीको । आज पनि यी दुई धारबाहेक अर्को कुनै राजनीतिक धार पैदा हुनसकेको छैन । यद्यपि ०६३ पछि राजसंस्थावादीहरूको तेस्रो धार खडा गर्ने प्रयास भने चलिरहेको छ तर विवादका कारण यो खण्डखण्डमा परिणत हुँदै असफलताको मार्गमा अग्रसर छ ।

सिद्धान्तको स्पष्ट भाष्य बेगर निस्केको राष्ट्रिय स्वतन्त्र पार्टी भूमरीमा परेको छ भने क्षेत्रीयतावादी वा जातिवादीदलहरू उँभो लाग्ने अवस्थामा छैनन् । कमसेकम यी पुरना दुई दलहरूको फेददेखि संघर्ष र विकासको इतिवृत्तसँग त्याग, सममर्पण र योगदानका भुइँमा बसेका तर पहाडी चट्टान समान मानिसहरूको उत्खनन्बाट इतिहास बुझाउन सकियो भने ती सम्पूर्ण महान् मान्छेहरूप्रति न्याय हुनेछ । त्यही न्यायको पक्ष प्रस्तुति हो भुइँँमान्छे ।

(ग) भुइँमान्छेभित्रका उपशीर्षकहरू :
भुइँँमान्छेलाई पाँच भागमा विभाजित गरिएको छ । पूर्वाधार अर्थात् पुस्तक लेखिनुको प्रारम्भिक सोच र कथनबाट आरम्भ कृतिमा सन्दर्भ सामग्री, थप ७ अनुसूची समाविष्ट छन् । कभरबाहेक ४२६ पृष्टको कतिको मूल्य ८५० रहेको छ । मूल्य नेपाली पाठकहरूका सन्दर्भमा अलि बढी जस्तो देखिए पनि कृतिको गहनताका कारण यो मूल्य अझै कम हो जस्तो लाग्छ ।

भाग एकमा तीसवटा उपशीर्षक छन् । जसमा पृष्टभूमि, नेपाल कम्युनिष्ट पार्टीको स्थापना, पहिलो सम्मेलन, संस्थापक महासचिवलाई पदच्युत, कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध, किसान आन्दोलन, पहिलो महाधिवेशन र प्रतिबन्ध फुकुवा, पहिलो आमनिर्वाचन, दरबारको सैनिक कू, दरभंगा प्लेनम्, तेस्रो महाधिवेशन, किसान आन्दोलनको निरन्तरता, विभाजनको सुरुवात, विद्रोह र एकीकरण अभियान, कोअर्डिसेन केन्द्र र नेकपा माले, विद्यार्थी आन्दोलन र जनमत संग्रह, चौथो राष्ट्रिय महाधिवेशन जनआन्दोलन ०४ माक्र्सवादी एकता, जनताको बहुदलीय जनवाद, संसदीय राजनीतिमा एमाले, एमालेमा फुट र एकता, गणतान्त्रिक आन्दोलन, संविधान सभानिर्वाचन ०६४ र ०७०, संविधान जारी र संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचन, निर्वाचन २०७९ नेकपा भर्सेस् अन्य, शृंखलाबद्ध फुट, नेकपा गठनको पूर्वावस्था, गठन र पुनर्गठनको अवस्थामाथि सूक्ष्म जानकारी रहेको छ । इतिहासको सन्दर्भ कसरी विकास भएको थियो र यसमा कसकसको संलग्नता थियो, विवाद र विभाजनका आधार के थिएजस्ता अनेक अनुल्लिखित नवीन जानकारीहरू यसमा समेटिएका छन् ।

दोस्रो भागमा कम्युनिष्ट आन्दोलनको पुनर्गठन प्रक्रियाअन्तर्गत एकताको आहृवान र अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी केन्द्र (कोके) कगठनका विषयमा उल्लेख छ भने तेस्रोमा नेकपा माले गठन र विकास सन्दर्भ छ । जसमा मूलधार नेकपा माले, आधार क्षेत्र विकास, पार्टीमा श्रमजीवीहरू, राजदेवी गाउँको योगदान, पाखेल र वीरबहादुर, वामपन्थी आन्दोलनको केन्द्र लुम्बिनी र गण्डकी, महोत्तरीको कालावानीमा सक्रियता, स्यादुल बैठकमा खड्गप्रसाद ओलीको सहभागिता, झापा र पार्टीको पुनर्जीवन, चितवन तयारी र सर्रेअब्बास चौथो महाधिवेशन, काठमाडांैमा काम, ०४६ को जनआन्दोलन, पार्टी खुला, नेता भूमिगत, जेलमा पुगेका भूमिगत नेता, भूमिगतकालमा विदेश सम्बन्ध, भूमिगतकालका केही प्रवृत्तिगत घटना बारे मिहीन जानकारीहरू छन् ।

भाग चार र पाँच भुइँँमान्छेहरूका अनुभवले भरिएको छ । सन्दर्भ सामग्रीका रूपमा ६१ जनाको कृतिलाई हेरिएको छ । अनुसूचीको पहिलो नम्बरमा नख्खु जेल ब्रेक गर्ने १५ जनाको नाम राखिएको, दुईमा ०१५ सालका नेकपाका ४७ जना उम्मेदवारहरू र चारजना विजयीहरूको नामावली, तीन, चार र पाँचमा निर्दलीय निर्वाचन २०४३ का ३२ जना जनपक्षीय उम्मेदवारहरू, ०४३ मा जनपक्षीय नाममा विजयी जिल्ला पञ्चायतका नौजना सभापति तथा उपसभापतिहरू, गाउँ र नगर पञ्चायतमा विजयी ५९ जना प्रधानपञ्च, उपप्रधानपञ्च र वडाध्यक्षहरू, अनुसूची ६ मा २०२८ देखि ०४६ सम्म भूमिगत नेताकार्यकर्ताहरू गरी २०२ जनाको उपलब्ध सूची र अन्तिममा ०४७ को संविधानमा नेकपा एमालेले आलोचानात्मक समर्थन गर्दा प्रस्तुत बुँदाहरू रहेका छन् ।

संसारमा सबैभन्दा बढी कृति र लेखहरूको संख्या माक्र्सवादमाथि रहेको अनुमान गरिन्छ । गान्धीवाद त्यसपछि आउला । नेपालमा ००६ पछि माक्र्सवादको सैद्धान्तिक विश्लेषणका गुरु पुष्पलाल, त्यसपछि मोहनविक्रम सिंह, मदन भण्डारी र अन्तिममा पुष्पकमल दाहाल प्रमुख रूपमा देखिनु भएको छ । माक्र्सवादका आधारमा साहित्यको धार निर्माण गर्नेहरूको संख्या प्रशस्त छ तर मेरो अल्प सूचना हुनसक्छ ः सैद्धान्तिक विश्लेषणसहित इतिहासको उत्खनन् गर्ने पहिलो नेपाली महिला लेखिका विन्दाजी नै हुनुहुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा डा.भीम रावलदेखि डा.सुरेन्द्र केसीसम्मले शोध अनुसन्धान गर्नुभएको छ । ती अनुसन्धान बौद्धिक रूपमा महत्वपूर्ण रहे पनि भुइँमान्छेका सन्दर्भमा कम नै छन् ।

(घ) को हुन् भुइँमान्छे ?
त्यस समयका नेताहरू अधिकांशले ०४६ पछि सत्ताको शिखर चुम्बन गरे । हिजो सर्वाधिक विपन्न बस्तीमा पार्टी संगठन गर्ने र शोषण, उत्पीडन, भेदभाव, छुवाछूत मुक्त समाजको सपना देखाउनेहरू आज तिनै विपन्नका नाममा सम्पन्नभए, समृद्धिका महल बनाए । आफ्ना सन्तानलाई शिक्षाको धरहरामा पुर्‍याए । स्वास्थ्यका लागि देशीविदेशी महँगा अस्पताल पुगे र राष्ट्रको करोडौं नगद दोहन गरे । करोड मूल्य पर्ने गाडी र हवाईजहाजको यात्रा उनीहरूका निम्ति सामान्य छ ।

तर, ०४६ पहिले उनीहरूलाई सुरक्षित आवास (सेल्टर) दिने, बनिबुतो गरी नेताहरूको पेट भरिदिने, आफू भोकभोकै बसेर नेताहरूको भीडलाई अघाउँजी खान दिने, आफू परालको त्यान्द्रोमा सुतेर भए पनि उनीहरूलाई तातो सिरक, डस्ना, गुन्द्री कम्बल दिनेहरू जसका आज पनि पैताला फुटेका छन्, जसको आँङ खाली छ, सफा पानीको तृष्णा छ, एक ट्याब्लेट औषधिको समस्या छ, सर्पले टोकेर मृत्यु निरन्तर छ, औषधि छैन, शिक्षाको उज्यालो छैन, कामले खान पुग्दैन र सन्तान विदेशको मरुभूमिमा चालीस डिग्रीको घाममा निर्वाह खोजिरहेका छन्, लाउने एकधरो छैन तर सपना बिर्सेका छैनन् ती हुन् भुइँमान्छेहरू । ती भुइँमान्छे समाचारमा आउँदैनन्, रेडियो टेलिभिजनमा देखिँदैनन्, युट्युब र अनलाइनमा भेटिँदैनन्, ती हुन् भुइँमान्छेहरू ।

(ङ) भुइँमान्छेहरू आफ्नो पीडा :
नाथुराम विक र पार्वती विक भन्छन् : पुराना कार्यकर्ताले जोगाएको पार्टी नेताहरूले सत्तास्वार्थमा धराशायी बनाए । रामअवतार पासवानको घरमा आएका रत्नकुमार वान्तवा र अमृतकुमार बोहोराले बोक्रैसँग आँप खानुभयो तर पासवानले भने : अन्न छैन तर आँप त अघाउजी खान पुग्छ । बाक्रा खानु पर्दैन । अनि दुवैजनाले टन्न आँप खानुभयो र बाटो लाग्नुभयो तर सत्तामा पुगेपछि कुनै नेता पासवानको पिँढीमा पुग्नुभएको छैन । पीडा त यसैमा छ ।

झापाले गरेको चरम हिंसाको जग भए पनि मुक्तिमोर्चाबाट सहभागीहरू हिंसाका पक्षमा थिएनन् । पुष्पलालको स्कुलिङबाट विभाजित भएर आएकाहरू खास गरी मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रितहरूले व्यक्तिहत्यालाई समर्थन नगरी मालेको गठन भयो । झापा आन्दोलनको कडी मानिने कतिपय नेताहरू पनि हिंसाका विपक्षमा उभिने स्थिति देखियो । यसरी ०३५ मा महासचिव सीपी मैनाली र सदस्यहरूमा रत्नकुमार वान्तवा, मदन भण्डारी, माधव नेपाल, ईश्वर पोख्रेल, अमृत बोहोरा, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, जीवराज आश्रित र मोदनाथ प्रश्रित संस्थापक रहेर मालेको गठन भयो । झापा, पाँचथर, इलाम, मोरङ, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, मकवानपुर, रौतहट, चितवन, धादिङ, नवलपरासी, कास्की, स्याङ्जा अर्थात् गण्डकी, लुम्बिनी, बागमती, मधेस र आजको कोशी क्षेत्रमा भूमिगत संगठन सशक्त रहेको थियो ।

विन्दाजीको यो कृति अरू पार्टी खासगरी भूमिगतकालमा कष्ट भोगेका, यातना सहेका र अनेक भुइँमान्छेहरूको सहयोगमा आज महान् नायकमा परिणत भएका सबैका लागि गम्भीर दस्तावेज हो । पाठ पनि हो । अनुसन्धान गर्नेहरूका लागि थप सूचना र जानकारी पनि हो ।

भूमिगतकालमा अमृत बोहोरा, प्रदीप नेपाल, ईश्वर पोख्रेल, मदन भण्डारी, माधव नेपाल, गोपाल शाक्य, शान्ता मानवी, मोदनाथ प्रश्रित, सीता खड्का, रत्नकुमार वान्तवा, अष्टलक्ष्मी शाक्यहरूको सक्रियताले सिंगो माले परिचालित देखिन्छ । अरू नेताहरू पनि आ-आफ्ना ठाउँ र क्षेत्रमा जिम्मेदार लाग्छन् । तर ती भन्दा बढी काम गर्ने भुइँँमान्छेहरूको संख्या छ ।

भारी बोकेर पार्टी चलाउने लालमाया राई, किड्नीले थलिएका भक्तबहादुरको योगदान, बुर्जुवा शिक्षा परित्याग गर्दै पार्टीमा सक्रिय ओम कोइराला, सरकारविरुद्ध जासुसी गर्ने बाल काम्रेडहरू, छोराछोरीको गाँस काटेर पार्टी पाल्ने चुमला बञ्जाडे, मैया पोडे, सबैकी आमा पिंगलादेवी, मुष्टिदान गर्ने मानकुमारी बलामी, ७९ वर्षमा समेत सक्रिय विष्णुमाया, पार्टीकी आमा नर्मदा खनाल, हरिकला सुवेदी, चिया पसले दिदी, ठूली बल, अनवरत संघर्षकी पर्याय बालकुमारी थापा, पार्टीकी आमा लक्ष्मीदेवी निरौला, किसान टेकबहादुर राई, बालकुमारी थपलिया, यस्ता भुइँमान्छेहरू यस कृतिमा करिब पन्ध्र सयको हाराहारीमा रहेका छन् ।

के ती भुइँमान्छेहरूप्रति आजको कम्युनिष्ट नेतृत्व संवेदनशील छ ? के ती नेताहरू आफूसँग भएको सम्पत्ति ती विपन्न भुइँमान्छेहरूको आजीविका, उनीहरूका सन्तानलाई शिक्षा, स्वास्थ्य र रोजगारीका लागि खर्च गर्न तयार छन् ? भुइँमान्छेहरूले आफ्ना सन्तानको मुखबाट झिकेर नेताहरूको पेट पालेको स्मृति मनमा छ कि ? तिनै गरिबहरूका नााममा पाएको सत्ता र सम्पत्तिको सुरक्षाको चिन्ता ? विन्दाको यो कृतिले सारमा यिनै प्रश्नहरूको खोजी गरेको छ ।

(च) साक्षी रमिते भएका छन् भुइँमान्छे :
आफ्नो स्वार्थका लागि पार्टी तोड्ने, पद र धनका लागि झगडा गर्ने नेताहरूको लस्करमा भुइँमान्छे साक्षीरमिते हुनुपर्ने बाध्यता छ । भुइँमान्छेले नेपालको कम्युनिष्ट आन्दोलन, यसमा आबद्ध नेताहरूको चरित्रलाई उदांग पारेको पनि छ । तैपनियसमा हर्रेवर्रे काण्डदेखि अनेक प्रसंगहरू छुटेका छन् । ओखलढुंगामै भएको भकारी फोर अभियान विस्मृतिमा छ । त्यसभन्दा यति राम्रो कृति तयार पारे पनि केही प्रश्नहरूको उत्तर संकेतमा भए पनि आउनु पथ्र्यो ।

जस्तो : झापा काण्डको मूल योजना रआधार, सुखानीमा भएको हत्याको तत्कालीन आसय, वर्ग संघर्षलाई सुरु गरे पनि तुरुन्त परित्याग र पार्टी गठन, ०१८ देखि आरम्भ विभाजनको सैद्धान्तिक, आन्तरिक व्यावहारिक र अन्तर्राष्ट्रिय स्वार्थहरू, मोहनविक्रम, रूपलाल, निर्मललामा, तुलसीलाल, नारायाणमानहरूको पृथक चिन्तनको जग, ०३६ मा निर्दलबहुदल एकै हो जनमतसंग्रह धोखा होको नाराकोअ औचित्य, निर्दलीय चुनावमा सहभागिताको अन्तर्य, ०४६ मा सात वाममोर्चासँग प्रचण्डा, मोहनविक्रमसहित डा.बाबुरामको पृथक विचारको अन्तर्य केही भए पनि भुइँमान्छेहरूबाट भएपनि उत्तर लिएको भए अझ महत्वपूर्ण हुनेथियो ।

तैपनि विन्दाजीको यो कृति अरू पार्टी खासगरी भूमिगतकालमा कष्ट भोगेका, यातना सहेका र अनेक भुइँमान्छेहरूको सहयोगमा आज महान् नायकमा परिणत भएका सबैका लागि गम्भीर दस्तावेज हो । पाठ पनि हो । अनुसन्धान गर्नेहरूका लागि थप सूचना र जानकारी पनि हो । भुइँँमान्छेको पसिनाले हुकार्एको वृक्षबाट फल टिपेर खान पल्केकाहरूका लागि आत्ममूल्यांकनको अवसर हुने छ यो कृति । अझै यसरी नै खोज अनुसन्धान गर्दै भुइँमान्छेहरूलाई लिपिबद्ध गर्ने सफलता मिलोस् शुभकामनासहित विन्दाजीलाई बधाई ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक

**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।