Washington DC, US : March 12, 2026, Thursday 12:50 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश माइतीघरको आकाशमा फहराइरहेका सयौँ राष्ट्रिय झण्डा र शहीदका तस्बिरहरूबीच गुञ्जिएको नारा थियो “जेन–जी एकता, नयाँ नेपालको शक्ति।”

  NepalMother.com | ७ कार्तिक २०८२, बिहीबार ०९:१०

काठमाडौं/ भदौ २३ र २४ गते भएको दुईदिने जेन–जी आन्दोलनका अगुवाहरूले आन्दोलनका सबै समूहबीच आपसी एकताको दृढ अपिल गरेका छन्। जेन–जी युनाइटेड परिवर्तन समूहले सोमबार राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश दिएको हो। कार्यक्रममा शहीद परिवार, घाइते, आन्दोलनका अगुवा, अभियन्ता र सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिति थियो। उपस्थितहरूले नेपाली झण्डा ओढी शहीदहरूको तस्वीरमा भाइटीका लगाउँदै राष्ट्रिय एकताको प्रतीकात्मक प्रदर्शन गरेका थिए।

कार्यक्रम स्थलमा देखिएको ब्यानरमा लेखिएको थियो  “जेन–जी एक नभए शहीदका आत्मा भौतारिइरहन्छन्, घाइतेका हृदयहरू कहिल्यै निको हुने छैनन् र नेपाल आमाका आँखामा आँसु कहिल्यै सुक्ने छैन।” अगुवाहरूले बोलेका भाषणमा जेन–जी आन्दोलन भित्र देखिएका विभाजन र स्वार्थका खेलप्रति चेतावनी दिँदै सहकार्य र साझा उद्देश्यमा फर्किन सबै समूहलाई आग्रह गरे। उनीहरूले भने, “शहीदका रगतले लेखिएको इतिहास खेर जान दिनु विश्वासघात हुनेछ। अहिलेको आवश्यकता नेतृत्वभन्दा माथि उठेर देश र आन्दोलनका मर्मलाई प्राथमिकता दिनु हो।” कसैकसैले ‘शहीदका सपना साकार पार्नु नै बाँचेका सबैको कर्तव्य हो’ भन्ने लेखिएका प्लेकार्ड बोकेका थिए। कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो र अन्त्यमा शहीद परिवारलाई माला र सम्मानपत्र अर्पण गरिएको थियो। माइतीघरको आकाशमा फहराइरहेका सयौँ राष्ट्रिय झण्डा र शहीदका तस्बिरहरूबीच गुञ्जिएको नारा थियो “जेन–जी एकता, नयाँ नेपालको शक्ति।”

जेन–जी आन्दोलनका शहीद र घाइतेका परिवारहरूले अन्तरिम सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारले “जेन–जीका सपना पूरा गर्ने प्रतिवद्धता बिर्सिएको” आरोप लगाएका छन्।

बिहीबार माइतीघर मण्डलमा आयोजित दबाबमूलक कार्यक्रममा शहीद परिवार, घाइते र आन्दोलनका सहभागीहरूले संयुक्तरूपमा सरकारलाई खबरदारी गर्दै आन्दोलनका माग तत्काल पूरा गर्न चेतावनी दिएका हुन्।

कार्यक्रममा शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन–जीहरूलाई फेरि एकढिक्का भएर उभिन आह्वान गरे। उनले भने, “शहीदको सपना तुहिँदै गएको छ। सरकार सुशासन र न्यायको बाटोमा अघि बढ्न असफल भएको छ। अब फेरि हामी सबै एक भएर उठ्नैपर्छ।”

सुवेदीले अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र जवाफदेही शासन कायम गर्न असफल भएको टिप्पणी गरे। दोषी र भ्रष्टाचारीमाथि कारबाही, संविधान संशोधन तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा रूपान्तरणको माग गर्दै उनले भने, “देश फेरि पुरानै दलहरूको कब्जामा पर्‍यो भने हाम्रो बलिदान व्यर्थ हुनेछ।”

कार्यक्रममा जेन–जी युनाइटेडको अगुवाइमा शहीदहरूका तस्बिरहरू सजाइएका थिए। उपस्थितहरूले तिनमा माला अर्पण गर्दै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे।

“शहीदका सपना पूरा गर,” “भ्रष्टाचारमुक्त नेपाल चाहियो,” र “जनताको सरकार, दलको होइन” जस्ता नाराहरू गुञ्जिए

सुदन गुरुङले पुराना राजनीतिक दलहरूलाई जेन–जी युवाहरूबीच विभाजन ल्याउने प्रयास नगर्न कडा चेतावनी दिएका छन्।

बिहीबार माइतीघर मण्डलमा आयोजित जेन–जी शहीदहरूको सम्झना कार्यक्रममा बोल्दै उनले परम्परागत दलहरू युवाहरूको एकतालाई कमजोर पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए।

उनका शब्दमा, “जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो। उनीहरूलाई लागेको होला, हामीले त्यो खेल बुझेका छैनौं। तर नेताहरूले यस्तो भ्रम नराखे हुन्छ — अब हामी सजिलै विभाजित हुने छैनौं।”

गुरुङले राजनीतिक नेताहरू अहिले जनमत मोड्न खोज्दै “जेन–जीभन्दा कांग्रेस ठीक, एमाले ठीक” भन्ने प्रचार फैलाइरहेको बताए। उनले भने, “अब दल होइन, राष्ट्र सोचौं। हामी सबै नेपाली नागरिक भएर एउटै झण्डामुनि बसौं र देश विकासका लागि हातेमालो गरौं।”

उनले जोड दिए, “हामी हरेक कदम नापेर चाल्दैछौं। अहिले हामीलाई विभाजित गर्नका लागि त पूरा नेपाली जनतालाई नै छुट्याउनुपर्ने अवस्था आउँछ, र त्यो तागत उनीहरूसँग छैन।”

कार्यक्रममा उनले नेताहरूले जेन–जी अगुवाहरूको बीचमा ‘को राम्रो, को नराम्रो’ भन्ने भ्रम फैलाउन खोजेको भन्दै आक्रोश पोख्दै भने, “नराम्रो हामी होइनौँ, नराम्रो त ती नेताहरू हुन् जसले दशौं वर्षदेखि देशलाई यस अवस्थामा ल्याए।”

उनका अनुसार, “नागरिकले अझै ती नेताहरूलाई नचिनेर भोट हाल्दै आएका छन्। अब चेत खुलाउने बेला यही हो — सोच परिवर्तन नगरेसम्म समाज परिवर्तन सम्भव छैन।”

गुरुङको भनाइमा, जेन–जी आन्दोलन कुनै दलविरुद्ध होइन, तर असफल राजनीतिक संस्कृतिविरुद्धको नयाँ पुस्ताको आन्दोलन हो, जसले अब देशलाई नयाँ दिशातर्फ लैजानेछ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।