Washington DC, US : April 24, 2026, Friday 09:27 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“मसँग त संसारभरको समय छ, तर इरानसँग छैन, समय सकिँदै छ।” : ट्रम्प|मध्यपूर्वमा चर्किँदै गएको तनावबीच इरान र अमेरिकाबीचको शान्ति प्रयासमा गम्भीर अवरोध|चीनको औद्योगिक सहरहरूको भित्री गल्लीमा देखिने दृश्य अहिले विश्व अर्थतन्त्रको बदलिँदो यथार्थको प्रतिबिम्ब|Breaking News : गृहमन्त्री सुदन गुरुङ पनि चट, एक महिना भित्रै दुइ मन्त्री चट हुनु सुभ संकेत होइन है ! जोशमा होस पुर्याउ, आशाहरु निराशामा परिणत नहोउन है बालेंन सरकार !|श्री एयरलाइन्स लिमिटेड अब अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने तयारीमा|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम थप गर्ने घोषणा गरे|राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने|होर्मुज बन्द भएपछि सयौँ व्यावसायिक तेल ट्यांकरहरू दुवै किनारमा अलपत्र|Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे|अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ? कुन जिल्लाका कति ? कस्तो छ अवस्था ?

“यो राजनीतिक ब्ल्याकमेलिङ हो, शुमरलाई भन्नुस्, नरकमा जाऊ !”: ट्रम्प सीनेटमा ट्रम्पका मनोनयनको विवाद : सहमतिको प्रयास विफल, सांसदहरू घर फर्किए, "यदि रिपब्लिकनहरू साँच्चिकै अमेरिकी जनताको भलो चाहन्छन् भने ट्रम्पको अन्धा आज्ञापालन बन्द गर्नुपर्छ।"- सीनेट अल्पसंख्यक नेता चक शुमर

  NepalMother.com | १९ श्रावण २०८२, आईतवार ०७:२८

वाशिंगटन डीसी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दर्जनौं उच्चस्तरीय मनोनयनहरूमा सहमति जुटाउने प्रयास शनिबार राति असफल भयो। घण्टौं लामो वार्तापछि पनि सम्झौता टुट्दा सांसदहरू अवकाशको लागि घर फर्किएका छन्।

हालको विवादमा डेमोक्र्याट र रिपब्लिकन दुबै एकअर्कालाई दोष दिइरहेका छन्, तर वार्ता पूर्ण रुपमा टुट्नुमा अन्ततः राष्ट्रपति ट्रम्प स्वयं जिम्मेवार बने।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मार्फत लामो पोस्ट लेख्दै सीनेट अल्पसंख्यक नेता चक शुमरमाथि “केवल थोरै योग्य उम्मेदवार पारित गरिदिने सर्तमा एक अर्ब डलरभन्दा बढी रकम मागेको” गम्भीर आरोप लगाए।

“यो माग अत्यन्त आपत्तिजनक र अभूतपूर्व हो, जुन स्वीकारेमा रिपब्लिकन पार्टीको बेइज्जती हुने थियो। यो राजनीतिक ब्ल्याकमेलिङ हो,” ट्रम्पले लेखे। “शुमरलाई भन्नुस्— नरकमा जाऊ !”

उनले रिपब्लिकन सांसदहरूलाई अपिल गर्दै भने, “कुनै सम्झौता नमान्नुस्, घर जानुस् र आफ्ना जनतालाई डेमोक्र्याटहरू कति खराब छन् र हामी रिपब्लिकनहरूले देशका लागि कति राम्रो काम गर्यौं भनेर सुनाउनुस्। रमाइलो अवकाश मनाउनुस् र अमेरिका पुनः महान बनाऔं!”

तर चक शुमरले ट्रम्पकै निर्णयलाई डेमोक्र्याटहरूको विजयको रूपमा व्याख्या गरे। शुमरले आरोप लगाउँदै भने, “हामी बहुपक्षीय समाधानको प्रयासमा थियौं, तर ट्रम्प आफैं वार्ताबाट भागे।”

शुमरले ट्रम्पको पोस्टलाई ठूलो पोस्टरमा छापेर पत्रकारहरूलाई देखाउँदै भने, “ट्रम्पको क्रोधपूर्ण टाइप गरिएको पोस्टले सबै कुरा बताउँछ— उनी तिनपटकका प्रयासपछि हार मानेर रिपब्लिकनहरूलाई घर फर्काए।”

पहिले दुबै पक्ष ट्रम्पका ६० उम्मेदवारहरूलाई अनुमोदन गर्ने सहमतिको नजिक थिए, जसलाई द्विदलीय समर्थनसहित समितिहरूले अघि बढाएका थिए। तर अन्ततः केवल ७ जनाको मात्रै मतदान भयो।

सीनेटका बहुमत नेता जोन थुनले बताएअनुसार “धेरै प्रस्ताव आदान–प्रदान भए”, तर अन्तिम घडीमा सहमति टुट्यो।

डेमोक्र्याटहरूको माग के थियो?
– राष्ट्रिय स्वास्थ्य संस्थाको रोकिएको बजेट खोल्न
– वैदेशिक सहायता रोकिएको रकम फुकुवा गर्न
– भविष्यमा ह्वाइट हाउसबाट थप बजेट कटौती नगर्ने लिखित ग्यारेन्टी

यसको सट्टा उनीहरूले ट्रम्पका केही विवादरहित उम्मेदवारहरू पारित गर्ने वाचा गरेका थिए।

तर रिपब्लिकन सिनेटर मार्कवेन मुलिनले भने शुमरले बारम्बार आफ्ना माग बढाउँदै “तीन पटकसम्म सम्झौता गरेर फेरि फेरि ‘अझै चाहिन्छ’ भने”, जुन अस्वीकार्य भएको बताए।

उनले थपे, “शुरु देखिनै डेमोक्र्याटहरूले सम्झौता होइन, ट्रम्पलाई अयोग्य देखाउन खेल खेले।”

अब रिपब्लिकनहरूले सेप्टेम्बरमा संसद फर्किएपछि अनुमोदन प्रक्रिया परिवर्तन गर्ने सम्भावनाबारे संकेत गरेका छन्। तर शुमरले चेतावनी दिए— “सीनेटको नियम परिवर्तन गर्नु गम्भीर गल्ती हुनेछ।”

शुमरको निष्कर्ष:
“यदि रिपब्लिकनहरू साँच्चिकै अमेरिकी जनताको भलो चाहन्छन् भने ट्रम्पको अन्धा आज्ञापालन बन्द गर्नुपर्छ।”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।