Washington DC, US : July 30, 2026, Thursday 12:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरानमाथि अमेरिकाको व्यापक हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि उत्कर्षमा|प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन|पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सद्भाव सन्देश|४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?|Breaking News : जापानमा शक्तिशाली भूकम्प: सपिङ मल भत्किँदा दर्जनौँ फसे, उद्धार कार्य तीव्र|“कानूनको सम्मान गर्दै, शान्तिपूर्ण रूपमा, सत्य र न्यायको पक्षमा म मेरो संघर्ष जारी राख्नेछु”|डा. गोविन्द केसीले अनसन तोडे

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सद्भाव सन्देश ‘हामी नेपाली मिलेर बसौं, सामाजिक सद्भाव खलबलिने काम नगरौं’

  NepalMother.com | १४ श्रावण २०८३, बिहीबार ११:१८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह ले सुनसरीमा हालै भएको हिंसात्मक घटनापछि देशभर सामाजिक सद्भाव र राष्ट्रिय एकताको आवश्यकता औँल्याउँदै सबै नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले श्रावण १४ गते निर्मल निवासबाट जारी गरेको ‘सद्भाव सन्देश’ मार्फत जातीय, धार्मिक तथा सांस्कृतिक विविधतालाई नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कुनै पनि कारणले समाजमा विभाजन र वैमनस्य फैलिन नदिन सबैलाई आह्वान गरेका छन्।

पूर्वराजाले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपाली समाज परस्पर मेलमिलाप, प्रेम, आत्मीयता र सहअस्तित्वको आधारमा अघि बढ्दै आएको स्मरण गराएका छन्। उनले नेपाली समाज बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विशेषताले सम्पन्न रहेको उल्लेख गर्दै प्रत्येक समुदायले आफ्नो धर्म, संस्कृति, परम्परा, आस्था र मान्यतालाई सम्मान गर्दै सहिष्णुतापूर्वक जीवन बिताउँदै आएको बताएका छन्।

सन्देशमा नेपालको यही धार्मिक, सांस्कृतिक र सामाजिक विविधताकै कारण विश्व समुदायमा नेपालको विशिष्ट पहिचान र सम्मान कायम रहेको उल्लेख गरिएको छ। यस मौलिक पहिचान र गौरवलाई कुनै पनि कारणले कमजोर पार्ने वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि स्वीकार्य हुन नसक्ने धारणा पनि व्यक्त गरिएको छ।

पूर्वराजा शाहले केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी विवाद तथा हिंसात्मक घटनाबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन्। उक्त घटनाको प्रभाव कोशी प्रदेशका विभिन्न स्थान हुँदै तराईका अन्य भूभागसम्म फैलिएको उल्लेख गर्दै त्यसबाट सर्वसाधारणको जनजीवन प्रभावित हुनु चिन्ताजनक भएको बताएका छन्।

उनले नेपाललाई सधैँ विभिन्न समुदायबीच आपसी सद्भाव कायम रहेको देशका रूपमा चिनिने गरेको स्मरण गराउँदै यस्ता अप्रिय घटना नेपालको मौलिक मूल्य, सामाजिक परम्परा र सहअस्तित्वको भावनाविपरीत रहेको बताएका छन्। यस्ता घटनाले समाजमा अविश्वास र असन्तोष बढाउने भएकाले सबै नागरिकले संयमता अपनाई सामाजिक एकता जोगाउनुपर्ने उनको आग्रह छ।

सन्देशको अन्त्यमा पूर्वराजा शाहले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीहरूलाई आपसी मेलमिलाप, सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन आह्वान गर्दै “हामी नेपाली मिलेर बसौँ, यही आजको आवश्यकता हो” भन्ने सन्देश दिएका छन्। उनले अन्त्यमा “जय नेपाल” उल्लेख गर्दै आफ्नो शुभकामना व्यक्त गरेका छन्।

यो सद्भाव सन्देश निर्मल निवासस्थित सञ्चार सचिवालयमार्फत २०८३ साल श्रावण १४ गते सार्वजनिक गरिएको हो।

May be an image of text

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor