Washington DC, US : March 5, 2026, Thursday 06:23 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाको युद्ध उद्देश्य के ? इरानी युद्धपोतलाई अमेरिकी पनडुब्बीले कसरी डुबाइ दियो ? इरान युद्धमा के के भइरहेको छ अहिले ?|इरानमा मात्रै एक हजार एक सय भन्दा बढी मानिस मारिएको पुष्टि, घाइतेको लेखाजोखा छैन, युद्ध अझ खतरनाक चरणमा, सुरक्षा मुख्यालय तथा सैन्य समन्वय केन्द्रहरूमा आक्रमण, इरानले पनि तीव्र प्रतिकार गर्दै|फागुन २१ को चुनाबका सन्दर्भमा स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा|मध्यपूर्व संकट : कतारदेखि युरोपसम्म कूटनीतिक र सैन्य तरंग|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे

न्यूयोर्कमा स्वर्गीय गिरिजाप्रसादको स्मृति कार्यक्रम

  NepalMother.com | २१ असार २०८२, शनिबार १३:५७

उडसाइड, न्यूयोर्क / नेपाली राजनीतिका  शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा अमेरिका च्याप्टर अन्तर्गतको जीपी कोइराला फाउन्डेशनले एक स्मृति कार्यक्रमको आयोजना गरेको छ।

फाउन्डेशनको कार्यालय, उडसाइड, क्विन्स न्यूयोर्कमा आयोजित कार्यक्रममा वहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै योगदानको स्मरण गरिएको थियो। कार्यक्रमको सुरुवात फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले दीप प्रज्वलन र तस्वीरमा माल्यार्पण गर्दै गर्नुभयो, जसपछि उपस्थित सबैले पालैपालो श्रद्धासुमन अर्पण गरेका थिए।

पूर्व उपसभापति बुद्धि श्रेष्ठले गिरिजा बाबुलाई निडर, त्यागी र निष्ठावान नेताको रूपमा स्मरण गर्दै, उहाँ सधैं राष्ट्र र जनताको चिन्तामा रहने नेताको रूपमा आफूले चिनेको बताए।

समाजसेवी वीरेन्द्र मानन्धरले गिरिजा बाबु जनउत्तरदायी नेता भएको र प्रवासमा कांग्रेस जनसम्पर्कको स्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै गम्भीर प्रश्न उठाए।

दोलखा समाजका अध्यक्ष भोजराज ठोकरले माओवादी द्वन्द्वको रक्तपातबाट देशलाई मुक्त गर्दै शान्तिपूर्ण रूपमा राजतन्त्र अन्त्य गराई गणतन्त्र स्थापना गर्नुमा गिरिजा बाबुको निर्णायक भूमिका रहेकोमा जोड दिए।

माइन्योरिटी इम्पावरमेन्ट अर्गनाइजेशनका अध्यक्ष श्याम कार्कीले गिरिजा बाबु कुशल संगठनकर्ता भएको र अहिले त्यस्तो नेतृत्वको अभाव रहेको बताए।

एनआरएन महिला उपाध्यक्ष लक्ष्मी थापाले पनि देशमा गिरिजाजस्तो दूरदर्शी नेतृत्वको आवश्यकता रहेको धारणा राखिन्। महिला नेतृ कमला पन्तले ट्रेड युनियन आन्दोलनमा सहभागी हुँदा पाएको मार्गदर्शनबाट आफू गहिरो रूपमा प्रभावित भएको बताइन्।

फाउन्डेशनका केन्द्रीय सदस्य सूर्य सिंखडाले “गिरिजाजस्तो नेता न अघिसम्म थिए, न अहिले छन्, न आउनेछन्” भन्दै वहाँको अभाव नेपाली राजनीतिमा सदैव खडकिरहने बताए।

फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गर्दै २०४६ देखि २०६७ सालसम्म देशको राजनीतिमा गिरिजा बाबु निरन्तर अगुवा नेतृत्वकर्ता रहेको र देशलाई द्वन्द्वबाट लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्न वहाँको योगदान अविस्मरणीय रहेको बताए।

समापन मन्तव्यमा, अध्यक्ष सुवर्ण लामाले गिरिजा बाबुले बारम्बार दोहो¥याउने “सहमति, सहकार्य र एकता” को सिद्धान्त नै देश र समाजको हितमा रहने बताउँदै, फाउन्डेशनले कोरोना कालदेखि निरन्तर सामाजिक सेवा गर्दै आएको र भविष्यमासमेत यसलाई निरन्तरता दिने अठोट व्यक्त गरे।

झन्डै दुई घन्टा चलेको कार्यक्रममा फाउन्डेशनका केन्द्रीय सदस्यहरू ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, पासाङ गोपर्मा, फुडोमा लामा लगायत दर्जनौँ विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
संयुक्त राष्ट्रसंघीय धार्मिक समितिका संयोजक दिलीपकुमार थांकापन, धर्मगुरु ब्रह्मनिष्ठानन्द, समाजसेवी अम्बीर जोशी, राजेन्द्र श्रेष्ठ, हरी मगर, वील तामाङ, रोहित पाण्डे, राम गिरी, गायिका सुमित्रा लामा लगायत करिब ६० जना सहभागी थिए।

कार्यक्रममा जलपान र खाजाको व्यवस्था फाउन्डेशनकी कोषाध्यक्ष रेखा श्रेष्ठद्वारा सञ्चालित ‘टेस्ट अफ नेपाल’ र हरी मगरद्वारा सञ्चालित ‘नेपाली म:म क्याफे’को सौजन्यमा गरिएको थियो।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।