Washington DC, US : July 28, 2026, Tuesday 10:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?|Breaking News : जापानमा शक्तिशाली भूकम्प: सपिङ मल भत्किँदा दर्जनौँ फसे, उद्धार कार्य तीव्र|“कानूनको सम्मान गर्दै, शान्तिपूर्ण रूपमा, सत्य र न्यायको पक्षमा म मेरो संघर्ष जारी राख्नेछु”|डा. गोविन्द केसीले अनसन तोडे|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग

सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ? सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको पहिलो विस्तृत प्रतिक्रिया : ‘सरकारको उपस्थिति थियो, तर त्यो पर्याप्त भएन’

  NepalMother.com | १२ श्रावण २०८३, मंगलवार २१:०८

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा तीन दिनदेखि जारी साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पहिलो पटक विस्तृत सार्वजनिक धारणा व्यक्त गर्दै सरकारले घटनाको सुरुदेखि नै आफ्नो उपस्थिति देखाए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। साथै उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु कुनै पनि लोकतान्त्रिक राज्यका लागि स्वीकार्य हुन नसक्ने भन्दै निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडितलाई न्याय तथा क्षतिपूर्तिको प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा भनेका छन्, “घटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको थियो, तर ती प्रयासहरू पुग्दो भएनन्। सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन।”

उनले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक सामान्य नागरिकका रूपमा पनि घटनाबाट अत्यन्त दुःखी भएको उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

घटना कसरी सुरु भयो ?

प्राप्त जानकारीअनुसार, सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा केही साताअघि धार्मिक झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच सामान्य विवाद भएको थियो। स्थानीय तहमा संवादमार्फत समस्या समाधानको प्रयास भए पनि विवादको जरो भने पूर्ण रूपमा अन्त्य हुन सकेको थिएन।

गत आइतबार राति साउन महिनाको बोलबम यात्रासँग सम्बन्धित धार्मिक जुलुस अघि बढिरहेका बेला उच्च आवाजमा बजाइएको डीजे संगीतलाई लिएर अर्को समुदायले आपत्ति जनाएपछि दुवै पक्षबीच भनाभन सुरु भएको थियो। केहीबेरमै ढुंगामुढा, तोडफोड र झडपमा स्थिति परिणत भयो। अवस्था नियन्त्रणबाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अश्रुग्यास, लाठीचार्ज तथा चेतावनी गोली चलाएको दाबी गरेका छन्। तर त्यसपछि चलाइएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए, जसको उपचारका क्रममा मृत्यु भयो। अन्य धेरै व्यक्ति गोली लागेर तथा झडपमा घाइते भएका छन्।

गोली प्रहारपछि झन् चर्कियो तनाव

गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि देवानगञ्ज, कप्तानगञ्ज, हरिनगर, भुटाहा तथा आसपासका क्षेत्रमा प्रदर्शन चर्कियो। प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरे, टायर बालेर विरोध जनाए तथा केही स्थानमा पसल, घर तथा सवारीसाधनमा आगजनी र तोडफोडसमेत भएको प्रशासनले जनाएको छ। केही घर पूर्ण रूपमा जलेका छन् भने बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। त्यससँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ठूलो संख्यामा परिचालन गरिएको थियो। नेपाली सेनाले हेलिकोप्टरबाट हवाई निगरानी गर्नुका साथै स्थल गस्तीसमेत बढाएको थियो।

सरकारको कदम : छानबिन समिति गठन, सुरक्षा अधिकारी हेरफेर

घटनापछि गृह मन्त्रालयले तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको वास्तविक कारण, सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको अवस्था, गोली चलाउने निर्णयको प्रक्रिया तथा सम्पूर्ण घटनाक्रमको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यससँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका केही सुरक्षा अधिकारीको जिम्मेवारीसमेत परिवर्तन गरिएको छ। गृह मन्त्रालयले यसलाई प्रशासनिक पुनर्संरचना र निष्पक्ष अनुसन्धानका लागि गरिएको निर्णय भएको जनाएको छ।

राष्ट्रिय मानवअधिकार आयोग पनि सक्रिय

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै राष्ट्रिय मानवअधिकार आयोगले पनि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ। आयोगले घटनामा सुरक्षाकर्मीबाट भएको बल प्रयोग, गोली प्रहारको आवश्यकता तथा मानवअधिकार उल्लङ्घन भएको वा नभएको विषयमा अनुसन्धान भइरहेको जनाएको छ। साथै आयोगले सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शाहले सरकारले घटनाबाट शिक्षा लिएर भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन तत्काल आवश्यक नीतिगत र प्रशासनिक निर्णय गरिरहेको बताएका छन्।

उनले भनेका छन्, “अनुसन्धान सुरु भइसकेको छ। कानुनबमोजिम कारबाही हुनेछ। सरकार छ भन्ने अनुभूति नागरिकले पाउनुपर्छ, दोषी जोसुकै भए पनि उन्मुक्ति पाउने छैन।”

मृतकका परिवार, घाइते तथा प्रभावित सबैलाई न्याय दिलाउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिकलाई संयम अपनाउन, उत्तेजनामा नआउन, बदला र हिंसाको भावनाबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले अन्त्यमा सबै समुदायलाई शान्ति, सहिष्णुता र पारस्परिक सम्मान कायम राख्न अपिल गर्दै भनेका छन्, “हामी सबै नेपाली हौं। आक्रोश, रिस र डरलाई नियन्त्रण गरौं। उत्तेजना फैलाउने कुनै पनि गतिविधिमा सहभागी नबनौं। प्रेम, सद्भाव र कानुनी प्रक्रियाप्रतिको विश्वास कायम राख्दै शान्तिपूर्ण रूपमा अगाडि बढौं।”

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति सुरु भएको दुई समुदायबीचको विवाद अहिले कोशी प्रदेशकै सबैभन्दा संवेदनशील सुरक्षा चुनौतीका रूपमा देखिएको छ। धार्मिक जुलुस, डिजे साउण्ड, पुराना साम्प्रदायिक असन्तुष्टि र सुरक्षाकर्मीको बल प्रयोग एकै ठाउँमा मिसिँदा उत्पन्न हिंसात्मक घटनामा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने दर्जनौँ नागरिक र सुरक्षाकर्मी घाइते भएका छन्। घटनापछि देवानगञ्ज, हरिनगर, घुस्की, भुटाहा, इनरुवा बजार तथा पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्र लगातार तनावग्रस्त बनेका छन्।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ। केही क्षेत्रमा सेनाले पैदल तथा सवारी गस्तीका साथै हवाई निगरानीसमेत बढाएको छ।

घटना कसरी सुरु भयो ?

प्रारम्भिक अनुसन्धान र स्थानीय स्रोतका अनुसार विवादको जरो साउन महिनाको बोलबम यात्रासँग जोडिएको छ।

आइतबार साँझ कप्तानगञ्जस्थित शिव मन्दिर परिसरबाट बोलबम यात्राको तयारी भइरहेका बेला सहभागी युवाहरूले उच्च आवाजमा डिजे बजाएका थिए। त्यही समयमा विद्युत् आपूर्ति बन्द भएकाले स्थानीय बासिन्दा घरबाहिर बसेका थिए। अर्को समुदायका केही व्यक्तिले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदा बालबालिका, वृद्धवृद्धा र बिरामीलाई समस्या भएको भन्दै आवाज बन्द गर्न आग्रह गरेका थिए।

यही विषयमा सुरु भएको सामान्य भनाभन केही मिनेटमै दुई समूहबीचको झडपमा परिणत भयो। स्थानीयका अनुसार यसअघि मोहरम पर्वमा राखिएका झण्डा समयमै नहटाइएको विषयलाई लिएर पनि सो क्षेत्रमा केही समयदेखि असन्तुष्टि र साम्प्रदायिक अविश्वास बढ्दै आएको थियो। त्यसैले सामान्य विवादले तुरुन्तै उग्र रूप लिएको बताइएको छ।

प्रहरीसँग झडप, २५ राउण्ड गोली

विवाद बढेपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरी निरीक्षक राकेश राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुगेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल सुरु भयो। त्यसक्रममा प्रहरी निरीक्षक राईमाथि चिर्पट प्रहार हुँदा उहाँ गम्भीर घाइते हुनुभयो। उहाँको टाउकोमा पाँच वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि थप सशस्त्र प्रहरी परिचालन गरियो। अन्धकार, ढुंगामुढा र लगातारको आक्रमणबीच सुरक्षाकर्मीले बल प्रयोग गर्दै नेपाल प्रहरीले तीन राउण्डसशस्त्र प्रहरीले २२ राउण्ड गरी कुल २५ राउण्ड गोली चलाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

गोली लागेर गम्भीर घाइते भएका ओमप्रकाश मेहताको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो। घटनामा नौ जना स्थानीय नागरिक गोली लागेर घाइते भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अर्कोतर्फ, झडपमा आठ जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी १३ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

मृत्युपछि चर्कियो आन्दोलन

ओमप्रकाश मेहताको मृत्युको खबर फैलिएसँगै सोमबार बिहानदेखि स्थानीयवासी आक्रोशित बने। प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरे, टायर जलाए, केही पसल तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे। कतिपय स्थानमा सवारीसाधनमा समेत क्षति पुर्‍याइएको छ।

तनाव बढेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन पूर्ण रूपमा रोकिएको छैन। सम्भावित हिंसा फैलिन नदिन छिमेकी मोरङ जिल्लाले सार्वजनिक रूपमा डिजे साउण्ड बजाउन अस्थायी प्रतिबन्ध लगाएको छ।

सरकारको ठूलो प्रशासनिक हेरफेर

घटनापछि गृह मन्त्रालयले सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको निष्कर्ष निकाल्दै तत्काल प्रशासनिक फेरबदल गरेको छ।

  • सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाइएको छ।
  • उहाँको स्थानमा ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ।
  • कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेको सरुवा गरिएको छ।
  • सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवेलाई पनि हटाइएको छ।
  • नयाँ डिआइजीका रूपमा शेखर खनाल र नयाँ एसपीका रूपमा पुष्पराज मल्लले जिम्मेवारी सम्हालेका छन्।

उच्चस्तरीय छानबिन समिति गठन

घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनास्थलको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले पनि स्वतन्त्र अनुगमन सुरु गर्दै बल प्रयोगको औचित्य, मानवअधिकारको अवस्था तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले घटनाको सुरुदेखि नै सरकारले उपस्थिति जनाएको भए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको प्रतिबद्धता व्यक्त गरेका छन्।

राजनीतिक दलहरूको प्रतिक्रिया

घटनापछि प्रमुख राजनीतिक दलहरूले पनि फरक–फरक धारणा सार्वजनिक गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिंसाबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्। उनले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयम अपनाउन आग्रह गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तराई–मधेसमा पटक–पटक धार्मिक तनाव दोहोरिनु चिन्ताजनक भएको भन्दै दीर्घकालीन समाधानका लागि सर्वपक्षीय संयन्त्र गठन गर्न माग गरेका छन्।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्य संयन्त्रबाट अत्यधिक बल प्रयोग भएको आरोप लगाउँदै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले निहत्था नागरिकमाथि गोली चलाउनु गम्भीर सुरक्षा लापरबाही भएको टिप्पणी गर्दै सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

सद्भाव जोगाउन सबैको अपिल

तनाव लम्बिँदै गएपछि स्थानीय जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा सामाजिक संघसंस्थाहरूले शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरिरहेका छन्।

प्रशासनले पनि सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा अपुष्ट सामग्री नफैलाउन, अफवाहमा विश्वास नगर्न तथा कानुन हातमा नलिन सबैसँग आग्रह गरेको छ।

अहिलेसम्म सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेको भए पनि प्रशासन, सुरक्षा निकाय र स्थानीय समुदायबीच निरन्तर संवाद जारी रहेको छ। प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता अझै उच्च तहमा राखिएको छ भने छानबिन समितिको प्रतिवेदनपछि घटनाको वास्तविकता थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of the Western Wall and text

May be an image of ticket stub and text that says 'प.सं.: 0ㄷR\/CY नेपाल सरकार गृह मन्तालय कार्यलयः ΟP9-xRRxRχθΕξoe जिल्ला प्रशासूत कार्यालय, मोरड बेबसाईट daomorang C.daomorang.moha.gov.ny moha.gu np E-mail: .1 E-mail:dao.morangl@gmal.com gmail.com daomorang101@gmail.com daomorangl01/gms नेपान আह शाशन vita मिति २੦५੩।०४।१२ ने.सं.:११४६ ने.सं. ۹۹۹۹ डिजेको प्रयोग नगने नगराउने सम्बन्धी सचना यस जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विमित्न समारोह, पार्टीउत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा कुनै पनि स्थानमा अर्को सृचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निपेध गरिएको छ यो सुचना विपरित कसैले यसको प्रयोग गरे, गराएको पाइएमा कानून बमोजिम कारवाही गरिने व्यहोरा सम्पू्ण जिल्लावासीहरुमा जानकारी गराइन्द ЖHac! पवन ကနတစနိနှ်သူ बाज कोइराला) सहायक प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जित्सह अदिकारी'

May be an image of text that says 'अनलाइन टिमी पत्रकार संघ. नेपाल Journalist विशुली काठमाडो, नेपाल सत्चारकर्मींहरूलाई अनलाइन टिभी पत्रकार सुनसरीको तनावपूर्ण नेपालको समूहाबीचको नियन्नणमा अनलाइन टिभी पव्कार लेपालको गम्भीर संवेदनशील तथा सज्चारक्मी तथा डिजिटल वर्षीय युवकको मृत्यु अएपकि जिम्मेवार पत्रकारिता अत्यन्त संयमता, संवेदनशीलता सत्यारमाध्यमको महत्वपूर्ण सामाजिक सहयोग सामाजिक गर्दळ। सामुदायिक एकता पत्रकार तथा सत्चारकर्मी जुनसुक स्थानबाट मिडियाका उत्मादन प्रस्तुति प्रभावबारे विशेष ध्यान तथा भिडियोको पुन.प्रयोग, अफवात अनुमानमा आधारित सामबी व्यक्तिहरुबाहेक सामाजिक सत्जाल प्रयोग गर्ने आम नागरिकले समेत यस्ता संवेदनशील घटनाका विषयमा सार्वजनिक संयमता जिम्मेवारी अपिल स्वीकाय नथा सामाजिक सत्जालना गतिविथि सम्जाल प्योगकर्ता टिभी रोक्‍न अनुगमन सत्चारकर्मालाई आमक, सामाजिक जिम्मेवारी महत्वपूर्ण सम्म्रेषण हार्दिक फुयाल महासचिव साउन'

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor