Washington DC, US : June 25, 2025, Wednesday 03:20 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अर्को साता अमेरिका र इरानबीच वार्ता हुने : अमेरिकी राष्ट्रपति ट्रम्प|Breaking News : NATO महासचिव रुट्टेले ट्रम्पलाई “शक्तिशाली व्यक्ति” र “शान्तिका अग्रदूत” को रूपमा सम्मान गरे|देशका लागि “ऐतिहासिक विजय”- इजरायल, “१२ दिनको युद्ध” को अन्त्यको निर्णय – इरान|देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान|इरान – इजरायल युद्ध र युद्ध बिराम पछिको बिकसित घटना क्रम|अब नेपाली सेना मौन बस्न मिल्दैन|जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे|कुशासनको छायाँमा शान्ति र समृद्धि|Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पले गराए कतारी सरकारको मध्यस्थतामा इजरायल र इरानबीचको नाटकीय “युद्ध बिराम”|सर्वोच्च नेता खामेनी बंकरमा, यदि इरानले होर्मुज बन्द गरे के हुन्छ ?

सञ्चारमा शान्ति सिद्धान्तः विश्वशान्तिको आधार

  NepalMother.com | २१ जेष्ठ २०८२, मंगलवार ०८:४५

– डा. बालकृष्ण चापागाईं
लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक अनुसन्धानमार्फत सञ्चारमा शान्ति सिद्धान्तको प्रतिपादन गराएपछि विश्वका विभिन्न विश्वविद्यालयहरुमा यो सिद्धान्तको चर्चा, विवेचना, अध्ययन तथा अध्यापन गराउन थालेको पाइएको छ ।
त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागले यो सिद्धान्तलाई सञ्चारको पाँचौं सिद्धान्तका रुपमा पाठ्यक्रममै समावेश गर्नेगरी सम्बन्धित पक्षसंग सम्वाद र विचार विमर्श गरिरहेको एक सञ्चार विज्ञले जनाएका छन् ।
बौद्धदर्शनको विश्वव्यापी प्रभाव र प्रचारका निम्ति आमसञ्चारको विशेष महत्व छ भन्ने कुरा बुझेर भावी कार्यदिशा तय गरिनु आवश्यक देखिन्छ । अतः शान्ति, मैत्री, करुणा र प्रेमको महत्वपूर्ण सिद्धान्तका रूपमा विश्वले नै स्वीकार गरेको बौद्ध धर्म — दर्शनलाई गहिराइका साथ बुझ्दै विश्वव्यापी प्रचारको रणनीतिक योजना बनाउन आवश्यक देखिन्छ ।
२१ औँ शताब्दीमा पनि वर्णभेद र जातिभेद कायमै रहनु दुःखद् र असामयिक कुरा हो । विश्वमा जाति तथा वर्णभेद अन्त्यका लागि बौद्ध दर्शनको व्यापक प्रचार–प्रसार आवश्यक देखिन्छ ।
अर्थ र वाणिज्यको विकासका लागि उनले दिएका उपदेशलाई अहिलेको समाजमा कार्यान्वयनमा ल्याउदा समृद्धि आउन सक्छ । उनले कृषि व्यवसाय, मानसिक शान्ति र शारीरिक स्वास्थ्यमा जोड दिएकाले उनका विचारको महत्व अहिलेको समाजमा झनै बढेको छ । अतः ती विचारको प्रचार–प्रसारको आवश्यकता देखिन्छ । बुद्धले घातक अस्त्रको व्यापार, मांस–व्यापार, मनुष्य–व्यापार, मादक पदार्थको व्यापार र विषको व्यापार मानव समाजका लागि हानिकारक हुन्छ भनी उपदेश दिएका थिए । ती विचारको विश्वव्यापी प्रचार–प्रसारको झनै आवश्यकता देखिन्छ ।
गुरु—शिष्य परम्परामा रहेका महत्वपूर्ण कुराहरू विभिन्न भाषा र लिपिका माध्यमबाट प्रकाशित एवम् प्रसारित भएका छन् । स्वाभाविक रूपमा यसले गर्दा बौद्ध धर्म—दर्शन पनि विश्वव्यापी हुनुमा आधुनिक र व्यवसायिक सञ्चार माध्यम न्यु मिडिया—इमेल इन्टरनेट आदिको विकासले महत्वपूर्ण भूमिका खेलेको छ । विश्व कल्याणका लागि पथप्रदर्शक रहेको बौद्ध–दर्शनको प्रचार–प्रसारमा आधुनिक सञ्चार माध्यमहरूले जुन रूपमा स्थान दिनु पर्ने हो तदनुसार हुन सकेको पाइदैन । त्यसैले यस दिशातर्फ विशेष ध्यान पुग्नु जरुरी देखिन्छ । विश्वमा राज्य—राज्यबीच, मानिस—मानिसबीच आर्थिक, राजनीतिक र सामाजिक किसिमको द्वन्द विकराल रूपमा रहेको छ । त्यो द्वन्द मानिसभित्र रहेको स्वार्थ, अज्ञान र अविवेकको उपज हो । त्यसलाई हटाउन आजको विश्वमा गौतम बुद्धका विचारले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । बौद्ध धर्म—दर्शनसँग सम्बन्धित विद्वान्हरू, अनुयायीहरू, सामाजिक जीवनसँग जोडिएका विभिन्न सङ्घ—सङ्गठनहरू, आमसञ्चारका माध्यमहरू, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बद्ध सङ्घ–सङ्गठनहरूले बालक, किशोर, युवा, प्रौढ र बृद्ध सबैमा औपचारिक एवम् अनौपचारिक रूपमा बौद्ध शिक्षा दिई उनीहरूमा शान्ति, करुणा, प्रेम र मैत्री भावको विकास र संस्कृति निर्माण गर्ने कुरामा विशेष भूमिका खेल्नु आवश्यक देखिन्छ ।
प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक प्रतिष्ठानहरू र अनौपचारिक शिक्षा प्रदानका लागि सञ्चालित हुँदै आएका विभिन्न सङ्घसंस्थामा बौद्धदर्शनको पठनपाठन संचालन गरिनुपर्दछ । बौद्ध धर्म—दर्शन सम्बन्धी ज्ञान प्राप्त गरेका व्यक्तिहरूको तीब्र इच्छा शक्तिसहितको प्रयास भएमा यसको प्रभाव विश्व मानव–समाजमा निकै छिटो पर्दै जाने देखिन्छ । सुख, शान्ति र समृद्धि समस्त मानव–जातिको साझा चाहना हो । त्यही साझा चाहना प्राप्तिको वैज्ञानिक मार्ग गौतम बुद्धले देखाएका छन् । तर त्यस मार्गलाई समस्त मानव जातिले गहिरो रूपमा बुझी व्यावहारमा लागू गर्नु आवश्यक देखिन्छ । यसले समृद्धिको साथै मानव जातिलाई खुसी र सुखी बनाउने छ । यस दर्शनलाई जसले अध्ययन गर्ने, बुझ्ने मौका प्राप्त गरेका छन्, उनीहरू सबैबाट अल्पकालीन र दीर्घकालीन योजनासहितको सार्थक प्रयासको खाँचो देखिन्छ ।
विश्वमा बौद्ध दर्शनको सञ्चार बारे सामान्य चर्चा गर्दै केही विस्तृत अध्ययन–अनुसन्धान भए तापनि यसको विविध पक्षबाट थप अरु गहन अध्ययन–अनुसन्धानको खाँचो देखिन्छ । साथै गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बहुआयामिक ढंगले गहन र विस्तृत अध्ययन तथा अनुसन्धानको आवश्यकता देखिन्छ ।
मौर्य सम्राट अशोकद्वारा खडा गरिएको लुम्बिनीमा अवस्थित ‘अशोक स्तम्भ’ र नेपालको कपिलवस्तुका विभिन्न स्थलमा रहेका शिलास्तम्भ एवम् तिनीहरूमा ब्राह्मी लिपि र पालि भाषामा लेखिएका कुराहरू, बुद्धको मावली क्षेत्र देवदह र नवलपरासीको रामग्रामलगायतका क्षेत्रमा देखा परेका बुद्धकालीन प्रमाणहरूले नेपाल विश्वशान्तिको चाहना राख्ने मानव जाति र बौद्धमार्गीहरूको लागि अत्यन्तै महत्वपूर्ण स्थल भएको पुष्टी हुन्छ ।
यसो हुँदाहुँदै पनि कतिपय विदेशमा लेखिएका बौद्ध साहित्यहरूमा बुद्धको जन्मस्थल नेपाल भएको कुरा लेख्नु पर्नेमा अन्यथा भएको पनि देखिन्छ । त्यसरी प्रकाशित र प्रसारित हुनुमा यथार्थ ज्ञानको अभाव हुनु वा त्यसको सम्बेदनशीलतालाई नबुझी हचुवाको भरमा गरिएको हुन सक्ने हुँदा छापा माध्यमबाट प्रकाशित पुस्तक, पत्रपत्रिका तथा विद्युतीय सञ्चार माध्यम रेडियो, चलचित्र, टेलिभिजन एवम् ईमेल—इन्टरनेट आदिबाट प्रसारित एवम् सम्प्रेषित भ्रमात्मक कुराहरूलाई सच्याई गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मी २९ वर्षको उमेरसम्म कपिलवस्तुको तिलौराकोटस्थित उनका पिता राजा शुद्धोदनको दरबारमा बिताई थप ज्ञानको खोजीमा गृहत्याग गरी हिड्नु भएको सर्वविदितै छ । अतः यथार्थ कुरा विश्वलाई स्पष्ट हुने र बुझ्ने गरी सञ्चारित गर्नु आवश्यक देखिन्छ ।
विश्वशान्तिको लागि यसको थालनी कहाँबाट कहिले देखि खोजी सुरु भयो ? भन्ने सन्दर्भमा थप अध्ययन, खोज तथा अनुसन्धान गर्नु आवश्यक देखिन्छ । साथै गौतमबुद्धमा वैदिक दर्शनको प्रभाव के कस्तो रहेको छ ? भन्ने कुराको पनि विवेचनात्मक अध्ययन आवश्यक देखिन्छ । गौतमबुद्धले शान्तिको खोजी मनभित्रैबाट गरेका र मनभित्रका विकार र नकारात्मक सोच हटाई सकारात्मक चिन्तनको विकास हुँदै गएमा सुख र शान्ति प्राप्त हुने वैज्ञानिक मार्ग बताएकाले यस दिशामा विश्व मानव जातिलाई अग्रसर हुन प्रेरित गर्नु आवश्यक देखिन्छ । बौद्धदर्शनको प्रभावकारी र द्रूत सञ्चारमा आधुनिक सञ्चारका विविध–माध्यम, सञ्चारकर्मी÷पत्रकार तथा लेखकहरूको भूमिका के कस्तो हुनुपर्दछ ? भन्ने बारे पनि थप खोज–अनुसन्धानको खाँचो देखिन्छ ।
विश्वमा देखा परेको मानव–मानव बीचको वैमनस्यताको न्यूनीकरण र नैतिक जीवनका लागि प्रेरित गर्ने गरी छापा, चलचित्र, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, अनलाइनका साथै पछिल्लो समयमा सूचना–प्रविधिको विकाससँगै आएका न्यू मिडियाहरूले गौतमबुद्धका विचारहरूलाई आम जनताका बीचमा सरल र सहज ढङ्गले बुझ्ने गरी प्रचार–प्रसार गर्नु अत्यावश्यक देखिन्छ । विश्व शान्ति कसरी स्थापना हुन सक्छ ? भन्ने विषयमा बौद्धदर्शनको आलोकमा प्रतिपादन गरिएको २५ बूँदामा समेटिएको सञ्चारमा शान्ति सिद्धान्तको विश्वमा सफल कार्यान्वयन हुन सकेमा विश्वशान्ति स्थापना हुन सक्ने वैज्ञानिक आधार प्रस्तुत छ । यसको लागि सञ्चारले संसारभर विशेष दायित्व निर्बाह गर्नुपर्दछ ।
भवतु सब्ब मंगलम् ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।