Washington DC, US : June 25, 2025, Wednesday 03:15 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अर्को साता अमेरिका र इरानबीच वार्ता हुने : अमेरिकी राष्ट्रपति ट्रम्प|Breaking News : NATO महासचिव रुट्टेले ट्रम्पलाई “शक्तिशाली व्यक्ति” र “शान्तिका अग्रदूत” को रूपमा सम्मान गरे|देशका लागि “ऐतिहासिक विजय”- इजरायल, “१२ दिनको युद्ध” को अन्त्यको निर्णय – इरान|देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान|इरान – इजरायल युद्ध र युद्ध बिराम पछिको बिकसित घटना क्रम|अब नेपाली सेना मौन बस्न मिल्दैन|जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे|कुशासनको छायाँमा शान्ति र समृद्धि|Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पले गराए कतारी सरकारको मध्यस्थतामा इजरायल र इरानबीचको नाटकीय “युद्ध बिराम”|सर्वोच्च नेता खामेनी बंकरमा, यदि इरानले होर्मुज बन्द गरे के हुन्छ ?

 किन महत्वपूर्ण छन् गौतमबुद्धका विचार ?

  NepalMother.com | ९ जेष्ठ २०८२, बिहीबार ०८:४७

–  डा.बालकृष्ण चापागाईं

बुद्धका विचारको बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य र आर्य–अष्टाङ्गिक मार्गले मानव–जीवनको अर्थबोध गराई मानिसको सफल जीवन, शान्ति र मुक्तिका लागि अत्यन्तै महत्वपूर्ण सन्देश दिएको पाइन्छ । बुद्धले बोधगयाको पिपलको रुखमुनि समाधि बसेर बोधिसत्वको ज्ञान प्राप्त गरे । समाधिमा बस्नु भनेको आफूले विगतमा गरेका गतिविधिहरू वा आफ्ना अनुभवहरूको सार खिच्नु हो । सम्यक् समाधिको अर्थ आफू एकाग्रतामा रहेर चिन्तन गर्नु हो भन्ने जस्ता वैज्ञानिक दृष्टिकोण दिए । बुद्धका विचार समयक्रममा झनै समसामयिक र लोककल्याणकारी बन्दै गएका छन् । बुद्धका विचारलाई व्यवहारमा लागू गर्न सकेको खण्डमा यो समाजमा सुख, शान्ति र मैत्रीको अवस्था सिर्जना हुन सक्ने देखिन्छ ।
गौतमबुद्धले कुनै जटिल र तत्वशास्त्रीय कुरामा अल्झिएर समय बर्बाद गर्नुभन्दा पीडामा पिल्सिएकाहरूको सानो दुःख निवारण गर्न सकियो भने त्यो बढी कल्याणकारी हुने सामाजिक न्यायको पक्षमा जोड दिएकाले उनका विचारको सान्दर्भिकता झनै बढेको पाइन्छ । गौतम बुद्धले महिलाहरूलाई दीक्षाको अधिकार र भिक्षुणी बन्ने मौका दिएका, स्वतन्त्र भिक्षुणी सङ्घको स्थापना गरेका, स्त्रीलाई आध्यात्मिक मार्गमा हिंड्न र आध्यात्मिक शक्ति प्राप्त गर्नमा दीक्षित गरेका हुँदा उनका विचार लैङ्गिक अधिकारका दृष्टिले पनि उपयोगी देखिन्छन् । गौतम बुद्धले प्रेम र स्वतन्त्रता दुवै सँगैसँगै हिँड्छन् भने । स्वतन्त्रताविनाको प्रेम जेलको बन्दी जस्तो हुन पुग्छ । बुद्धले व्यवहारिक र मानवीय संवेदनशीलतालाई बुझेर उपदेश दिएकाले उनी प्रतिको विश्वास झनै बढेको पाइन्छ । पति र पत्नीका बीचको प्रेमलाई उनले पवित्र प्रेमको संज्ञा दिएकाले गृहस्थ जीवनमा रहेकाहरू बीच पनि गौैतम बुद्ध लोकप्रिय भएको पाइन्छ ।
गौतमबुद्धले मानव जीवनमा श्रमको निकै महत्व छ भन्ने कुरामा जोड दिएका हुनाले श्रमण संस्कृतिको निर्माणमा योगदान पुगेको देखिन्छ । गौतम बुद्धले माता–पिताको सेवा गर्न सिकाए । कुनै काल्पनिक ईश्वरलाई होइन माता–पितालाई नै ब्रह्मा भने ‘ब्रह्मा ती मातापितंरो’ बुद्धिमान मानिसले माता–पिताको उचित आदर–सत्कार गर्नुपर्छ, पूजा गर्नुपर्छ, ब्रम्हको अर्थ हो अनन्त मैत्री, अनन्त मुदिता, अनन्त करुणा र अनन्त समभाव–युक्त व्यक्ति । गौतम बुद्धले माता–पितालाई नै ब्रह्मको दर्जा दिएका हुनाले पाका पुस्ताका बीचमा पनि उनी लोकप्रिय भएको पाइन्छ ।
शिष्यले आफ्नो गुरुको आदर–सम्मान गर्नुपर्छ, आज्ञाको पालन गर्नुपर्छ र मिहिनेत तथा लगनका साथ पढाई गर्नुपर्छ । शिक्षकले पनि आफ्नो शिष्यलाई सही र समुचित शिक्षा–ज्ञान दिनुपर्छ, उचित रूपले पढाउनु पर्छ, असल सङ्गतको लागि प्रेरित गर्नुपर्छ, शिक्षा प्राप्त गरेपछि रोजगार प्राप्त गर्नमा भूमिका खेल्नुपर्छ । पति र पत्नी एक–अर्काको विश्वासपात्र बनून्, एक–अर्काको सम्मान गरून्, एक–अर्काप्रति पूर्णतः समर्पित रहुन्, एक अर्काप्रति आफ्ना उत्तरदायित्वको पालना गरुन् । पति–पत्नी एक–अर्काको पूरक हुन्छन्, पतिको कर्तव्य हो उसले आफ्नी पत्नीको मान–सम्मानको रक्षा गरोस्, कहिल्यै अपमान नगरोस्, अपमान हुन नदेओस्, अनैतिक मिथ्याचारबाट टाढा रहोस्, आफ्नो आम्दानीको हिसाबले धन–सम्पतिबाट पत्नीलाई सन्तुष्ट राखोस् र समय–समयमा पत्नीलाई वस्त्र–आभूषण उपहार दिईरहोस् भन्ने शिक्षा दिएकाले गृहस्थ महिलाहरू पनि बुद्धका विचारको पक्षमा देखिन्छन् ।
गौतम बुद्धले कस्तो व्यक्तिसँग मित्रता गर्नुपर्छ भन्ने सन्दर्भमा पनि उपदेश दिएका छन् । मित्रतामा स्थिरता हुन्छ, सम्पन्नता–विपन्नता, सुख–दुःख, सफलता–असफलता सबै परिस्थितिहरूमा समान व्यवहार गर्छ । सद्गुणी मानिसहरूसँग सम्बन्ध बढाऊ र घटिया मानिसहरूको सङ्गत र घटिया मार्ग त्यागी देऊ भन्ने अर्ती उपदेश गरेकाले मानिसलाई सत्मार्गमा हिड्न प्रेरित गरेको पाइन्छ । बुद्धले हरेक राष्ट्रको विदेश नीति पञ्चशील र परस्पर शान्तिपूर्ण सह–अस्तत्वमा आधारित हुनुपर्छ भन्दै श्रावस्तीमा कोशल नरेश प्रसेनजितलाई धम्मको उपदेश दिँदा ‘एउटा देशको समृद्धि र सुरक्षा अरू देशहरूको गरिबी र असुरक्षाको मूल्यमा हुनु हुँदैन’ भनेकाले गौतम बुद्धका विचार विश्वशान्तिका लागि महत्वपूर्ण रहेको स्पष्ट हुन्छ ।
जनतालाई सार्वभौम मानी प्रजातन्त्रमा विश्वास राख्दै र प्रजातान्त्रिक एवम् लोकतान्त्रिक ढङ्गले शासन चलाइयो भने र प्रजाको हितसम्बद्र्धन गरियो भने कुनै गणराज्यलाई खतरा हुँदैन भन्ने बुद्धका उपदेशलाई अहिलेको विश्वका शासकहरूले बुझ्ने हो र त्यसकोे आत्मसात् गरी कार्यान्वयन गर्ने हो भने विश्व समाजमा शान्ति स्थापना हुने देखिन्छ । बुद्धले बारम्बार भनेका छन्–‘जन्मले न कोही ब्राह्मण हुन्छ र न कोही शूद्र । मानिसको मूल्य उसको जातिबाट होइन, उसका कामहरूबाट देखिन्छ । कर्मले नै मानिस ब्राह्मण बन्छ र कर्मले नै चण्डाल ।’ भनेका हुँदा कुनै पनि राज्यले वर्ण र जातिका आधारमा भेदभाव गर्न नहुने कुराको सबैलाई बोध गराएको छ । यी विचारले मानव अधिकारको प्राप्ति र संरक्षणमा बुद्धका विचारको महत्व झनै दर्शाएको पाइन्छ ।
प्रत्येक मानिसले मन, वचन र कर्मले मिहिनेत ग¥यो भने निर्वाणसम्म यसै जीवनमा पुग्न सकिन्छ । यसका लागि कसैको कृपा होइन स्वयम् आफ्नै कर्मबाट त्यो निर्वाणमा पुग्न सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सक्ने भएकाले पनि यो विचार अजर र अमर बन्न पुगेको पाइन्छ । गौतम बृुद्ध सामाजिक न्याय र समानताका अभियन्ता थिए । उनी सर्वधर्म–समभावको पक्षधर थिए । उनले कहिल्यै पनि आफ्ना शिक्षाहरूको प्रशंसालाई न त आवश्यकताभन्दा बढी महत्व दिए, न त्यसको आलोचना गर्नेहरूको नै निन्दा गरे । यसले गर्दा उनी धर्मनिरपेक्षताका पक्षपाति थिए भन्ने कुरा स्पष्ट हुन्छ । बुद्धका यी उपदेशबाट विश्व मानव–समाजले नै पाठ सिक्दै अगाडि बढेको देखिन्छ ।
संसारमा अगणित दर्शन, सिद्धान्त र मतहरू छन्, मानिसहरू यी सबैमाथि अनन्त समयसम्म आलोचना–प्रत्यालोचना गर्न सक्छन् । विभिन्न सिद्धान्त, धर्म र मत–मतान्तर छन् तापनि बौद्ध दर्शन निकै व्यापक भएको स्पष्ट हुन्छ । यसको अध्ययन–अनुसन्धान अझै गहन, व्यापक र वैज्ञानिक रूपमा हुनु पर्ने देखिन्छ । उनले सङ्घमा एकता बनाई राख्न र बिघटनलाई बचाई राख्नका लागि आपसमा मिलिरहू, धम्म चर्चा गर्दै रहू, भेटिने र छुट्टिने बेलामा सहयोग–एकताको भावना राख, निर्धारित शीलहरूको पालना गर, सङ्घका गुणी र अनुभवी वरिष्ठ भिक्षुहरूको आदर गर र उनीहरूका मार्गनिर्देशहरूको पालन ग¥यौ भने धम्म फल्ने–फुल्नेछ र कहिल्यै यसको पतन हुने छैन भनेका छन् । यसबाट विश्व मानव समाजले शिक्षा लिएर अगाडि बढ्न सकेमा शान्ति र मानव कल्याण हुन सक्ने प्रेरणादायी सन्देश दिएको पाइन्छ ।
बौद्ध धर्म–दर्शनको विकासमा सञ्चारको अटुट सम्बन्ध रहिआएको विषय यस शोध प्रबन्धमा पुष्टी गरिएको छ । जीवन, मानव–समाज र सञ्चार बीचको सम्बन्ध अपरिहार्य तत्वको रूपमा रहेको कुरालाई विभिन्न तथ्यहरूको वैज्ञानिक अध्ययन–अनुसन्धानबाट प्रमाणित गरिएको छ । आधुनिक समाजमा मानिस–मानिस बीच, राष्ट्र–राष्ट्र बीच, ठूला राष्ट्र र साना राष्ट्र बीच, शक्ति राष्ट्रहरू बीच आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, प्राकृतिक साधन स्रोतको उपयोगका सन्दर्भमा द्वन्द्व बढ्दै गई विश्व मानव समाजमा हिंसा र अशान्तिको स्थिति झनै विकराल भइरहेको अवस्था देखिन्छ ।
शान्तिका लागि भनी स्थापना भएका संयुक्त राष्ट्रसंघ लगायतका संघसंस्था, विभिन्न तह निकायहरूको भूमिका पनि विश्वशान्ति स्थापनामा सफल हुन सकेको अवस्था देखिंदैन । हिंसा र हातहतियारको प्रयोगले मानवसमाजमा शान्ति स्थापना हुन सक्दैन भन्ने कुरा पुष्टी भइसकेको छ । त्यसका लागि मानिसले आफैभित्र शान्तिको खोजी गर्नुपर्छ । त्यो वैज्ञानिक शान्ति मार्ग बौद्ध–दर्शनमा छ । यस आधारमा आधुनिक सञ्चारका माध्यमहरूले आम मानिसलाई सरल र प्रभावकारी ढंगले वैज्ञानिक विधि र शैलीद्वारा बौद्ध दर्शन बारे जानकारी गराई सकारात्मक प्रभाव दिन सक्दा विश्वमा शान्ति स्थापना हुने विश्वास गरिएको छ ।
बौद्ध दर्शन विश्वकल्याण र शान्तिका लागि महत्वपूर्ण भएकाले यसलाई बुझ्ने, बुझाउने र व्यवहारमा उतार्न सञ्चारको अन्योन्याश्रित सम्बन्ध देखिन्छ । यो दर्शनको विकास, विस्तार र मानव समाजमा प्रभाव पार्नमा अन्तरमुखी सञ्चार, अन्तरवैयक्तिक सञ्चार, समूह सञ्चार र आमसञ्चारको भूमिका परिपुरक रहेको पुष्टी हुन्छ ।
बौद्धदर्शनले शस्त्रास्त्र युद्ध र हिंसालाई शान्तिको बाधकका रुपमा लिए तापनि विश्वमा हरेक राष्ट्रले हातहतियारयुक्त सैन्यशक्ति राख्नु र राजनीतिक दाउपेच र शक्ति तथा सत्ता स्वार्थका लागि शस्त्रास्त्रको होडवाजी चलिरहनुले बौद्ध दर्शनले मार्ग प्रशस्त गरेको विश्वशान्तिलाई चुनौती दिइरहेको देखिन्छ ।
गौतम बुद्धका उपदेशहरुलाई संयुक्त राष्ट्रसंघ लगाएतका विभिन्न संघ–संगठनले शान्तिका लागि मार्गदर्शनका रुपमा स्वीकार गरेको पाइए तापनि शक्ति राष्ट्रहरु बीचको सत्ता र शक्ति स्वार्थमा आधारित शस्त्रास्त्रको होडवाजी र त्यसबाट सिर्जित विध्वांसात्मक एवम् नरसंहारका घटनाहरु दोहोरिरहनुले यसको औचित्य र प्रयोग संकटमा परिरहेको देखिन्छ ।
गौतमबुद्ध जन्मी – हुर्की, ज्ञानको खोजीमा त्याग–तपस्या गरी विचरण गरेको भूमि र बौद्ध अनुयायी राष्ट्रका रुपमा घोषित गरिएका मुलुकमा पनि बौद्ध–आदर्श अनुरुपको व्यवहारिक अवस्था कार्यान्वयनमा देखिन नसक्नु चुनौतीको रुपमा देखिन्छ ।
बौद्ध दर्शनलाई मानव समाजमा प्रभावकारी रुपमा सम्प्रेषण गर्नका लागि सञ्चारका तत्व र विभिन्न प्रकारहरुको प्रयोग आवश्यक छ । बौद्ध दर्शनको महत्वलाई बुझेर सञ्चारका माध्यमहरुले रणनीतिक योजनाका साथ व्यवस्थित रुपले प्रचारप्रसार गर्नमा कमी रहेको पाइन्छ । विश्वका विभिन्न मुलुकमा सञ्चार नीति बनाउँदा बौद्ध दर्शनको उपयोगिता बारे ध्यान दिएको पाइदैन । त्यसैले विश्वसञ्चार नीति बौद्ध दर्शनको आलोकमा आधारित भई शान्तिलाई केन्द्रविन्दुमा राखी सञ्चार क्षेत्रले विशेष महत्व दिनु पर्ने देखिन्छ ।
बौद्ध दर्शनले मानिसको चित्त शुद्धि र सत्कर्मलाई जोड दिएको छ । विश्बका हरेक मानिसमा बुद्धका विचार र उपदेश अनुसारको व्यवहार हुन सकेमा अवश्य शान्ति हुन सक्छ । तर आजको विश्व शक्ति सम्पन्न राष्ट्र र विपन्न राष्ट्रका रुपमा विभाजित छ । धनी र गरीबका रुपमा मानिस–मानिस बीचमा विभेदको अवस्थाल छ । समाजमा विभिन्न वर्ग, वर्ण, जातजाति, भाषा–भाषी र संस्कृति बीच भेदभाव छ । विभिन्न राष्ट्रका संविधान, ऐन कानुन र नियमहरु पनि वर्गस्वार्थमा आधारित छन् । बौद्ध दर्शनलाई जनजनमा सञ्चारित गर्ने काम सञ्चार क्षेत्रले गर्न सक्दछ । यो क्षेत्रमा पकड र पहुँच पनि विशेषगरी शक्ति सम्पन्नहरुकै रहेको छ । त्यसैले बौद्ध दर्शनले मार्ग प्रशस्त गरेको विचारको प्रभाव सामान्य रुपमा जनस्तरमा पुगेको आधारमा मानिसको सोचाईमा हुने सकारात्मक प्रभावले मात्रै विश्वमा दिगो शान्ति कसरी स्थापना हुन सक्छ ? भन्ने कुरा चुनौतीको रुपमा देखिन्छ । भवतु सब्ब मंगलम् ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।