प्रेस विज्ञप्ति
मिति: २०८२ जेठ ४, बुटबल
आदरणीय पत्रकार मित्रहरू,
म, विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य , तपाईंहरू समक्ष निम्न विषयमा बास्तबिकता सहित मेरो धारणा सार्वजनिक गर्न चाहन्छु।
म २०७५ साल असार १० गतेदेखि गौतमबुद्ध हाइड्रोपावर लिमिटेडको शेयर सदस्य र संचालक नरहेको स्पष्ट गर्दछु।बिराटनगरका श्याम राठीले पल्लवी इलेक्ट्रा प्रा.लि. को तफॅबाट २०७५ साल चैत्र ११ गते सो हाइड्रोपावर कम्पनीलाई प्रतिवादी बनाई १३ लाख ५४ हजार रुपैयाँ असुलीको मागसहित मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको र २०७७ साल मंसिर १३ गते अदालतबाट गौतमबुद्द हाईड्रो पावर असुल उपर गराउनु भनि एकतफिॅ फैसला भएको जानकारी २०८२ साल बैशाख २८ गते साबॅजनिक मिडियाहरुबाट थाहा पाए ।
उक्त मुद्दाको फिरादपत्रबारे मलाई कुनै जानकारी नदिइ प्रतिउत्तर दिने अवसरसमेत नदिई २०७७ मंसिर २३ गते मोरङ जिल्ला अदालतले माग दाबी रकम र सो को कोर्ट फि प्रतिवादी गौतमबुद्ध हाईड्रोपावर प्रालि काठमाडौंबाट वादीले भराई पाउने ठहर गरी एकतर्फी फैसला गरिएको भएको रहेछ ।
झनै दुःखद र चिन्ताजनक कुरा यो हो कि—म कुनै पनि रूपमा सो कम्पनीमा शेयर सदस्य र संचालक नभएको ब्यक्तिलाई कसरी मुद्दा लाग्यो ? सम्मानित अदालत समेतबाट कम्पनी रजिस्टारको कार्यालय बाट सेयर लगत बिबरण न लिएको कमजोरी देखियो । मेरो पद र पहिचानलाई हतियार बनाइ, गलत नियतसाथ मेरो नाम, ठेगाना, र उमेरसमेत नमिल्ने व्यक्तिको नाममा पक्राउ आदेश लिई, २०८२ बैशाख २८ गतेदेखि विभिन्न सार्वजनिक मिडियामार्फत म माथि भ्रामक र बदनाम गर्ने सूचना प्रसारण गरिएको छ।
यसले मेरो व्यक्तिगत प्रतिष्ठा, सार्वजनिक जीवन, र राजनीतिक मर्यादामा गम्भीर आघात पुर्याएको छ।
श्याम राठी द्वारा रचिएको यस योजनाबद्ध, घृणित र आपराधिक कार्यको म घोर निन्दा तथा भर्त्सना गर्दछु । साथै, सो झुटो मुद्दा, मानहानी, र मबाट कथित रूपमा असुल गरिएको रकम फिर्ताको लागि म कानुनी लडाइँमा दृढताका साथ अघि बढ्नेछु।
म सदैव पारदर्शिता, इमानदारी र उत्तरदायित्वमा आधारित राजनीतिमा विश्वास राख्दछु। मलाई माया र विश्वास गर्ने सम्पूर्ण शुभचिन्तकहरू, समर्थकहरू र नागरिक महानुभावहरूलाई म उक्त कम्पनी वा मुद्दासँग कुनै सरोकारमा छैन भन्ने कुरामा सत्य तथ्य बुझिदिनुहुन, साथै भ्रामक प्रचारप्रति सजग रहनुहुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।
विष्णु प्रसाद पन्थी
प्रदेश सांसद, लुम्बिनी प्रदेश

प्रतिक्रिया