Washington DC, US : November 16, 2026, Monday 05:23 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बीपी कोइरालाको सालिक तोडफोड, शशांकद्वारा घोर भर्त्सना|वाह ! परिवर्तन त गजबकै भएछ, अब २० होइन, अझ ठूलो हुल बाँधेर पठाउनुपर्छ !|अमेरिकी नौसेनाका दुई उच्च अधिकारीलाई इरानको धम्की|नेपालमा छठ पर्व यसरी सम्पन्न भयो : फोटो आफै समाचार बोल्छन !|अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ कीर्तिमान|म त मर्छु कि क्या हो ? – भाग -१०|अमेरिकामा हवाई उडान अझै अस्तव्यस्त : आज मात्रै ५ हजारभन्दा बढी उडान रद्द, १४ हजार ६ सयभन्दा बढी ढिलाइ, भोलिसम्म सामान्य हुने अपेक्षा|सामाजिक सञ्जालको दुरुपयोग, बाँदरको हातमा नरिवल र पत्रकारिताको दुर्दशा !|विश्व राजनीतिमा ऐतिहासिक मोड : ट्रम्प, पुटिन र सीबीच चीनमा त्रिपक्षीय वार्ता हुँदै|अमेरिकाभर हवाई उडान प्रतिबन्ध हट्यो, हजारौँ उडान रद्द

वाह ! परिवर्तन त गजबकै भएछ, अब २० होइन, अझ ठूलो हुल बाँधेर पठाउनुपर्छ ! राम्रो काम जसले गरे पनि राम्रो, नराम्रो काम जसले गरे पनि नराम्रो ! पार्टीभन्दा माथि देश, व्यक्तिभन्दा माथि सिद्धान्त र अन्धभक्तिभन्दा माथि विवेक हुनु पर्छ।

  NepalMother.com | १ मंसिर २०८३, सोमबार ०८:२३

  • रामप्रसाद खनाल

पहिले नेपाली कांग्रेस, एमाले, माओवादी, मधेशवादी दल र राप्रपाका नेता, सांसद र मन्त्रीहरू हुल बाँधेर विदेश भ्रमणमा जान्थे। कहिले अध्ययन भ्रमण, कहिले अनुभव आदानप्रदान, कहिले सम्मेलन, कहिले द्विपक्षीय सम्बन्ध विस्तारका नाममा विदेश यात्रा हुन्थ्यो। त्यतिबेला पनि हामी प्रश्न उठाउँथ्यौँ। आखिर यस्ता भ्रमणबाट देश र जनताले के पाए ?

अहिले परिवर्तनको नारा बोकेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसदहरू पनि त्यही बाटोमा देखिएका छन्। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली नोभेम्बर १५ देखि २६ सम्मको चीन भ्रमणमा निस्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलगायतका नेता तथा सांसदहरू छन्। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, प्रविधि, औद्योगिकीकरण र पार्टीगत सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ।

वाह ! यहाँभन्दा ठूलो परिवर्तन के चाहियो र हामीलाई ?

मलाई थाहा छ, अब यहाँ केही महानुभावहरू भिड्न आउनुहुनेछ र भन्नुहुनेछ, “यति ठूलो पार्टीबाट २० जना विदेश जाँदा के बिग्रियो ? किन विरोध गरेको ?”

उहाँहरूलाई अग्रिम रूपमा विनम्रतापूर्वक भन्छु, हो हजुर, हो ! २० जना त अलि कमै भएछ। अर्को पटक अझ ठूलो हुल बाँधेर पठाउनुपर्छ ! आखिर परिवर्तनको अनुभूति पनि त हुनुपर्‍यो नि !

तर व्यङ्ग्यभन्दा बाहिर निस्केर गम्भीरतापूर्वक सोचौँ।

नेपालमा मन्त्री, सांसद र उच्चपदस्थ कर्मचारीहरूको विदेश भ्रमणको विषय नयाँ विवाद होइन। आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार ७६३ सरकारी कर्मचारी विदेश भ्रमणमा गएको विवरण सार्वजनिक भएको थियो। अनावश्यक भ्रमण नियन्त्रण गर्न तत्कालीन सरकारले मार्च २०२५ मा मन्त्री र सचिवको विदेश भ्रमणमा कडाइ गर्ने निर्णयसमेत गरेको थियो।

अहिले पनि टर्कीमा जारी जलवायु सम्मेलन कोप ३१ मा नेपालका पाँच मन्त्री तथा विभिन्न सांसदहरू सहभागी भएका छन्। परराष्ट्र, अर्थ, शिक्षा, स्वास्थ्य तथा कृषि, वन र वातावरण मन्त्रालयका मन्त्रीहरूको सहभागितामाथि समेत संख्या र औचित्यका प्रश्न उठेका छन्। यद्यपि उनीहरूले जलवायु वित्त, हिमाली संकट र अन्य सम्बन्धित विषयमा आफ्ना कार्यक्रम तथा छलफल पनि गरेका छन्।

यसबाट एउटा कुरा स्पष्ट हुन्छ। विदेश भ्रमणको संस्कृति कुनै एउटा पार्टीमा सीमित छैन। पुरानादेखि नयाँसम्म सबैको कार्यशैलीलाई एउटै मापदण्डमा हेर्नुपर्ने आवश्यकता छ।

रास्वपाको चीन भ्रमणको व्यवस्थापन चिनियाँ कम्युनिस्ट पार्टीले गर्ने बताइएको छ। त्यसैले यो भ्रमणको सम्पूर्ण खर्च नेपाली राज्यकोषले व्यहोरेको भनेर आरोप लगाउनु उचित हुँदैन। तर खर्च आयोजकले व्यहोर्दैमा भ्रमणको आवश्यकता, टोलीको आकार, उद्देश्य र परिणामबारे प्रश्न गर्नै नपाइने पनि होइन।

हाम्रो प्रश्न सरल छ। २० जनाको टोली किन आवश्यक पर्‍यो ? थोरै प्रतिनिधिबाट त्यही उद्देश्य पूरा हुन सक्थ्यो कि सक्दैनथ्यो ? भ्रमणबाट सिकेका कुरा नेपालको नीति, प्रशासन र जनताको जीवनमा कसरी लागू हुन्छन् ? फर्किएपछि उपलब्धि सार्वजनिक हुन्छ कि हुँदैन ?

चीन हाम्रो महत्त्वपूर्ण छिमेकी मित्रराष्ट्र हो। चीनबाट विकास, प्रविधि, पूर्वाधार, औद्योगिकीकरण र सुशासनका धेरै अनुभव सिक्न सकिन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुनु सकारात्मक विषय हो। त्यसैले विदेश भ्रमण गर्नु आफैँमा गलत होइन। तर भ्रमणलाई उपलब्धिमूलक बनाउने जिम्मेवारी सम्बन्धित नेतृत्वकै हो।

हामीलाई अनुहारको मात्र परिवर्तन होइन, सोच, संस्कार, कार्यशैली, जवाफदेहिता र व्यवहारमा परिवर्तन चाहिएको हो।

हामीले विगतदेखि वर्तमानसम्म मुद्दाका आधारमा धारणा राख्दै आएका छौँ। कांग्रेसले राम्रो गरे राम्रो भन्छौँ, एमालेले राम्रो गरे राम्रो भन्छौँ, माओवादी, मधेशवादी दल, राप्रपा वा रास्वपा, जसले राम्रो गरे पनि प्रशंसा गर्छौँ। नराम्रो गरे आलोचना गर्छौँ।

हिजो पुराना दलले गरेको काममाथि प्रश्न उठाउने अनि आज नयाँ दलले त्यही प्रकृतिको काम गर्दा आँखा चिम्लिने हो भने त्यो निष्पक्षता होइन।

रास्वपाप्रति हाम्रो कुनै पूर्वाग्रह छैन। उसको राम्रो कामको प्रशंसा गर्न कुनै कन्जुस्याइँ हुँदैन। तर राम्रो कामको प्रशंसा गर्ने अधिकार सुरक्षित राख्न गलत वा प्रश्नयोग्य काममा आलोचना गर्ने स्वतन्त्रता पनि उत्तिकै आवश्यक छ।

हामी कसैका अन्धसमर्थक होइनौँ, अन्धविरोधी पनि होइनौँ।

कसैको सती जान हामी तयार छैनौँ। सती प्रथाका हामी घोर विरोधी हौँ। राजनीतिक सती प्रथाको त झन् घोर विरोधी हौँ !

अन्त्यमा, चीन भ्रमणमा जानुभएका सबैलाई शुभकामना। भ्रमण सफल होस्, देशले लाभ पाओस्, ठोस उपलब्धि देखियोस्। तर याद रहोस्, हिजो अरूले गर्दा प्रश्न उठ्ने काम आज आफ्नाले गर्दा स्वतः सही हुँदैन।

हाम्रो मान्यता हिजो पनि यही थियो, आज पनि यही छ र भोलि पनि यही रहनेछ।

राम्रो काम जसले गरे पनि राम्रो, नराम्रो काम जसले गरे पनि नराम्रो ! पार्टीभन्दा माथि देश, व्यक्तिभन्दा माथि सिद्धान्त र अन्धभक्तिभन्दा माथि विवेक !

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।