Washington DC, US : November 17, 2026, Tuesday 08:36 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण र द्विपक्षीय सम्बन्धका आधार|लाइक र भ्युजको पछि दौडिँदा आफ्नो मानवता नै कतै छुटिरहेको त छैन ?|ट्रम्पको फिलिपिन्स भ्रमणपछि विश्वको ध्यान चीनतर्फ|अमेरिकी सांसद इल्हान ओमारमाथिको अनुसन्धानमा नयाँ मोड, गोप्य कागजात सार्वजनिक गर्न अदालतको आदेश|अमेरिकामा “डर्टी बम” आक्रमण गर्ने इरानी धम्की के हो ? गुप्तचरले कस्तो चेतावनी दिए ? ट्रम्प, पुटिन र सी बीचको वार्ता के होला ?|अमेरिका उच्च सुरक्षा सतर्कतामा : वासिङ्टनमा इरानी आक्रमणको आशङ्का|अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक आक्रमणको आशङ्का, इरानमाथि अमेरिकी गुप्तचरको गम्भीर निगरानी|अमेरिकामा एकपछि अर्को प्रविधि संकट : ठूला बैंकका अनलाइन सेवा प्रभावित, देशभर हवाई उडान अवरुद्ध, माइक्रोसफ्ट र वर्कडेमा समेत समस्या|अवैध आप्रवासन नियन्त्रण गर्न युरोपका पाँच देशको नयाँ योजना, शरण आवेदन अस्वीकृत भएकाहरूलाई अफ्रिकाको रुवान्डा पठाइने|बीपी कोइरालाको सालिक तोडफोड, शशांकद्वारा घोर भर्त्सना

लाइक र भ्युजको पछि दौडिँदा आफ्नो मानवता नै कतै छुटिरहेको त छैन ? कसैको नराम्रो समयलाई आफ्नो राम्रो समय बनाउने प्रयास नगरौँ। कसैलाई बचाउन ठूलो सहयोग गर्नुपर्दैन, उसको घाउमा नुन नछर्किदिए मात्रै पनि पुग्छ।

  NepalMother.com | २ मंसिर २०८३, मंगलवार १९:०६

  • दीपा सिम्खडा

ज्यानमा लागेको घाउ देखिन्छ, मनमा लागेको घाउको त फोटो पनि आउँदैन। लाइक र भ्युजको पछि दौडिँदा आफ्नो मानवता नै कतै छुटिरहेको त छैन? कसैको नराम्रो समयलाई आफ्नो राम्रो समय बनाउने प्रयास नगरौँ। कसैलाई बचाउन ठूलो सहयोग गर्नुपर्दैन, उसको घाउमा नुन नछर्किदिए मात्रै पनि पुग्छ।

कसैको जीवनमा केही नराम्रो भयो, कुनै घटना घट्यो, कुनै विवाद आयो वा कसैको निजी जीवनको कुनै कुरा बाहिर आयो भने हामीलाई किन त्यसको यति धेरै चासो लाग्छ? अझ भनौँ, किन कसैको दुःखमा हामीलाई यति धेरै रमाइलो लाग्छ? कसैको जीवनको कुरा काटेर, उसको कमजोरी देखाएर, उसको घाउ कोट्याएर, उसलाई होच्याएर बनाएको भिडियोमा हजारौँ लाइक र लाखौँ भ्युज आउँदा साँच्चै आफूलाई सफल भएको महसुस हुन्छ? नढाटि भन है मन भनेर आफैलाई सोध्नुहोस् त। के तपाईको जीवन चाहि शतप्रतिशत सफा छ? तपाईले जीवनमा कहिल्यै गल्ती गर्नुभएकै छैन हो ? तपाईले कहिल्यै कसैको मन दुखाउनुभएको छैन? तपाईको जीवनमा कहिल्यै लुकाएर राख्न चाहनुभएको कुनै घटना घटेको छैन? तपाईको जीवनमा नभए पनि तपाईको परिवारमा, आफन्तमा, तपाईले प्राणसरि माया गर्ने कसैको जीवनमा केही न केही त अवश्य भएको होला नि जुन कुरा संसारलाई थाहा छैन। थाहा नहुनुको अर्थ घटना घटेको छैन भन्ने त होइन नि!

आज जसको निजी कुरालाई लिएर तपाईहरू भिडियो बनाइरहनुभएको छ, हाँसिरहनुभएको छ र ट्रोल गरिरहनुभएको छ, भोलि तपाईको जीवनमा पनि त्यस्तै केही भयो भने? तपाईले संसारलाई देखाउन नचाहनुभएको कुनै तपाईको निजि कुरा सामाजिक सञ्जालमा छरपस्ट भयो भने? तपाईलाई दुःख लाग्छ कि लाग्दैन? तपाई सहन सक्नुहुन्छ? तपाईको बारेमा दिनहुँ भिडियो बन्दा, तपाईको फोटो राखेर मजाक उडाउदा, हजारौँ मानिसले तपाईलाई गाली गर्दा, तपाईको चरित्रमाथि प्रश्न उठ्दा , तपाईलाई चाहि कस्तो होला? तपाईको बाआमा रातभरि नसुती तपाईको चिन्तामा रोएर बस्नुभयो भने त्यो सहन सक्नुहुन्छ? हरेक व्यक्तिको एउटा निजी जीवन हुन्छ, एउटा व्यक्तिगत संसार हुन्छ, केही सम्बन्ध हुन्छन्, केही घटना हुन्छन्, केही कुरा हुन्छन् जुन उसले संसारलाई सुनाउन चाहँदैन। त्यसलाई नै Privacy भनिन्छ। कसैको जीवनको हरेक पाना संसारले पढ्न पाउनुपर्छ भन्ने छैन। कसैको घरभित्र के भइरहेको छ, उसको सम्बन्धमा के भइरहेको छ, उसले जीवनमा के भोगिरहेको छ भन्ने हरेक कुरा तपाईको चर्चाको विषय हुनुपर्छ भन्ने छैन।

तपाईको जस्तै उस्को पनि बाआमा हुनुहुन्छ । तपाईको जस्तै दुख्ने मन उस्को पनि मन छ। तपाईको जस्तै जिवन उस्को पनि छ । अब तपाईले कसैको जीवनलाई यति ठूलो मजाक बनाइरहनुभएको छ भने पक्कै पनि तपाईले केही ठूलो उपलब्धि हासिल गर्नुभएको हुनुपर्छ, होइन र? किनकि एउटा मान्छेको निजी जीवन छरपस्ट पार्नु, उसको आत्मसम्मानमा चोट पुर्‍याउनु र उसको मानसिक शान्ति खोस्नु सानो कुरा त पक्कै होइन! सायद तपाईलाई प्रधानमन्त्रीज्यूले नै राष्ट्रिय स्तरको पुरस्कार दिने घोषणा गर्नुभएको होला? सायद तपाईको वडाले तपाईलाई समाजको उदाहरणीय व्यक्तित्व भन्दै सम्मान गर्ने निर्णय गरेको होला? स्कुल र कलेजमा तपाई को उदाहरण दिँदै ‘बच्चाहरू हो, तिमीहरू पनि यस्तै बन्नुपर्छ’ भनिँदो होला? सायद देशका युवाहरूले तपाईलाई आफ्नो प्रेरणाको स्रोत बनाएका होलान्। सायद अन्तर्राष्ट्रिय स्तरमै तपाईको यो महान् योगदानको चर्चा भइरहेको होला!किनकि एउटा मान्छेको जीवनलाई तहसनहस पार्ने गरी बोल्नुभएको छ भने लाइक र भ्युज मात्रै त तपाईको उपलब्धि पक्कै नहोला, होइन र? कि यति ठूलो कामको पुरस्कारस्वरूप तपाईलाई केही हजार लाइक र केही लाख भ्युज नै पर्याप्त भयो? यदि like र views लागि मात्र अरुलाई depression को औसधि खुवाउन बाध्य बनाउनु भको छ भने माफ गर्नुहोला तपाई मान्छे नै होईन किनकी भोलि तपाईकै कारण त्यो व्यक्ति झुन्डिन बेर लाग्दैन । अझै पनि म मान्छे नै हु भन्नुहुन्छ भने उत्तर दिनुस् न त, तपाईले कसैको जीवनलाई मजाक बनाएर समाजलाई दिनुभएको सकारात्मक योगदान चाहिँ के हो? तपाईको घरपरिवारले तपाईले बनाएका यस्ता भिडियो हेर्दा गर्व गर्छन्? तपाईलाई फलो गर्ने हजारौँ मानिसले तपाईको भिडियो हेरेर के सिकिरहेका छन्? लाइक र भ्युज नै सबै कुरा हुन् त?

आज आएको भ्युज भोलि हराउँछ, आज चर्चामा भएको कुरा पर्सि कसैले सम्झिँदैन। तर तपाईले कसैको मनमा पुर्‍याएको चोट, उसको जीवनमा थपिदिएको मानसिक तनाव, एन्जाइटी र ट्रमा कति लामो समयसम्म रहन सक्छ भन्ने सोच्नुभएको छ? अब यस्ता भिडियो बनाउन बन्द गर्नुस् । कसैको पीडालाई मनोरञ्जन बनाइरहेको छ भने त्यस्ता भिडियो हेर्न बन्द गर्नुहोस्। अनफलो गर्नुहोस्, ‘Not Interested’ गर्नुहोस्, आवश्यक परे ब्लक गर्नुस्। त्यस्ता सामग्रीलाई भ्युज दिएर प्रोत्साहन नगर्नुस् । अन्तत : जो आज ट्रोलको शिकार भइरहनुभएको छ, उहाँहरूलाई मेरो अनुरोध छ । तपाईलाई जति नै अपमान गरे पनि, भिडियो बनाएर झगडा गरेर जवाफ नदिनुस् । उसलाई हृदयदेखि आशीर्वाद दिनुहोस्। साच्चिकै मनैदेखि आशीर्वाद दिनुहोस् र त्यसपछि हेर्नुहोस्, ब्रह्माण्डको खेल कसरी उल्टिन्छ, सत्ता कसरि पल्टिन्छ र कर्मले कसरी आफ्नो हिसाब आफैँ खोज्दै आउँछ । कर्म फर्केर आउँदा ढोका ढकढक्याएर आउँदैन, हिसाब लिएर आउँछ!

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।