Washington DC, US : November 14, 2025, Friday 04:18 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डेमोक्र्याटिक पार्टीमाथि प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी|सत्य र न्यायको खोजी अभियानद्वारा राष्ट्रवादी नेपालीहरुको ध्यानाकर्षण|प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित, पदबहाली|अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका, साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न|डेमोक्र्याटिक पार्टीमाथि तीव्र प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी|अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकार बन्द (Government Shutdown) अन्त्य, स्वास्थ्य बीमा सब्सिडीको युद्ध शुरु|भर्चुअल रूपमा सम्पन्न ‘शब्दानन्द-दुई ’ कार्यक्रम|प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बिदाइ|युकेका प्रधानमन्त्रीलाई लेबर पार्टीको नेतृत्वबाट हटाउने तयारीको आशंका|Breaking News: तीन महिनामा ३७९ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाए, असोज महिनामा मात्रै ९८ को मृत्यु

कांग्रेसीहरु आफु आफु बीचमै काटाकाट र मारामार गर्दा ४ जना घाइते "मलाई केपी ओलीले हटाउने हो कि तपाईंले हटाउने हो ?” - सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)

  NepalMother.com | ४ जेष्ठ २०८२, शनिबार २०:५३

कार्टुन

विवादको सुरुवात:

  • नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको लमजुङ जिल्ला अधिवेशनमा विवाद उत्पन्न।

  • बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनमा अधिवेशनको समयमा खुकुरी प्रहार।

खुकुरी प्रहारको घटना:

  • खुकुरी प्रहारबाट ४ जना घाइते।

  • गम्भीर घाइते २ जनालाई चितवन रिफर, बाँकी २ जनाको लमजुङ जिल्ला अस्पतालमा उपचार।

  • घाइतेहरूमा:

    • खुसीजंग गुरुङ (वडाअध्यक्ष एवं क्षेत्रीय सभापति)

    • किशोरजंग बस्नेत (जिल्ला कार्यसमिति सदस्य)

    • सुदीप अधिकारी (नेवि संघ केन्द्रीय सदस्य)

    • शंकर सापकोटा (तरुण दल सदस्य)

. विवादको कारण:

  • भेषबहादुर समूहले प्रतिनिधि छनोटमा रोक लगाइएको भन्दै विरोध।

  • गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमा रोक्ने कार्यको विरोध गर्दा हिंसात्मक घटना।

  • खुकुरी प्रहारको मुख्य कारण: नेतृत्व कब्जा गर्ने प्रयासमा दुई समूहबीचको शक्ति संघर्ष।

. प्रहरीको प्रतिक्रिया:

  • जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहोराका अनुसार, भिडियो प्रमाणका आधारमा अनुसन्धान सुरु।

  • जाहेरी प्रक्रिया अघि बढाइएको जानकारी।

दुई मन्त्रीबीचको शक्ति संघर्ष:

  • गण्डकी प्रदेशका दुई मन्त्री (डा. टकराज गुरुङ र भेषबहादुर पौडेल) बीचको राजनीतिक लडाइँको असर।

  • एकअर्कामा आरोप–प्रत्यारोप:

    • डा. टकराजले विवादलाई सामान्य घटना माने।

    • भेषबहादुरले सभापतिको अकर्मण्यताको परिणाम माने।

  • नेतृत्व कब्जाको विवाद र सँगैको द्वन्द्वले घटना हिंसात्मक बनेको ठहर।

घटनापछि:

  • अधिवेशन तत्काल स्थगित।

  • स्थानीय नेताहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

  • लमजुङको राजनीतिक स्थायित्वमा प्रश्न उठाउँदै नेताहरूले घटना निन्दनीय मानेका छन्।

आरोपित व्यक्तिहरू:

  • खुकुरी प्रहारको आरोपमा मध्यनेपालका धनबहादुर तामा, राइनासका गणेश गुरुङ, र मर्स्याङ्दीका भुपेश गुरुङको संलग्नता।

  • पीडितहरूले दोषीमाथि कडा कारबाहीको माग।

    ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त भएपछि कांग्रेस सांसद तामाङको आक्रोश

    कांग्रेस संसदीय दल बैठकमा देउवालाई कान्छारामले पारे र्‍याखर्‍याख्ती

    यता काठमाडौँमा  नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त भएपछि पार्टी सभापति शेरबहादुर देउवालाई खुलेर आक्रोश व्यक्त गरेका छन्। तामाङले आफूलाई राज्यमन्त्रीबाट हटाइएकोमा कुनै आपत्ति रहेको स्पष्ट पारे। तर, उनले पार्टी सभापतिले सिफारिस गरेको व्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएकामा गम्भीर आपत्ति जनाए।

    शनिबार (जेठ ३) संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा तामाङले आफ्नो असन्तुष्टि पोखेका हुन्। उनले कांग्रेसलाई सरकारमै राखेर प्रधानमन्त्री ओलीले आक्रमण गरिरहेको आरोप लगाउँदै पार्टी नेतृत्वले यसको उचित प्रतिवाद गर्न नसकेको भन्दै गुनासो गरे।

    बैठकमा तामाङले सांसद माया राईको हिरासत प्रकरणको विषय पनि उठाए। स्वर्णिम सहकारी ठगी प्रकरणमा पक्राउ परेकी माया राईलाई हिरासतमा राख्दा अमानवीय व्यवहार गरिएको तामाङको आरोप थियो। उनले माया राईलाई घरबाट ल्याएको खाना खान नदिएको र सँगै रहेको दुई वर्षको बच्चालाई झुल समेत नदिएको घटनालाई बैठकमा प्रस्तुत गरे। तामाङका अनुसार, पार्टीको तर्फबाट पटकपटक आवाज उठाएपछि मात्र माया राईलाई घरबाट लगेको खाना र झुल उपलब्ध गराइएको थियो। उनले पार्टीका केन्द्रीय सदस्य र सांसदहरूमाथि यस्तो व्यवहार हुँदा सर्वसाधारण नागरिकको अवस्था कस्तो होला भन्दै चिन्ता व्यक्त गरे।

    तामाङले नेता मोहनबहादुर बस्नेतको पक्राउमाथि पनि प्रश्न उठाए। आफ्नो क्षेत्रमा आफैं जित्न सक्ने सशक्त नेताहरूलाई लक्षित गरी तह लगाउने प्रयास भएको भन्दै उनले असन्तोष व्यक्त गरे।

    सांसद तामाङले बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति कडा आक्रोश व्यक्त गर्दै भने, “तपाईं कांग्रेसको केन्द्रीय सभापति हुनुहुन्छ, म तपाईंको समूहबाट जिल्ला सभापति छु। तपाईंले टिकट दिएर सांसद भएको, तपाईंले नै सिफारिस गरेर मन्त्री भएको। मलाई केपी ओलीले हटाउने हो कि तपाईंले हटाउने हो?”

    तामाङले पार्टीले सिफारिस गरेको व्यक्तिलाई पार्टीकै निर्णयमा फिर्ता बोलाउनुपर्नेमा जोड दिए। उनले नेता–कार्यकर्तामाथि अन्याय हुँदा पार्टीले संरक्षण गर्नु पर्नेमा त्यसो नगरेकोप्रति पनि असन्तोष जनाए। तामाङले माया राईको विषयमा पार्टीले कुनै सहयोग नगरेजस्तै आफूलाई हटाउँदा पनि पार्टीले आवाज नउठाएको भन्दै गुनासो गरे। उनले आफूलाई पदबाट हटाइएकामा कुनै आपत्ति नभए पनि पार्टीले फिर्ता बोलाउनुपर्नेमा जोड दिए।

    कुलमान घिसिङको पक्षमा बोलेर आफूले कांग्रेसको साख बचाउने प्रयास गरेको तामाङले दाबी गरे। जनताको चाहनाविपरीत कुलमानलाई हटाउन खोज्दा आफूले विरोध गरेको र त्यसले कांग्रेसको छवि जोगाएको तामाङको भनाइ थियो। उनले सरकारको निर्णयको विरोध गर्दा पार्टीले समर्थन नगरेकोमा असन्तुष्टि व्यक्त गरे।

    अन्त्यमा तामाङले प्रधानमन्त्री ओलीका गतिविधिहरूलाई समर्थन गर्दै गए पार्टीलाई गम्भीर समस्यामा पुर्‍याउने चेतावनी पनि दिए। तर, बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले तामाङको आक्रोशको कुनै जवाफ दिएनन्।

    यस घटनाले नेपाली कांग्रेसभित्रको आन्तरिक कलहलाई थप उजागर गरेको छ। तामाङको खुलेर विरोधले पार्टी नेतृत्वमाथि पनि प्रश्न उठाएको छ।

     


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।