सिउँदो तिम्ले खाली राख्यौ सम्झें मलाई होला !
नजर तिम्ले बाली राख्यौ सम्झें मलाई होला !
धोखा दिनै थियो भने किन गर्यौ माया ??
केरकार गर्दै चाली राख्यौ सम्झें मलाई होला !
मन्दिर धाउँदै तिम्ले माग्दा के के माग्यौ सोध्थें
लजाएरै टाली राख्यौ सम्झें मलाई होला !
सिँगार पटार गरी गरी नजर हान्दै तिम्ले
हर कुरामा गाली राख्यौ सम्झें मलाई होला
बास बसी मुटुभित्र छुरी धस्यौ तिम्ले
लाशमा फुलको थाली राख्यौ सम्झें मलाई होला !
लजाएरै टाली राख्यौ सम्झें मलाई होला
नजर तिम्ले बाली राख्यौ सम्झें मलाई होला
– रामप्रसाद खनाल, हाल अमेरिका
प्रतिक्रिया