Washington DC, US : August 22, 2026, Saturday 05:50 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|गम्भीर बिरामी नूरराज बश्यालको उपचारका लागि सहयोगको अपिल|नेपाल सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच १४ बुँदे सहमति|बेलायतका राजा चार्ल्स तृतीयले मृत्यु कति नजिक आएको थियो भन्ने बताए|बजेट थपेर होइन, काम गर्ने शैली बदलेर ३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको अभियान|हराउँदै गएका आफ्ना पनहरू र स्वार्थी मनहरू देख्दा र भोग्दा !|विदेशी हतियारमाथिको निर्भरता घटाउँदै युक्रेन, आफ्नै ‘Equalizer’ ग्लाइड बम !|ट्रम्पको इतिहासकै ठुलो धम्की पछि इरानको जबाफ, चीनले गर्यो बिरोध, अब के हुन्छ ?|न्यायको खोजीमा दुई महिना नेपाल बसेर फेरि अमेरिका फर्किए धुर्मुस|ट्रम्पको ‘आर्थिक युद्ध’ असफल हुने तेहरानको दाबी|इरान विरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर आर्थिक अभियान’ घोषणा गर्दै ट्रम्प

गम्भीर बिरामी नूरराज बश्यालको उपचारका लागि सहयोगको अपिल पार्किन्सन रोगसँगै दुवै मिर्गौलामा पत्थरी, शरीरको दाहिने भागसमेत प्रभावित; चौबिसै घण्टा हेरचाह आवश्यक परेपछि पत्नी सीताको भावुक अपिल, अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष एवं वरिष्ठ लोकगायक तथा कलाकार रामप्रसाद खनालद्वारा पनि देश–विदेशका नेपालीलाई सहयोग गर्न अनुरोध

  NepalMother.com | ६ भाद्र २०८३, शनिबार १७:४२

टेक्सास, अमेरिका / अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटीमा परिवारसहित बसोबास गर्दै आएका नूरराज बश्याल गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन्। लामो समयदेखि उपचाररत बश्यालको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनकी पत्नी सीता बश्यालले देश–विदेशमा रहेका नेपाली समुदाय, सामाजिक संघसंस्था, अभियन्ता, साथीभाइ तथा सहयोगी मनहरूसमक्ष उपचारका लागि आर्थिक सहयोग, प्रार्थना र मानवीय साथको हार्दिक अपिल गरेकी छन्।

सीताका अनुसार उनीहरू कक्षा १० मा अध्ययनरत छोरासहित तीनजनाको परिवार टेक्सासको युलेस सिटीमा बसोबास गर्दै आएका छन्। अमेरिका आएपछि नूरराजले केही समय काम गरेका थिए। तर विगत करिब दुई वर्षदेखि स्वास्थ्य समस्या गम्भीर बन्दै गएपछि उनी नियमित रूपमा काम गर्न असमर्थ भएका छन्।

परिवारले उपचारका लागि विभिन्न अस्पताल धाउँदै आएको थियो। लामो समयको परीक्षण, उपचार र चिकित्सकीय निगरानीपछि करिब दुई महिनाअघि JPS Hospital, Fort Worth ले नूरराजलाई पार्किन्सन रोग (Parkinson’s Disease) भएको पुष्टि गरेको सीताले आफ्नो अपिलमा उल्लेख गरेकी छन्।

निरन्तर उपचार भइरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको र पछिल्लो समय अवस्था झन् नाजुक बन्दै गएको परिवारको भनाइ छ। सीताका अनुसार अहिले नूरराजको कम्मरदेखि तलतर्फको दाहिने भाग नचल्ने अवस्था आएको छ। उठबस, हिँडडुलदेखि दैनिक जीवनका सामान्य कामका लागि समेत अरूको सहयोग आवश्यक पर्ने भएकाले उनलाई चौबिसै घण्टा हेरचाह गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

हाल उनको Texas Rehabilitation Hospital, Arlington मा उपचार भइरहेको छ। पार्किन्सन रोगसँगै दुवै मिर्गौलामा पत्थरी (Kidney Stone) को समस्यासमेत देखिएकाले उपचार र स्वास्थ्य व्यवस्थापन थप चुनौतीपूर्ण बनेको परिवारले जनाएको छ।

श्रीमान् बिरामी भएपछि परिवारको आर्थिक जिम्मेवारी सीताको काँधमा आएको थियो। उनले काम गर्दै श्रीमान्‌को उपचार, औषधि तथा घरपरिवारको खर्च धान्दै आएकी थिइन्। तर अहिले नूरराजलाई निरन्तर हेरचाह आवश्यक भएपछि सीतासमेत नियमित रूपमा काममा जान नसक्ने अवस्थामा पुगेकी छन्।

लामो समयदेखि भइरहेको उपचारका क्रममा परिवारको बचतसमेत सकिँदै गएको र अहिले औषधि, उपचार, पुनःस्थापना सेवा, घरभाडा, दैनिक खर्च तथा अन्य आधारभूत आवश्यकताहरू धान्न कठिन भइरहेको सीताले बताएकी छन्।

उनले भावुक अपिल गर्दै भनेकी छन्, “पार्किन्सन रोग र दुवै किड्नीमा स्टोन भएको यो अत्यन्त कठिन अवस्थामा आदरणीय आमाबुबा, साथीहरू, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक अभियन्ता तथा सम्पूर्ण नेपाली समुदायसमक्ष सकेको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु। तपाईंहरूको माया, प्रार्थना र सहयोग हाम्रो परिवारका लागि ठूलो सहारा हुनेछ।”

नूरराजलाई लामो समयदेखि चिन्ने साथी तथा शुभेच्छुकहरूले उनलाई सरल, इमानदार, सहयोगी र स्वच्छ छविका सामाजिक तथा राजनीतिक व्यक्तित्वका रूपमा स्मरण गर्ने गरेका छन्। व्यक्तिगत लाभ, अनियमितता वा अवसरवादभन्दा इमानदारी, नैतिकता र सिद्धान्तलाई महत्व दिने स्वभावका कारण उनी राजनीतिमा अपेक्षित रूपमा अगाडि बढ्न नसकेको उनका पुराना सहकर्मी तथा मित्रहरूको धारणा छ।

नूरराजका पुराना मित्र तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष एवं वरिष्ठ लोकगायक तथा कलाकार रामप्रसाद खनालले पनि उनको उपचारका लागि नेपाली समुदायलाई सहयोग गर्न विशेष आग्रह गरेका छन्।

खनालले भनेका छन्, “असल, इमानदार र निष्कपट मानिस जीवनको कठिन मोडमा पुगेका बेला उसलाई एक्लो छोड्नु हुँदैन। मेरा पुराना मित्र नूरराजजीले जीवनभर कसैको अहित गर्ने, गलत लाभ लिने वा बेइमानीको बाटो रोजेको मैले देखेको छैन। उहाँले इमानदारीको राजनीति गर्नुभयो, सरल जीवन जिउनुभयो र त्यसै कारण धेरै ठाउँमा पछि पर्नुभयो होला, तर आफ्नो मूल्य र मान्यता छोड्नुभएन। आज उहाँ आफैँ हाम्रो साथ र सहयोगको आवश्यकता पर्ने अवस्थामा हुनुहुन्छ।”

खनालले नेपालसहित अमेरिका र विश्वका विभिन्न देशमा रहेका नेपालीलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आह्वान गर्दै भनेका छन्, “आज नूरराज र उहाँको परिवारमाथि आएको यो संकट उनीहरूको मात्रै समस्या होइन। प्रवासमा रहेको नेपाली समुदायको एउटा परिवार गम्भीर संकटमा पर्दा हामी सबैले मानवीय दायित्व सम्झेर साथ दिनुपर्छ। थोरै–थोरै सहयोग जम्मा हुँदा पनि एउटा परिवारका लागि ठूलो राहत र एउटा जीवनका लागि ठूलो आशा बन्न सक्छ।”

उनले आर्थिक सहयोग गर्न नसक्नेहरूले समेत नूरराजको स्वास्थ्यलाभका लागि प्रार्थना, हौसला, सामाजिक साथ र सहयोग अभियानलाई अरूसम्म पुर्‍याएर योगदान गर्न सक्ने बताएका छन्।

“आउनुहोस्, तपाईं–हामी सबै मिलेर नूरराज बश्याललाई बचाउने प्रयासमा हातेमालो गरौँ। यो आपत्‌को घडीमा उहाँ र उहाँको परिवारलाई एक्लो महसुस हुन नदिऔँ। मानवता शब्दमा होइन, संकटमा परेको मानिसलाई साथ दिँदा देखिन्छ,” खनालले आग्रह गरेका छन्।

पत्नी सीताले पनि श्रीमान्‌को उपचार निरन्तर राख्न र परिवारलाई यो कठिन परिस्थितिबाट पार लगाउन आमाबुबा, दाजुभाइ, दिदीबहिनी, साथीभाइ, सामाजिक संघसंस्था, अभियन्ता तथा विश्वभर रहेका नेपाली समुदायलाई सहयोगका लागि पुनः अनुरोध गरेकी छन्।

उनले आर्थिक सहयोगसँगै प्राप्त हुने माया, प्रार्थना, हौसला र भावनात्मक साथले पनि परिवारलाई कठिन समय सामना गर्ने शक्ति दिने बताएकी छन्।

“तपाईंहरूको माया, प्रार्थना र सहयोगका लागि हृदयदेखि धन्यवाद प्रकट गर्दछु,” भन्दै सीता बश्यालले सबै सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

जीवनभर अरूको हित र इमानदारीलाई प्राथमिकता दिएको भनेर चिनिएका एक व्यक्तिमाथि आज गम्भीर स्वास्थ्य संकट आइपरेको छ। यस्तो अवस्थामा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। नूरराज बश्यालको उपचारलाई निरन्तरता दिन, उनको जीवन सहज बनाउन र परिवारलाई कठिन परिस्थितिबाट बाहिर निकाल्न नेपाली समुदायको सामूहिक सद्भाव, सहयोग र मानवीय एकता अहिले अत्यन्त महत्वपूर्ण बनेको छ।

खनालले सहयोग गर्न चाहने सबैलाई नूरराजकी पत्नी सीता बश्यालले सञ्चालन गरेको GoFundMe अभियानमा क्लिक गरी आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न हार्दिक अपिल गरेका छन्। उनले सानो–सानो सहयोगसमेत एकत्रित हुँदा उपचारलाई निरन्तरता दिन, दैनिक हेरचाहको खर्च धान्न र परिवारलाई यो कठिन घडीमा ठूलो राहत पुग्न सक्ने बताएका छन्।

खनालले भनेका छन्, “आउनुहोस्, मानवताको यो अभियानमा जोडिऔँ। आफूले सकेको सहयोग गरौँ, GoFundMe अभियानलाई अरूसम्म पनि पुर्‍याऔँ र नूरराजजी तथा उहाँको परिवारलाई यो संकटको घडीमा एक्लो नछोडौँ।”

यो तलको लिंक क्लिक गरि आफु सक्दो सहयोग गरौँ । मानवता भन्दा ठुलो कुरा अरु केहि हुन्न।

 

No photo description available.

Nur Raj and His Wife Sita

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor