“तीनकुने घटना सरकारद्वारा घटाइएको डरलाग्दो षड्यन्त्रको उपज भन्नेमा अब धेरै विवाद रहेन।यसक्रममा सरकारले झन्डै १०० जनालाई पक्राउ गरेको छ । २ जनाको ज्यान गयो ,२१ जना गोलीबाट झन्डै मारिए ।सयौं गोली ,अश्रुग्यास प्रहार र आगजनी भयो ।यसक्रममा घाइते उनीहरू अझैसम्म अस्पतालमा उपचाररत छन् । पक्राउ मध्य केही रिहा भए कतिपयलाई अझैसम्म अनेकौं नाममा हिरासतमा राख्ने दुःख दिने र लम्ब्याउने योजना सहितको तानाबाना बुन्दैछ ।
यतिका निकृष्ट राज्यको व्यवहारमा राष्ट्रिय मानवअधिकार आयोग देखि नेपाली समाजमा चिनिएका मानवअधिकारवादी हौं भन्नेहरुले खासै चासो देखाएनन् ।हदैसम्मको बदनाम हुने गरी नाङ्गो भए । उनको चरित्र सबैले थाहा पाए ।छानबिन निजी क्षेत्रका सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायले गर्दैछ। सरकारले छानबिन आवश्यक ठानेन।
मानवअधिकार नाममा खुलेका डलरका स्याल हुइय्या सिंहदरबार वरिपरि गणेश भूमिकामा छन्।उता प्रहरीले हिरासतमा रहेका जनैधारी ब्राह्मण ,क्षेत्री सबैलाई जनै विहीन बनाएछ एमाले – कांग्रेस सरकारको योजनामा ।यो भयानक डरलाग्दो हाम्रो नेपाली धर्म ,संस्कृति र परम्परा माथि राज्य संयन्त्र र यो प्रशासनको आक्रमण हो । नेपालीपन सक्नेमा छन् यी शासक । आध्यात्मिक गुरु पुष्कर खतिवडा लगायत जनै धारण गर्ने सबैको प्रहरी हिरासतमा जनै खोलेर नाङ्गै बनाएको कुरा २४ गते प्रहरी हिरासतबाट मुक्त हुनुभएका खेमराज सेढाईले म संगको योहो टेलिभिजनको योहो बहसमा बताउँनु भएको छ । ॐकार परिवारजनलाई उत्तेजित बनाउँदा ,समाजको परम्परा तोड्दा ,यो संघीय ,लोकतान्त्रिक ,गणतान्त्रिक कम्युनिष्ट -कांग्रेसको ओली सरकारलाई के फाइदा छ र यो घृणित काममा लागि परेको छ बुझ्न अलि सकिएन ।”
प्रतिक्रिया