– डा. बालकृष्ण चापागाईं
नेपाल र चीनसंगको सम्बन्धलाई जोड्नमा भृकुटी र स्रङचङ् गम्पोको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । स्रङचङ् गम्पोले ल्हासामा रामोचे जोखाङ् मन्दिर, ११ तले पोताला दरबारको निर्माण र मनिकाबुम नामक एक किताब पनि उनले प्रकाशित गरेको पाइन्छ । त्यो किताब स्रङचङ् गम्पोले भनेका र सा मभो ताले लेखेका थिए । राजाको आफ्m्नो जीवनका घटनाहरू समेटिएको त्यस पुस्तकमा नेपाली चेली भृकुटीका बारेमा पनि उल्लेख गरिएको छ । इसाको आठौं शताब्दीमा स्रङचङ्का एक उत्तराधिकारी ट्री–स्रङ् दे चङ् (सन् ७५५–७९७) ले आफ्m्ना पूर्वजका पदचाप पछ्याउँदै बौद्ध धर्मको विस्तारमा रूचि देखाए । परम्परागत सोच भएका आफ्m्ना उत्तराधिकारीहरूको विरोधको बाबजुद उनले नालन्दा विश्वविद्यालयका भिक्षु शान्तरिक्षतलाई बौद्ध शिक्षाको प्रचारका लागि तिब्बत निम्त्याए । बौद्ध धर्म र दर्शनका प्रकाण्ड भिक्षु शान्तरक्षित तिब्बत गए । उनले आफ्m्नो वाक्पटुताले भ्याएसम्म बौद्ध धर्म र शिक्षाका बारेमा प्रवचन दिए, तर उनको प्रवचनमा तिब्बती जनताले खासै चाख दिएनन् । त्यसै समयमा तिब्बतमा प्राकृतिक विपत्ति र महामारी फैलियो । अज्ञानी र अन्धविश्वासी जनताले तिनै बौद्ध गुरूको भ्रष्ट शिक्षाको कारण त्यस्तो भएको भन्ने ठाने । त्यसैले ती बौद्ध गुरूप्रति आक्रोश बढ्यो । त्यो आक्रोश साम्य पार्न केही समय उनी तिब्बतबाट बाहिरिनुप¥यो । तिब्बतमा बौद्ध धर्म फैलाउने एउटा इमानदार प्रयास फेरि एक पटक असफल भयो । तन्त्रवादको सहाराले मात्र तिब्बती जनताको दिमागमा बुद्ध शिक्षा घुसाउन सकिन्छ भन्ने बुझेका भिक्षु शान्तरक्षितले जाने बेलामा तन्त्रवादका त्यस बेलाका प्रसिद्ध गुरु पद्मसम्भवलाई बोलाउने सल्लाह दिए । राजालाई पनि त्यो कुरा जच्यो । तसर्थ तान्त्रिक गुरु पद्मसम्भवलाई तिब्बत बोलाइयो । तिब्बत जानुभन्दा अघिसम्म पद्मसम्भव नेपालमा थिए । नेपालका विभिन्न स्थानमा रही उनले तान्त्रिक अभ्यास गरेका थिए । उनले भारतीय राजकुमारी मन्दारामाका साथ खोटाङ्स्थित मारातिका अर्थात् हलेसी गुफामा बुद्ध अमितापुसो साधना गरेका थिए भने माङ्गे स्वङ्गे चट्टान अर्थात् वर्तमान फर्पिङको गुफामा ध्यान गरी मण्डल–साधन–विद्या–सिद्ध गरेका थिए ।
त्यही फर्पिङ गुफाबाहिर र मकवानपुर–टिस्टुङ्को रिखेश्वर गुफाबाहिर हालसम्म पनि देख्न सकिने पञ्जाको छापलाई गुरु पद्मसम्भवको भएको विश्वास गरिन्छ । विभिन्न तन्त्र, योग र साधनामा सिद्ध पद्मसम्भवले तिब्बत जानुअघि काठमाडौंको खास्ती बौद्ध चैत्यमा पनि केही समय बिताएका थिए । उनको आफ्नो गुह्य गुफा भने मुस्ताङ जिल्लाको साविक कोबाङ गाविसमा पर्दछ । तिनै पद्मसम्भवले तिब्बत गएर साम ये गुम्बाको निर्माण गर्न र तिब्बतमा बौद्ध धर्म फैलाउनमा ठूलो योगदान गरे । अतः आज पनि तिब्बतीहरू गुरु रिम्पोचेका रूपमा पद्मसम्भवलाई श्रद्धापूर्वक पूजा गर्दछन् । पद्मसम्भव तिब्बत पुगेपछि शान्तरक्षित पनि फर्के । राजाको इच्छाअनुसार भारतको ओदान्तपुरी महाविहारकै शैलीमा साम ये गुम्बा निर्माणका लागि ठाउँ चुनियो । धेरै धन र श्रम खर्च गरेर १२ वर्षमा त्यो गुम्बाको निर्माणकार्य सम्पन्न भयो । इसाको बाह्रौँ शताब्दीमा आगलागीबाट क्षति पुगेको त्यो गुम्बाको पुनर्निर्माण त्यसै शताब्दीमा गरिएको थियोे ।
साम ये गुम्बाको निर्माणसँगसँगै राजाले तिब्बतमा भिक्षु सङ्घको पनि गठन गर्ने इच्छा राखेका हुँदा आचार्य शान्तरक्षितले नालन्दाबाट केही सर्वास्तीवादी भिक्षुहरू बोलाए । यसरी पद्मसम्भव र शान्तरक्षितले भिक्षु सङ्घ र विहार निर्माणका साथै तिब्बती भाषामा अनूदित बौद्ध ग्रन्थहरूको सूचीपत्र तयार गरेर तिब्बतमा बौद्ध धर्म विस्तारमा ठूलो योगदान दिए । इसाको आठौँ शताव्दीको अन्त्यमा ७५ वर्षको वृद्धावस्थामा भारतबाट तिब्बत गएका आचार्य शान्तरक्षितले २५ वर्ष तिब्बतमा बिताए र सय वर्षको उमेरमा उनको निधन भयो । उनको शरीरलाई सम्मानपूर्वक उनैले निर्माण गरेको विहारको नजिक एक स्तूपमा राखियो । धेरै जीर्ण र पुरानो भइसकेको आचार्यको उक्त अस्थिमय स्तूप बीसौँ शताब्दीको सुरूमा भत्कन पुग्यो । त्यहाँबाट सङ्कलन गरिएका आचार्य शान्तरक्षितका हड्डी र कपाल आज पनि सिसाभित्र राखी त्यहाँको मूल मन्दिरमा प्रतिष्ठापित गरिएको छ । आचार्य शान्तरक्षितको निधनपछि तिब्बतमा चिनियाँ र तिब्बती भिक्षुहरूबीच धार्मिक मतभेद हुन पुग्यो ।
मतभेद हटाउन नालन्दा विश्वविद्यालयबाटै शान्तरक्षितका शिष्य आचार्य कमलशीललाई तिब्बत बोलाइयो । शास्त्रार्थबाट कमलशीलले मतभेदको अन्त्य त गरे तर त्यसको मूल्यमा उनको नृशंस हत्या गरियो । उनको शरीर उत्तरी ल्हासाको एक गुम्बामा सुरक्षित राखिएको छ । त्यसको केही समयपछि राजा ख्री सङ दे चङको पनि निधन भयो । पिताको निधनपछि पुत्र मु नी चङ पो तिब्बतका राजा भए । बुद्धशिक्षाबाट परिपोषित राजपरिवारका सदस्य उनी बुद्ध र उनको शिक्षाबाट अति नै प्रभावित थिए । उनी जनताको दुःख कसरी हटाउने ? भन्नेबारे सोचिरहन्थे । जब आफू राजा भए, मु नी चङपोले सोचे, तिब्बती जनता गरिबी र अभावको कारण निकै दुःखी छन् । जनताको दुःख हटाउन उनलाई अनौठो विचार आयो । उनले राज्यको सम्पत्ति सबैलाई बराबरी बाँडिदिएमा जनताको दुःख अन्त्य हुने र सबै खुसी हुने ठाने ।
सातौँ दलाई लामा (सन् १७०८–१७५८) पनि विद्वान् र सहनशील तिब्बती शासकका रूपमा चिनिन्छन् । त्यसपछि अहिलेका चौधौं दलाई लामासम्मका सबै लामाहरूले तिब्बतमा बौद्ध धर्मको विकास र विस्तारका निम्ति महत्वपूर्ण भूमिका खेलेका छन् । सन् १९५९ मा चीनले तिब्बतलाई आफ्m्नो नियन्त्रणमा लिएपछि हालका दलाई लामा (दलाई लामा नाम नभएर एउटा पद वा उपाधि हो) भारतमा निर्वासित जीवन बिताइरहेका छन् । निर्वासनबाटै तिब्बतको राजनीतिक र धार्मिक अधिकारका निम्ति लडिरहेका नोबेल शान्ति पुरस्कार विजेता ती दलाई लामा विश्वप्रसिद्ध बौद्ध गुरु मानिन्छन् । हाल तिब्बतमा कुल जनसंख्याको ६५ प्रतिशत बौद्धमार्गीहरू छन् । संस्कृत व्याकरणका विद्वान् डा.टीकाराम पन्थीले बुद्धस्मरणम् नामक आफ्नो पुस्तकमा लेख्छन्ः
‘हे नाथ ∕ तिब्बतमणिः स दलाइलामा न्यायं मृपारहितमार्यपथं जिघृक्षुः,
सर्वाश्च नागरजनान, ऋतमानिनीपुः, शश्ब्द्भवन्तमभजद् भवदेकभक्तः । ’
अर्थात् ‘हे नाथ ∕ तिब्बतका मणि ती दलाइ लामाले न्यायपूर्ण, मृषारहित, आर्यपथ ग्रहण गर्न चाहन्थे, सबै नागरिकहरूलाई सत्यतर्फ डो¥याउन चाहन्थे उनी, बारम्बार उनको उपासना गर्थे, उनी हुन्, अनन्य बुद्धसेवक । ’ त्यस्तैगरी उनले अर्को एक प्रसङ्गमा लेखेका छन् ः
‘गुप्तः पलायित उतापसृतो निलीनो, दन्दह्यमानहृदयः स मृषाभिशप्तः,
देशान्तरं शरणमिच्छति हा ∕ त्वदीयो दोदूयतां स इति ते स्पृहया घटेत ?’ अर्थात् ‘उनी कतै संरक्षित भए, भागे वा हटे वा लुके । उनको हृदय नराम्ररी डढाल्न खोजियो । उनी झूटो बात लागेको भए पनि सही सही बसे । त्यस्तैगरी अर्को श्लोकमा भनेका छन् ः
‘नेपाल मातृसुतया भृकुटी–महिष्या, प्राचारि चीनविषये भवदीयधर्मः,
चीनेन बुद्धशरणेन कथं स लामा, निर्गम्यते मतिमतां वर एष बौद्धः’
अर्थात् ‘नेपाल माताकी छोरी भृकुटीले चीनमा बौद्धधर्मको प्रचार गरेकी थिइन् । चीन स्वयं बुद्धधर्मावलम्बी छ । कसरी त्यसले बुद्धिमान्हरूमा श्रेष्ठ बौद्ध लामा निकालिन्छन् ? यो विडम्बना हो भन्ने भावमा कविले बुद्धसँग नै प्रश्न गरेका छन् । जुन देशमा भृकुटीले बुद्धको धर्म लिएर गइन् र जुन देश स्वयं पनि बौद्ध छ, त्यस देशले दलाइ लामाजस्ता बौद्धहरूलाई कसरी निष्काशन गर्न सक्छ ? भनेर प्रश्न गरेका छन् । यो कविको प्रश्नोत्तर शैलीको अभिव्यञ्जना हो ।
तिब्वती बौद्ध साहित्यमा आचार्य कमलशीलको नाम जति प्रसिद्ध छ त्यति भारतीय बौद्ध साहित्यमा छैन । आचार्य कमलशीलको जन्म एवम् वाल्यकालको दुरूस्त विवरण उपलब्ध नभए तापनि धेरै विद्वान्हरूको मतानुसार उनी आचार्य शान्तरक्षितका शिष्यहरूमध्ये एक थिए । आचार्य कमलशीललाई आठौँ शताब्दी (सन् ७४०–७९५) अन्तर्गत मानिन्छ । राजा स्रि–सन्–गम–पोलाई तिब्वतमा बौद्ध धर्मका प्रवर्तक मानिन्छ । ती राजा पश्चात् तिब्वती धर्म अर्थात् वोनका समर्थकको अन्धविश्वासका कारण बौद्धधर्मले तिब्वतमा तीनसय वर्षसम्म निरन्तर कडा सङ्घर्ष गर्नुप¥यो ।
राजा स्रो–स्रोङ्–देत्सन्कै पालामा फेरि शान्तरक्षितलाई ७५ वर्षको शारीरिक अवस्थामा तिब्वतमा बौद्ध धर्मको पुनःस्थापनाको निम्ति दोस्रो पटक निमन्त्रणा गरियो । राजाको निमन्त्रणामा उनी तिब्वत गए र त्यहाँ कैयौँ जनालाई भिक्षु बनाए । ‘साम्ये’ नामक स्थानमा पहिलो ठूलो विहारको स्थापना गर्नुका साथै तिब्वती भाषामा बौद्ध धर्मका कृतिहरूको अनुवादकार्यलाई पनि पुनव्र्यवस्थित गरे । तिब्वतमा छँदा नै शान्तरक्षितको मृत्यु भयो । आचार्यको मृत्युपश्चात् महत्वाकाङ्क्षी चिनी भिक्षु ह्वेनसाङ्ग एवम् उसका अनुयायीहरूले विवाद उत्पन्न गरे । उनीहरूले उपदेश दिन थाले, ‘सारा कर्महरूलाई छोडेर परम निष्कर्मण्यताको आश्रय लिनु नै बुद्धपद प्राप्तिको एकमात्र साधन हो । ’ ह्ेनवसङ्ग महायानीको मतानुसार–काय र वाक्द्वारा गरिएका कुशल कर्मद्वारा बुद्धत्व प्राप्त हुँदैन । कुनै पनि धर्मको मनःसंस्कार गर्नु हुँदैन तथा मनमा कुनै पनि प्रकारको कल्पना उत्पन्न हुनबाट रोक्नुपर्दछ ।
नेपालमा रहेका कमलशीललाई तिब्वतमा आमन्त्रित गरी शास्त्रार्थ गराउनू । यस शास्त्रार्थको मध्यस्थता स्वयं राजाले गर्नू । शास्त्रार्थको निष्कर्ष धर्मानुसार नै हुनेछ । यस प्रकार आचार्य कमलशीलको भोट देशमा आगमन भयो । उनले चिनी भिक्षु ह्वेनशङ्गलाई शास्त्रार्थमा पराजित गरे तथा भारतीय बौद्ध परम्परालाई पुनः प्रतिष्ठापित गरे । त्यस वापत राजाले उनलाई राजकीय सम्मानस्वरूप आध्यात्मिक विद्या विभागको प्रधान बनाए । ह्वेनशङ्गलाई देश निकाला गरिदिए र उनका कृतिहरूलाई सदाका लागि गोदाममा बन्द गराए ।
नेपालको लुम्बिनीमा जन्मेका सिद्धार्थले भारतमा बुद्धत्व प्राप्त गरी सकेपछि उनको ज्ञान कुनै निश्चित भौगोलिक सीमा भित्र मात्र रहेन । चारैतिर सम्पे्रषित भयो । चीन–तिब्बतमा निकै व्यापक हुन पुग्यो । यस क्रममा चीन–तिब्बतका बौद्ध राजपुरुषहरू कुमारजीव, फाहियान, परमार्थ, बोधिधर्म, बोभिरुची, हुयानसांग, इत्सिंग,पद्मसंभव, शान्तरक्षित, कमलशील, धर्मदेव, दिपकर श्रीज्ञान, राजा ऊ, ख्रिश्रोङवदेवचनआदिको बौद्ध सञ्चारमा विशेष योगदान रहेको पाइन्छ । भवतु सब्ब मंगलम् ।
प्रतिक्रिया