Washington DC, US : May 14, 2026, Thursday 05:53 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यालिफोर्नियामा गुञ्जियो नेपाल|“सरकारको नीति तथा कार्यक्रमको स्वामित्व प्रधानमन्त्रीकै हुन्छ, त्यसको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्छ ।”|अमेरिकी राष्ट्रपति दुई दिने उच्चस्तरीय भ्रमणका लागि बेइजिङ, विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको सम्बन्ध महत्वपूर्ण मोडमा|गैरआवासीय नेपाली (एनआरएन) को लगानी सहभागिता उल्लेख्य रूपमा विस्तार गर्ने घोषणा|संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक बर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत|इरानी नौसैनिक साधनहरूमा “ठूलो क्षति” पुगेको दाबी, नयाँ सम्झौता स्वीकार गर्न आग्रह|अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा फेरि ठूलो भ्रष्टाचार मुद्दा दर्ता|ललिता निवास सरकारी नाममा फिर्ता गर्ने कि बुल डोजर लाउने ?|संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेपछि कानुनी वृत्तमा नयाँ बहस सुरु|Beaking News : अमेरिका र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्य गर्ने सहमतितर्फ उल्लेखनीय प्रगति भएको संकेत

काँग्रेसका समस्त नेता/कार्यकर्ताहरूलाई मेरो भन्नु !

  NepalMother.com | २२ चैत्र २०८१, शनिबार २१:४९

 

वीपी कोइरालालाई आदर्श मान्ने नेपाली काँग्रेसका समस्त नेता/कार्यकर्ताहरूलाई सम्बोधन गरेर म यो टिप्पणी लेख्दैछु।

तपाईँहरूलाई थाहै छ, वीपी कोइरालामाथि राजद्रोहको ८ वटा मुद्दा थियो। राणा शासनविरुद्ध सशस्त्र क्रान्तिको नेतृत्व गर्नुभएका बीपीले पछि राजाको शासनमा उहाँकै शब्दमा राजाको निरङ्कुशताविरूद्ध सङ्घर्ष केन्द्रीत गर्नुभयो, भारतमा बसेर।
८ वर्षको भारतीय निर्वासनपछि बीपी २०३३ पुस १६ मा नेपाल फर्किनुभयो। त्यतिखेर राजा वीरेन्द्र गद्दीमा हुनुहुन्थ्यो। जेलमा बीपीको स्वास्थ्य खस्कियो। जाँच पश्चात् चिकित्सकले क्यान्सरको आशङ्का गरे र दरबारमा खबर पुऱ्याइयो। निरङ्कुश भनिएका राजा वीरेन्द्रबाट तत्काल यात्रा खर्चका लागि ५ हजार डलर बाटो खर्च दिएर उपचारका लागि अमेरिका पठाउने प्रबन्ध मिलाइयो। बीपीको सम्पूर्ण उपचार खर्च राज्यकोषबाट ब्यहोरियो।

अहिले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ, जसलाई दलहरूले संसारकै उत्तम शासन व्यवस्था भनेर दाबी गर्दै आएका छन्। विगतमा बोल्नै पाइन्थेन, भेला हुन पनि पाइन्थेन, त्यही भएर यो ब्यवस्था ल्याएको उनिहरूको दावी रहने गरेको छ।
गएको चैत १५ गते जनआन्दोलन समितिले राज्यबाट अनुमति लिएर उसले तोकिदिएको स्थानमा गरेको सभामा के के भयो हामी सबैले देख्यौँ। पढ्यौँ।
त्यही सभामा सहभागी भएको र अरू सहभागीलाई तितरबितर नहुन र अगाडी बढ्न आह्वान गरेकै आधारमा राप्रपाका नेताहरू Rabindra Mishra र Dhawal Shumshere Rana लाई पक्राउ गरेर एक हप्तायता हिरासतमा राखिएको छ। तपाईँहरूको दल नेपाली काँग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले मिश्र र राणालाई राज्यविरूद्धको कसूर र सङ्गठित अपराधको कसूरमा मुद्दा दायर गर्ने गरी अभियोग लगाउन प्रहरीलाई कडा निर्देशन दिएका छन्। तपाईँहरूको दलले प्रधानमन्त्री बनेका केपी ओलीले उनिहरूलाई ठेगान लगाउन आदेश दिएका छन्।
धवलसमशेर राणा अस्ति भर्खर क्यान्सरसँग लडेर बौरिँदै गरेका विरामी मानिस हुन्। क्यान्सरको उपचारका क्रममा हुने शारिरिक कमजोरीबाट राम्ररी तङ्ग्रिएका पनि छैनन्।रविन्द्र मिश्र नियमितरूपमा सामान्य एउटा औषधि खान्छन्। ढाड दुख्ने समस्याबाट पीडित छन्। बीपीकै आदर्श~ राजासहितको प्रजातन्त्र, हिन्दू अधिराज्य, सुशासन बहाली इत्यादीका लागि सङ्घर्ष गर्दै आएका यी दुई बीपीपथीक नेतालाई विना कसूर २५ बर्ष लामो जेल सजाय हुन सक्ने मुद्दा लगाउने तयारी गरेर राज्यले मनोवैज्ञानिक रूपमा अहिल्यैदेखि गलाउन खोजिरहेको छ।
हिरासतमा उनिहरूमाथि अमानवीय ब्यबहार भइरहेको मानव अधिकारकर्मीहरूले नै सार्वजनिक गरिरहेका छन्।
बीपीलाई मन मुटुमा सजाएर राखेका तपाईँहरूले एक पटक उहाँलाई दिमागमा ल्याएर गम्भीरतापूर्वक सोच्नुस् त, आज बीपी जीवित हुनुभएको भए यो दृश्यलाई कसरी हेर्नुहुनेथियो? निरङ्कुश भनिएका राजाले आफूलाई डलरमा खर्च दिएर उपचार गर्न पठाएको इतिहासको त्यो सन्दर्भ र आफ्ना पार्टीका नेता रमेश लेखकले उस्तै क्यान्सर पीडित धवल र अर्का प्रजातन्त्रवादी रवीन्द्र मिश्रलाई विना कसूर दिएको यातना तुलना गरेर बीपी कति चिन्तामा डुब्नुहुन्थ्यो होला? आफूले परिकल्पना गरेको प्रजातन्त्रमा यस्तो रवैया देख्न पाएको भए बीपीले के धारणा बनाउनुहुन्थ्यो होला?
अनि पार्टी कार्यालय र घर घरमा आफ्नो फोटो झुन्ड्याउने , श्रद्धाले शीर झुकाउने नेपाली काँग्रेसका अपवादबाहेकका नेता कार्यकर्ता र सिङ्गो पार्टी धवल र रवीन्द्रमाथि रमेश लेखकको नियोजित ज्यादतीमा मौन साक्षी बसेकोबारे माथि मृत्युलोकमा बीपी यतिखेर के मनोदशामा हुनुहोला?के सोच्दै हुनुहोला?

आशा छ, मनन गर्नुहुनेछ। जय नेपाल !

– शरद राज पाठक, महामन्त्री – राप्रपा

May be an image of 1 person, beard and smiling

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।