पैसो सापट माग्छन् भने छैन भन्नु पर्ने रहेछ
सापट दिए सम्बन्धमा ठुलो असर गर्ने रहेछ
नाता गोता साथी भाइ भन्यो गर्यो साथ सहयोग
त्यही मान्छे पराइ बनी शत्रुतामा झर्ने रहेछ !
लिएको ऋण तिर भन्दा सम्बन्ध नै मर्ने रहेछ
उल्टै कुरा काट्दै मान्छे अर्को तिर सर्ने रहेछ
गुमिसके कैयौं आफ्ना साथी भाइ इष्टमित्र
पैसाको मुख कालो हुन्छ भन्दै टारे टर्ने रहेछ
– रामप्रसाद खनाल
प्रतिक्रिया