Washington DC, US : November 27, 2026, Friday 03:43 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पञ्चायतदेखि बालेनसम्म : पात्र फेरिए, प्रवृत्ति फेरिएन !|ट्रम्पद्वारा चीन, भारत र युरोपेली सङ्घसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्कको घोषणा, विश्व अर्थतन्त्रमा फेरि तरङ्ग|नेपाल-भारत सम्बन्ध : सभ्यतागत जग र भूराजनीतिक यथार्थ|हास्य कलाकार मात्र होइनन् धुर्मुस, बहुमुखी प्रतिभाका धनी गीतकार र गायक पनि|प्रहरी प्रमुखले नै न्याय नपाउने देशमा सर्वसाधारणको हालत के होला ? सर्वोच्चको आदेशपछि न्यायिक निष्पक्षतामाथि बहस|Cartoon|Breaking News : अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईमाथि साइबर हमला, राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती|बाबु आमालाई हेला गर्ने, दुख दिने, नहेर्ने तर मृत्यु पछि “देखावटी नाटक” गर्ने पापी छोरा छोरीहरुका नाममा केही कुरा !|सांस्कृतिक संस्थानको स्वर्णकाल !|प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्पन्न, २ खर्ब ४० अर्बको विकास सहायता, आठ समझदारी र विभिन्न महत्त्वपूर्ण परियोजनामा सहमति

ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन

  NepalMother.com | ७ कार्तिक २०८३, शुक्रबार ०८:०५

वासिङ्टन डीसी, अक्टोबर २३, २०२६। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पहिलो १८ महिनामा करिब ९ लाख ८० हजार आप्रवासीलाई अमेरिकाबाट निष्कासन गरिएको नयाँ अध्ययनले देखाएको छ। आप्रवासन नीतिसम्बन्धी अनुसन्धान गर्ने स्वतन्त्र संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युट (एमपीआई) को पछिल्लो विश्लेषणअनुसार ट्रम्प प्रशासनले देश निकालाको अभियान तीव्र बनाए पनि वार्षिक १० लाख आप्रवासी निष्कासन गर्ने घोषित लक्ष्य भने हासिल गर्न सकेको छैन।

अक्टोबर २२ मा सार्वजनिक गरिएको अध्ययनले सन् २०२५ जनवरी २० देखि २०२६ जुलाई ३१ सम्मको सरकारी तथ्याङ्क विश्लेषण गरेको छ। अध्ययनअनुसार आर्थिक वर्ष २०२५ मा देश निकालाको वार्षिक गति करिब ६ लाख २० हजार रहेको थियो भने आर्थिक वर्ष २०२६ मा यो संख्या करिब ६ लाख ६० हजार पुग्ने अनुमान गरिएको छ। यो दर पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको वार्षिक औसतभन्दा २६ प्रतिशत बढी हो।

यद्यपि ट्रम्प प्रशासनको देश निकालाको दर अमेरिकी इतिहासकै उच्च भने होइन। सन् २००० मा करिब १८ लाख ६० हजार आप्रवासीलाई विभिन्न निष्कासन तथा फिर्ता प्रक्रियामार्फत अमेरिका छाड्न लगाइएको थियो।

अध्ययनको एउटा महत्त्वपूर्ण तथ्यअनुसार निष्कासन गरिएकामध्ये ६९ प्रतिशत आप्रवासी सुरुमा अमेरिकी सीमामै नियन्त्रणमा लिइएका थिए। तर अमेरिकाभित्रै बसोबास गरिरहेका आप्रवासीमाथिको धरपकड पनि तीव्र रूपमा बढेको छ। देशभित्र पक्राउ परेर निष्कासन गरिएकाहरूको हिस्सा सन् २०२५ मा २८ प्रतिशत रहेकोमा जुलाई २०२६ सम्म ३९ प्रतिशत पुगेको छ।

त्यसैगरी, अमेरिकाभित्र पक्राउ परेर निष्कासन हुनेहरूको मासिक औसत संख्या ट्रम्पको दोस्रो कार्यकालका सुरुका तीन महिनामा करिब ८ हजार रहेकोमा मेदेखि जुलाई २०२६ सम्म बढेर १९ हजार पुगेको अध्ययनले जनाएको छ।

अझ उल्लेखनीय पक्ष के छ भने निष्कासन गरिएकामध्ये आपराधिक अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको हिस्सा करिब २० प्रतिशत मात्रै रहेको पाइएको छ। कम्तीमा दुई वर्ष अमेरिकामा बसोबास गरेका निष्कासित आप्रवासीमध्ये ७१ प्रतिशतको आपराधिक दोषसिद्धि नभएको पनि अध्ययनले देखाएको छ।

यसबीच ट्रम्प प्रशासनले भने आफ्नो कठोर अध्यागमन नीतिका कारण लाखौँ आप्रवासीले स्वेच्छाले अमेरिका छाडेको दाबी गर्दै आएको छ। सरकारी दाबी र स्वतन्त्र अनुसन्धानका तथ्याङ्कमा भने उल्लेखनीय अन्तर देखिएको छ। अध्ययनमा समेटिएको देश निकालाको संख्यामा औपचारिक निर्वासनसँगै सीमाबाट फिर्ता पठाइएका व्यक्तिहरू पनि समावेश छन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सन् २०२५ को सुरुदेखि अध्यागमनसम्बन्धी विस्तृत मासिक तथ्याङ्क नियमित रूपमा सार्वजनिक नगरेपछि एमपीआईले सूचनाको हकअन्तर्गत प्राप्त आइस (ICE) र कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (CBP) का विवरण प्रयोग गरी अध्ययन तयार पारेको हो।

ट्रम्प प्रशासनले अध्यागमन नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आइसको जनशक्ति, पक्राउ अभियान, हिरासत व्यवस्थापन र निष्कासन प्रक्रियाका लागि अर्बौँ डलर अतिरिक्त बजेट उपलब्ध गराएको छ। प्रशासनले यसलाई सीमा सुरक्षा र कानुन कार्यान्वयनका लागि आवश्यक कदम बताएको छ भने आप्रवासी अधिकारकर्मीहरूले निर्दोष तथा लामो समयदेखि अमेरिकामा बसिरहेका व्यक्तिहरू समेत प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो अध्ययनले अमेरिकामा आप्रवासीमाथिको सरकारी निगरानी, धरपकड र निष्कासन तीव्र हुँदै गएको पुष्टि गरेको छ। तर ठूलो बजेट, कडा नीति र व्यापक कारबाहीका बाबजुद ट्रम्प प्रशासन आफ्नो वार्षिक १० लाख देश निकालाको लक्ष्यभन्दा अझै पछाडि रहेको देखिन्छ।

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।