Washington DC, US : October 9, 2026, Friday 10:53 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण|बेलायतका पूर्वराजकुमार एन्ड्र्युको घरमा प्रहरीले गरेको छापा गैरकानुनी ठहर|अब विवादित हुन के नै बाँकी रह्यो र ? यो चालाले देश कता जाला ??|मदुरो र पत्नीविरुद्ध अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा थप मुद्दाको तयारी|‘छ माया छपक्कै २’ दशैंको अवसर पारेर प्रदर्शनमा आउने|चोलेन्द्रको निवासदेखि निकटस्थ र आफन्तसम्म सम्पत्ति शुद्धीकरणको छापा|नेपालीहरुको महान चाड बडा दशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक|डा. बालकृष्ण चापागाईंका तीन फरक फरक महत्वपूर्ण आलेख

पद्म राज ढकालका केही रचना र उनको परिचय

  NepalMother.com | २३ आश्विन २०८३, शुक्रबार ०९:४९

वसन्त आउँछ भने

धरातलको गहिराइमा रहेको समुद्र
पानीले टम्म भरिएको छ
किनार अनि उँचाइमा रहेका ठाउँहरूमा
फोहर मात्रै छरिएको छ
भनिन्छ– भुइँचालो
तिमी एकपटक आइदेऊ
दुर्गन्धित धरातललाई समुद्रमा डुबाइदेऊ
र समुद्रको पिँध उचालेर
डाँडाकाँडा र मैदान बनाइदेऊ
यदि यस्तै हो भने त
हामीले धेरै भुइँचालाहरूको
आव्हान गर्नुपर्ने हुन्छ
विनाशै विनाशको खाडलमा
आफैसमेत् पर्नुपर्ने हुन्छ
भनिन्छ– हुरी तिमी एकपटक आइदेऊ
फोहर र कसिङ्गरहरू बगाइदेऊ र
समुद्रसम्म पु¥याई देऊ
तर त्यो हुरी आउन पनि सक्छ
नआउन पनि सक्छ
आइहाल्यो भने
यति ठूलो आउन सक्छ
अचानक आउने त्यो हुरीले
हाम्रोसमेत् अस्तित्व मेटाउन सक्छ
बरु आग्रह गरौं
हावा
तिमी एकपटक समुद्रमा आइदेऊ
समुद्रको अलिकति पानी हुत्याइदेऊ
किनार त सफा हुनेछ
सूर्य एकपटक समुद्रमा दृष्टि पु¥याइदेऊ
समुद्रको पानी राम्ररी तताइदेऊ
पानी बाफ बनेर बादल हुनेछ
अनि
धर्ती सफा पार्ने गरी यथेष्ट वर्षा हुनेछ
त्यसैले,
एकछिन समुद्रमा
अलिकति पानी घटेर के भो र
शिशिरलाई पन्छाएर
वसन्त आउँछ भने ।

No photo description available.

धर्तीका तारा

तिमी आकाशमा रहँदा
जूनले डाँडा काटेको औंसीको कालो रातमा
निष्पट्ट अन्धकार भएको बेला
धर्तीमा अलपत्र परेको मानवको निम्ति
बन्न खोजेथ्यौ एकमात्र सहारा
यद्यपि त्यो अन्धकार रातमा
उसको निम्ति
तिम्रो उज्यालो एक रति पनि
यथेष्ट थिएन ।

ऊ एक पाइलो अघि जान सकेन
केवल शिर ठाडो गरेर
उसले तिमीलाई हेरिरह्यो
तिमी धेरै टाढा थियौ
ऊ माथि परेको दुःख
तिमीले पनि हेरिरह्यौ
धेरै समय बित्यो
धर्तीको मानवले कहिल्यै उज्यालो पाएन
उसको जीवनमा खुशी र उमङ्गले छाएन
सधैँ रात सधैँ विस्मात्
तर एक दिन अकस्मात्
उसको कष्टप्रति खपि नसक्नु हुँदा
धर्तीको मानवलाई साथ दिन
जब झ¥यौ यस धरतीमा
रगतको रक्सी पिउनेहरू
मानवको मासु खाई
जिउनेहरू खरानी भए
तिम्रो ताप खप्न नसकी
कति त भूमिगत भई धर्तीमुनि गए
विचरा दानवहरूलाई के थाहा
तिमी सूर्य भन्दा पनि
तेजिला र चम्किला छौ
प्रकृतिको नियम मिच्नेहरूलाई
नाश गर्न झरेका हौ
अब त यहाँ
मानव बाँचिरहेछ तिम्रै आसमा
त्यसैले
धर्तीका तारा
नजाऊ फेरि टिलपिल टिलपिल
भइ बस्न आकाशमा
एकनासले चम्केर बस यस धरतीमा
यहाँ तिम्रो उज्यालोको खाँचो परिरहेछ ।

No photo description available.
शक्तिको दुरूपयोग

 

गरे नि कब्जा धनमाल सम्पत्ति ।
बन्दुक उनैका लुटने सधै मति ।
जति लुटे नि सज्जन उनै किन ?
तिमीलाई थाहा भएदेखि भन ।

छ शक्ति ऐले उनको यहाँ अति !
गलत् गरी काम भयो कति खति !
सबै उनैका किन साथमा छन ?
तिमीलाई थाहा भएदेखि भन ।

मरे नि मान्छे उनले पिटिदिँदा !
विरोध् गरे गोली हुने जवाफ सिधा !
सजायँ उनमा नहुने कुनै किन ?
तिमीलाई थाहा भएदेखि भन ।

छ साथ उनको अनि लुट सम्पत्ति !
हुने सबै माफ लुटे पनि जति !
पछाडि उनका नहिँडे दुख किन ?
तिमीलाई थाहा भएदेखि भन ।

No photo description available.

बाँचेर के सार भो

जस्ले देश बनाए ती गगनका तारासरी चम्किए
नेपालीहरूको कला र खुकुरी साथै लिई लम्किए
भाडामा किन बेचिदैछ नि युवा सामथ्र्यको ह्रास भो
देशै दुर्गतिमा गयो अझ भने बाँचेर के सार भो ।

पुर्खाको बलले कला र सिपले, थियो छटा सर्वदा
आफ्नो त्यो धनको कुनै भएन लौ पत्ता गयो त्यो कता
नाङ्गै नाच्नु छ गाउनै यदि भने, बाच्नै त के पर्छ भो
माग्ने भेष गरेर हिँड्नु छ भने, बाँँचेर के सार भो ।

खोक्रो पारिसके चुसे रगत लौ नेपालमा बेसरी
हाम्रै देश हुने भयो कि त यहाँ, कङ्गाल संसार् भरी
सारा देश त आजसम्म चुसुवा, व्वासाहरूको भयो
के हेर्ने रमिता अझै यसरी नै, बाँचेर के सार भो ।

बाटो चिन्नु र लाग्नुपर्छ अहिले, ती देशप्रेमीसित
शोषक् मास्नु छ देशमा अब जुटौं, नेपालका शोषित
संसार् हेर त शक्ति आर्जन गरी, कहाँ पुगेको छ को ?
आफैँलाइ कता छु चिन्न नसके, बाँचेर के सार भो ।

No photo description available.

लाऊँ यहीँ बलबुता

जाँदै छन् नि विदेशमा दिनदिनै, नेपालका यी युवा
बारीखेत यहाँ खनेर कसले, उब्जन्छ खानेकुरा
जस्तो काम गरेर नै पनि सदा, खुसी हुने फेर् उता
के लाज् भो र गरे त फल्छ सजिलै, लाऊँ यहीँ बलबुता ।

तान्दै छन् जनशक्ति सक्षमहरू, पैसा लगाई किने
लोभ्याए अनि लोभिए कति जना, नेपाल छाडी हिँडे
यस्तै चाल रहे दिमाग् छ जसको, राम्रो उतै जान्छ नि
हाम्रो देश पछाडि पर्छ अझ झन्, कस्ले अघि लान्छ नि ।

रोज्गार् छैन यहाँ विदेश हिँडने, बानी परेका छन
उद्योग् खोल्न लगाउँ आज सबले, आफ्नो भएको धन
गर्दै काम यहीँ विदेश नगई, पोखौँ पसिना बल
वैज्ञानिक् विधि लाउँ खेति गरने, पाइन्छ धेरै फल ।

सर्कार्ले अब राख है सब युवा, नेपालमा काम् दिई
ल्याऔं है नवयोजना अब यहाँ, विद्वानको साथ् लिई
लागौं देश विकासमा सब जना, मिल्दै अगाडि बढौँ
छाडौँ जान उता यतै प्रगतिको, सर्वोच्च शिखर् चढौँ ।

No photo description available.

लेखेर पो के भयो

लेख्छौं देश बनाऊँ है नवयुवा, आफ्नै पुरुषार्थले
देख्छौं सुन्दर देश बन्छ सहजै, उन्कै कला साथले
हाम्रो देश उजाडियो तर युवा, जगत् विदेशमा गयो
के लेख्ने अब खै नखेल कविता, लेखेर पो के भयो ?

भन्थ्यौ देश बनाउँछौं अब छिटै, संसारमा सुन्दर
दश् वर्षैभरिमा हुनेछ एशिया, भर्मा त एक नम्बर
के हुन्थ्यो विकसित् भयो गरीब झन्, दश हैन बीस वर्ष भो
तिम्रा ती गुलिया झुटा सब कुरा, पत्याउँदा व्यर्थ भो ।

फाल्यौं जीवनका अमूल्य पल यो, नेपालका क्रान्तिमा
आशा मात्र भयो भएन बदली, प¥यौं सदा भ्रान्तिमा
यौटा मानिस खै बदल्न धरती, जन्मेन नेपालमा
नेपाली जनता सधैँ भर परे, गफ् र कुरा जालमा ।

No photo description available.

समृद्ध नेपाल बनाऊँ

अपार प्रकृति, विशाल संस्कृति, सर्वस्व यहीँ छ, नचिनेर धन्
कस्तुरीले आफ्नो, गन्ध थाह नपाए झैं, नेपालीहरु भौंतारिरहेछन्
संसारमै यो देश, उत्कृष्ट बन्छ, सरकारले उचित, नेतृत्व पाए
स्वदेशप्रतिको, कर्तव्य सम्झी, सबले तन मन धन, स्वदेशमै लगाए ।

राज्य चलाउने, नेताका कारण, पछि प¥यौं सधैं, जनता गरीब छन्
नेताका आफन्त, नातेदारले मात्र, पाए अवसर, लुटे देशको धन
अनियमिता, हुनुहुन्न कतै, सरकारले जबसम्म, शुसासन चलाउँदैन
चुनाव गरेरै, आए तापनि, जनताको पूर्ण, विश्वास पाउँदैन ।

लोकतान्त्रिक संस्कार, निर्माण गरौं, नातावाद कृपावाद, भ्रष्टाचार हटाई
शोषित पीडित, एक बनौं सबै, जनताको शासन, ल्याउनलाई
जिम्मेवार मानिस, अनुशासित बनून, सबै कानुनको, अधीनमा रहून्
सबलाई समान होस्, राज्यले दिने, अवसरबाट, वञ्चित कोही नहुन ।

हाम्रा संस्कार छन्, केही खराब, जातीय भेद्भावको, कलाङ्कित छ दाग
कुसंस्कार फाल्नु छ, जे जति छन्, सबै एक बनौं, उठ सब जाग
सामन्ती सत्ताले, कुरीति अँगाले, शताब्दीऔं, यो देश पछि भयो

राजनीतिक, सामाजिक, सांस्कृतिक विकृति, बढाए देश गरीब हुँदै गयो।

देश भयो गरीब, हाम्रो मुद्राको, अवमूल्यन झन् बढेर गयो
महङ्गो छ नि, विदेशी मुद्रा, विदेश जाँदा आम्दानी, धेरै हुने भयो
यो देश विकासशील नभएसम्म, विदेश जाने क्रम, रोकिन्न सब
तर पनि सम्झाऊँ, विदेश जानेलाई, आफ्नै देश विकास, गर्नु छ अब ।

संवृद्ध नेपाल, बनाउन जुटौं, कायापलट छिट्टै, गर्नु छ यसको
सौन्दर्य देख्दा, भनिन्छ यो देश, स्वीजर्ल्याण्ड हो, एशिया महादेशको
जब नेपालको, हुनेछ विकास, फेरिन सक्छ, माथिको भनाइ
भन्ने छन् एकदिन, युरोपको नेपाल, त्यो सुन्दर देश, स्वीजरल्याण्डलाई।

No photo description available.

बेइमान चालक

कप्टी रहेछ तर यो त नमानि लाज
भट्टी पसेर गफ लगाई हिँड्दैछ आज
कसले दियो सफलता बुझी बुझ पचायो
ऐले म नै हुँ बलियो भनी धाक लायो ।

विश्वासमा सब परे गफमात्र लायो
झुक्याएरै सलल मोटर हाँक्न पायो
इन्धन दियो र कसले अनि गाडी हिँड्यो
भुल्यो मसक्क यसले कति झट्ट निल्यो

हिँड्दैछ गाडी अहिले परबाट हाम्रो
खाडलतिरै गति छ चालक छैन राम्रो
मादक् पदार्थ पिई मोटर हाक्छ जस्तो
बोल्दै छ मूर्खपन हेर छुचो छ कस्तो ।

पूर्जा निकालिकन फेरि लुकाई बेच्यो
थाहा नपाई सब सोध्छन् हो नि के त्यो
ढाट्यो नि धेर समय कति अल्मल्यायो
आखिर बलै गरी कुरा सब सामु आयो ।

मारेर मानिस सदा नडराई भाग्छ
देखाई लाइसन यो छुट पाइहाल्छ
सक्छौं कि लाइसन खोस्न ल आजै खोसौं
थप्नै त हुन्न अवधि अबदेखि सोचौं ।

No photo description available.

बहुआयामिक प्रतिभाका धनी साहित्यकार, कवि, गीतकार, लोकगायक तथा शिक्षासेवी पद्मराज ढकालको संक्षिप्त परिचय

नेपाली साहित्य, लोकसङ्गीत, कला, संस्कृति, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय पद्मराज ढकाल एक बहुआयामिक प्रतिभाका धनी स्रष्टा, कवि, गीतकार, लोकगायक, साहित्यिक अभियन्ता तथा शिक्षासेवी व्यक्तित्व हुनुहुन्छ। वि.सं. २०२० माघ १८ गते कास्कीको पोखरा–३१, लामास्वाँरामा पिता चन्द्रकान्त ढकाल र माता मधुमाया ढकालका सुपुत्रका रूपमा जन्मनुभएका ढकाल हाल पोखरा–१२ मा बसोबास गर्दै आउनुभएको छ।

वि.सं. २०४२ सालदेखि निरन्तर शिक्षण पेसामा समर्पित ढकाल पोखरास्थित ग्लोबल कलिजियट स्कुलका संस्थापक उपप्राचार्य तथा अध्यक्षसमेत हुनुहुन्छ। शिक्षा र साहित्यलाई समानान्तर रूपमा अघि बढाउँदै आउनुभएका उहाँले नेपाली भाषा, साहित्य, मौलिक लोकसंस्कृति र राष्ट्रिय भावनाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूमा आभास बिहानीको गीतसङ्ग्रह, राष्ट्रभावना, पद्मराज ढकालका केही गीतहरू, वसन्त आउँछ भने कवितासङ्ग्रह तथा पद्मराज ढकाल जीवनी, व्यक्तित्व र कृतित्व लगायतका पुस्तकहरू रहेका छन्। त्यसैगरी फर्की आएन, नलेऊ पीर, जाऊँ न बेगनासताल, तालको शहर जाऊँ, नेपाल घुम्ने हो, धरतीका गीतहरू, सात तालको बगैँचा शहर, नयाँ घाम, चेतना छरौँ लगायतका गीति एल्बम तथा सोरठी, कौरा, धिमाल, देउसी र असारेजस्ता मौलिक सांस्कृतिक सिर्जनाहरू उहाँको साङ्गीतिक यात्राका महत्वपूर्ण उपलब्धि हुन्।

साहित्य र संस्कृतिको संस्थागत विकासमा समेत सक्रिय ढकालले पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष लगायत विभिन्न साहित्यिक, शैक्षिक तथा सांस्कृतिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। उहाँ विभिन्न प्रतिष्ठान तथा संघसंस्थामा सल्लाहकार, पदाधिकारी र सदस्यका रूपमा समेत आबद्ध रहनुभएको छ।

उहाँको योगदानको कदरस्वरूप अली मियाँ पुरस्कार २०६०, विश्व संगीत सम्मान २०७०, शिक्षा पुरस्कार २०७१, जनकलाकारिता पुरस्कार २०७२, क्षेत्रीय प्रतिभा पुरस्कार २०७२ र अनुशीलन संस्कृति पुरस्कार २०७३ लगायतका पुरस्कार तथा नेपाल, अमेरिका र अन्य मुलुकका दर्जनौँ संघसंस्थाबाट सम्मान प्राप्त गर्नुभएको छ। उहाँले अमेरिका, युरोप र एसियाका विभिन्न मुलुकको भ्रमण गरी नेपाली साहित्य, कला र संस्कृतिसँग सम्बन्धित गतिविधिमा सहभागिता जनाउनुभएको छ।

कवि, लेखक, गीतकार, लोकगायक, शिक्षाविद्, सांस्कृतिक अभियन्ता र सामाजिक व्यक्तित्वको परिचय बनाउन सफल पद्मराज ढकाल नेपाली साहित्य तथा लोकसंस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा निरन्तर क्रियाशील एक सम्मानित स्रष्टा हुनुहुन्छ। उहाँको जीवनयात्रा सिर्जना, साधना, शिक्षा र समाजसेवाको प्रेरणादायी संगमका रूपमा रहेको छ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।