Washington DC, US : April 25, 2025, Friday 12:12 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश|सर्बाधिक आलोचित र बदनाम प्रधानमन्त्री ओली अरु माथि यसरी खनिए, कस्तो भयो आजको एमालेको सभा हेर्नुस जस्ताको तस्तै !|प्रत्येक आतंककारी र उनीहरूका समर्थकहरूलाई दण्ड दिने घोषणा|काठमाडौंको माईतीघर मण्डलामा चिकित्सकहरुले प्रदर्शन|चीनसँग वार्ता गरिरहेको र समग्रमा अन्य देशहरूसँगको व्यापार वार्ता राम्रो भइरहेका छन : ट्रम्प|अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेन र रुसबीच सम्झौता नभए आफ्नो देश “पछाडि हट्ने” चेतावनी दिए|जम्मू कश्मीरमा “आतङ्कवादी हमला”, एक नेपाली नागरिक सहित कम्तीमा २६ जनाको मृत्यु, घटनाको भर्त्सना|ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त, रघुजी पन्त शिक्षा मन्त्री नियुक्त|सत्य र न्यायको खोजी अभियानको अपिल|हुरी !

तपाईँलाई कसैले ऋण पत्याउँछ भने त्यो साक्षात् भगवान् सरह हो - सीता न्यौपाने

  NepalMother.com | ७ चैत्र २०८१, शुक्रबार २१:१७

तपाईँले कहिल्यै कसैसँग ऋण लिनुभएको छ ? वा कसैलाई ऋण दिनुभएको छ कि ? आजको समयमा तपाईँलाई कसैले ऋण पत्याउँछ भने त्यो साक्षात् भगवान् सरह हो ।

लेनदेनविना मानिसको गुजारा चल्दैन । ऋणलाई नेपाली समाजमा सहयोग वा सौहार्दताका रूपमा पनि हेरिन्छ । तर, कहिलेकाहीँ यही लेनदेनको विषय ठूलो अपराधमा परिणत हुने गरेको छ ।

यस अपराधको फन्दामा कहिले ऋण दिनेहरू परेका छन् भने कहिले ऋण लिने पनि परेका छन् । विवाद ऋण फिर्ता गर्न आनाकानीबाटै सुरु हुन्छ ।

उदाहरणका लागि केही प्रतिनिधि घटना हेरौँ

गत फागुनमा बर्दियाको ठाकुरबाबा नगरपालिकामा भिनाजुले आफ्नै सालीको हत्या गरे । एक मात्र छोरी अमेरिका गएपछि ५१ वर्षीया एकल महिला राधा बोहरा अभिभावकत्व वा सहारा हुन्छ भनेर दिदी भिनाजुको घरनजिकै एउटा सानो कटेरो भाडामा लिएर बसेकी थिइन् ।

केही वर्ष अगाडि राधाले भिनाजु शान्तबहादुर खत्रीलाई ९० हजार रुपैयाँ ऋण दिएकी थिइन् । तर पैसा पटक–पटक फिर्ता गर्न भने पनि भिनाजुले तिर्ने छाँट देखाएनन् । आफूसँग पैसा नभएको भन्दै उनले टारिरहे । लेनदेनकै कारण उनीहरूको सम्बन्ध बिग्रियो ।

बुढेसकालमा खर्च गर्न हुन्छ र औषधीउपचार गर्नुपर्छ भनेर राधाले रक्सी पारेर बेचेको पैसा जम्मा गरेकी थिइन् । दुःख गरेर आर्जन गरेको पैसा माया मार्न पनि सकिनन् । त्यसैले भिनाजुसँग आफ्नो पैसा माग्न छोडिनन् ।

केही समयपछि भिनाजुले पैसा बराबरको जग्गा दिने कुरा गरे । केही पनि नपाउनुभन्दा जग्गा लिनु उचित थियो । त्यसैले राधाले भिनाजुको प्रस्ताव स्वीकार गरिन् ।

तर, पैसाको सट्टामा दिन लागेको जग्गा विद्युतको हाइटेन्सन लाइनमुनि थियो । त्यस्तो जग्गामा खेतिपाती गर्न जोखिम हुन्छ । बिक्री पनि हुँदैन । राधाले उक्त जग्गा नलिने बताइन् र पुनः नगद नै फिर्ता गर्न आग्रह गरिन् ।

आफूले दिन लागेको जग्गा नलिएपछि साली–भिनाजुबीच फेरि विवाद बढ्यो । त्यसपछि शान्तबहादुरले ऋणको बोझबाट उम्किनका लागि सालीको हत्या गर्ने योजना बनाए ।

उमेरले ६९ वर्षका शान्तलाई एक्लै सालीको हत्या गर्न सजिलो थिएन । श्रीमतीको सहारा लिउँ बहिनी मार्ने योजनामा साथ दिने कुरै थिएन । अन्ततः उनले २४ वर्षीया बुहारीको साथ लिए र राधाको हत्या गरे ।

गाउँलेहरूका अनुसार उनी नामले मात्र शान्तबहादुर थिए, तर निकै रिसालु स्वभावका अशान्त मानिस थिए । हाल शान्तबहादुर र बुहारी उमाकुमारी थुनामा छन् ।

फागुनकै अर्को घटना

बैतडीमा खाना खाँदै गरेका एक युवकलाई नाताले दाइ पर्नेले गोली हानी हत्या गरे । दोगडाकेदार गाउँपालिकाका २३ वर्षीय सुरेन्द्र विष्टलाई ४५ वर्षीय कर्णबहादुर विष्टले गोली हानेका हुन् ।

सुरेन्द्र सधैँ सोही होटलमा खाना खान्थे । उनी जीप चालक हुन् । बेलुका ८ बजेतिर उनी स्थानीय एउटा होटेलमा जिप पार्किङ गरेर अन्य चार जना साथीहरूसँगै बसेर खाना खाइरहेका थिए । सोही समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानेका थिए ।

प्रहरीको भनाइ अनुसार सुरेन्द्रले कर्णबहादुरबाट ४० हजार रुपैयाँ ऋण लिएर तिर्न आनाकानी गरिरहेका थिए । पैसाको विषयलाई लिएर दाजुभाइबीच झगडा परिरहेको थियो । एक पटक झगडामा सुरेन्द्रले दाइ कर्णबहादुरलाई दुई झापड समेत हानेका थिए ।

जुन दाजुले ऋण दिएका थिए, उसैलाई झापड पर्‍यो । यसो सम्झिने हो भने पीडित दाजु थिए । ऋण पनि दिनु छ । पैसा माग्दा पिटाइ पनि खानु छ । त्यो मनोविज्ञान आफैँमा निकै उदेकलाग्दो हुन्छ । तर, यो समस्याको समाधान हत्या होइन ।

भाइको पिटाइ सहन नसकेपछि दाजुले तँलाई छोड्दिनँ भन्दै धम्की दिएका थिए । अन्ततः कर्णबहादुरले भरुवा बन्दुकले सुरेन्द्रको हत्या गरे ।

हत्यापछि फरार रहेका कर्णबहादुरलाई प्रहरीले जंगलमा समातेको थियो । उनी जंगलैजंगल सीमापारि भारत जाने तयारीमा थिए । हाल उनी थुनामा छन् ।

त्यस्तै केही वर्ष अगाडि रौतहटमा एक पुजारीको गोली हानी हत्या भयो । आर्थिक लेनदेनकै कारण श्रीराम साहलाई मन्दिर परिसरमै गोली हानिएको थियो । काठमाडौंमा कवाडीको काम गर्दै आएका श्रीराम साहलाई मन्दिर परिसरमै गोली हानियो । यसको मुख्य कारण पनि लेनदेन नै थियो ।

उक्त घटनामा प्रहरीले नरेश भन्ने रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको थियो । पुजारी साहको रकम रामनरेशका बाबुले ब्याजमा लगेका थिए । उक्त रकम तिर्ने विषयमा विवाद भइरहँदा उनीहरुले पुजारीको हत्या गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको थियो ।

काठमाडौंमा कवाडीको काम गर्दै आएका श्रीरामकी छोरीको नवजात अवस्थामै मृत्यु भयो । छोरीको मृत्यु भएको केही वर्षपछि श्रीमतीको पनि मृत्यु भयो । एक्लो बनेका श्रीराम विक्षिप्त भएर गाउँ फर्किएका थिए । उनी जीवनको उत्तराद्र्धमा आफ्नै पैसा खर्च गरेर मन्दिर बनाई त्यहीँ बस्न थालेका थिए ।

शान्त स्वभावका पुजारी साहले मन्दिर निर्माण भएपछि घरमा त्यति जाँदैनथे । मन्दिरमा आएको भेटीले आफ्नो गुजारा गर्दै आएका थिए ।

लेनदेनको अपराध उच्च

सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेखित तथ्याङ्क हेर्दा पछिल्लो समय लेनदेनका मुद्दाहरु ह्वात्तै बढेको देखिएको छ ।

एक आर्थिक वर्षमा देशभरका अदालतमा ३४ हजार ७३० वटा लेनदेनका मुद्दा परेका छ । जसमा २१ हजार २०१ मुद्दा टुङ्गिसकेका छन् भने १३ हजार ५२९ वटा लेनदेनसम्बन्धी अपराध अदालती प्रक्रियामै छन् ।

सर्वोच्च अदालतमा मात्रै एक वर्षमा ५८० वटा लेनदेनका मुद्दा परेका छन् । त्यस्तै, उच्च अदालतमा २ हजार २३६ र जिल्ला अदालतहरूमा ३१ हजार ९१४ वटा लेनदेनका मुद्दा परेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक लेनदेनमा सबैभन्दा धेरै अपराध : प्रहरी प्रवक्ता

नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्याङक अनुसार अधिकांश हत्या आर्थिक लेनदेनकै कारण हुने गरेका छन् ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा ०८१ को माघसम्म तीन सय जनाको हत्या भएको छ । अघिल्लो वर्ष ६३८ र ७९ सालमा ५२२ जनाको हत्या लेनदेनको विवादका कारण भएको प्रहरीको भनाइ छ ।

लेनदेनको अपराध सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ भने दोस्रोमा लुम्बिनी प्रदेश र तेस्रोमा मधेश प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशमा भने लेनदेनका कारण ज्यान जाने घटना न्यून देखिएको छ ।

त्यस्तै, ०८१ सालमा लेनदेनसम्बन्धी अपराधमा ७६६ जना अभियुक्त पक्राउ परेका छन् । ०८० मा ८०४ जना र ०७९ सालमा ४४१ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) दिनेशकुमार आचार्यले सबैभन्दा धेरै अपराध आर्थिक लेनदेनमा भएको बताएका छन् । उनले खबरहबसँग कुरा गर्दै भने, ‘कर्तव्य ज्यान मुद्दामा अहिले सबैभन्दा धेरै अपराध आर्थिक लेनदेनकै कारण भएको देखिन्छ । आर्थिक लेनदेनमा द्वन्द्व बढ्दै जाँदा अपराधमा परिणत भएको छ ।’

उनी अगाडि भन्छन्, ‘नचिनेको मान्छेबाट हत्या हुने भनेको लुटपाट र चोरीमा संलग्न हुनेहरूले गर्ने हो । त्यसमा पनि अपराधीले आफू सुरक्षित हुदाँसम्म उसको उद्देश्य सिर्फ चोर्ने मात्रै हुन्छ । हत्या भने आफू असुरक्षित हुँदाको अवस्थामा हुने गर्छ । तर, चिनेकाबाट नै मानिसहरु अत्यधिक असुरक्षित छन् । पैसा नतिर्ने मनसाय पनि एक प्रकारको चोरी नै हो ।’

ऋण दिँदा धेरै नै होसियारी अपनाउनुपर्ने प्रवक्ता आचार्यको भनाइ छ । ‘एकापसमा सरसापटी नै नगर्नुभन्दा सामाजिक सामञ्जस्य बिग्रन्छ । असल मानवले एक अर्काको सुखदुखमा सापटी दिन्छ । ऋण लिएर कति मान्छेले पढेका छन्, व्यवसाय गरेका छन्, वैदेशिक रोजगारीमा गएका छन्,’ उनले भने, ‘तर केही मान्छे विनाउद्देश्य ऋण लिन्छन् र तिर्न चाहँदैनन् । त्यसले अपराधको रुप लिन पुग्छ ।’ – खबर हब

May be an image of text

Go to Home Page

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC
का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।