Washington DC, US : October 9, 2026, Friday 09:46 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाबाट धुर्मुस-सुन्तलीको शानदार पुनरागमन|मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनहरू भत्किए, दर्जनौँ परकम्पले त्रास|अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण|बेलायतका पूर्वराजकुमार एन्ड्र्युको घरमा प्रहरीले गरेको छापा गैरकानुनी ठहर|अब विवादित हुन के नै बाँकी रह्यो र ? यो चालाले देश कता जाला ??

विश्वशान्तिको मुहान नेपाल – डा. बालकृष्ण चापागाईं

  NepalMother.com | १४ फाल्गुन २०८१, बुधबार ०१:२६

नेपाल परापूर्व कालदेखि शान्ति, मैत्री, सहिष्णुताको प्रतिकका रुपमा स्थापित छ । वैदिक, सनातन धर्म तथा पूर्वीय दर्शनले शान्तिका आधारभूत मान्यतालाई उजागर गरेको पाइन्छ । नेपालको लुम्बिनीमा आजभन्दा झण्डै २६ सय वर्ष अघि जन्मेका गौतमबुद्धले विश्वमा कसरी शान्ति स्थापना हुन सक्दछ? भन्ने विषयमा वैज्ञानिक र स्पष्ट दार्शनिक तथा सैद्धान्तिक दृष्टिकोण प्रस्तुत गरेका छन् ।
जीवन र जगतको बारेमा गौतमबुद्धले प्रतिपादन गरेका ‘चार आर्यसत्य’ र ‘अष्टाङ्गिक मार्ग’ ले विश्वशान्तिको सही गन्तव्य प्रस्तुत गरेको छ । व्यावहारिक जीवनमा बुद्धले लागु गर्न भनेका पञ्चशील र सहअस्तित्वको कार्यान्वयन शान्तिका लागि महत्वपूर्ण मार्गदर्शनको रूपमा रहेका छन् । मानिसलाई आवश्यक पर्ने बाहेक बढी सञ्चय र संग्रह नगर्न बौद्ध दर्शनले पे्ररणा दिइरहेको छ । अहिले पनि विश्वको प्राकृतिक सम्पदा सीमित व्यक्तिको हातबाट मुक्त गरी सबैको साझा र सामाजिक न्यायमा आधारित भई न्यायोचित वितरण र संरक्षण गर्न सक्ने हो भने यसले विश्व शान्तिमा सहज वातावरण निर्माण हुन सक्छ ।
बुद्धले पञ्चशीलमा जोड दिएका छन् । यद्यपि यी पारिवारिक जीवनसँग सम्बन्धितजस्तो देखिए तापनि विश्वका धेरै समस्याहरू समाधान हुन्छन् । आफ्ना निम्ति आवश्यक नपर्ने कुरालाई पनि आफ्नो नियन्त्रणमा राख्न खोज्ने मानवीय सोंचले पनि समस्या थपेको छ । विश्वमा सर्वत्र शान्तिको खोजी भइरहेको परिवेशमा शान्तिस्थापनाका निम्ति बुद्धका वचन र उपदेशहरू अत्यन्त सान्दर्भिक छन् भन्ने तथ्य स्पष्ट पार्दै यसका लागि गौतम बुद्धले देखाएको बाटो उपयुक्त रहेको विभिन्न विद्वान्ले पुष्टयाइँ गरेका छन् ।
बुद्धका विचारले विश्वव्यापी महत्व पाउनुमा सङ्घ–प्रवेशमा सरलता हुनु, त्यहाँ कुनै वर्ण, जातजाति र भाषाभाषीको भेदभाव नहुनु हो भनिएको छ । राष्ट्र–राष्ट्रहरू बीचको समस्या समाधानका निम्ति शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तप्रति विश्वका धेरै मुलुकले सहमति जनाएका छन् । पञ्चशीलका सिद्धान्तमा सहअस्तित्व अर्थात साना ठूला सबैले सबैको अस्तित्वलाई स्वीकार गर्नु हो । सबै खाले विचारको शान्तिपूर्ण समाधान सम्भव छ भन्ने कुरामा बौद्ध दर्शनले जोड दिन्छ । त्यसै अनुरूपको व्यवहारको अपेक्षा गर्दछ । क्षेत्रीय अखण्डता, भौगोलिक अखण्डता,सर्वभौमसत्ताको सम्मान यी विषयहरूको व्यावहारिक कार्यान्वयनले शान्ति स्थापनामा सघाउ पुग्न सक्छ ।
उन्नाइसौँ शताब्दीमा बौद्ध धर्म–दर्शनका महŒवपूर्ण विषयहरू पालि भाषाबाट पश्चिमी मुलुकका भाषामा अनुवाद गर्न थालियो । त्यसमा धेरै अनुवादहरू अंग्रेजीमा गरिएको, त्यसपछि जर्मनीमा अतीतको शताब्दीको एक महŒवपूर्ण संस्थाले इंग्ल्याण्डमा पालि टेस्ट सोसाइटी निर्माण गरेको, क्यानलिकल पालि पदहरू प्रकाशित गरिएको भन्दै अंग्रेजी अनुवाद र पालि मूल लैटिन ट्रान्सलिटेरेशनबाट विश्वमा बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारमा योगदान पुगेको देखिन्छ ।
नेपाललाई उहिले नेपाल मण्डलको रूपमा मानिन्थ्यो । यसलाई हिमाली प्रदेश पनि भन्ने गर्थे । ईशापूर्व यस भेगमा किराँती जातिका मानिसहरूले सयाँै वर्ष राज्य गरेका थिए । गोपाल वंशावलीका अनुसार बुद्धकालीन कपिलवस्तु कोशलराज विदुदभले घोर नरसंहाररूपी ताण्डव मच्चाउँदा त्यहाँका र आसपासका धेरै बासिन्दाहरू विस्थापित भएर नेपाल मण्डलसम्म आएर बसोबास गरेका थिए । त्यस बेलादेखि नै नेपालमा बुद्ध धर्मको प्रभाव अविछिन्न रूपमा रहिआएको पाइन्छ ।
नेपाल दुई ठूला राष्ट्र भारत र चीनका बीचमा अवस्थित छ । यी दुई राष्ट्र बीच नेपालको सम्बन्ध सुमधुर हुँदा नेपालमा शान्तिको अवस्था आउन सक्छ । कुनै कारण विशेषले कटुताको स्थिति उत्पन्न भयो भने अशान्तिको स्थिति उत्पन्न हुन्छ । विभिन्न स्वार्थका कारण विश्व राजनीतिको शक्ति सन्तुलनमा समस्या उत्पन्न हुँदा पनि विश्वशान्तिमा असर पर्ने हुन्छ र त्यसको प्रभाव कुनै न कुनै रूपमा नेपालमा पनि परेको हुन्छ ।
आफ्ना दुई छिमेकीको तुलनामा भौगौलिक एवम् जनसंख्याका हिसावले नेपाल सानो भए पनि विविधतायुक्त भौगोलिक, प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, भाषिक विविधता बीचको एकता नेपालको विशेषता भएकोले यसलाई शान्तिको पक्षमा जोड्न सक्नुपर्छ । यसले नेपालको शान्ति स्थापनामा सकारात्मक प्रभाव दिन सक्छ । नेपाल धार्मिक सहिष्णुतायुक्त मुलुकको रूपमा विश्वसामु परिचित छ । मुस्ताङ्ग जिल्लाको मुक्तिनाथ, काठमाडांैको बूढा निलकण्ठ र पशुपतिनाथ, खोटाङ्ग जिल्लाको हलेसी महादेव मन्दिर आदिमा हिन्दु र बौद्धहरूबीचको मैत्री र एकताजस्ता कुराहरूले नेपालमा धार्मिक सहिष्णुताको अनुपम संगम छ भन्ने कुरा स्पष्ट गर्दछ ।
महामानव गौतमबुद्धको जन्म नेपालको लुम्बिनीमा, बुद्धत्व प्राप्ति भारतमा र धेरै बौद्ध धर्मावलम्वीहरू चीनमा हुनुले यी तीन देश बीचको सम्बन्धलाई भावनात्मक रूपमा जोड्न र शान्ति स्थापना गर्नमा पनि बौद्ध धर्म–दर्शनको प्रभावकारी सञ्चारले योगदान पुग्न सक्ने देखिन्छ । नेपालको उच्च शिक्षाको इतिहास लामो नभएकोले बौद्ध दर्शनका बारेमा विश्वलाई जानकारी गराउने सामग्री नेपालभित्र धेरै भए पनि त्यसको प्रचार राम्रोसँग हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको स्थापना भए पछि संस्कृति विभाग अन्तरगत यस विषयको पढाइ हुन्थ्यो । पछि बौद्ध अध्ययन विभाग बन्यो । त्यस्तै महेन्द्र संस्कृत विद्यालय हाल नेपाल संस्कृत विश्वविद्यालयमा पनि बौद्ध दर्शनको अध्ययन–अध्यापन र अनुसन्धान हुन्छ ।
पछिल्लो समयमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाले बौद्ध दर्शनको विशिष्ट अध्ययन हुन थालेको छ । बौद्ध–दर्शन मानव जातिको शान्तिका लागि महŒवपूर्र्ण मानिएकोले नेपाल सरकारले गौतम बुद्धका विचारलाई विशेष महत्व दिँदै केही वर्ष देखि लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत् बौद्ध–दर्शनको स्नातकोत्तरसम्मको औपचारिक शिक्षा प्रदान गर्नुका साथै विद्यावारिधि (पीएच्.डी) समेतको शैक्षिक उपाधि प्रदान गर्न थालेकाले यसबाट पनि बौद्ध धर्म–दर्शनको प्रचार–प्रसारमा विशेष योगदान पुगिरहेको देखिन्छ ।
गौत्तम बुद्धको जन्मस्थल लुम्बिनीमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयलाई द्वन्द समाधान र विश्व–शान्तिको विशिष्ट अध्ययन केन्द्रको रूपमा विकसित गर्दा विश्वमा सकारात्मक योगदान पु¥याउन सकिन्छ । बुद्धका विचारहरूलाई आधुनिक समाजमा राम्रो प्रचार प्रसार गर्दा शान्तिको लागि सकारात्मक योगदान पुग्न सक्ने देखिन्छ । गौतम बुद्धको जन्मभूमि लुम्बिनीको संरक्षणका साथै यसको विकासका लागि लुम्बिनी विकास कोषको स्थापना भई क्रियाशील छ । यसका माध्यमबाट पनि बुद्धका विचारको प्रचार–प्रसार एवम् प्रभाव विस्तारमा योगदान दिँदा शान्ति स्थापनामा बल पुग्छ ।
पछिल्लो समय हिंसा र द्वन्द्वमा फसेको नेपाललाई राजनीतिक निकास दिने सन्दर्भमा पनि गौतमबुद्धका विचारले प्रभाव पारेको र शान्ति मार्गमा आएको मान्न सकिन्छ । सामाजिक, आर्थिक र सांस्कृतिक पक्षमा पनि बुद्धका आदर्शलाई पछ्याउन सकिन्छ ।
जुनसुकै कोणबाट व्याख्या गरेपनि विश्व मानचित्रमा नेपाल शान्तिभूमि, ज्ञानभूमि, तपभूमि र मानव सभ्यताको विकासमा अग्रणी भूमिकाका रुपमा रहेको छ । यसलाई सञ्चारले यथोचित स्थान दिनु पर्छ । भवतु सब्ब मंगलम् ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।