Washington DC, US : February 22, 2025, Saturday 01:04 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

राष्ट्रपति ट्रम्पलाई प्रदीप परियार थापाको खुल्ला चिट्ठी !

  NepalMother.com | २० माघ २०८१, आईतवार ११:०५

प्रिय राष्ट्रपति ट्रम्प !
तपाईको कार्यकारी आदेश (Executive Order) द्वारा यएसआईडि (USAID) ले विश्वभरमा मानवीय सहायता, विकास, शान्ति, सशक्तिकरण र सुशासनका लागि सबै परियोजनाहरू र अनुदान ९० दिनका लागि बन्द मात्र गरिएको छैन, यसको वेबसाइट पनि बन्द गरिएको छ। यो हठाट खबर सुनेर म आश्चर्यचकित, स्तब्ध र दुःखित छु। USAID ले प्रदान गर्ने अनुदानमा भ्रष्टाचार गरिएकोछ भने सम्वन्धित देशका शासकहरूलाई भाटे कार्यवाही गरियोस् तर गरीव, निमुखा र निरिह नागरिकलाई बेसहारा बनाई नछाड्नू है राष्ट्रपति ट्रम्प। अझ सुन्दैछु, विश्वकै सबैभन्दा धनी ईलोन मस्क पनि USAID नै बन्द गर्ने पक्षमा छन् रे र तपाईले उनकै कुरा सुन्नु हुन्छ रे! विश्वका सयभन्दा बढी पछौट्याईएका देशहरूका अरवौं जनतालाई “अमेरिकी जनताको तर्फबाट (From the American People)” भनेर गरिएको गुनिलो सहायतालाई यसरी चटक्कै बन्द गर्दा कति मन रोला? कति भोकै बस्नु पर्ला? कतिको बिचल्ली होला? अमेरिकाले विश्वकै धनी र शक्तिशाली हुनुको नैतिक दायित्वबाट पन्छिन पनि त मिल्दैन नि राष्ट्रपति ट्रम्प। तपाई यति निष्ठुरी बन्नु होला भनेर मैले सोंचेकै थिएन। कति नेपाली अमेरिकनले तपाईलाई भोट दिएको यसरी निर्दयी बन्नुहोला भनेर हैन। म विनम्र अनुरोध गर्दछु- अमेरिकी जनताको तर्फबाट स्नेह, करूणा र मानवीयता देखाउनुहोस्। अन्त किन हेर्नु दृष्टान्त- तपाईकी अर्धांगिनी, हाम्री गौरवी फर्स्टलेडी मिलानिया नाउस ट्रम्प स्लोभेनियामा जन्मिनु भएको हो नि! तपाईको हजुर बुबा जर्मनीमा जन्मिनु भएको हो नि! उपराष्ट्रपति जेडि भान्सकि अर्धांगिनी, हाम्री गौरवी सेकेन्डलेडी उषा बाला चिलुकुरी भान्सका आमाबुबा भारत (ईण्डिया) मा जन्मिनु भएको हो नि! विश्वबाट अलग्गिएर त वर्वाद हुन्छ नि! ससुराली मुलुक स्लोभेनियालाई पनि मया गर्नु होला। तपाईले भनेको जस्तै Make America Great Again, अमेरिकालाई हामी सबै मिलेर अझ महान बनाऔं।

May be a graphic of map and text that says 'PAGE Safari can't open the e because the server can't be found. FOUND EA USAID ΑΛέΑΕC मा IO CA USAID FROM THE AMERICAN PEOPLE usaid.gov .'

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।