Washington DC, US : March 4, 2026, Wednesday 01:30 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|फागुन २१ को चुनाबका सन्दर्भमा स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा|मध्यपूर्व संकट : कतारदेखि युरोपसम्म कूटनीतिक र सैन्य तरंग|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे|इरानी सैनिक, प्रहरीलाई ट्रम्पले भने “हतियार त्याग्नुहोस्, आत्मसमर्पण गर्नुस र पूर्ण उन्मुक्ति पाउनुहोस्, नत्र निश्चित मृत्युको सामना गर्नुहोस्”|यस्तै निर्णय जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशविरुद्ध आए चीनलाई फाइदा पुग्ने चेतावनी

आसिका तामांगलाई खुला पत्र – प्रसान्त उप्रेती

  NepalMother.com | १८ माघ २०८१, शुक्रबार २१:२६

आसिका तामांग लाई खुला पत्र

प्रिय आसिका तामांग
सम्झनाका लहरहरु अनि दुई हात जोडेर नमन।

म एक परदेशी दाजु हुँ उमेरले, हण्डरले,ठक्करले ,भोगाईले।

आज एक स्वतन्त्र नागरिकको हैसियतले यो मेरो मनोभाव लेखेको छु ।
थाहा छैन तपाई सम्म पुग्छ कि पुग्दैन भनेर तर पनि लेख्दैछु १४ घण्टाको बिदेशी भूमिको दैनिकी पछि ।
थकानले भन्छ थपक्क सुत् बाबु तेस्सैमा तेरो भलो छ तर अन्तर्मन भन्छ अनान्य सहनु पनि अनि नाङ्गो सरकारको बितण्डाको बिरुद्द नलेख्नु पनि नपुसक हुनु सरि हो भनेर।
डिसेम्बर महिनाको चिसो अनि कालो रात संग जुद्दै लेख्ने हिम्मत गर्दैछु तपाइको सम्मानमा दुई सब्द।

म अझै सम्झिन्छु दशक अघिको चितवन काठमांडू यात्रा बुद्द यातयातमा धार्के ,नौबिशे ,मुग्लिनको यात्रा ।
राजधानी टेक्नुको खुसिको सिमा कसले मापन गर्लान र ? चटपट ,नरिवल ,पापड ,केरा कान मा गुन्जिनुको आनन्द भरपुर लिने मध्य म पनि पर्दछु किन्ने हैसियत नभए पछि सुनेर नै आनन्द लिनेमा म पनि पर्दथे अन्य आम जनमानष जस्तै ।
खान खान बाटोमा रोकिदाको खुसि पहिलो पटक घर बाहिरको भान्छाको कौतुहलता कम्ता रोचक थियो र ?
होटल को साहु को ब्यबहार पैसा तिर्नु अघि र पछि कहाँ बिर्सेको छु र ?
पैसा तिर्नु अघि सम्म आफ्नै ज्वाईं जस्तो पैसा तिर्ने बित्तिकै उनको घरमा काम गर्ने हलि जस्तो ।
एक पटक ग्राहकले दाल गनाएको गुनासो होटल मालिक सँग पोख्दा मेरो दाल गनाएको होइन तेरो नाक बिग्रेको भनेर कुटेर पठाएको देखेको छु ।
यसै घटना बाट पुस्ठी हुन्छ कि उपभोक्ताको अधिकारको कहाँ सम्म हनन गरिन्छ भनेर ? एक साधा खानाको दाम लगभग बस भाडा भन्दा बढी हुन्थ्यो ।
हुनेलाई त् फरक पर्दैन् थियो तर हामी जस्तो मध्यम बर्ग बाट गुज्री रहेको मान्छे हरुलाई अफ्ट्यारो मा पार्दथ्यो ।
खाऊ काठमांडू पुगेपछि आफन्त भएको ठाउँ सम्म पुग्न लाग्ने खर्च सकिने नखाऊ भोकै यति लामो यात्रा ।
होटल छेउ को घुम्तीको त् के कुरा गर्नु एक पोका चाउ चाउको दाम रू ५० एक बोत्तल मिनिरल वाटर को दामरू १०० सुन्दा त् झन् बसको यात्राले दुखाएको टाउको
१० गुणा बढी दुख्थ्यो यसको पाटो झन् अर्कै पो छ त् सम्झी ल्याउदा ।

चालक दाजुले मनखुसी बाटोमा मुत्र बिसर्जनको लागि रोक्ने प्रथाको कहानी अर्कै छ ।
यो मानबिय अब्सेकता हो तर यसलाई अझ बढी मर्यादित बनाउन आज सम्म पनि कसैले उचित कदम नउठाउनु दुर्भाग्यपूर्ण हो।
जिन तिन यी सबै भोगी सके पछि कलंकी झरे पछिको ट्याक्सी संगको मोलमोलाई को मैले के बर्णन गर्नु पर्ला र ? तपाई हामी सबै अनुभबी छौ ।
कलंकी -बालाजु यात्राको ३००० रुपैया तिर्ने डोटेली दाइको कथा कुनै अखबारमा मैले प्रतिनिधि घटनाको रुपमा पढेको थिए ।हामी गाउँ बाट सहर आउदा ल्याउने सामानको भाडाको छुट्टै पैसा माइक्रो बसले तिर्ने मै हूँ ।

कलंकी झरे पछि पिसाबले च्यापे पछि सार्बजनिक सौचालयमा मुत्र त्याग गर्दा तिर्नु पर्ने पैसाको कहानी बेग्लै छ।
रेट सुने पछि कतिको त् पिसाब रोक्दा रोक्दै पनि खुसिन्थ्यो रे ।पाइन्टमा हुने ले तिर्थे रे रकम अनि गर्थे मुत्र त्याग
नहुने फर्किन्थे भइगो भनेर ।

यी सबै प्रसंग मैले किन उठाए भन्ने उत्सुकता तपाई हरु माथि जाग्यो होला ?
हामी मध्यम बर्गीय भुइँ मान्छे हरुको आवाज न सरकारले सुन्थ्यो न उपरवाला भगवानले
गरिबको आवाज सुन्ने भनेको स्वयमले हो बाकी त् मुखदर्सक ।

यी सबै भोगाई हरु बहुसंख्यक राजधानी बाहिर बस्ने हरुको कथा हो मिल्दो जुल्दो स्थान ,दिन फरक समस्या एकै ।
सबै पिडित तर पिडितको आवाज सम्बन्धित निकायले कहिले पनि नउठाएको अझ भनौ उठाउन नखोजेको ।
किनकी सरकार लाई यो देश सिंहदरबार बासीको समस्या मात्र समस्या लाग्दछ मोफसलको समस्या के वास्ता ?
राजधानी बासीको समस्या पो सदनमा उठ्छ निमुखा श्रम गरेर दुइ हात मुख जोर्नेको पिडा, समस्या कसले बोक्न खोज्दछ र ?

सरकार नपुगेको ठाउँमा तपाई पुग्नु भो ,गरिब निमुखाको
आवाज बोक्नु भो, राज्यको बजेटले बनेको पुल निसुल्क तर्न पाउनु पर्छ गरिबले भनेर ठेकदारको दादागिरी माथि एक्लै धावा बोल्नु भो।
जुन राज्यको तलब भत्ता खाएर बस्ने हरुले देखेनन वा देख्न चाहेनन तपाई ले देख्नु भो आवाज उठाउनु भो सत्य को विजय भयो अनि आज निमुखा हामी जस्ता जनता हरुले निसुल्क प्रयोग गर्न सम्भब भयो ।
राज्य संयन्त्रको संरक्षणमा ठेकदार हरु कम्पनिको खोल ओढेर जनता लुट्ने बिभिन्न बहानाहरु यो लेख लेख्दा सम्म पनि अझै बिद्यमान छ कतै एक बोत्तल स्वोदेशी पानीको दाम १०० भन्दा बढी ,कतै सबारी पर्किङ्गको निहुँमा महँगो सुल्क त् कतै कालो बजारी।
यी सबै सङ्गठित दादागिरी बिरुद्द बोल्ने हिम्मत गर्नु भो यो कार्य नै उत्कृस्ट ठहरियो ।
“न्याय नपाए गोर्खा जानु” को सट्टा “न्याय नपाए असिका तामांग लाई बोलाउनु” भएको छ जुन आफैमा गौरब को बिषय भएको छ। एक नारीको हिम्मत को प्रसंशा गर्नुको सट्टा नियोजित ढंगमा राज्य शक्तिको दुरुपयोग गरेर निमुखाको आवाज बोक्ने माथि दमन भएको छ धरपकड ,हत्कडी ,जेल मुद्दा मामिला लादिएको छ जुन लजास्पद छ ।
प्रहरी प्रसाशन, बाणीज्य विभागले गर्नु पर्ने बजार अनुगमन एक निर्डर नारीले गरिरहनु भएको छ तेस्सैले त् तपाई ३ करोड नेपाली को मन मुटुमा हुनुहुन्छ ।
सरकारले दिएको दुखले तपाइको अभियानमा कति पनि बिचलित नहुनु होला हामी जस्ता लाखौ निमुखा तपाइको साथ छौ ।

आज सामाजिक संजालमा एउटा तस्बिर देखे ,थाकेको,आफ्ना नाबालक सन्तान भेट्दाको खुसि देखे ।
तपाई भित्र एउटा आमाको पिडा देखे ,छचल्किएको आँशु देखे ।,आफु जन्मिएको मातृभूमि प्रतिको दायित्व बोध देखे ।
तपाई भित्र भगवान दुर्गा माता देखे ,अपुर्ब सक्ति देखे ,हेपिएका हामी जस्ता भुइँ मान्छेको मुद्दा बोक्ने शाहसी नारी देखे ।
कलिला कविला हरुलाई सम्म भेट्न नदिएर आफ्नो असली रुप देखाएको छ आज सरकारले ।

जुन सरोकार वालाले हामी जस्तो लाखौ पिडितको पक्षमा उठेको ठगिको मुद्दाको बिषयमा सम्बोधन गर्नुको साटो
तपाई माथि झुटो ,कथोकल्पित आरोप थोपरेर हातमा हत्कडी कस्नु ,मुद्दा थोपर्नु माथिको औचित्य हामी सबैले मनन गरेको छौ ।
राज्यशक्तिको पूर्ण दुरुपयोग गरेर तपाई माथि गरेको दुर्ब्यबहारको मुल्य चुकाउनु पर्ने छ भाबी दिन हरुमा ।

होला भन्ने तरिका गलत होला तर तपाई को उदेश्य सहि अनि न्यायचित छ ।
भाषा गत त्रुटी होला तर तपाई ले बोक्नु भएको मुद्दा सहि छ कालोबजारी रोक्ने, सहर सफा राख्ने ।

भर्खरै केहि समय प्रबासमा बसेर देश फर्केका बिभिन्न फरक नेपाली नागरिकहरु माथि सरकारले नाङ्गो नाच देखाई रहेको छ ।
बर्षौ देखि राजनीतिक सिण्डिकेट बनाएर आलो पालो देशको ढुकुटी खाली पार्न नपाउने डरले सत्यको आवाज लाई दबाउने कोसिष गरिदै छ ।
तसर्थ सबै एक जुट भएर यस कदमको बिरोध गरौ, कालोबजारी रोकौ ,निमुखाको आवाज बनौ ।

नेपाल आमालाई तपाई जस्तै शाहसी छोरीको खाँचो छ तपाई।”नव भृकुटी” बनेर हाम्रो आवाज बोक्न नछोड्नु होला ।
जय नेपाली नारी, जय आसिका तामांग, जय नेपाल।

  • प्रसान्त उप्रेती “भुइँ मान्छे”
    पेरिस ,फ्रान्स

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।