आसिका तामांग लाई खुला पत्र
प्रिय आसिका तामांग
सम्झनाका लहरहरु अनि दुई हात जोडेर नमन।
म एक परदेशी दाजु हुँ उमेरले, हण्डरले,ठक्करले ,भोगाईले।
आज एक स्वतन्त्र नागरिकको हैसियतले यो मेरो मनोभाव लेखेको छु ।
थाहा छैन तपाई सम्म पुग्छ कि पुग्दैन भनेर तर पनि लेख्दैछु १४ घण्टाको बिदेशी भूमिको दैनिकी पछि ।
थकानले भन्छ थपक्क सुत् बाबु तेस्सैमा तेरो भलो छ तर अन्तर्मन भन्छ अनान्य सहनु पनि अनि नाङ्गो सरकारको बितण्डाको बिरुद्द नलेख्नु पनि नपुसक हुनु सरि हो भनेर।
डिसेम्बर महिनाको चिसो अनि कालो रात संग जुद्दै लेख्ने हिम्मत गर्दैछु तपाइको सम्मानमा दुई सब्द।
म अझै सम्झिन्छु दशक अघिको चितवन काठमांडू यात्रा बुद्द यातयातमा धार्के ,नौबिशे ,मुग्लिनको यात्रा ।
राजधानी टेक्नुको खुसिको सिमा कसले मापन गर्लान र ? चटपट ,नरिवल ,पापड ,केरा कान मा गुन्जिनुको आनन्द भरपुर लिने मध्य म पनि पर्दछु किन्ने हैसियत नभए पछि सुनेर नै आनन्द लिनेमा म पनि पर्दथे अन्य आम जनमानष जस्तै ।
खान खान बाटोमा रोकिदाको खुसि पहिलो पटक घर बाहिरको भान्छाको कौतुहलता कम्ता रोचक थियो र ?
होटल को साहु को ब्यबहार पैसा तिर्नु अघि र पछि कहाँ बिर्सेको छु र ?
पैसा तिर्नु अघि सम्म आफ्नै ज्वाईं जस्तो पैसा तिर्ने बित्तिकै उनको घरमा काम गर्ने हलि जस्तो ।
एक पटक ग्राहकले दाल गनाएको गुनासो होटल मालिक सँग पोख्दा मेरो दाल गनाएको होइन तेरो नाक बिग्रेको भनेर कुटेर पठाएको देखेको छु ।
यसै घटना बाट पुस्ठी हुन्छ कि उपभोक्ताको अधिकारको कहाँ सम्म हनन गरिन्छ भनेर ? एक साधा खानाको दाम लगभग बस भाडा भन्दा बढी हुन्थ्यो ।
हुनेलाई त् फरक पर्दैन् थियो तर हामी जस्तो मध्यम बर्ग बाट गुज्री रहेको मान्छे हरुलाई अफ्ट्यारो मा पार्दथ्यो ।
खाऊ काठमांडू पुगेपछि आफन्त भएको ठाउँ सम्म पुग्न लाग्ने खर्च सकिने नखाऊ भोकै यति लामो यात्रा ।
होटल छेउ को घुम्तीको त् के कुरा गर्नु एक पोका चाउ चाउको दाम रू ५० एक बोत्तल मिनिरल वाटर को दामरू १०० सुन्दा त् झन् बसको यात्राले दुखाएको टाउको
१० गुणा बढी दुख्थ्यो यसको पाटो झन् अर्कै पो छ त् सम्झी ल्याउदा ।
चालक दाजुले मनखुसी बाटोमा मुत्र बिसर्जनको लागि रोक्ने प्रथाको कहानी अर्कै छ ।
यो मानबिय अब्सेकता हो तर यसलाई अझ बढी मर्यादित बनाउन आज सम्म पनि कसैले उचित कदम नउठाउनु दुर्भाग्यपूर्ण हो।
जिन तिन यी सबै भोगी सके पछि कलंकी झरे पछिको ट्याक्सी संगको मोलमोलाई को मैले के बर्णन गर्नु पर्ला र ? तपाई हामी सबै अनुभबी छौ ।
कलंकी -बालाजु यात्राको ३००० रुपैया तिर्ने डोटेली दाइको कथा कुनै अखबारमा मैले प्रतिनिधि घटनाको रुपमा पढेको थिए ।हामी गाउँ बाट सहर आउदा ल्याउने सामानको भाडाको छुट्टै पैसा माइक्रो बसले तिर्ने मै हूँ ।
कलंकी झरे पछि पिसाबले च्यापे पछि सार्बजनिक सौचालयमा मुत्र त्याग गर्दा तिर्नु पर्ने पैसाको कहानी बेग्लै छ।
रेट सुने पछि कतिको त् पिसाब रोक्दा रोक्दै पनि खुसिन्थ्यो रे ।पाइन्टमा हुने ले तिर्थे रे रकम अनि गर्थे मुत्र त्याग
नहुने फर्किन्थे भइगो भनेर ।
यी सबै प्रसंग मैले किन उठाए भन्ने उत्सुकता तपाई हरु माथि जाग्यो होला ?
हामी मध्यम बर्गीय भुइँ मान्छे हरुको आवाज न सरकारले सुन्थ्यो न उपरवाला भगवानले
गरिबको आवाज सुन्ने भनेको स्वयमले हो बाकी त् मुखदर्सक ।
यी सबै भोगाई हरु बहुसंख्यक राजधानी बाहिर बस्ने हरुको कथा हो मिल्दो जुल्दो स्थान ,दिन फरक समस्या एकै ।
सबै पिडित तर पिडितको आवाज सम्बन्धित निकायले कहिले पनि नउठाएको अझ भनौ उठाउन नखोजेको ।
किनकी सरकार लाई यो देश सिंहदरबार बासीको समस्या मात्र समस्या लाग्दछ मोफसलको समस्या के वास्ता ?
राजधानी बासीको समस्या पो सदनमा उठ्छ निमुखा श्रम गरेर दुइ हात मुख जोर्नेको पिडा, समस्या कसले बोक्न खोज्दछ र ?
सरकार नपुगेको ठाउँमा तपाई पुग्नु भो ,गरिब निमुखाको
आवाज बोक्नु भो, राज्यको बजेटले बनेको पुल निसुल्क तर्न पाउनु पर्छ गरिबले भनेर ठेकदारको दादागिरी माथि एक्लै धावा बोल्नु भो।
जुन राज्यको तलब भत्ता खाएर बस्ने हरुले देखेनन वा देख्न चाहेनन तपाई ले देख्नु भो आवाज उठाउनु भो सत्य को विजय भयो अनि आज निमुखा हामी जस्ता जनता हरुले निसुल्क प्रयोग गर्न सम्भब भयो ।
राज्य संयन्त्रको संरक्षणमा ठेकदार हरु कम्पनिको खोल ओढेर जनता लुट्ने बिभिन्न बहानाहरु यो लेख लेख्दा सम्म पनि अझै बिद्यमान छ कतै एक बोत्तल स्वोदेशी पानीको दाम १०० भन्दा बढी ,कतै सबारी पर्किङ्गको निहुँमा महँगो सुल्क त् कतै कालो बजारी।
यी सबै सङ्गठित दादागिरी बिरुद्द बोल्ने हिम्मत गर्नु भो यो कार्य नै उत्कृस्ट ठहरियो ।
“न्याय नपाए गोर्खा जानु” को सट्टा “न्याय नपाए असिका तामांग लाई बोलाउनु” भएको छ जुन आफैमा गौरब को बिषय भएको छ। एक नारीको हिम्मत को प्रसंशा गर्नुको सट्टा नियोजित ढंगमा राज्य शक्तिको दुरुपयोग गरेर निमुखाको आवाज बोक्ने माथि दमन भएको छ धरपकड ,हत्कडी ,जेल मुद्दा मामिला लादिएको छ जुन लजास्पद छ ।
प्रहरी प्रसाशन, बाणीज्य विभागले गर्नु पर्ने बजार अनुगमन एक निर्डर नारीले गरिरहनु भएको छ तेस्सैले त् तपाई ३ करोड नेपाली को मन मुटुमा हुनुहुन्छ ।
सरकारले दिएको दुखले तपाइको अभियानमा कति पनि बिचलित नहुनु होला हामी जस्ता लाखौ निमुखा तपाइको साथ छौ ।
आज सामाजिक संजालमा एउटा तस्बिर देखे ,थाकेको,आफ्ना नाबालक सन्तान भेट्दाको खुसि देखे ।
तपाई भित्र एउटा आमाको पिडा देखे ,छचल्किएको आँशु देखे ।,आफु जन्मिएको मातृभूमि प्रतिको दायित्व बोध देखे ।
तपाई भित्र भगवान दुर्गा माता देखे ,अपुर्ब सक्ति देखे ,हेपिएका हामी जस्ता भुइँ मान्छेको मुद्दा बोक्ने शाहसी नारी देखे ।
कलिला कविला हरुलाई सम्म भेट्न नदिएर आफ्नो असली रुप देखाएको छ आज सरकारले ।
जुन सरोकार वालाले हामी जस्तो लाखौ पिडितको पक्षमा उठेको ठगिको मुद्दाको बिषयमा सम्बोधन गर्नुको साटो
तपाई माथि झुटो ,कथोकल्पित आरोप थोपरेर हातमा हत्कडी कस्नु ,मुद्दा थोपर्नु माथिको औचित्य हामी सबैले मनन गरेको छौ ।
राज्यशक्तिको पूर्ण दुरुपयोग गरेर तपाई माथि गरेको दुर्ब्यबहारको मुल्य चुकाउनु पर्ने छ भाबी दिन हरुमा ।
होला भन्ने तरिका गलत होला तर तपाई को उदेश्य सहि अनि न्यायचित छ ।
भाषा गत त्रुटी होला तर तपाई ले बोक्नु भएको मुद्दा सहि छ कालोबजारी रोक्ने, सहर सफा राख्ने ।
भर्खरै केहि समय प्रबासमा बसेर देश फर्केका बिभिन्न फरक नेपाली नागरिकहरु माथि सरकारले नाङ्गो नाच देखाई रहेको छ ।
बर्षौ देखि राजनीतिक सिण्डिकेट बनाएर आलो पालो देशको ढुकुटी खाली पार्न नपाउने डरले सत्यको आवाज लाई दबाउने कोसिष गरिदै छ ।
तसर्थ सबै एक जुट भएर यस कदमको बिरोध गरौ, कालोबजारी रोकौ ,निमुखाको आवाज बनौ ।
नेपाल आमालाई तपाई जस्तै शाहसी छोरीको खाँचो छ तपाई।”नव भृकुटी” बनेर हाम्रो आवाज बोक्न नछोड्नु होला ।
जय नेपाली नारी, जय आसिका तामांग, जय नेपाल।
प्रतिक्रिया