Washington DC, US : October 24, 2025, Friday 07:44 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

सुदीपभद्र खनालका नेपाल मदर लाई मन परेका ५ कविताहरु

  NepalMother.com | १४ माघ २०८१, सोमबार १३:०६

सुदीपभद्र खनाल, छन्द कविताका सिद्ध हस्त कवि हुन । उनी गद्य कविता र गीत पनि लेख्छन । नेपाली साहित्यको डायस्पोराको एउटा राम्रो खम्बा खनालका नेपाल मदर लाई मन परेका ५ कविताहरु तल प्रस्तुत छन :

मूर्दाहरूको आवाज

आयो कस्तो कुसमय फुली द्वारसम्मै छ भ्रान्ति
मारी सच्चा सुत विपतको राज्य भोग्दैछ क्रान्ति
यो चालाले अब मुलुकनै हुन्छ कि भोलि हुन्न
हे मूर्दा हो भन मुलुक नै ढल्न लागे सहन्न

तान्ने मात्रै क्रम पवनले हुन्न जीवन्त मान्छे
ताली मार्छौ पटटट बनोस् चोर वा सन्त भान्से
बोकी हिँड्छौ सठ त कसरी सक्छ खै देश बन्न
हे मूर्दा हो भन मुलुक नै ढल्न लागे सहन्न

ज्यूँदै तिम्रो हृदय छ भने बोल लौ देश निम्ति
जागे सारा कहर सकिनन् खेलझैँ चिम्टिचिम्टी
तिम्रो आत्मा उदित छ भने जाग ज्यूदैँ छु भन्न
हे मूर्दा हो भन मुलुकनै ढल्न लागे सहन्न

आफ्नै आत्मा पलपल थिची बाँच्न सक्तैन मान्छे
घोची आफ्नै हृदय सुखले हाँस्न सक्तैन मान्छे
सम्झी माटो उठ हृदयको आर्त आवाज सुन्न
हे मूर्दा हो भन मुलुकनै ढल्न लागे सहन्न

लड्दा आफैँ यदुसरि कसै उठ्न सक्तैन देश
बिर्सी धर्ती-सुत सहिदको रक्त बन्दैन देश
जागौँ बोलौँ हिमशिखरमा सक्छ स्वातन्त्र्य फुल्न
हे मूर्दा हो भन मुलुकनै ढल्न लागे सहन्न ।

थालूँ नयाँ संस्कृति

(छन्द : शार्दूलविकृडित् )

पोखूँ सिर्जनमा विवेक र दया सद्भावना नूतन
पारूँ जीवन मूल्यका रसमयी आदर्श उद्वोधन
मेटूँ अन्ध निराश क्षोभ मनका नौला छरूँ जागृति
लड्दै मानवता निमित्त नडगी थालूँ नयाँ संस्कृति

मेटूँ आर्त र दीनका हृदयको अव्यक्तको आर्तना
धोऊँ वाल र वृद्दका नयनका चित्कार वा क्रन्दन
मान्छेका मनमा पसेर म बसूँ नौलो बनी औषधि
पाऊँ मर्न परोपकार म गरी थालूँ नयाँ संस्कृति

बोकी लालचका प्रलम्भ नजिऊँ सत्धर्मको श्वास होस्
आफ्नै कर्म र ज्ञान सीप पसिनामा जिन्दगी पालियोस्
धर्तीबाट सकूँ म मेट्न नमिठा दुष्कर्मका त्रासदी
मेटी भोक र रोग वा विषमता थालूँ नयाँ सँस्कृति

बाँडू नित्य दुखी गरीबजनमा आशा खुशी पावन
सारूँ न्याय विवेक कर्मपथमा आदर्शको चेतन
सारा द्वेष अहं र द्रोह गममा आओस् सदा विस्मृति
पाऊँ छर्न नयाँ म रश्मि भवमा थालूँ नयाँ सँस्कृति

चोखो फूल बनी सुरम्य दुनियाँ पारूँ सदा सुष्मित
सच्चा ज्ञान-धनी निरालस बनूँ संसार होस् सेवित
कैल्यै आत्म प्रवञ्चना म नगरूँ संकष्टमा होस् धृति
बोकी सर्व हिताय भाव मनमा थालूँ नयाँ संस्कृति

देश खोज्दैछ हेर !

छन्द: मन्दाक्रान्ता

गोर्खालीको टलल खुकुरी धार झैँ चम्किएर
वैँसेवाला सरि चहकिलो सुष्ठु आभा लिएर
रारा फेवा मृदु नजरमा दिव्य शोभा भरेर
नौलो बाटो प्रगतितिरको देश खोज्दैछ हेर

खेपी वाधा तुमुल मनका चाहना रोकिएर
मैँ हूँ भन्ने अजयसँग नै पाखुरा खैँचिएर
राखी आफ्नो अमर गरिमा सानमा अग्लिएर
नौलो बाटो प्रगतितिरको देश खोज्दैछ हेर

काटी कालो तिमिर युगको आर्त छाती लिएर
रात्री सारा कलुष जडता द्वेषका सिद्दिएर
कर्णालीका जल लहरमा स्वप्न नौला भरेर
नौलो बाटो प्रगतितिरको देश खोज्दैछ हेर

झञ्झा नाघी उदय युगको भोरमा व्यूँझिएर
पीडा बिर्सी सकल जनका ज्योति आशा लिएर
मेची काली विविध कुसुमी एकता सिर्जिएर
नौलो बाटो प्रगतितिरको देश खोज्दैछ हेर

अर्को खुल्दा दिन कनकको होस् विहानी भनेर
जे जे आउन् कठिन जडता नाघ्न उर्जा लिएर
नेपालीको शिर नुर उचो शैलझैँ होस् भनेर
नौलो बाटो प्रगतितिरको देश खोज्दै छ हेर

ॐकार

जस्तो यो सुख दु:ख दृष्य नहुने सादृश्यता लुप्तछ
मात्रै जीवन भोगका समझले सम्पूर्ण सादृश्य छ
जस्तो विम्बित सृष्टि विम्ब रचनामा अर्ध नारीश्वर
उस्तै आकृतिमा छ लुप्त मनमा सादृश्य छन् ईश्वर

भेटिन्नन् जब चन्द्रमा नजरले छर्लङ्ग देखेपनि
धर्तीमै नजिकै हुने स्थलहरू देखिन्न चाहे पनि
जो देखिन्न असत्य हुन्न न सँधै देखिन्छ जो सत्य छ
सत्यासत्य विवेच्य सार प्रणवी सत्चित्तमा दृष्य छ

पानी भित्र छ अग्नि यो गगनमा बेगिन्ति ब्रम्हाण्ड छन्
सोच्दै चक्कर लाग्छ स्थीर छ भने श्री सत्चिदानन्द छन्
यो सारा चल बीचमा अचलको अन्वेष दु:साध्य छ
चित्तस्थिर गरेर हेर मनमै आलोक आलोक्य छ

खोजी प्राप्त हुने सिधै र सजिलै छैनन् खजाना कुनै
आफैँमा नभए सुदृष्टि जति होस् देखिन्न ज्योस्ना कुनै
चर्मैचक्षु नहुन् तथापि मनले स्थित् प्रज्ञले देख्दछ
आफैँभित्र उघार द्वार मनमै ॐकार को बास छ

जम्मै सुन्दर लाग्छ मात्र मनको हेराइ हो सुन्दर
यी इन्द्रीय जितेर दाउन सके संसार यो के छ र?
सच्चा कर्म र ज्ञानको पकडमा भूभार आधार छ
आफैँभित्र पसेर हेर मनमा सम्पूर्णको सार छ

-हे पृथ्वी फर्क आऊ –

काटे डाँडा ठिटाले मरु कि त डमरू माग्न थाल्यो कथाले
ढाँटी ढाँटी बिगारे छल र कल गरी नित्य नेतृत्वकाले
चर्क्यो अन्याय कालो अमन चयन गए दुर्दशा बढ्न थाल्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

हाम्रा चर्खा हराए बन घन हँसिया औषधी मासिएर
आए औजार नौला मुलुक तल परी पेलियो खुम्चिएर
छैनन् कोही हितैषी मुलुकतिर दिने ध्यान सत्कर्म भाग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

भत्की त्यो एकताको बल मुलुक भयो रूग्ण कम्जोर ताज
रैतीकै चल्छ सत्ता तरपनि मुलुकी सान भो म्लान आज
जोडी हामी अनेकौँ सबल मुलुक दिने चेतना छैन भाग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

गोर्खाली छैन आभा चर चर सबमा छन् विदेशी पसेका
नेपाली सन्तती छन् पर घर नहुँदा काम खोजी बसेका
घाटैघाटा छ सारा ऋण अनि गरिबीले धुरी ढल्न लाग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देशनै डुब्न लाग्यो

पेल्दैछन् शत्रु आई तरह तरहले देश यो खुम्चँदैछ
आमा नेपाल हाम्रो धरधर खुनको आँसु झारी रुँदैछ
तिम्रो झैँ चाल ताजा रिपुदमन हुने देशले आज माग्यो
हे पृथ्वी फर्क आऊ अब त अति भयो देश नै डुब्न लाग्यो

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।