Washington DC, US : October 24, 2025, Friday 09:35 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

अमेरिकी नीति नेपाल जस्ता साना देशका स्वार्थ रक्षा र हितमा पनि हुनुपर्छ - प्रा. पुरुषोत्तम दाहाल, प्रधान सम्पादक, हिमालय टाइम्स राष्ट्रिय दैनिक

  NepalMother.com | ११ माघ २०८१, शुक्रबार ०८:३५

जनवरी २० मा अमेरिकाका ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणसँगै उहाँको आक्रामकशैली र नीति सार्वजनिक भएको छ । प्रतिदिन उहाँ अनेक निर्णयहरूमा, आदेशहरूमा हस्ताक्षर गर्न व्यस्त हुनु भएको छ । पूर्ववत्र्ती राष्ट्रपति जोन बाइडेनका समयमा गरिएका ७८ वटा आदेशहरूलाई खारेज गर्ने निर्णयसँगै आफ्ना नीति अनुकूल र निर्वाचनका समयमा गरिएका प्रतिज्ञा अनुसारका सयभन्दा बढी आदेश जारी गरिसक्नु भएको छ । ट्रम्पको समय बदलिएको छ तर स्वभाव बदलिएको छैन भन्ने दृष्टान्त उहाँको भावभंगिमा, प्रस्तुति र आक्रामकताले स्पष्ट गरिरहेको छ । महाशक्ति राष्ट्र अमेरिकाको प्रतिस्पर्धा र सामथ्र्य निश्चय पनि अरूसँग कम तुलनीय होला । तर, दोस्रो विश्वयुद्धपछि प्रारम्भ शीतयुद्धदेखिकै प्रतिस्पद्र्धी रुस आज पनि महाशक्तिकै रूपमा छ । आर्थिक, प्राविधिक र व्यापारिक मात्रै होइन आन्तरिक सामरिक क्षमताले पनि विश्वका कतिपय देशहरू अमेरिकासँग भय मान्न छाडेका छन् । खासगरी एसियाका दुई ठूला राष्ट्रहरू चीन र भारत कृषि उत्पादन, औद्योगिक, सामरिक, आर्थिक, प्राविधिक, सैनिक अनेक पक्षमा शक्तिशाली हुँदैछन् ।

तैपनि अमेरिकाको भू-अवस्थिति, विकसित प्रविधि र संसारभरबाट आएका विशेषज्ञ जनशक्ति तथा प्राकृतिक स्रोतका आधारमा यो देश आफैं समर्थ देखिन्छ र अरूसँको तुलनामा अब्बल नै दाबी गर्दछ । पहिलो पटक राष्ट्रपति निर्वाचित भएको समय र निर्वाचनमा पराजित भएको क्षणमा ट्रम्पका कतिपय कामहरूलाई लोकतान्त्रिक सिद्धान्तको कसीमा उचित भन्ने ठाउँ थिएन । चार वर्ष पहिलेका सबै कमजोरीलाई सायद उहाँले अनुभव गरेकै कारण यो पटकको निर्वाचनमा अत्यधिक समर्थनकासाथ विपक्षी डेमोक्रेटिक पार्टीकी प्रतिस्पर्धी कमला हृयारिसलाई पराजित गर्न ट्रम्प सफल हुनु भएको हुनुपर्छ । संयोग कस्तो परेको छ भने सन् २०१७ को निर्वाचन र २०२४ को निर्वाचनमा ट्रम्पको प्रतिस्पद्र्धा विपक्षी डेमोक्रेटिक पार्टीका महिला नेतृसँग मात्रै हुन पायो । पहिलो पटक हिलारी क्लिन्टन र दोस्रोपटक कमला हृयारिस ट्रम्पविरुद्ध उम्मेदवार हुनुहन्थ्यो ।

विगतमा जतिसुकै कमीकमजोरी देखिए पनि डोनाल्ड ट्रम्पमाथि अमेरिकी जनताले विश्वासकासाथ समर्थन गरेका छन् । उहाँले २०२१ जनवरी काण्डका आफ्ना सहयोगीहरूको मुद्दा र अभियोगसमेत फिर्ता लिने निर्णय गर्नु जनसमर्थनकै भरोसा हुनुपर्छ । यद्यपि यो निर्णयले राजनीतिमा हुल्लडवाजी, गुण्डागर्दी र अराजकतावादी कार्यहरू पनि ग्राहृय हुन्छन् भन्ने सन्देश प्रवाह गरेको छ र भविष्यमा यसको असर लोकतान्त्रिक संस्कृतिका विपक्षमा पर्ने निश्चित जस्तै छ । यस अतिरिक्त निर्वाचनकै समयमा गरेको प्रतिज्ञा अनुरूप ट्रम्पले पहिल्यै दिन मेक्सिको तर्फको सीमा बन्द गर्ने आदेश जारी गर्नुभएको छ र सीमा आपत्कालको घोषणा गर्नुभएको छ । समाचारमा आए अनुसार मेक्सिको सीमा क्षेत्रमा शरणार्थीका रूपमा लामबद्ध करिब बीस हजार मानिसहरूको विचल्ली भएको छ । अब विस्तारै सो क्षेत्रमा काँडेतार र पर्खाल लगाउनेदेखि सेना तैनाथ गर्नेसम्मको प्रक्रिया देखिएको छ । अमेरिकामा यतिखेर अवैधानिक आप्रवासनको गम्भीर समस्या छ । यसै पनि वैधानिक रूपले अध्ययनमा आउनेहरूले अध्ययन सकेर यतै काम गर्ने, ग्रिन कार्ड प्राप्त गरी बसोवास गर्ने र अन्ततः स्थायी नागरिक हुनेक्रम तीव्र छ । डिभिमार्फत प्रतिवर्ष हजारौंको संख्यामा अमेरिका आउनेहरूको कमी छैन । यस्ता वैधानिक प्रक्रियाबाट हुने बसोवासलाई ट्रम्पको घोषणाको असर पर्ने देखिँदैन । तर, अवैध आप्रवासनलाई कठोरतापूर्वक रोक्न जन्मसिद्ध नागरिकताको अधिकारमा समेत ट्रम्पले पुनरवलोकन गर्ने घोषणा गर्नुभएको छ ।

अमेरिकामा अवैध बसोवास गरेका व्यक्तिका सन्तान वा अस्थायी रूपमा पर्यटक भएर प्रवेश गरी बच्चा जन्माउनेहरू पनि कम छैनन् यहाँ । अमेरिकामा जुनरूपमा भए पनि जन्मिएको त्यो बच्चा अमेरिकाको जन्मसिद्ध नागरिक हुने संवैधानिक व्यवस्थालाई ट्रम्पको घोषणाले चुनौती दिएको छ । यो घोषणा कार्यान्वयन गर्न संविधानमा नै परिवर्तन गर्नुपर्ने विज्ञहरू बताउँछन् । तर, आप्रवासीहरूको अवैध आगमनलाई निषेध गरे पनि वैध कागजपत्रविहीन भएर लामो समयदेखि अमेरिकामा व्यापार व्यवसाय र रोजगारीमा बसिरहेका करिब एक करोड मानिस भने ट्रम्पको निर्णयबाट अत्यधिक प्रभावित हुने निश्चित देखिँदैछ । यीमध्ये धेरैजसो कुनै न कुनै रूपमा स्थानीय शासकहरूको नियन्त्रण, प्रताडनाका कारण, कतिपय रोजगारी र सुविधाको खोजिमा, कतिपय अन्य उद्देश्यप्रेरित भएर अमेरिकामा पुगेको अवस्था छ ।

सामाजिक, आर्थिक र शासकीय उत्पीडनमा परी अमेरिकामा शरणार्थी हुन विवशहरू तुरुन्त अर्को व्यवस्थाविना स्वदेश फर्कनुपर्ने अवस्था मानवीय हुँदैन भन्ने विशेषज्ञहरूको प्रतिक्रिया सुनिन्छ । तर, ट्रम्प यसमा टसमस हुने देखिँदैन । अवैध आप्रवासनको प्रश्नले अमेरिकाको कृषि र उत्पादन क्षेत्रमा गम्भीर असर पर्ने र अत्यधिक मूल्यवृद्धि हुने आँकलन गरिँदै सबैको छ ।

ट्रम्पले मेक्सिको खाडीको नाम परिवर्तन गरी अमेरिकन खाडी नामकरण गर्ने घोषणा गर्नुभएको छ । पानामा नहर पुनः आफ्नो नियन्त्रणमा लिने उहाँको घोषणाले अन्तर्राष्ट्रिय तरंग पैदा गरेको छ । यो नहर दक्षिण अमेरिकादेखि युरोप र एसियासम्म पुग्ने घाँटी पनि हो । अहिले पानामा सरकारसंग मिलेर चीनले बन्दरगाह निर्माण गर्दै गरेको अवस्था छ । रुसलाई समेत पछि पार्दै उत्पादन र व्यापारमा पहिलो स्थान लिन सफल चीनले विस्तारै अमेरिकासँग रणनीतिक प्रतिस्पर्धा गरिरहेको छ । चीन दक्षिणी अमेरिकी राज्यहरूसँगको सम्बन्धलाई अत्यधिक महत्व दिँदै व्यापार विस्तार तथा लगानी विस्तार गरिरहेको छ । विश्वमा नै महाशक्ति मानिएको अमेरिकी सत्ताको नाकै मुनि चीनको चमत्कारिक र रणनीतिक उपस्थितिप्रति ट्रम्पको चिन्ता सशक्त प्रतिरोध गर्ने मूडमा देखिन्छ । चीनले एसियामा भारत र जापान अनि युरोपदेखि अमेरिकासम्मलाई कसरी आर्थिक र सामरिक रुपमा नै प्रभाव पार्न सकिन्छ भनेर आफ्नो रणनीति बनाएको स्पष्ट छ । ताइवानमा अमेरिकी उपस्थिति, दक्षिण कोरियामा भएको समर्थन, जुनरूपमा रहे भए पनि तिब्बतमा अमेरिकी नीति आदिका कारण चीन स्वाभाविक शक्ति विस्तारमा सक्रिय छ । यो उसको राष्ट्रिय हितसँग सरोकारको विषय हो । दक्षिण अमेरिका र अफ्रिकी देशहरूमा पनि चीनको बलियो उपस्थिति हुनलागेको छ । संभवतः ट्रम्प प्रशासन यसप्रति बढी सचेत भएको हुनुपर्छ ।

वितेको चार वर्षमा अफगानिस्तानबाट अमेरिकी पलायन, इजरायल हमास युद्ध, युक्रेन रुस युद्ध, सिरियाको सत्ता परिवर्तन र बंगलादेशको विद्रोह हरेक घटनामा अमेरिका जोडिएको देखिन्छ । सीमापारि अर्को देशको सुरक्षामा हतियार सहयोग गर्ने र अमेरिकी नागरिकलाई कर बढाउने, तिराउने र महँगी बढाउने पूर्ववत्र्ती नीतिविरुद्ध अमेरिकी जनतामा आक्रोश देखिन्छ । यही आक्रोशलाई राम्ररी अनुभव गर्नुभएका नवराष्ट्रपति ट्रम्पले पहिले अमेरिका भन्ने नारा दिनु भएको छ । युद्धका विपक्षमा आफ्नो धारणा राख्नु भएको छ । तर, अमेरिकी हितभन्दा माथि जाने कुनै सम्भावना छैन । अमेरिकी स्वार्थका पक्षमा भइरहेका युद्धसयोगहरूलाई कटौती गर्नु असम्भव जस्तै देखिन्छ ।
राष्ट्रपति ट्रम्पले विश्वस्वास्थ्य संगठनलाई सहयोग नदिने निर्णय सुनाउनु भएको छ र सबैलाई आश्चर्यमा पार्दै तेस्रोलिंगी मान्यतालाई खारेज गरी महिला र पुरुषबाहेक अरु नमानिने घोषणा गर्नु भएको छ । यो घोषणाको असर कति पर्ने हो अहिल्यै भन्न सकिँदैन । जे भए पनि अमेरिकामा ट्रम्पको सत्तारोहणसंगै आक्रामकशैली देखिएको छ । आसा गरौं : आगामी दिनमा अमेरिकी नीति नेपाल जस्ता साना देशका स्वार्थ रक्षा र हितमा पनि हुनुपर्छ भन्ने अपेक्षाकासाथ राष्ट्रपति ट्रम्पको सत्ता यात्रा सफल रहोस् शुभकामना ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।