Washington DC, US : February 16, 2026, Monday 09:07 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

पाल्पा–बुटवल सडक खण्डको अति जोखिम सिद्धबाबा क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको ब्रेक थ्रु भएपछि वर्षौदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क

  NepalMother.com | ११ माघ २०८१, शुक्रबार ०८:१८

बुटवल / पाल्पा–बुटवल सडक खण्डको अति जोखिम सिद्धबाबा क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग (ब्रेक थ्रु) छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्जुअलमार्फत सुरुङ छिचोल्नका लागि स्विच थिचेपछि पाल्पा र बुटवल दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री ओलीको उपस्थितिमा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने भनिए पनि कार्यक्रमको अन्तिममा आएर ओलीको अस्वस्थताका कारण भर्जुअलमार्फत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । सुरुङमार्ग छिचोलिएपछि यो सडक क्षेत्र भएर यात्रा गर्ने हजारौं यात्रुलाई खुसी दिलाएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको ब्रेक थ्रु भएपछि वर्षौदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क भएका छन् ।

यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पु-याउने गर्दछ । दैनिक हजारौं सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौं मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । बर्षामा यो सडक क्षेत्र त्यसैपनि अति जोखिममा छ । छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुुलुुक सुुरुङमार्गमा प्रवेश गरेको बताए । उनले जोखिम क्षेत्रहरुको पहिचान गरी सुुरुङ बनाउने काम धमाधम भइरहेको भन्दै सिद्धबाबाको सुुरुङमार्गको बाँकी काम समयमै हुने उल्लेख गरे । प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष हुने सवारी दुर्घटना र पहिरोमा पर्ने समस्याबाट नागरिकलाई मुक्त गराउन सुरुङ मार्ग निर्माण गरिएको बताए । सुरुङ बनेपछि पाल्पा, पोखरा लगायत जिल्ला आवत जावत गर्न सुक्षित हुने र कुनै समस्या नआउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । उहाँले छोटो समयमै सुरुङको ब्रेक थ्रु अवस्थामा ल्याइपु-याएको भन्दै चिनिया निर्माण कम्पनीलाई धन्यवाद समेत दिनुभयो । समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतका उच्च पदस्थ व्यक्तिहरुको उपस्थित रहेको थियो ।

सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ । पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरुङ मार्गको हालसम्म भौतिक प्रगति ४० प्रतिशत भएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताउनुुभयो । सुरुङ छिचोलिएपछि अब अन्य कामलाई तीव्रता दिइने उहाँको भनाई छ । सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान ,गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलान, सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइने उनले जानकारी दिए ।

सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुने छ । स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको दुई हजार सात सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो । सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो । विशाल चट्टानले युक्त भिरमा रक सेटअर्थात् स्लोप प्रोटेक्सनको काम गर्न सम्भव नभएको क्षेत्रमा सुरुङको प्रस्ताव भएअनुसार यो सुरुङ खन्न थालिएको हो । २०७६ मंसिर २ गते सुरुङमार्गका लागि १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको थियो । हाल यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी एक सय ५० जनाले नियमित काम गरिरहेका छन् । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किनेछ ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि सुरुका दिनदेखि नै पहल गर्दै आएका पूर्वमन्त्री एवं नेकपा समाजवादीका नेता सोमप्रसाद पाण्डेयले सुरुङमार्गको ब्रेक थ्रु भए पनि आफ्नो जिम्मेवारी अझै पुरा नभएको बताए । शुक्रबार उनले सामाजिक सञ्जालमार्फत ब्रेक थ्रु हुँदा अत्यन्त हर्षित भएको तर पाल्पाली जनताको प्रतिनिधिको हिसाबले जिम्मेवारी पुरा अझै नभएको बताए । उनले भने ‘म जनप्रतिनिधि भएको समयमा र नभएको समयमा पनि मलाई यो विषय अत्यन्तै चिन्ता र चासोको विषय रह्यो । पाल्पाका समकालीन राजनीतिज्ञहरुमध्ये सबैभन्दा बढी यो बाटोको प्रयोग गर्ने म हुँ । मैले २०७४ सालको माघ ८ गते तत्कालीन भौतिक योजनामन्त्री मा. रघुवेर महासेठ ज्यूलाई अनुरोध गरी यो ठाउँको स्थलगत निरीक्षण गराएको हुँ, त्यो समयमा हालका मन्त्रालयका सचिव केशव शर्मा समेत सहभागी हुनुहुन्थ्यो । मैले सुरुङ्गमार्गको प्रस्ताव गर्दै गर्दा त्यतिखेर मेरा साथीहरु सम्भव छ र ? भन्नुहुन्थ्यो । त्यो समयमा हामीसँग सुरुङ सम्बन्धी अध्ययन गर्ने प्राविधिकको कमी भएकोले शर्माज्यूकै राय अनुसार स्वीस दूतावासमा प्राविधिक माग गरेको हुँ, त्यसपछि स्विस कन्सल्टेन्टले अध्ययन सुरु गरेको हो । सम्बन्धित सडक विभागबाट बजेट स्रोत सुनिश्चित भएपछि मात्र टेन्डर निस्कने भएपछि प्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीसँग २०७६ /१/२६ मा बजेट माग / ताकेता गरेको हुँ । २०७६ सालको मङ्सिर २ गते सिद्धबाबा सुरुङ्ग मार्गको लागि १० अर्ब १५ करोड बजेट सुनिश्चित भएको हो । मैले सम्मानित सदन, सडक बिभाग , भौतिक पुर्वाधार मन्त्रालयमा सिद्धबाबा सुरुङ मार्गको तत्काल काम सुरु गर्नको लागि पटकपटक माग राखेको हुँ । यो शुरूवात नभएमा सदनमै अनसन बस्छु समेत भनेको व्यहोरा सबैलाई अबगत छ । आज ४० प्रतिशत भौतिक प्रगति भइसकेको अवस्थामा यसको ब्रेक थ्रु भइरहँदा म अत्यन्त हर्षित छु । तर म समग्र पाल्पाली जनताको प्रतिनिधिको हिसाबले मेरो जिम्मेवारी पुरा भइसकेको ठानेको छैन । जुन दिन यो सुरुङमार्गबाट गाडीहरू ओहोरदोहोर हुनेछन् त्यो दिन म एकपटक फेरि खुसी हुनेछु ।’ – रामचन्द्र रायमाझीबाट

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।