Washington DC, US : September 30, 2026, Wednesday 07:49 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|उडिरहेको जहाज भित्र दुई पाइलटबीच झडप, दुवै घाइते, उपचारका लागि अस्पताल, यात्रुहरू सुरक्षित, अनुसन्धान जारी|दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता|एआई (AI) को विकास, सुरक्षा र निगरानीबारे नयाँ स्वैच्छिक सहमति घोषणा, ट्रम्पले ‘Artificial Intelligence’ को सरकारी नाम बदलेर ‘Super Intelligence’ राखे|अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई दियो यस्तो राहत|विश्वव्यापी अनलाइन ठगीविरुद्ध FBI को ‘Operation Blackout’: वृद्ध अमेरिकीको जीवनभरको बचत निशानामा|देशलाई जोगाउनका लागि यो संविधानलाई राष्ट्रिय संग्रहालयमा राखेर यसको सट्टामा अर्को अन्तरिम संविधान बनाउनुपर्छ|न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीति : ३१ भन्दा बढी उच्चस्तरीय भेट, तीन देशसँग नयाँ सम्बन्ध|भोटेकोशीको महाप्रलयकारी बाढी : एक महिना बित्यो बांचेकाहरुमा मानसिक तनाब बढ्दो|अमेरिका, इजरायल र इरान : अब युद्ध होइन, शान्तिको बाटो खोज|पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति घरबाट उठाएर प्रहरी कार्यालय लगिएको घटनाप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीति : ३१ भन्दा बढी उच्चस्तरीय भेट, तीन देशसँग नयाँ सम्बन्ध

  NepalMother.com | १३ आश्विन २०८३, मंगलवार ०९:२७

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल बुधबार बिहान काठमाडौं फर्किंदैछन्। असोज ४ गते अमेरिका प्रस्थान गरेका खनालले न्युयोर्क बसाइका क्रममा एक साताभन्दा बढी समय निकै व्यस्त कूटनीतिक गतिविधिमा बिताए।

महासभाको साइडलाइनमा उनले ३१ भन्दा बढी उच्चस्तरीय भेटवार्ता गर्नुका साथै २१ भन्दा बढी बैठक, छलफल तथा कार्यक्रममा सहभागिता जनाए। उनका अधिकांश भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असर, हालैको भोटेकोसी बाढी, विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण र अन्तर्राष्ट्रिय सहयोग प्रमुख विषय बने।

खनालले अमेरिका, भारत, जापान, जर्मनी, बेलायत, अस्ट्रेलिया, भुटान, माल्दिभ्स, आइसल्यान्ड, रोमानिया, आर्मेनिया, यूएईलगायत विभिन्न देशका मन्त्री तथा उच्च अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरे। ती भेटमा विपद् व्यवस्थापन, जलवायु वित्त, व्यापार, लगानी, पर्यटन, शिक्षा, रोजगारी, नवीकरणीय ऊर्जा र द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भयो।

जापान, जर्मनी, अमेरिका र अन्य साझेदार मुलुकका प्रतिनिधिहरूसँगको छलफलमा नेपालमा बाढीपछिको उद्धार, राहत, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सहयोग निरन्तर गर्ने विषय उठाइएको थियो। खनालले जलवायु उत्थानशील पूर्वाधार, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका थिए।

न्युयोर्क भ्रमणकै क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८८ पुगेको छ। नेपालले रुवान्डासँग सामान्य सहयोगसम्बन्धी सम्झौता, सर्बियासँग द्विपक्षीय परामर्श संयन्त्र स्थापना तथा कजाकिस्तान र बेलारुससँग कूटनीतिक तथा सरकारी राहदानीवाहकका लागि भिसा छुटसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरेको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको भूमिकाबारे पनि खनालले उच्च अधिकारीहरूसँग छलफल गरे। राष्ट्रसंघको आवश्यकता अनुसार नेपाल थप जनशक्ति उपलब्ध गराउन तयार रहेको जनाउँदै उनले आवश्यक परे १० हजारसम्म नेपाली शान्ति सैनिक परिचालन गर्न सकिने बताएका थिए। अहिले विभिन्न राष्ट्रसंघीय मिसनमा ४ हजार ३ सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरी कार्यरत छन्।

जी–७ विकास मन्त्रीस्तरीय बैठकसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सम्बोधन गर्दै खनालले नेपालको पुनःस्थापना र पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन रहेको बताएका थिए। उनले जलवायु वित्तमा सहज पहुँच, विपद् पूर्वतयारीमा लगानी, बहुपक्षीय वित्तीय संस्थाबाट सहज स्रोत परिचालन र हिमाली क्षेत्रलाई विश्वव्यापी जलवायु एजेन्डामा उच्च प्राथमिकता दिन आग्रह गरे।

खनालले संयुक्त राष्ट्रसंघीय संरचना तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार आवश्यक रहेको धारणा पनि राखे। सन् १९४५ को शक्ति संरचनाभन्दा आजको विश्व वास्तविकता प्रतिबिम्बित हुने गरी बहुपक्षीय संस्थाहरूलाई पुनर्संरचना गर्नुपर्ने उनको भनाइ थियो।

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।