Washington DC, US : September 30, 2026, Wednesday 06:57 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|उडिरहेको जहाज भित्र दुई पाइलटबीच झडप, दुवै घाइते, उपचारका लागि अस्पताल, यात्रुहरू सुरक्षित, अनुसन्धान जारी|दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता|एआई (AI) को विकास, सुरक्षा र निगरानीबारे नयाँ स्वैच्छिक सहमति घोषणा, ट्रम्पले ‘Artificial Intelligence’ को सरकारी नाम बदलेर ‘Super Intelligence’ राखे|अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई दियो यस्तो राहत|विश्वव्यापी अनलाइन ठगीविरुद्ध FBI को ‘Operation Blackout’: वृद्ध अमेरिकीको जीवनभरको बचत निशानामा|देशलाई जोगाउनका लागि यो संविधानलाई राष्ट्रिय संग्रहालयमा राखेर यसको सट्टामा अर्को अन्तरिम संविधान बनाउनुपर्छ|न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीति : ३१ भन्दा बढी उच्चस्तरीय भेट, तीन देशसँग नयाँ सम्बन्ध|भोटेकोशीको महाप्रलयकारी बाढी : एक महिना बित्यो बांचेकाहरुमा मानसिक तनाब बढ्दो|अमेरिका, इजरायल र इरान : अब युद्ध होइन, शान्तिको बाटो खोज|पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति घरबाट उठाएर प्रहरी कार्यालय लगिएको घटनाप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

भोटेकोशीको महाप्रलयकारी बाढी : एक महिना बित्यो बांचेकाहरुमा मानसिक तनाब बढ्दो रित्तिएका हातमा बाढी पछि पहिलो पटक नगद राहत पाउंदाको खुशी, बाढीपीडितलाई सोझै दिने राहत बढि प्रभाबकारी

  NepalMother.com | १३ आश्विन २०८३, मंगलवार ०७:५३

  • टंक पन्त, बाढी प्रभावित क्षेत्रको स्थलगत रिपोर्ट

०८३ भदौ १० गते भोटेकोशीको महाप्रलयकारी सुनामी बाढीले १६ बर्षिय रञ्जिता थापाका बुवा आमा सहित सात जना परिवारलाई एकै चिहान बनाएपछि उनी अहिले एक्लो जीवन बिछिप्त अबस्थामा छिन् । उत्तरगया पब्लिक माबिमा बिहानको टूयूसन कलास सकेर कक्षा कोठामा जाने क्रममा रञ्जिताले बिद्यालयको गेटमा पुग्ना साथ भोटेकोशीको बाढीको मुस्लो देखिन । अनि उनी फनक्क फर्केर जंगलतिर उकालो लागिन । रसुवाको बेत्रावती सेयाली जंगलमा पुग्दा नपुग्दै उनका बुवा, आमा हजुरुबुवा, हजुर आमा र दाजु समेतलाई बाढीले घर सहित बगाइसकेको थियो । रञ्जिता पांच मिनेट भित्र सिस्नो समाउदै सुरक्षित स्थानमा पुगेर तलतिर हेर्दा आफनो प्यारो परिवार सहित सबै घरवार थिएन । बुवा आमा रहनुभएको घरमाथि बाढी उर्लिरहेको देख्ना साथ रञ्जिता आफुलाई थाम्न नसकेर त्यही ढलिन् । बुवा श्याम थापाले बिहान खाजा खान दिएको पैसा, आमा जमुना रानाले कतै नभुली कक्षा सकिना साथ आए है आज तिमी र म एक ठाउं जानु छ भनेको कुरा र हजुर आमाले स्कूलवाट फर्किनासाथ मेरो काला आयो के खाजा खान्छिउ भन्ने गरेको कुरा सम्झिदै आज पनि उनका आंखावाट बर्वती आशु खस्छन । एक जना दाजु निराजन थापा बाहिर क्रोसिया छन् उनले बहिनीलाई निरन्तर फोन गरेर सम्झाउने त गर्छन तर परिवारकी सबै भन्दा कान्छी सदस्य रञ्जितालाई अहिले पनि हजुर आमाले काखमा राखेर ख्वाउन पाए खुशी हुने कुराले सम्झाइरहने गरेको छ ।

काखमा राखेको , आमाले तरकारी किन्न जांदा पनि संगै लैजाने जस्ता धेरै कुरा सपनामा देख्ने गरेकी रञ्जितालाई राम्ररी निद्रा पनि लाग्ने गरेको छैन । भोटेकोशीको बाढीले आफनो परिवार बगाएपछि ठुला वुवा डोलवहादुर थापाको घरमा बस्दै आएकी रञ्जितालाई केही सोध्यो कि भक्कानिएर रुन थाल्छिन् –ठुलो वुवा ठूलो मामूकी छोरी बविसा थापा बहिनी रञ्जिताको भबिष्य के हुने हो भन्नै सकिएको छैन जति सम्झाएपनि बुवा आमा हजुर वुवा , हजुर आमाले माया गर्दा भन्ने गरेका कुरा सम्झिदै भक्कानिने गरेको सुनाउछिन । एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषमा पठाए कहां जान्छ टुंगो हुदैन त्यसैले बाढी पीडितहरुको हातमा नै प्रति ब्यक्ति १० हजार रुपियां र जाडोको लागि न्यानो कपडा लिएर नुवाकोट पुगेको बेला दिदी बबिसा थापासंग सहयोग लिन नुवाकोटको गंगटेपार्क पुगेकी रञ्जिताले रुदै प्रश्न गरिन– अब मैले आफूलाई कसरी सम्हालु ?मेरो प्यारो परिवारसंगै –आफु पनि गएको भए त हुन्थ्यो नि भन्ने हुन्छ । बाढीले परिवार वगाएको एक महिना भैसक्यो तर यो समय कसरी बित्यो मलाई नै थाहा छैन । उत्तरगया माबिमा पढ्दै थिएं आज न त्यो स्कूल छ न पढाइ छ भबिष्य नै कसरी बित्ने भन्ने टुंगो छैन के पाप गरेकी थिए र आज मैले यस्तो भाग्नुपर्‍यो , के गल्ती गर्नुभएको थियो र आज मेरो परिवार रहनुभएन । मेरो घर सहित छिमेकी सबैको घर बगरमा परिणत भएको छ आज ती हाम्रा लागि दरवार सरी रहेका घरहरुमा त्रिशुली बगिरहेको छ मेरा साथीहरु कहां छन , कतिलाई बाढीले बगायो त्यो पनि थाहा छैन । अब म कसरी बांचु ? भन्दै रञ्जिता थचक्क बस्छिन् र आशुका धारा धाम्नै सक्दिनन् अनि हामीले धेरै सोध्न पनि खोजेनौ । उनको कालो धब्वा लागेको छ उनलाई देख्ने जो कसैले उनलाई देख्ना साथ थाहा हुन्छ निकै पीडामा बांचेकी छन तर कसरी बांचेकी छिन उनी आफै भन्न सक्तिनन ।

रञ्जिता जस्तै थुप्रै रञ्जिताहरुको आंखाको भेल रोकिएको छैन । रञ्जिताको वुवाको शब धेरै दिन पछि भेटियो तर अन्य परिवारको शब पनि नभेटिएपछि बाढीले बगाएको एक महिना पछि मात्रै काजक्रिया प्रारंभ गर्दा त्यहां पुग्नेहरु सबै भावबिह्वल हुन्छन । एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले नमूना शैलीमा राहत लिएर जादै गर्दा र एक महिना पछिको बाढीको सम्झना पीडितहरुमा झनपछि झन ताजै जस्तो जस्तो देखिने गरेको छ । भोटेकोशीको महाप्रलयकारी बाढीले गर्दा नागरिकहरु करीब १२ देखि २० हजार सम्म हराएको हुन सक्ने अनुमान छ तर यकिन तथ्यांक कसैसंग पनि छैन किनकि सम्पूर्ण वजार , गाउं नै बगरमा परिणत भएको छ । अब शब भेटिने अबस्था रहेन भन्ने भएपछि सामूहिक रुपमा काजक्रिया गर्न थालिएको छ । रसुवा वेत्रावतीका पबित्रा तामाङ र सीता तामाङ दुबै कमाउन दुबइ गएका थिए तर उनी दुबैका श्रीमान छोरा छोरी सासु सुसुरा सहित घर जमीन बाढीले कहां पुर्‍यायो उनीहरुलाई पनि थाहा छैन । बाढीले घरपरिवार लगेको थाहा पाउना साथ स्वदेश फर्किए एक महिना कि त सास कि त लाश भेटिन्छ कि भनेर खोजीमा लागे जब नभेटेपछि उनीहरुले पनि सबैको काज क्रिया गरे । छोरा छोरीलाई राम्रोसंग पढाउन सकियोस भन्ने उदेश्यले सात महिना अगाडि रिनधन गरेर दुबइ गैयो आज छोराछोरीलाई देख्न पनि पाइएन ।

अहिले सीता र पबित्रा पनि नुवाकोटको पिपलटार पोष्टबहादुर पार्क नजिकको होल्डिङङसेण्टरको पालमुनी एक्लो जीवन बिताइरहेका छन । उनीहरु भन्छन––एक महिना भैसक्यो न निद्रा लाग्छ न खान मन लाग्छ जतिखेर पनि ती फूलका थुंगा जस्ता छोराछोरीको सम्झना आइरहन्छ । बाहिर भएपनि वावाले मोवाइलवाट कुरा गर्दा मामू कहिले आउनुहुन्छ हामीलाई के ल्याइदिनुहुन्छ भन्ने गरेको सम्झनाले उनीहरुलाई थप पीडा दिइरहेको छ । हामीलाई छोडेर बिदेश नजानु न भनी हिडने वेला छोराछोरी काखमा बसेर कपडा समाउदा तिमीहरुलाई कति धेरै मीठो मीठो कुरा ल्याइदिन्छु नि भन्दै फकाएर हिडेको सात महिना नबित्दै छोरा छोरी गुमाउनुपर्‍यो नि भन्दै सीता बोल्नै नसकी आशुंको भेलसंगै रातो नीलो अनुहार बनाएर ढल्छिन । कसैले छोरा छोरी गुमाएका छन , कसैले वुवा आमा , श्रीमती , श्रीमान गुमाएका छन त कसैको बंश नै नाश हुने गरी सम्पूर्ण परिवार गुमाएको छ ।

नुवाकोटको पिपलटार होल्डिङङसेण्टरमा रहेका अजय तामाङले श्रीमती सहित तीन, पांच र आठ बर्षका छोराछोरी गुमाएका छन । उनका साथमा अहिले स्कूल गएर फर्किदै गरेको हुनाले वांचेका साना नानी बाबु मात्र छन । सासु भान्जा भान्जी काकाकाकी सहित अजयका नजिकका ३२ जना परिवार र घरवास सबै बाढीले केही छैन । ०७२ सालमा भुकम्पले ध्वस्त पारेपछि जन्म स्थान गोगने तिरुवाट बेत्रावती निस्कनुपर्‍यो भने अहिले बेत्रावतीमा खोला हिडेपछि हामी नुवाकोटको पिपलटार पोष्टबहादुरवोगटी पार्कसंगैको होल्डिङङसेण्टरको पालमुनीको बसाइ भएको छ । अजय भन्छन–प्रकृति पनि कति निर्दयी सारा नेपालीलाई रुवाएर घरवार बिहीन बनाउने ? सम्पन्न परिवार आज राहत वांडन आएका छन् रे भन्दा कुद्दै जानुपर्ने अबस्था । मेरो त अनेक पीडाकावीच पनि यहांको होल्डिङ सेण्टरमा कस्लाई के छ समस्या के गर्नुपर्छ भनी संयोजनकारी भूमिका निर्वाह गर्दा समय बितेको छ तर आमा नभएपछि ती नानी बावुलाई बढि गाह्रो हुंदो रहेछ जतिखेर पनि मामू आउनु हुन्न र ? मामूलाई खोलाले कहां लग्यो र ? खोज्न जानु न कतै हामीलाई कतिखेर लिन आउछन् भनेर अडकेर बस्नुभएको छ कि भनेर सोध्छन अनि म सहन सक्तिन राति भएपनि बाथ रुम गएर आउछु है निस्कन्छु । होल्डिङङसेण्टरमा बाहिर अस्थायी ट्वाइलेट छ । त्यहां पनि कहिलेकांही लाइन बस्नुपर्छ । पिपलटारको होल्डिङङसेण्टरमा ४४ परिवारका १ सय ४८ सदस्य छन ।

जसमध्ये ५२ जना बालवालिका छन । कतिपय बालबालिका आमाबुवा कोही पनि नभएका पनि छन् तिनीहरुलाई सम्हाल्न ज्यादै गाह्रो छ । घर आंगनमा खेल्ने गरेका बच्चाहरु ज्ांंगलमा टांगिएका पालमुनी खुम्चिनु परेको छ । युनिसेफले पानी नछिर्ने खालको पाल दिएको छ आइओएमले स्वास्थ्य जस्ता बिषय हेर्ने गरेको छ भने बिभिन्न सामाजिक संस्थाले लत्ता कपडा खानेकुरा दिएका छन । तर टन्न सम्पत्ति भएका , छोराछोरीले घरमा आउदा केही खानेकुरा ल्यादिनु है भन्दा ल्याइदिने मात्र होइन समय समयमा बाहिर खान ख्वाउने गरेका परिवारसंग आज एक रुपियां पनि गोजीमा छैन । तर एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले नेपाल मगरसंघको संयोजनमा प्रति ब्याक्ति १० हजार नगद सहित न्यानो कपडा लिएर जांदा नुवाकोटको गंगटे र पिपलटार होल्डिङङसेण्टरका बाढी पीडितहरु निकै खुशी भएका थिए ।

बाढी गएपछि पहिलो पटक हातमा नगद पर्‍यो भन्दै कतिपयले बावु नानीलाई आइसक्रिम ल्याएर ख्वाएका थिए । युकेका नेपालीहरुले एक छाक कटाएर दिएको पैसा प्रधानमन्त्री राहतकोषमा जम्मा गरेर उनीहरुको हातमा कहिले पर्छ वा पर्देपर्दैन भन्ने लागेरै आफै बिभिन्न होल्डिङङसेण्टरमा पुगेर नगद र ज्याकेट दिएको अध्यक्ष गाहामगरले स्पष्ट पारे । बाढी पीडितहरु जति खुशी भए त्यति मेरो मन भारी भएको थियो । आखिर गर्नुपर्ने त यहि रहेछ । पहिलो पटक नगद पाएका पीडितहरुको खुशीले आफू र सिंगो एनआरएनए युके परिवारले राम्रो निर्णय गरेको अनुभूति गरेको अध्यक्ष गाहामगरले बताएका छन । उनी भन्छन––बिभिन्न देश र नेपालकै संघसंस्था वा ब्यक्तिले बाढी पीडितका लागि १५ अर्ब भन्दा बढि सहयोग गरेको तर पीडितले के पाए त ? अधिकांश रकम हेलिकप्टरमा खर्च भएको सुन्दा दुख लागेको छ । त्यसैले सहयोग गर्नेले सोझै पीडित परिवारलाई दिनु उपयुक्त हुन्छ । अजय तामाङ, गणेश नेपाली , लीलानाथ घिमिरे, शंकर चित्रकार , चरिमाया थापा, पत्रिा तामाङले प्रेमगाहा मगर सहितका सहयोगी मनहरु महान हुन उहांहरुलाई भगवानले सधै सुखी बनाउन् भन्दै आशिष दिएका थिए । जुनवेला उनीहरु खुशीले निकै भाबुक पनि भएका थिए । उनीहरु भन्दै थिए– एक महिना पांच दिनमा अनुहारमा खुशी जस्तो छाएको आजै हो ।

६५ बर्षिया हिरा तामाङका पनि तीन वटै छोराछोरी र श्रीमतीलाई बाढीले कहां पुर्‍यायो थाहा छैन । एक महिना सम्म खोजी गर्दा एक जना छोरीको झोलाको डोरी वगरमा थोरै देखिए जस्तो पाएपछि खोस्रदा झोला सबै च्यातिएको तर प्लाििष्टको डब्वामा बिहान आफूले राखिदिएको खाजा भेटिएको सम्झिदै हिरा भन्छन – म त त्यहीं बेहोस भएछु न छोरीले खाजा पनि खान नपाई ज्यान गुमाइन अनि कसरी आफूलाई सम्हाल्ने ? कसरी बांच्ने ? अबको जिन्दगी कस्तो हुने ? अनेक प्रश्न हिराको जस्तै बाढीबाट बांचेकाहरु सबैको छ । होल्डिङङसेण्टरमा हुनेहरुले कहिले सम्म यहां बस्ने ? सरकारले आफनै जिल्लाको कुनै स्थानमा बस्ने खाने ब्यबस्था चांडो गरिदिएमा आफूहरुलाई पनि केही राहत हुने र राज्यलाई पनि हल्का हुने एवं बच्चाहरुलाई पढाउन पाइने थियो भन्ने गर्छन । अहिले बच्चाहरु स्कूल जान पाएका छैनन । केवल उनीहरु मोवाइलमा भुल्ने गरेका छन त्यो अबस्था कहिले सम्म हुने ? स्वभाबिक प्रश्न उनीहरुको छ । राज्य , स्थानीय सरकार सबै मिलेर बाढीपीडितहरुका लागि उचित वास र स्वास्थ्य, शिक्षा संगै केही पनि नभएकालाई आबश्यक ब्यबस्था गर्न धेरै ढीलाइ गर्नुहुदैन । जति ढीलाइ भयो त्यति उनीहरुमा मानसिक असर पनि पर्छ । रसुवा , नुवाकोट, धादिङमा भोटेकोशीको बाढीमा पर्नेहरु ती जिल्लाका मात्र नभएर अन्य जिल्लाका छन ।

कोशी प्रदेशका १७२, मधेशका १५५,बागमतिका २९२१,गण्डकीका १७१,लुम्बिनीका २४५,कर्णालीका १७५,सुदुरपश्चिमका ९७,उपत्यकाका ९७, नेपाली सेना४५,नेपाल प्रहरी २५,सशस्त्र प्रहरी १२, कर्मचारी ७९ पर्यटक ५८७ गरी ५ हजार ५ सय ४० जना बेपत्ता भएको भनिएको छ । रसुवा, नुवाकोट धादिङका १५ हजार बढि छन । रसुवामा ७९९जना होल्डिङङसेण्टरमा छन भने नुवाकोटमा ११०७ जना, धादिङङा १२१ जना छन । आफन्त भएकाहरु आफन्तकोमा गएर बसेका छन । बाचेका मध्ये ४ सय परिवारका कोही न कोही सदस्य गुमाएका छन भने ५० भन्दा बढी परिवार सम्पूर्ण रुपमा गएको छ । जसको खोजी गर्ने पनि कोही छैन । १४५३ जनाको शब भेटिएको छ भने ११२ जनाको मात्र सनाखत भएको छ । १३३४ जनाको शब खाल्टोमा ब्यबस्थापन गरिएको छ ।सात जनाको शब अहिले पनि अस्पतालमा रहेको छ ।

बिद्यालय छैनन, पुल छैनन , बजार ध्वस्त छ नागरिकहरुको मन भाचिएको छ बाचेहहरुले बांचेको अनुभुति गर्न सकेका छैनन । पुलहरु बगाएको कारण किसानहरुले फलाएको तरकारी, फलफूल , दूध दहि बजार पुर्‍याउन नपाउदा खेर गैरहेको छ । बाढीले पुरेका घर भित्र छिरेर महत्वपुर्ण सामग्री भेटाउन सकिन्छ भनेर आधा परिएका घर खनखोरस गर्नेहरुको संख्या पनि नुवाकोटको देवीघाटमा निकै देखिन्छ रसुवामा त त्यो पनि छैन किनकि ुरसुवामा घर भएका ठाउहरु कि त बगर छ कि त खाला बगेको छ । अत्याबश्यक काम हुनेहरु तुइनमा जोखिम मोलेर पनि घण्टौ लाइन लागेर बिदुर बजार वारी पारी गर्ने गरेका छन । यो कठिन अबस्थालाई सबै मिलेर न्यून गर्देै जानुपर्ने खांचो छ । यो बिपदको घडीमा सबैले आआफनो स्थानवाट जिम्मेवारी निर्वाह गर्नुपर्छ भने राज्यले दातृनिकायसंग सहयोगको हात अझै बढाउनुपर्छ अन्यथा राज्यको बजेटवाट मात्र केही पनि पूर्णता हुने छैन । यस्तो बेलामा बेथिति , भ्रष्टाचार र मौकाको फाइदा कसैले उठाउन खाजे त्यो भन्दा आम नागरिक र राज्य प्रतिको अपराध केही हुने छैन ।

tanka.panta@gmail.com

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।