Washington DC, US : September 8, 2026, Tuesday 04:48 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : नेपालमा मुस्ताङको लोमन्थाङ आसपास ५.३ म्याग्निच्युडको भूकम्प, नेपाल-तिब्बत सीमावर्ती क्षेत्रमा व्यापक धक्का|बेलायती राजपरिवारभित्रको पुरानो संवेदनशील विषय फेरि चर्चाको केन्द्रमा|Navitas विरुद्ध अर्जेन्टिना फौजदारी कारबाहीमा, बेलायत अडिग|१ हजार ३५७ जनाको मृत्यु पुष्टि, करिब ५ हजार ३२६ जना अझै सम्पर्कविहीन, १३ हजार ५८३ जनाको उद्धार|बिशेष सम्पादकीय : जेनजी आन्दोलनमा आगो कहाँबाट सल्कियो, कसले फैलायो र नेपालले आखिर के पायो ?|बाढी प्रकोप सहयोगार्थ रोटरी क्लवको सहयोग हस्तान्तरण अभियान|दिल्ली विश्वविद्यालय नजिक विद्यार्थी बस्ने भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु, अझै केही पुरिएको आशंका|अमेरिकाको मियामी विमानस्थलमा अमेजन प्राइम एयरको कार्गो विमान दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते|रूस युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रयास फेरि निर्णायक कूटनीतिक चरणमा प्रवेश|नेपालमा रसुवाबाट शुरु भएको बाढीको पछिल्लो अपडेट यस्तो छ !

१ हजार ३५७ जनाको मृत्यु पुष्टि, करिब ५ हजार ३२६ जना अझै सम्पर्कविहीन, १३ हजार ५८३ जनाको उद्धार भोटेकोशी विपत्तिको अँध्यारो सुरुङमा जीवनको खोजी : ९१९ सम्पर्कविहीन, आशा अझै बाँकी

  NepalMother.com | २३ भाद्र २०८३, मंगलवार ११:०२

काठमाडौं । रसुवा,नुवाकोट क्षेत्रमा भदौ १० गते आएको विनाशकारी भोटेकोशी, त्रिशूली बाढीको झन्डै दुई साता बितिसक्दा पनि बाढीले तहसनहस पारेका जलविद्युत् आयोजनाका सुरुङ, भूमिगत पावरहाउस, कन्ट्रोल रुम, आवासीय संरचना र लेदोले पुरिएका कार्यस्थलभित्र जीवनको खोजी रोकिएको छैन। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत् आयोजनाका प्राविधिक तथा विभिन्न देशबाट आएका टनेल रेस्क्यु, विपद् उद्धार र फरेन्सिक विशेषज्ञहरूले अत्यन्त जोखिमपूर्ण अवस्थामा खोजी जारी राखेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)बाट प्राप्त परियोजना–स्तरीय पछिल्लो विवरणअनुसार बाढी प्रभावित जलविद्युत् आयोजनासँग आबद्ध ९१९ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशूली–१ का ५४८, रसुवागढीका ९३, रसुवा–भोटेकोशीका ३, लाङटाङ खोलाका ३९, चिलिमेका ६ र मैलुङ खोलाका ७ जना रहेका छन्। नुवाकोटतर्फ त्रिशूली जलविद्युत् केन्द्रका ३, देवीघाटका १, माथिल्लो त्रिशूली–३ ‘ए’का ३९, माथिल्लो त्रिशूली–३ ‘बी’का १७८ र मिडल त्रिशूली गंगाका २ जना सम्पर्कविहीन रहेको विवरण छ। इप्पानको यही पछिल्लो सूचीमा कुल संख्या ९१९ देखिन्छ।

तर यहाँ सबैभन्दा महत्वपूर्ण तथ्य के हो भने ९१९ जना सम्पर्कविहीन हुनु र ९१९ जना सुरुङभित्र फसेको हुनु एउटै कुरा होइन। नेपाली सेनाले परियोजना, प्रत्यक्षदर्शी, कर्मचारी विवरण र उपलब्ध प्राविधिक सूचनाको विश्लेषणपछि हालसम्म करिब १२१ जना मात्रै सुरुङ वा भूमिगत संरचनाभित्र प्रवेश गरेको वा त्यहाँ हुन सक्ने आधार देखिएको जनाएको छ। बाँकी धेरै व्यक्ति बाढी आउँदा आयोजनाको बाहिरी क्षेत्र, आवास, सडक, निर्माणस्थल वा नदी आसपास हुन सक्ने अनुमान छ। सेनाले यो संख्या पनि अन्तिम नभएको र प्रत्येक सुरुङ ‘ब्रेकथ्रु’ गरी वास्तविक अवस्था नहेरेसम्म खोजी जारी रहने जनाएको छ।

परराष्ट्र मन्त्रालयले पनि सेप्टेम्बर ८ को आफ्नो दैनिक अपडेटमा सुरुङभित्र बेपत्ताको वास्तविक संख्या अझै पूर्ण रूपमा प्रमाणीकरण भइनसकेको स्पष्ट गरेको छ। त्यसैले उद्धार निकायहरूले ‘सम्पर्कविहीन’, ‘सुरुङभित्र हुन सक्ने’ र ‘सुरुङभित्र भएको पुष्टि भएका’ व्यक्तिलाई अलग–अलग श्रेणीमा राखेर तथ्य अद्यावधिक गरिरहेका छन्।

विपत्तिको आकार जलविद्युत् आयोजनामा मात्र सीमित छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भदौ २३ अर्थात् सेप्टेम्बर ८ दिउँसोसम्मको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शव तथा मानव अवशेषसहित १ हजार ३५७ जनाको मृत्यु पुष्टि हुने सामग्री फेला परिसकेको छ, करिब ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन् र १३ हजार ५८३ जनाको उद्धार भइसकेको छ। मृतकमध्ये १०२ जनाको मात्र औपचारिक पहिचान गरी परिवारलाई बुझाइएको पछिल्लो विवरण छ।

भोटेकोशीको प्रचण्ड बहावले जलविद्युत् आयोजनाका पावरहाउस, सुरुङका प्रवेशद्वार, आवासीय भवन, कार्यालय, सडक र पहुँचमार्गलाई एकैपटक ध्वस्त वा पुरिदिएपछि अहिलेको खोजी साधारण दुर्घटनापछिको उद्धारभन्दा बिल्कुल फरक बनेको छ। कतिपय स्थानमा उद्धारकर्मीले सुरुङभित्र छिर्नुअघि सुरुङको मुख नै कहाँ थियो भन्ने पत्ता लगाउनुपरेको छ। पुराना नक्सामा देखिएका स्थलचिह्न बाढीपछिको भूगोलसँग मेल नखाने अवस्था छ। कतै नदीको धार बदलिएको छ, कतै दर्जनौँ मिटर लेदो र गेग्रान थुप्रिएको छ, कतै विशाल चट्टानले प्रवेशद्वार बन्द गरेका छन्।

यही कारण जथाभावी ब्लास्टिङ गरेर बाटो खोल्नसमेत सम्भव छैन। अनियन्त्रित विस्फोटले बाँकी रहेको सुरुङ संरचना भत्काउन सक्छ, थुनिएको पानी अचानक खोलिन सक्छ अथवा भित्र कोही जीवित रहेको अवस्थामा उनीहरूकै लागि थप खतरा बन्न सक्छ। त्यसैले प्रत्येक मिटर अगाडि बढ्नुअघि भूगर्भ, संरचनागत अवस्था, पानी, अक्सिजन, सम्भावित ग्यास र दोस्रो पहिरोको जोखिम मूल्यांकन गर्नुपर्ने बाध्यता छ।

भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा सन् २०२३ मा ४१ जना कामदारको सफल उद्धारमा महत्वपूर्ण भूमिका खेलेका अस्ट्रेलियाली भूगर्भविद् तथा अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले नेपालमा भइरहेको अभियानलाई आफूले सामना गरेका सबैभन्दा जटिल उद्धारमध्ये एक बताएका छन्। उनका अनुसार सिल्क्यारामा एउटा सुरुङ र एउटा प्रमुख उद्धार लक्ष्य थियो, जबकि नेपालमा फरक भूगोल, फरक संरचना र फरक जोखिम भएका धेरै सम्भावित उद्धारस्थलमा एकैपटक काम गर्नुपरेको छ। उनले नेपालको अवस्थालाई यसअघि सामना गरेको कुनै सामान्य सुरुङ दुर्घटनासँग तुलना गर्न नसकिने बताएका छन्।

डिक्सको विश्लेषणमा सबैभन्दा महत्वपूर्ण कुरा ‘सुरुङबाट आवाज नआउनु’लाई तत्काल मृत्युको प्रमाण मान्न नहुने हो। सुरुङको कुनै भाग संरचनागत रूपमा सुरक्षित रह्यो, हावा प्रवेश गर्ने मार्ग खुला रह्यो र मानिस पानीको प्रत्यक्ष बहावभन्दा माथिल्लो सुरक्षित भागमा पुग्न सके भने बाहिरको विनाशभन्दा भूमिगत वातावरण केही समय जीवन जोगाउन अनुकूल हुन सक्छ। यही आधारमा उद्धार टोलीहरूले कन्ट्रोल रुम, क्रस–प्यासेज, उचाइमा रहेका प्लेटफर्म, सेवा सुरुङ र हावाको सम्भावित ‘पकेट’ पहिचानलाई प्राथमिकता दिएका छन्।

यस आशालाई केवल सिद्धान्तले होइन, वास्तविक उद्धारले पनि बल दिएको छ। सेप्टेम्बर ४ मा माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई नेपाली कामदारलाई नौ दिनपछि जीवितै निकालिएको थियो। उनीहरू लामो समय भूमिगत संरचनाभित्र फसेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत यो उद्धारलाई असाधारण घटनाका रूपमा उल्लेख गरेका छन्।

यहाँ एउटा तथ्य स्पष्ट गर्नुपर्ने हुन्छ—पछिल्ला पाँच दिनमा चार व्यक्ति जीवित उद्धार भएका छन्, तर ती चारै जना त्रिशूली–३ ‘ए’बाट निकालिएका होइनन्। परराष्ट्र मन्त्रालयका अनुसार दुई नेपाली त्रिशूली–३ ‘ए’बाट सेप्टेम्बर ४ मा उद्धार भए, त्यसपछि माथिल्लो त्रिशूली–१ बाट एक चिनियाँ नागरिकबेत्रावतीको घरबाट एक नेपाली जीवित उद्धार भएका हुन्।

यसले उद्धार टोलीको मनोबल बढाएको छ। नौ दिनपछि समेत सुरुङबाट जीवित व्यक्ति भेटिनु भनेको ‘समय बित्यो, अब सम्भावना छैन’ भनेर निष्कर्ष निकाल्न नमिल्ने महत्वपूर्ण प्रमाण बनेको छ। त्यही कारण नेपाली सेनाले सरकारबाट औपचारिक रूपमा खोजी अन्त्य गर्ने निर्णय नभएसम्म र सम्भावित सुरुङहरू जाँच नगरेसम्म अभियान नरोक्ने जनाएको छ।

अन्तर्राष्ट्रिय सहयोग पनि व्यापक बनेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन र दक्षिण कोरियाका विशेष टनेल–रेस्क्यु टोली नेपाली सेनासँग काम गरिरहेको जनाएको छ। संयुक्त अरब इमिरेट्सको खोज तथा उद्धार टोली, मलेसियाको SMART टोली र अष्ट्रेलियाको Disaster Assistance and Response Team (DART) समेत परिचालित छन्। यसअघि फरेन्सिक पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका विज्ञसमेत नेपाल आएका थिए। उच्च क्षमताका ड्रोन, पम्प, भूमिगत खोज उपकरण, लोड क्यारियर तथा अन्य विशेष सामग्री विदेशबाट ल्याइएको छ। विभिन्न उपलब्ध विवरणअनुसार प्रत्यक्ष खोज, प्राविधिक सहयोग र फरेन्सिक कार्यमा विदेशी विज्ञहरूको संख्या करिब डेढ सयको हाराहारी पुगेको बताइएको छ।

तर अत्याधुनिक उपकरण हुनु मात्र पर्याप्त भइरहेको छैन। बाक्लो लेदो, ठूला चट्टान, पानीले भरिएका भाग, घुमाउरा र साँघुरा सुरुङ तथा अवरुद्ध सञ्चार मार्गका कारण ड्रोन र थर्मल उपकरणको पहुँच सीमित छ। ड्रोन कुनै सुरुङमा केही सय मिटर जान सके पनि अवरोधपछाडिको अवस्था देख्न सक्दैन। बाक्लो चट्टान र लेदोको पछाडि रहेको व्यक्तिको शरीरको ताप पत्ता लगाउन थर्मल उपकरणको पनि प्राविधिक सीमा हुन्छ। त्यसैले अन्ततः मेसिन, प्राविधिक विश्लेषण र उद्धारकर्मीको प्रत्यक्ष प्रवेश नै निर्णायक भइरहेको छ।

नेपाली सेनाले भदौ २३ गते दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवागढी जलविद्युत् आयोजनामा Composite Quick Reaction Team र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिरहेको छ। रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोन प्रयोग गरी खोजी गर्दा मंगलबार थप एक शव फेला परेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त टोलीको खोजी निरन्तर छ। प्रारम्भिक चरणमा दलदल हटाउँदै करिब ६० मिटरभित्र पुगेको टोलीले ठूला चट्टान भेटेपछि वैकल्पिक प्रवेश र भारी उपकरण प्रयोग गर्दै अभियान अघि बढाएको थियो। यसअघि सुरुङमा प्वाल बनाएर प्रवेश गर्दा दुई शव फेला परिसकेका थिए।

चिलिमे जलविद्युत् आयोजनामा भने पहुँचमार्ग आफैँ ठूलो चुनौती बनेको छ। पछिल्लो सेनाको विवरणअनुसार विदेशी विशेषज्ञसहितको टोलीले ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने अस्थायी बाटो तयार गरेको छ। स्याफ्रुबेसीदेखि टनेलतर्फ भारी उपकरण लैजान सडकमा रहेको ठूलो ढुंगा ब्लास्टिङ गरेर हटाइएको छ। मुख्य ठूलो चट्टान अर्थात् ‘मेजर रक’सम्म पुग्न अझै करिब ९५ मिटर बाँकी छ। विन्च मेसिन र बकेट प्रयोग गरी लेदो तथा भग्नावशेष हटाइँदैछ भने संयुक्त टोली सुरुङभित्र करिब ११५ मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ।

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा विदेशी विशेषज्ञसहितको संयुक्त टोली मुख्य प्रवेश सुरुङबाट करिब ४०० मिटरभित्रसम्म पुगेको नेपाली सेनाले जनाएको छ। यस आयोजनामा प्रारम्भिक चरणमा प्रवेश गर्दा पानी जम्मा भएर तालजस्तो अवस्था देखिएको थियो। विशाल संरचना, भूमिगत पावरहाउस तथा कर्मचारीको ठूलो संख्या भएकाले यो अहिलेको सबैभन्दा संवेदनशील खोजस्थलमध्ये एक हो। इप्पानको पछिल्लो विवरणअनुसार यही आयोजनासँग आबद्ध ५४८ जना अझै सम्पर्कविहीनको सूचीमा छन्।

त्रिशूली–३ ‘ए’को पावरहाउस तथा सुरुङमा नेपाली सेनाका ३४ जना, सशस्त्र प्रहरी बलका चार जना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोली खोजीमा खटिएको छ। यही आयोजनाबाट नौ दिनपछि दुई व्यक्ति जीवितै फेला परेकाले अन्य सम्भावित सुरक्षित कक्ष र सुरुङ भागमा खोजीलाई थप महत्व दिइएको छ।

माथिल्लो त्रिशूली–३ ‘बी’को अवस्था अझै कठिन छ। नेपाली सेनाका १०१ जना र आयोजनाका प्रतिनिधिसहितको टोलीले तीनवटा एक्स्काभेटर प्रयोग गरी कार्यालय तथा आवासीय क्षेत्र करिब २३ फिट गहिराइसम्म उत्खनन गरेको छ। हालसम्म उक्त क्षेत्रमा खोजिएका व्यक्तिको पत्ता लाग्न नसकेको र उत्खनन जारी रहेको सेनाले जनाएको छ। यसअघि टोली अडिट सुरुङबाट करिब १.७ किलोमिटरसम्म भित्र पुग्दा एउटा गाडी भेटिएको थियो। बाढीले आयोजनाका छवटा आवासीय भवन र एउटा कार्यालय भवनसमेत पुरेको विवरण छ।

रसुवागढीमा पनि उद्धार सुरुदेखि नै कठिन रह्यो। बाढीले हेडवर्क्स, बाहिरी संरचना तथा भूमिगत पावरहाउसमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक चरणमा हेलिकप्टर अवतरण गर्ने ठाउँसमेत नहुँदा उपकरण पुर्‍याउन कठिन भएको थियो। पछि हेलिकप्टरबाट साना एक्स्काभेटर र अन्य उद्धार सामग्री झारेर अभियान अघि बढाइएको हो।

उद्धार ढिलो देखिनुका पछाडि उद्धारकर्मीको प्रयासको कमीभन्दा भौगोलिक पहुँच, सुरुङको मुख पुरिनु, दर्जनौँ मिटर लेदो र गेग्रान, विशाल चट्टान, भूमिगत पानी, संरचना भत्किने जोखिम र धेरै स्थानमा एकैपटक काम गर्नुपर्ने बाध्यता प्रमुख कारण देखिन्छन्। कतिपय ठाउँमा सुरुङमा पुग्नुअघि सडक बनाउनुपर्नेछ, सडक बनेपछि मात्रै एक्स्काभेटर लैजान सकिन्छ, त्यसपछि माटो र चट्टान हटाउनुपर्छ र संरचना सुरक्षित रहेको पुष्टि भएपछि मात्र उद्धारकर्मीलाई भित्र पठाउन सकिन्छ।

बाढीपछिको उद्धार केवल सुरुङमा केन्द्रित पनि छैन। नेपाली सेनाको भदौ २३ को विवरणअनुसार हवाई साधनबाट मंगलबार दिउँसो ३ बजेसम्म थप २० जनासहित कुल ४ हजार ४० जनाको हवाई उद्धार गरिएको छ, जसमा ३ हजार ७५७ नेपाली र २८३ विदेशी छन्। यो संख्या नेपाली सेनाको हवाई उद्धारको मात्र हो; सबै सुरक्षा निकाय र अन्य माध्यमसमेत जोड्दा राष्ट्रिय स्तरमा उद्धार गरिएकाको संख्या १३ हजार ५८३ पुगेको छ।

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा सेनाका ५५ जना इन्जिनियरिङ फौजले पुल निर्माण गरिरहेका छन्। ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणको काम पनि सुरु गरिएको छ। मैलुङदेखि स्याफ्रुबेसीसम्म पैदल खोजी जारी छ भने टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजारभन्दा बढी जनशक्ति प्रत्यक्ष वा सहायक भूमिकामा परिचालित रहेको सेनाको विवरण छ।

भोटेकोशी विपत्तिले नेपालको ऊर्जा पूर्वाधारमा पनि अभूतपूर्व क्षति पुर्‍याएको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको Rapid Damage and Needs Assessment को प्रारम्भिक विवरणअनुसार १३ जलविद्युत् आयोजना, एक सौर्य आयोजना र दुई प्रसारण लाइन प्रभावित भएका छन् तथा करिब ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता असरमा परेको छ। सोही प्रारम्भिक मूल्यांकनमा ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुल क्षतिग्रस्त भएको उल्लेख छ।

यस विपत्तिले नेपालमा ठूला जलविद्युत् आयोजना निर्माण गर्दा केवल उत्पादन क्षमता र आर्थिक प्रतिफल होइन, आपत्कालीन निकास, वैकल्पिक प्रवेशद्वार, भूमिगत सुरक्षित कक्ष, स्वतन्त्र सञ्चार प्रणाली, सुरुङभित्रको वास्तविक–समय लोकेसन प्रणाली, बाढीको प्रारम्भिक चेतावनी, उद्धार उपकरणको स्थानीय भण्डारण र नियमित आपत्कालीन अभ्यास अनिवार्य बनाइनुपर्ने गम्भीर प्रश्न पनि उठाएको छ।

अहिले भने प्राथमिकता एउटै छ—जहाँ जीवनको सम्भावना बाँकी छ, त्यहाँ खोजी नरोकिनु।

नौ दिनपछि त्रिशूली–३ ‘ए’बाट दुई कामदार जीवितै बाहिर आएको दृश्यले प्रमाणित गरिसकेको छ कि विपत्तिपछि समय अत्यन्त महत्वपूर्ण भए पनि सुरुङभित्रको जीवनको गणित सतहको भन्दा फरक हुन सक्छ। त्यसैले कुनै सुरुङबाट आवाज नआएको, सम्पर्क नभएको वा धेरै दिन बितिसकेको आधारमा मात्रै त्यहाँ जीवन समाप्त भएको निष्कर्ष निकाल्न सकिँदैन।

भोटेकोशीले जमिनमाथिको संसारलाई केही मिनेटमै बदलिदियो। अहिले नेपाली उद्धारकर्मी र विश्वभरबाट आएका विशेषज्ञहरूको चुनौती जमिनमुनिको अँध्यारो संसारभित्र पुग्नु हो—लेदो, पानी र विशाल चट्टान पार गर्दै, नक्सा र वास्तविक भूगोल जोड्दै, प्रत्येक सम्भावित सुरक्षित कक्ष खोज्दै।

सफलताको कुनै ग्यारेन्टी छैन। तर सम्भावना पूर्ण रूपमा समाप्त भएको प्रमाण पनि छैन।

त्यसैले रसुवा र नुवाकोटका अँध्यारा सुरुङभित्र अहिले पनि एक्स्काभेटर चलिरहेका छन्, ड्रोन उडिरहेका छन्, विन्चले गेग्रान तानिरहेको छ, प्राविधिकहरू पुराना नक्सा र नयाँ भूगोल मिलाइरहेका छन् र उद्धारकर्मीहरू मिटर–मिटर अगाडि बढिरहेका छन्।

किनकि सुरुङभित्र कतै एउटा सानो ‘एयर पकेट’, एउटा सुरक्षित कन्ट्रोल रुम वा एउटा बाँकी रहेको प्लेटफर्ममा अझै कसैको जीवन प्रतीक्षामा हुन सक्छ।

 

May be an illustration of ticket stub and text

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor