Washington DC, US : January 30, 2026, Friday 09:51 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

जर्मनीको सीप नेपालमा स्याङ्जाको वालिङमा गौरव तिवारीद्वारा डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

  NepalMother.com | १६ कार्तिक २०८२, शनिबार १२:१४

: स्याङ्जाको वालिङमा गौरव तिवारीद्वारा डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

वालिङ,१२ कार्तिक / जर्मनीमा आधारित डेटा साइन्स र कृत्रिम बुद्धिमत्ताका विशेषज्ञ गौरव तिवारीले GIZ MEG डायस्पोरा एक्सपर्ट कार्यक्रम अन्तर्गत “Empowering Women and Young Girls through Digital Skills, Cyber security, and Financial Literacy” शीर्षकको प्रशिक्षण कार्यक्रम स्याङ्जाको वालिङमा सञ्चालन गर्नुभएको छ ।

वालिङ नगरपालिकाको सहकार्यमा २४ अक्टोबरदेखि शुरु गरिएको उक्त प्रशिक्षण कार्यक्रम १४ नोभेम्बर सम्म सञ्चालन हुनेछ । आज बुधबार वालिङमा गरिएको तालिममा डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा, पासवर्ड र डाटा संरक्षण, वित्तीय योजना, साथै कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर सिकाइ र उत्पादकता बढाउने जस्ता महत्वपूर्ण विषयहरूमा प्रशिक्षण दिइएको थियो ।डिजिटल अन्तर घटाउने र भविष्यका नवप्रवर्तकहरूलाई प्रेरित गर्ने उदेश्य सहित वालिङका विभिन्न संस्थाहरूमा कार्यक्रम गरिने जर्मनीमा आधारित डेटा साइन्स र कृत्रिम बुद्धिमत्ताका विशेषज्ञ तथा मुख्य प्रशिक्षक गौरव तिवारीले बताउनुभयो । व्यावहारिक अभ्यासमार्फत विद्यार्थीहरूलाई, विशेषगरी युवतीहरूलाई आत्मविश्वासी र प्रविधिमा सक्षम बनाउन यो तालीम केन्द्रित रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “म सधैं आफ्नो देशका लागि केही योगदान गर्ने सोचमा थिएँ, र यस कार्यक्रमले त्यो सपना साकार पार्ने अवसर दियो। विशेष गरी भविष्यमा सफ्टवेयर इन्जिनियर र डेटा साइन्समा करियर बनाउन चाहने विद्यार्थी युवतीहरूलाई पढाउने अनुभव निकै सन्तोषजनक रह्यो।”

उहाँले थप्नुभयो, “यस्ता पहलहरू ग्रामीण क्षेत्रका युवाहरूलाई विश्वस्तरको डिजिटल ज्ञान र आत्मविश्वास दिलाउन अत्यन्तै आवश्यक छन्।”

स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ मा जन्मिनुभएका तिवारी विगत लामो समयदेखी जर्मनीमा सोही विषयमा अध्ययन गर्दै आउनुभए
को छ । विश्वका शक्तिशाली राष्ट्रहरु प्रविधिका क्षेत्रमा अग्रपंक्तिमा रहेको अवस्थामा हाम्रो देश नेपालका ग्रामीण क्षेत्रहरूमा रहेका युवाहरूलाई यो तालीम अत्यन्तै फलदायी सावित हुने उहाँको विश्वास छ । यस प्रकारको महत्त्वपूर्ण तालीम लिएर प्रविधिका ज्ञानहरु हासिल गर्न समेत अनुरोध गर्नुभएको छ ।

आज सम्पन्न कार्यक्रममा विभिन्न विद्यालायका शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी लगायतका व्यक्तिहरु उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम समूहगत छलफल, अन्तरक्रिया, र व्यावहारिक सत्रहरूका साथ सम्पन्न भएको थियो भने सहभागीहरूले डिजिटल समावेशीकरण र महिलाको सशक्तीकरणलाई निरन्तर प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका थिए । तालीम वालिङ नगरपालिकामा मात्रै सञ्चालन हुनेछ ।

8303b7d3-7269-4cc4-b6d0-6692c54a4be0.jpeg

 

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।