सलम्बुमा सामाजिक सचेतनामूलक अन्तर्क्रिया सम्पन्न, वैदेशिक रोजगारी उद्धारकर्तालाई सम्मान
काठमाडौं, साउन ४ – सरोकार केन्द्रद्वारा आयोजित सामाजिक सचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आज सलम्बुमा सम्पन्न भएको छ। पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको प्रमुख आतिथ्य तथा केन्द्रका अध्यक्ष गोविन्द पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक, प्रशासनिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका नगरप्रमुख टासी लामा, शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, निवर्तमान नगरप्रमुख सुवर्ण श्रेष्ठ, समाजसेवी निरञ्जन पुडासैनीलगायत अतिथिहरूको सहभागिता रहेको थियो।
अन्तर्क्रियाका क्रममा वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपालीहरूको उद्धारमा सक्रिय भूमिका खेलेका युवा समाजसेवी ज्ञानेन्द्र गुरुङलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमअन्तर्गत सरोकार केन्द्रले दुव्र्यसन, मानव बेचबिखन, साइबर अपराधलगायत सामाजिक विकृतिहरू विरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रभातफेरीसमेत सञ्चालन गरेको थियो।
सञ्चालन केन्द्रका महासचिव जीवन शर्मा खनालले गर्नुभएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।


प्रतिक्रिया