Washington DC, US : May 30, 2026, Saturday 07:03 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बजेट २०८३/८४ : सुधारको संकेत कि महत्वाकांक्षी सपना ? अर्थविद्हरूको मिश्रित प्रतिक्रिया|ट्रम्प–इरान सम्झौता अझै अनिश्चित, ह्वाइट हाउसमा उच्चस्तरीय बैठकपछि पनि अन्तिम निष्कर्ष निस्किएन|ट्रम्पको निर्णायक घडी : इरानसँग सम्झौता कि थप तनाव ?|बजेट २०८३/८४ मा गैरआवासीय नेपालीलाई ऐतिहासिक सम्बोधन, एनआरएनएको स्वागत : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नाराले पायो नीतिगत आधार|आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट समग्र रूपमा हेर्दा|नयाँ सोचसहित स्वर्णिमको बजेटः कर सुधारदेखि एआई फ्याक्ट्रीसम्म, ‘टेक हब’ नेपाल बनाउने महत्वाकांक्षी घोषणा|Breaking News : २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट, आगामी आर्थिक वर्षको बजेट – पूर्णपाठ|सरकारले बजेटमार्फत निजामतीसहित सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले बढाउने घोषणा|Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव|अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही

इजरायलका प्रधानमन्त्री नेतान्याहु भन्छन् “इरानी सर्वोच्च नेतालाई लक्षित गर्नुले युद्ध बढाउँदैन, उल्टो अन्त्य गर्न सहयोग पुर्‍याउँछ” इरानी विदेशमन्त्री अब्बास अराघ्चीको अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन्देश: "एक फोन कलमै कूटनीतिक बाटो खुल्न सक्छ"

  NepalMother.com | २ असार २०८२, सोमबार १४:०४

सोमबार इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै भनेका छन् कि एउटा मात्र फोन कलले मध्यपूर्वमा कूटनीतिक समाधानको ढोका खोल्न सक्छ।

“यदि राष्ट्रपति ट्रम्प साँच्चिकै कूटनीतिमा इच्छुक छन् र यो युद्ध रोक्न चाहन्छन् भने, अबका कदमहरू निर्णायक हुनेछन्,” उनले एक्स (पूर्व ट्विटर) मा लेखे, “इजरायलले आक्रमण रोक्नुपर्छ। हामीमाथि भएको पूर्ण सैनिक आक्रमण अन्त्य नभएसम्म हाम्रो जवाफी कारबाही जारी रहनेछ।”

अराघ्चीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नियन्त्रणमा ल्याउन वाशिंगटनबाट आएको एक मात्र फोन कल पर्याप्त हुने पनि बताएका छन्।

“यदी नेतान्याहुलाई वशमा पार्न अमेरिकी राजधानीबाट एक फोन आएको खण्डमा, त्यसले कूटनीतिक वार्ता पुनः सुरु गर्ने वातावरण तयार पार्न सक्छ।”

उनले अमेरिका र इजरायलबीचको मिलेमतोले यो संकट झनै खतरनाक दिशामा जानसक्ने चेतावनी दिए:

“बरु अमेरिका यस ‘अनन्त युद्धकी आमा’ जस्तो द्वन्द्वमा फस्ने हो भने कुनै पनि सम्झौतामूलक समाधानको आशा समाप्त हुनेछ। त्यसको परिणाम खतरनाक, अनियन्त्रित र सम्भवतः अकल्पनीय हुनेछ – क्षेत्रीय सुरक्षा र विश्व अर्थतन्त्रका लागि।”

अराघ्चीले इरानले यो युद्ध सुरु नगरेको र रक्तपातलाई लम्ब्याउन कुनै रुचि नराखेको पनि स्पष्ट पारे।

“तर हाम्रो भूमि, हाम्रो जनता, हाम्रो इज्जत र हाम्रो उपलब्धिको रक्षा गर्न हामी अन्तिम रगतको थोपासम्म लड्न गर्वका साथ तयार छौं,” उनले लेखे।

इजरायली सेनाले इरानको राजधानी तेहरानमा रहेको इरानी राज्य सञ्चालित संचारमाध्यमको भवनमाथि हवाई आक्रमण गरेको दाबी गरेको छ। यस आक्रमणको दृश्य प्रत्यक्ष टेलिभिजन प्रसारणमा देखिएको थियो, जहाँ विस्फोटका कारण स्टुडियोमा टुक्रा खसेको र प्रस्तोता क्यामेराबाट बाहिरिएको देखिन्छ। यसअघि इजरायली सेनाले तेहरानको डिस्ट्रिक्ट ३ का केही भागमा रहेका नागरिकलाई त्यहाँबाट हट्न चेतावनी दिँदै सो क्षेत्रको “सैनिक पूर्वाधार” निशाना बनाउने बताएको थियो। इजरायलले चार दिनअघि इरानमाथि आक्रमण सुरु गरेपछि अहिले आफ्नो “आकाशीय नियन्त्रण पूरै तेहरानमा कायम भएको” दाबी गरेको छ।

अर्कातर्फ, इरानले इजरायललाई देशको पश्चिम भागमा रहेको एक अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ। इरानको स्वास्थ्य मन्त्रालयले शुक्रबारदेखि हालसम्म इजरायली आक्रमणमा परी कम्तीमा २२४ जनाको मृत्यु भएको जनाएको छ। यता, रातभर इरानी क्षेप्यास्त्रहरूले फेरि पनि इजरायलको आइरन डोम सुरक्षा प्रणालीलाई भेद्दै इजरायली भूभागमा प्रहार गरेका छन्। इजरायलले शुक्रबारदेखि हालसम्म आफ्ना २४ जना नागरिक मारिएका बताएको छ।

इजरायलका प्रधानमन्त्री नेतान्याहु भन्छन्: “इरानी सर्वोच्च नेतालाई लक्षित गर्नुले युद्ध बढाउँदैन, उल्टो अन्त्य गर्न सहयोग पुर्‍याउँछ”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीको हत्या गर्ने सम्भावनालाई अस्वीकार नगर्दै, यस्तो कार्यले युद्ध नबढाएर उल्टै समाप्त गराउने दाबी गरेका छन्।

अमेरिकी टेलिभिजन एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा नेतान्याहुले भने:

“हामी जे गर्न जरुरी छ, त्यही गर्दैछौं। हामीले तिनका प्रमुख परमाणु वैज्ञानिकहरूलाई निशाना बनाएका छौं, अझै धेरै काम बाँकी छ।”

उनले इरानमाथिको हमला मानवजातिको सुरक्षाको लागि गरिएको बताए।

“आज तेहरानमा हमला भइरहेको छ, भोलि न्यूयोर्कमा नहोस् भनेर हामी अग्रसर भएका हौं,” नेतान्याहुले भने, “म अमेरिका फर्स्ट बुझ्छु, तर म मरेको अमेरिका बुझ्दिन।”


इजरायलसँग आफैंमा परमाणु हतियार रहेको विश्वास

यद्यपि इजरायलले कहिल्यै औपचारिक रूपमा आफ्नो परमाणु हतियार रहेको स्वीकार गरेको छैन, तर धेरै अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार देशसँग करिब ९० वटासम्म परमाणु हतियार छन्।
डिमोना सहरमा रहेको परमाणु अनुसन्धान केन्द्र यसको केन्द्रविन्दु मानिन्छ।
इजरायल अहिलेसम्म आणविक अप्रसार सन्धि (NPT) मा हस्ताक्षरकर्ता देश होइन।


इरानी परमाणु खतरा हटाउनु निकै कठिन – पूर्व इजरायली प्रधानमन्त्री एहुड बाराक

पूर्व प्रधानमन्त्री एहुड बाराकका अनुसार इजरायली कारबाही प्रभावशाली भए पनि, इरानलाई पूर्णरूपमा परमाणु शक्तिबाट रोक्न निकै कठिन हुनेछ।

“इरान अहिले नै ‘न्यूक्लियर थ्रेसहोल्ड’ राष्ट्र बनिसकेको छ,” बाराकले बताए, “हामी इरानको क्षमता २–३ हप्तामात्र ढिला गर्न सक्छौं, र अमेरिका पनि केही महिनामात्र रोक्न सक्छ।”

उनले पूर्ण सफलताका लागि अमेरिका र इजरायलबीच गहिरो सहकार्य जरुरी भएको बताए।


बेलायतले इजरायल र इरानलाई शान्ति कायम गर्न आग्रह

बेलायती विदेश मन्त्री डेभिड लेमीले बेलायती संसदमा बोलेका छन्,

“इजरायललाई आत्मरक्षा गर्ने अधिकार छ, तर अहिलेको प्राथमिकता तनाव घटाउनु हो।”
“दुवै पक्षले आत्मसंयम देखाउनु पर्छ, अन्यथा यो नियन्त्रण बाहिरको विपत्तिमा परिणत हुन सक्छ।”


इजरायलले इरानी राज्य सञ्चारमाध्यममाथि आक्रमण पुष्टि गर्‍यो

इजरायली रक्षा मन्त्री इस्राइल काट्जले एक विज्ञप्तिमा भनेका छन्,

“हामी इरानी तानाशाह जहाँ छन्, त्यहीँ प्रहार गर्छौं।”

IDF (इजरायली रक्षा बल) का अनुसार यो सञ्चार केन्द्र “सैन्य प्रयोजनमा प्रयोग भइरहेको” र “नागरिक आवरणमा लुकाइएको” भन्दै त्यसमाथि आक्रमण गरिएको हो।
IDF ले टेलिफोन मार्फत नागरिकलाई पूर्व सूचना दिइएको र ‘सटीक हमला’ गरिएको दाबी गरेको छ।


इरानी राज्य टिभीमा क्षति, कर्मचारी घाइते

इरानी टिभीका रिपोर्टरका अनुसार, “हामी अन्तिम क्षणसम्म पनि प्रसारणमै व्यस्त थियौं।”
प्रमुख सञ्चारकर्मी पेमान जेबेलीले रक्ताम्य कागज देखाउँदै टिभीबाट सम्बोधन गरे,

“हामी अन्तिम क्षणसम्म पनि उभिन तयार छौं।”


G7 मा इजरायल–इरान युद्धबारे एकमत अझ बनेको छैन

G7 सम्मेलनमा सदस्य राष्ट्रहरूबीच इजरायल–इरान युद्धबारे साझा वक्तव्य निकाल्ने प्रयास भइरहेको छ, तर अझसम्म ठोस सहमति बनेको छैन।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले तनाव घटाउने चाहना सबैको रहेको बताए।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यो प्रस्तावमा हस्ताक्षर गर्ने मनसाय नराखेको CBS न्युजले जनाएको छ।


डोनाल्ड ट्रम्प भन्छन्: इरान वार्ता गर्न चाहन्छ

G7 सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले भने, “इरान युद्ध जितिरहेको छैन। उनीहरू वार्ता गर्न चाहन्छन् – अब ढिला गर्नु हुँदैन।”

तर अमेरिकाले कहिले युद्धमा सिधा सहभागी हुनेछ भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिन मानेनन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।