हामिलाइ मुलुकमा संघीयता चाहिएकै छैन। केवल दुई चार जाना सन्की नेताहरुले मेरो गोरुको सोर्है टक्का भनेर जबर्जस्ती लागू गरेको ब्यबस्थालाइ हामिले जबर्जस्ती मान्दिनु पर्ने ? तिनलाई मुलुक अधोगतिमा गएको रमाइलो लाग्दो हो तर आम नेपाली जनताको चित्त दुखेकोछ। हिजो राजाका पालामा केही पनि प्रगति नै नभएको कारणले अहिले देशले दुख पाएको बुझाइ तिनको छ। लाग्छ, तिनलाई यो साल भन्दा पहिले बढ्ता जाडो लागेको थियो। पोहोरको सुख अहिले बिर्सिने प्रवृत्तिको सिकार यो मुलुक भइरहेको छ।
राजा जुन दिन सम्बैधानिक भएर बाधिए त्यस्पछी नेताहरुको मोज्मस्ती बढ्यो। देशका नदि नाला अनाहकमा बेचिए।भुभाग हरु मिचिए।नागरिकले दुख पाए काम पाएनन र बिदेशिनु पर्यो।खुल्लम खुल्ला मान्छे बेच्ने लाइसन दिएर मेन्पावर कम्पनी खुले।यस्तो चक्रब्युहमा नेपालीलाइ फसाइयो कि
चाहेर पनि कोहि निस्किनै नसक्ने बनाइयो।अनि अझै पनि आफ्नो अकर्मण्यता र कुकर्मले भासिएको मुलुकको दोष जति राजाले बोकिदिनु पर्ने? USAID बाट मात्रै कति खर्ब आउदो रहेछ भन्ने कुरा त ट्रम्प ले अस्ति खोल्दिएपछी मात्र थाह भयो। त्यस्ता अनगिन्ती छन NGO र INGO हरु। हरेक देश बाट लिएका अनुदान हरु जोड्दा त अर्बौ खर्ब हुने रहेछ जुन पैसाले नेपालको सबै कच्ची बाटो १ बर्षमा पिच हुन्छन।सबै गाउमा खानेपानी दिन सकिन्छ।देशै झलमल्ल हुने गरि बिजुली बाल्न सकिन्छ।हरेक किसानको खेतबारिमा सिन्चाइ पुर्याउन र निशुल्क पढाउन र स्वास्थ्य उपचार गर्न सकिन्छ। तर त्यतिले पनि नपुगेर बैदेशिक ऋण खर्बौ समेत लिएको रहेछन त्यत्रो पैसा कहाँ गयो होला? सबैलाइ थाह छ कस्ले बाडेर खायो भनेर अझै पनि आफ्नो कुकर्म लुकाउन राजालाइ दोष लगाउदा लाजपनी लजाएकोछ।
लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प अझ बढी लोकतन्त्र मात्र हो भनेर नथाक्ने हरुको यो लोकतन्त्र हो कि लुटतन्त्र हो अन्तरास्ट्रिय स्तर मै प्रमाणित गरिदिए? दुनियाँका कुनै मुलुकमा पनि लोकतन्त्रको नाउमा अधिनायकवाद र छाडातन्त्र भ्रष्टाचारितन्त्रका निम्ति आम नागरिकको प्रेरणा र समर्थन हुन सक्दैन। तीन पार्टिको सिन्डिकेट भन्दा बाहिर राजनिती गयो कि प्रतिगमन देख्ने दोषी आखाहरुलाइ बि पि कोइरालाको दोशी चस्मा लगाइदिन मन लाग्छ। यो छाडा लुट्तन्त्र त तिनैका निम्ति अत्यावश्यक हुन्छ, जसको लोकतन्त्रको नाममा देश लुटि खाने धन्दा चलाइरहेका छन।यदि देशमा राजतन्त्र आयो भने त उनिहरुको ठगी खाने धन्दाहरु सबै बन्द हुनेछन ।आम नागरिकले एउटा पासपोर्ट लिन समेत घुस खुवाएर घण्टौ लाइन बस्नु पर्दछ वाह रे गणतन्त्र!
यस्तो विषम परिश्थितिमा गुज्रिएको नेपालका सामान्य मानिसले न त आफ्नो देशमा गरि खान सक्छन न त आफ्नो रोजीरोटी, अध्ययन र भ्रमणका निम्ति सहजै विदेश जाने हैसियत राख्छन्। यसैलाई हेरेर पनि भन्न सकिन्छ कि युवाहरु बिदेशमा बेचेर उनिहरुकै रेमिटेन्स खाएर उनिहरुकै बोल्न नसक्ने बाउ आमा र स्वास्नी छोराछोरीहरुलाइ शासन गर्ने तानाशाह हरु ठग, मानव तस्कर तथा अपराधी हुन । तिनका आँखा बिमान्स्थलको प्रस्थान कक्षमा कहिल्यै परेनन्, अझ आगमन कक्षमा बाकसमा फर्किएका दैनिक १०/१५ जनाको लास हेर्न त ती पुग्दै पुग्दैनन्।
लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्नुपर्ने हो तर यहाँ त बोलेकै भरमा, व्यंग्य गरेकै भरमा पत्रकार,ब्लगर र सामाजिक अभियन्ताहरुलाइ समातेर,साइबर क्राइममा मुद्दा लगाएर जाकिरहेका छन। प्रत्येक व्यक्तिले आफूलाई लागेका कुरा गर्ने अवसर नपाइने गणतन्त्र के काम? यही प्रजातन्त्रलाई दुरूपयोग गर्दै आम नागरिकलाई कुसूचनाबाट दिग्भ्रमित गर्ने वर्ग साइबर श्यालहरु पनि उत्तिकै सक्रिय हुन्छन यो अचम्मको तानाशाही ब्यबस्थामा। त्यसले देशमा पन्चायत कालमा केही नभएको निराशाको गीत गाउँछ र आम नागरिकलाई भड्काउँछ। आफुहरुको जत्थाले ज्ञानेचोर देश छोड पारसे गुण्डा रुखमा झुण्डा भन्दा मुसुमुसु हासेर उनिहरुले पनि आक्रोश पोख्न पाउनु पर्छ भन्ने राजालाइ उनका बेलामा कसैले यसरी खुलेर बोल्न पाउँदैनथे भन्छन र भ्रमको खेती गर्छन अझ त्यतिबेला ‘भित्ताका पनि कान’ हुन्थे भनेर भ्रम फैलाउदै हिड्छन। आज सामाजिक सञ्जालमा केही उपबुज्रुक नेताहरूले ‘नारायणहिटीमा राजालाई पुनस्थापित’ गर्ने जनताको आवाज सुन्न नसकेर अब भ्रष्टाचारको साम्राज्य भत्किने भो भन्ने डरले धम्की दिँदै हिड्ने गरेको पनि देखियो। प्रहरी लगाएर दमन गरेको पनि देखियो।
यस्तै कुरा सुनेर हुनुपर्छ, जनताका आवाजहरु अझै बढी बुलन्द भएका छन।अझै जनताहरु एकाकार बन्दैछन।अब एकातिर भ्रष्टाचारीको पक्षमा र अर्को तर्फ भ्रष्टाचार बिरोधी राजतन्त्रको पक्षमा जनताको ध्रुबिकरण भैरहेकोछ। अस्ति शनिबार राजधानीको दरबारमार्गमा भएको जन बिद्रोह देखेर तानाशाहिहरु तिल्मिलाएकाछन। आफूलाई ‘गणतन्त्रवादी’ भन्न रुचाउने हरुले नारायणहिटी राजदरबार प्रवेश गर्न खोजेका नेपाली जनताहरुमाथी बर्बरतापुर्ण प्रहरी दमन गरेर विश्वमा मानव अधिकार हनन को अर्को खुड्किला उक्लिएका छन। राजाका समर्थकहरूको त्यो प्रयासले उनीहरूले लगाएका ती नाराले लोकतान्त्रिक गणतन्त्र हल्लिएको मात्रै होइन १० रेक्टरको भुकम्प नै गएकोछ। ‘राजतन्त्र जिन्दावाद’ जनताले चाहेका छन्। राजतन्त्र यो मुलुकको इतिहास हो भने लोकतान्त्रिक गणतन्त्र अपराध ठगिधन्दा,नक्कली नोट्को कारोबारी र मानव तस्करी को झुण्डहरुको ब्यबस्थाआजको यथार्थ हो।
मुलुकमा संघीयता र पछिल्ला परिवर्तन ले के दियो?
केही व्यक्तिका निम्ति यहाँ ठुलै उथलपुथल भएकोछ तर आम जनताले के पायो? देशमा संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र आवधिक निर्वाचनजस्ता आयातित प्रस्थापना आम नागरिकका अपेक्षाबाट स्थापित भएका होइनन्।यो त केही मुठ्ठिभर नेताहरुको इच्छा बाट र बिदेशिको इसारामा भएका हुन। पछिल्ला वर्षमा लोकतन्त्रको जतिसुकै बख्यान गरे पनि यसले आम जीवनमा तात्त्विक परिर्वतन ल्याउन सकेको छैन र यो ब्यबद्था र इनै नेताहरु अझै बसिरहे देशको अस्तित्व सकिनेछ त्यसैले यो अबस्था अहिले नै रोक्न नसके अब रोकिने छैन।
कतिपय मानिसहरुले सोचेका छन कि यहाँ बंगलादेश वा श्रीलंकाजस्तो हामी हुन दिन्नौ।उस्तै परे हामी ठग हरु सब मिलेर प्रतिकारमा उत्रनेछौ भन्ने पनि होला।यस्ता कुकर्मलाई बेलैमा परास्त नगर्ने र ठगी खाने संघीय लुटतान्त्रिक शासन व्यवस्थाको अन्त्यको लागि उभिन लाज मान्ने हो भने कुसाशनको बाढीमा बगिजाने खतरा हुन्छ। अहिले संसारभरि माओबाद,मार्कसबाद,लेनिनबाद र गान्धिबाद हरुको हावा बहेको छ। लुटतन्त्रका स्तम्भ थोरै धर्मराएका छन्। त्यसैलाई उपयोग गर्न यहाँका घोर लुट्तन्त्रबादी हरूलाई छटपटी भएको छ।
नेपालीलाइ बिदेशमा बेचेर तिनले कमाएको रेमेटेन्सले धानेको अर्थतन्त्रमा तिनैको कमाइले मीठो मसिनो खाएर व्यक्तिको आयुमा आएको उपलब्धि, स्वास्थ्य र शिक्षा क्षेत्रका प्रगति, प्रतिव्यक्ति आयको हिसाबलाई गणतन्त्रको उपलब्धी भनेर हल्ला गर्ने बुज्रुक बिद्वान्हरुको लेख पढ्दा अचम्म लाग्छ। आर्थिक सूचकलाई साथमा लिएर आलोचना गर्दा तर्क गर्न सहज हुन्छ। मुलुकमा शोषित पिडित र अपहेलित भएर भ्रष्टहरुको गुणगान गाएर तिनैलाइ नमस्कार गरेर बस्नु भन्दा सम्मानपुर्बक बाच्न पाउने राजाको ‘प्रजा’ बन्न पाउनुको अर्थबोध बढ्ता हुन्छ। यदि त्यस्तो भो भने बिस्तारै तल्ला तहका निकायले समेत सुशासन र राजनीतिको अभ्यास गर्न सक्ने अवस्था आउने छ। निमुखा वर्गले समेत आफ्नो प्रतिनिधित्व हासिल गर्ने छन्। निजामती, प्रहरी, सेनासमेतमा सबै क्षेत्र र वर्गको उपस्थिति हुँनेछ। समाज क्रमशः समतामूलक बन्ने छ। यस्तो अवस्थामा आज हालीमुहाली गर्न पाएको वर्ग भने झनै छटपटाएको छ। त्यही भएर उसले राजतन्त्रलाई अझ बढी काम नलाग्ने व्यवस्थाका रूपमा प्रचार गर्नु परेको छ।
त्यसैले सम्बैधानिक राजतन्त्र तथा लोकतान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्षलाई जोगाउँदै यसलाई थप परिष्कृत तुल्याउन भूमिका खेल्ने बेला भइसकेको छ। कुसूचनाको बाढीमा अराजकतालाई बढावा दिन चाहनेहरूलाई बेलैमा चिन्न जरुरी भइसकेको छ। मुलुकमा लोकतन्त्र स्थापनापछिका वर्ष खेर गएका छन्। मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै अगाडि बढ्नुको विकल्प छैन। हाम्रो अगाडि उज्यालो छ। अब नेपालमा सम्बैधानिक राजतन्त्र र लोकतान्त्रिक ब्यबस्थाको बिकल्प छैन।लुटतन्त्रको बिरोध गर्दा लोकतन्त्र माथि प्रहार देख्ने दोषी आखाहरुलाइ बिपिको दोशी चस्मालगाइदिने हो कि?
प्रतिक्रिया