Washington DC, US : May 17, 2026, Sunday 12:41 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस|“युनाइट द किङडम” नाम दिइएको विशाल प्रदर्शनमा हजारौँ मानिस सहभागी हुँदा बेलायती राजनीतिमा कट्टर राष्ट्रवाद र दक्षिणपन्थी आन्दोलन झन् संगठित बन्दै गएको संकेत|भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित सिन्धु जल विवादमा नेदरल्यान्ड्सको हेगस्थित मध्यस्थता अदालतले पाकिस्तानको पक्षमा फैसला|काठमाडौंमा वरिष्ठ लोकगायक तथा अग्रज पत्रकार रामप्रसाद खनाललाई “लोकगीत, दोहोरी गीत, संगीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६” प्रदान|Cartoon|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी|Breaking News : देशको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ|चलचित्र “सिन्दुरे जात्रा” शुभ मुहुर्त संगै छायांकन सुरु|चीन भ्रमणको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा उच्चस्तरीय वार्ताको अन्तिम चरण जारी|वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस

  NepalMother.com | २ जेष्ठ २०८३, शनिबार २२:४६

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। संसद्मा लगातार अनुपस्थित रहने, सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ नदिने तर सामाजिक सञ्जालमा भने सक्रिय देखिने प्रवृत्तिका कारण प्रधानमन्त्री शाहमाथि “संसद्प्रति अनुत्तरदायी” बनेको आरोप लागेको हो।

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री शाह प्रतिनिधिसभा बैठकबाट अचानक बाहिरिएपछि विवाद झन् चर्किएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदन छाडेर बाहिरिनु र त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलमा समेत सक्रिय नदेखिनुलाई विपक्षी दलहरूले गम्भीर विषय बनाएका छन्।

संसदीय अभ्यासअनुसार सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु गराउने प्रस्ताव प्रधानमन्त्री स्वयंले पेश गर्ने तथा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने परम्परा रहँदै आएको छ। तर यसपटक प्रधानमन्त्री शाहले ती दुवै अभ्यासलाई निरन्तरता नदिएको भन्दै आलोचना भइरहेको छ। प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्धसमेत गरेका थिए। पछि सभामुख डिपी अर्यालले विपक्षीको विरोधकै बीच बहुमतबाट नीति तथा कार्यक्रम पारित गराएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विभिन्न दलहरूले प्रधानमन्त्री संसद्मा जवाफदेही हुनुपर्ने संवैधानिक दायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन्। महँगी, बेरोजगारी, विकास निर्माणमा ढिलाइ, सुशासनलगायतका विषयमा सरकारको स्पष्ट धारणा आउन नसकेको भन्दै विपक्षी सांसदहरू आक्रामक बनेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै “प्रतिपक्षीले संसद्मा खोज्दा प्रधानमन्त्री नै नभेटिने अवस्था” बनेको टिप्पणी गरेका छन्। उनले नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा समेत प्रधानमन्त्रीले स्वामित्व ग्रहण नगर्नु जिम्मेवारीबोधको कमी भएको संकेत भएको बताएका छन्।

यता प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने आलोचनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउँदै आएको छ। रास्वपाका नेताहरूले प्रधानमन्त्रीमाथि अनावश्यक रूपमा आक्रमण भइरहेको दाबी गरेका छन्।

संसद्मा अनुपस्थित रहेको आरोप खेपिरहेका प्रधानमन्त्री शाह भने सामाजिक सञ्जालमा निरन्तर सक्रिय देखिएका छन्। शनिबार उनले डिडिसीले उत्पादन गरेको याक चिज खाँदै गरेको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै “से चिज, डिडिसीको चिज” भन्ने क्याप्सन लेखेका थिए। उक्त पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो।

यसअघि पनि प्रधानमन्त्री शाहले सार्वजनिक गरेका पहिरन, चस्मा तथा शैलीले सामाजिक सञ्जालमा ठूलो चर्चा पाउने गरेका छन्। काठमाडौं महानगरपालिकाको मेयर हुँदा प्रयोग गरेको चस्मादेखि हालै लगाएको सेतो पहिरनसम्म बजारमा चर्चित बन्न पुगेको व्यापारीहरू बताउँछन्।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको नाम, कार्यालयको लोगो तथा सचिवालयको प्रभाव दुरुपयोग गरी धम्की दिने वा दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको नाम लिएर गलत प्रभाव पार्ने जो–कोहीमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रधानमन्त्री कार्यालयले कुनै पनि व्यक्तिले प्रधानमन्त्री वा सचिवालयको नाम प्रयोग गरेर फोन, भेटघाट वा सामाजिक सञ्जालमार्फत धाकधम्की दिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।

यसैक्रममा प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखका एक वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का नामक युवक पक्राउ परेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी निकट कार्यकर्ता रहेको खुलेको प्रहरीले जनाएको छ। आरोपअनुसार उनले आफू प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै वडा सचिवलाई गालीगलौज गर्दै आफ्ना चिनजानका व्यक्तिको काम तत्काल गरिदिन दबाब दिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।