Washington DC, US : April 1, 2025, Tuesday 03:52 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

ज़िन्दगी संगको गुनासो – – ओम गौचन

  NepalMother.com | १७ फाल्गुन २०८१, शनिबार ११:५८

(बिगतमा २ दशक देखि स्वोर्गीय अर्जुन प्रसाद मैनाली ज्यु संग रक्तदान अभियान मा काम गर्ने मान्छे हुँ म अफसोच उहा हामी संग हुनु हुन्न तर उहाको अभियान हामी बोक्ने कोसिस गर्दै छौ )

ज़िन्दगी संगको गुनासो

सम्झना को सागरमा बरालिदै
यथार्थता को धरातलमा उभिदै जादा
यो ज़िन्दगी मलाई
कतै रङ विना को इन्द्राणी जस्तो
कतै सुवास विना को फूल जस्तो
अमिल्दो र निरश पाए
बोझिलो र बिवश पाए

कतै बर्षा को बादल जस्तै बर्सि दिने
कतै हिउद को शीत जस्तै जमि दिने

मनका रहरहरु ,
आँसु ले भरिएका गहहरु

न पोखिन सके न जम्न सके
न बग्न सके न रम्न सके

ओसिलो मन
रसिलो गह

उठी रहने घरि घरि,
नदि का छाल सरि

रहर र चाहनाहरू
सपना र कल्पनाहरु
कतै पूरा भएर पनि अधुरा लाग्ने
कतै अधुरा भएर पनि पूरा लाग्ने
कतै स्वाद विना को बेस्वादिलो
त कतै याद विना को निरसिलो

केहि पाएर गुमाएको हो कि
केहि गुमाएर पाएको हो
कसलाई सोध्ने, कसले बुझी दिने
उफ् कस्तो बेला यो
न भूमिका बाध्ने ठाउ छ
न गुनासो पोख्ने मन छ

ठाउहरु छैनन् , मनहरु छैनन्

कहा बाध्ने भूमिका,
कहा पोख्ने गुनासो

कतै पश्चातापको भुमरी भित्र
कतै विरहको ज्वाला भित्र
आफुले आफै लाई
मनले मनै लाई
सम्हाल्दा सम्हाल्दै, मनाउदा मनाउदै
सम्झाउदा सम्झाउदै, फकाउदा फकाउदै
पराजित मनःस्थितिहरु
प्रतिकूल परिस्थिति हरु
भत्किएर छरिए छरप्रस्ट भएर
आस्था का धरोहर हरु
धैर्यता का जग हरु
कर्कला को पातको पानी जस्तो
निर्बल र निर्धन
जो एक हावा को झोका ले
निभी जाने बत्ती जस्तो
साझ पख अस्ताई जाने
डॉडा माथि को घाम जस्तो
यो ज़िन्दगी
न त समय को प्रवाह मा बाधिन जान्यो
न त नदि जस्तै भएर गती समाउन सक्यो
सट्टामा बन्यो अनि बाच्यो
अलि कति अभाव अलिकति भोगाई
त कतै सूस्केरा र बिरह भएर

ओम गौचन
जन्मस्थान,म्याग्दि
हाल पेरिस

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।