Washington DC, US : September 22, 2026, Tuesday 09:18 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|UN : पहिलो दिन कम्तीमा १५ राष्ट्रको सम्बोधन, युद्धदेखि जलवायु र AI सम्म बहस, नेपाल बिहीबार बोल्दै|मेरो जन्मदिनमा बुवा आमाप्रति समर्पित कविता|संयुक्त राष्ट्रसंघबाट इरानलाई ट्रम्पको कडा चेतावनी, वार्ता असफल भए अमेरिकाले इरानविरुद्ध थप कठोर सैन्य कारबाही गर्न सक्ने|भरत दाहाल बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश|“नेवार समुदाय, गुठी, धार्मिक अगुवा, संस्कृतिविद्, कानुनविद् तथा सरकारबीच व्यापक छलफल आवश्यक”|हाम्रो नेपाल ! राम्रो नेपाल !!|पक्राउ परेका हरेक व्यक्तिलाई हतकडी नलगाउन सर्वोच्चको आदेश|अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा FAA सञ्चार प्रणाली अवरुद्ध|भरत दाहालको गिरफ्तारीविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट|Cartoon

साहित्यिक संस्थाहरूको संयुक्त शोक वक्तव्य उद्धार र सहयोगमा जुट्न आह्वान

  NepalMother.com | ११ भाद्र २०८३, बिहीबार १०:५७

काठमाडौं, भदौ ११, २०८३ — चीनको हिमाली क्षेत्रमा हिमताल फुटेर आएको बाढी नेपालको सीमावर्ती भोटेकोसी नदीमा प्रवेश गरी रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको घटनाप्रति विभिन्न साहित्यिक तथा सिर्जनशील संस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अप्रत्याशित रूपमा आएको बाढीले सम्पूर्ण नेपालीलाई शोकमग्न बनाएको उल्लेख गरेका छन्। उनीहरूले विपद्मा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा अहिलेको अवस्थालाई ‘राष्ट्रिय शोकको घडी’ भन्दै उद्धार, राहत र सहयोगका काममा सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिइएको छ।

“यो समय राष्ट्रिय शोकको समय हो। त्यसैले अहिले सम्पूर्ण नेपाली आपतविपतमा परेकाहरूको उद्धार र सहयोगका लागि एकजुट भएर लाग्नुपर्छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ।

साहित्यकार तथा सिर्जनकर्मीहरूले विपद्पछिको उद्धार, राहत र व्यवस्थापनका लागि सरकार तथा निजी क्षेत्रबाट भइरहेका र आगामी दिनमा हुने सहयोगप्रति ऐक्यबद्धता जनाएका छन्। विपद्को समयमा नआत्तिई धैर्य कायम राख्न तथा आ–आफ्नो स्थानबाट उद्धार, राहत र सहयोगका काममा सक्रिय हुन पनि उनीहरूले सबैलाई आग्रह गरेका छन्।

संयुक्त विज्ञप्तिमा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, साहित्यिक पत्रकार संघ तथा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, वासु शशी स्मृति परिषद्का अध्यक्ष कालीप्रसाद रिजाल, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ, नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिला, गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ लगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

त्यस्तै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारती, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल, नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्य र लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइरालाले पनि विज्ञप्तिमा ऐक्यबद्धता जनाएका छन्।

संयुक्त वक्तव्यको समन्वय संस्था समन्वय समितिका संयोजक राधेश्याम लेकालीले गरेका हुन्।

साहित्यिक तथा सिर्जनशील क्षेत्रका प्रतिनिधिहरूले विपद्को यो कठिन समयमा राजनीतिक, सामाजिक वा व्यक्तिगत भिन्नताभन्दा माथि उठेर पीडितको उद्धार, राहत, उपचार र पुनःस्थापनामा सबै पक्षको सहकार्य आवश्यक रहेको सन्देश दिएका छन्।

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।