Washington DC, US : July 25, 2026, Saturday 08:00 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण|प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा|के के भइरहेको छ भारतको आन्दोलनमा ? अब के हुन्छ ?|अमेरिका साउदी आणविक सम्झौता सार्वजनिक हुने तयारी|भूमिगत गिरोह बालेन युगमा भने साँच्चिकै सक्रिय !|ट्रम्पको नयाँ व्यापारिक प्रहार : क्यानडाका अधिकांश वस्तुमा ५० प्रतिशत आयात शुल्क

प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा देशव्यापी युवा आन्दोलनले दियो निर्णायक दबाब

  NepalMother.com | ९ श्रावण २०८३, शनिबार ०६:४१

काठमाडौं। भारतमा लामो समयदेखि जारी प्रश्नपत्र लिक विवाद र त्यसलाई लिएर चर्किएको विद्यार्थी तथा युवा आन्दोलनबीच केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको राजीनामापछि लामो समयदेखि उठ्दै आएको नैतिक जिम्मेवारीको बहस नयाँ मोडमा पुगेको छ।

मेडिकल शिक्षासम्बन्धी प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनापछि देशभर विद्यार्थीहरू आन्दोलित बनेका थिए। विपक्षी दलहरूले पनि सरकारमाथि तीव्र दबाब सिर्जना गर्दै शिक्षामन्त्रीले नैतिक जिम्मेवारीका आधारमा पद छाड्नुपर्ने माग गरेका थिए। अन्ततः बढ्दो जनदबाबका बीच प्रधानले आफ्नो पदबाट अलग हुने निर्णय गरेका हुन्।

राजनीतिक टिप्पणी अहिले उनैमाथि फर्कियो

धर्मेन्द्र प्रधानले केही समयअघि पश्चिम बंगालको राजनीतिक घटनाक्रमलाई लिएर दिएको अभिव्यक्ति अहिले व्यापक रूपमा चर्चामा आएको छ। त्यतिबेला उनले सत्ता जनताको विश्वासबाट प्राप्त हुने भएकाले जनताले अस्वीकार गरेपछि पदमा बसिरहन नहुने तर्क गरेका थिए। अहिले भने उनी आफैं निरन्तर राजीनामाको दबाबमा पर्दा सोही अभिव्यक्तिको सम्झना गरिँदै आएको थियो।

कसरी सुरु भयो विवाद?

सन् २०२६ मे महिनामा सञ्चालन गरिएको मेडिकल शिक्षाको प्रवेश परीक्षापछि प्रश्नपत्र बाहिरिएको आरोप सार्वजनिक भयो। त्यसपछि परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा एजेन्सी (NTA) ले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गर्‍यो।

तर त्यसले पनि विद्यार्थीको असन्तुष्टि कम गर्न सकेन। लाखौं परीक्षार्थीले परीक्षा प्रणालीमाथिको विश्वास गुमेको भन्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा सम्पूर्ण परीक्षा प्रणालीमा सुधारको माग गर्दै आन्दोलन सुरु गरे।

शिक्षामन्त्रीका बदलिँदै गएका अभिव्यक्ति

यो प्रकरणमा धर्मेन्द्र प्रधानका सार्वजनिक अभिव्यक्तिहरू पटक–पटक परिवर्तन भएको भन्दै उनको आलोचना भयो।

सुरुआतमा उनले प्रश्नपत्र लिक भएको कुनै प्रमाण नभेटिएको दाबी गरे। केही दिनपछि सीमित स्थानमा अनियमितता भएको स्वीकार गर्दै दोषी जो–कोही भए पनि कारबाही हुने बताए। त्यसपछि नैतिक जिम्मेवारी आफूले लिने अभिव्यक्ति पनि दिए।

तर संसद्मा बोल्ने क्रममा उनले विगत सात वर्षमा प्रश्नपत्र लिक नभएको दाबी गरेपछि विद्यार्थी संगठन, विपक्षी दल तथा नागरिक समाजको आलोचना अझ तीव्र बन्यो। यही विषय आन्दोलनको प्रमुख आधार बन्यो।

लाखौं विद्यार्थी प्रभावित

यस घटनाबाट करिब २४ लाख परीक्षार्थी प्रत्यक्ष रूपमा प्रभावित भएको बताइएको छ। परीक्षा रद्द, पुनः परीक्षा, अनिश्चितता तथा मानसिक तनावका कारण विद्यार्थीहरू देशभर सडक आन्दोलनमा उत्रिएका थिए।

युवा संगठनहरू, विद्यार्थी समूह तथा विभिन्न सामाजिक अभियन्ताले शिक्षा प्रणालीमा पारदर्शिता, परीक्षा सञ्चालनमा सुधार र दोषीमाथि कडा कारबाहीको माग गर्दै राष्ट्रव्यापी प्रदर्शन गरे। आन्दोलन विस्तारै देशव्यापी बनेपछि विभिन्न सार्वजनिक व्यक्तित्व तथा कलाकारहरूले पनि ऐक्यबद्धता जनाएका थिए।

प्रधानमन्त्रीको प्रतिबद्धतिपछि आयो राजीनामा

आन्दोलन चर्किंदै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देशमार्फत युवाहरूको भविष्यसँग खेलबाड गर्नेलाई कानुनी दायरामा ल्याइने तथा शिक्षा प्रणालीमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसपछि सरकारमाथि बढेको राजनीतिक र नैतिक दबाबका बीच धर्मेन्द्र प्रधानले अन्ततः शिक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्।

धर्मेन्द्र प्रधानको राजनीतिक यात्रा

ओडिसामा जन्मिएका धर्मेन्द्र प्रधानले आफ्नो राजनीतिक यात्रा विद्यार्थी संगठनबाट सुरु गरेका थिए। उनी भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका नेता हुन्।

ओडिसा विधानसभाबाट राजनीतिक जीवन अघि बढाएका प्रधान पछि राज्यसभाका सदस्य बने। त्यसपछि उनले केन्द्र सरकारमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाले। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको नेतृत्व गरेपछि उनी २०२१ देखि शिक्षा मन्त्रालयसँगै कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको जिम्मेवारीमा थिए।

राष्ट्रिय शिक्षा नीति कार्यान्वयनलाई आफ्नो प्राथमिकता बनाएका प्रधानको कार्यकाल भने प्रश्नपत्र लिक प्रकरण र त्यसपछिको आन्दोलनका कारण गम्भीर विवादमा परेको थियो।

शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

प्रधानको राजीनामासँगै भारतमा परीक्षा प्रणालीको विश्वसनीयता, राष्ट्रिय परीक्षा एजेन्सीको भूमिका, सरकारी जवाफदेहिता तथा उच्च शिक्षाको पारदर्शितामाथि व्यापक बहस सुरु भएको छ।

विश्लेषकहरूका अनुसार यो घटना केवल एउटा मन्त्रीको राजीनामामा सीमित नरही भारतको सम्पूर्ण परीक्षा प्रणालीमा सुधार आवश्यक रहेको सन्देशका रूपमा हेरिएको छ। आगामी दिनमा सरकारले परीक्षा सञ्चालन प्रक्रिया, सुरक्षा प्रणाली र उत्तरदायित्वको संरचनामा कस्तो सुधार गर्छ भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor