Washington DC, US : July 14, 2026, Tuesday 01:50 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन|ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री दीपाश्री निरौला स्वास्थ्यलाभ गर्दै|सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट राजनीतिक सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा आकस्मिक निधन|गरिबको चमेली बोल्दिने कोही छैन !|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा

अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते चितवनमा २४ घण्टामै ३१९.८ मिमि वर्षा, डुबान–पहिरोले राजमार्गदेखि बस्तीसम्म संकट

  NepalMother.com | ३० असार २०८३, मंगलवार ०१:१५

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त : ६ जनाको मृत्यु, २१ घाइते, चितवनमा २४ घण्टामै ३१९.८ मिमि वर्षा, १३ भन्दा बढी राजमार्ग अवरुद्ध

काठमाडौं । देशभर सक्रिय मनसुनी प्रणालीका कारण लगातार दुई दिनदेखि परेको अविरल वर्षाले नेपालका विभिन्न जिल्लामा जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ। बाढी, पहिरो र डुबानका घटनामा वृद्धि भएसँगै हालसम्म कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। विभिन्न जिल्लामा अझै उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको विवरण बढ्न सक्ने सरकारी निकायहरूले बताएका छन्।

लगातारको वर्षासँगै देशभरका नदी–नालामा पानीको सतह तीव्र रूपमा बढेको छ। बाढी–पहिरोका कारण १३ भन्दा बढी प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने दर्जनौं बस्ती उच्च जोखिममा परेका छन्। कतिपय स्थानमा स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरेको छ।

चितवनमा २४ घण्टामै ३१९.८ मिलिमिटर वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान ८ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा ३१९.८ मिलिमिटर वर्षा मापन भएको छ, जुन पछिल्लो समयकै सबैभन्दा धेरै वर्षामध्ये एक हो।

देशभर रहेका ३३५ वटा वर्षा मापन केन्द्र (४५ मानव सञ्चालित र २९० स्वचालित) मध्ये यही केन्द्रमा सबैभन्दा बढी वर्षा रेकर्ड भएको विभागले जनाएको छ। चितवन आसपासका थप तीन केन्द्रमा पनि २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने देशभरका २३ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

मौसमविद्हरूका अनुसार बंगालको खाडीबाट आएको अत्यधिक जलवाष्प र नेपालमाथि सक्रिय मनसुनी न्यूनचापीय प्रणालीका कारण छोटो अवधिमै अत्यधिक वर्षा भएको हो।

भरतपुरका बस्ती डुबानमा, घरभित्रै पस्यो पानी

अत्यधिक वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका–११ का गोर्खाली टोल, मृगकुञ्जलगायतका बस्ती जलमग्न भएका छन्। सडकमा घुँडासम्म पानी जमेको छ भने धेरै घरभित्र पानी पसेपछि स्थानीयवासी समस्यामा परेका छन्।

स्थानीयका अनुसार पानीको उचित निकास नहुनु, पुराना कुला तथा नहर पुरेर सडक निर्माण गर्नु, साइफन प्रणाली बन्द हुनु, जथाभावी प्लटिङ र नालीको सरसफाइ नहुनुले हरेक वर्षायाममा डुबानको समस्या दोहोरिने गरेको छ।

गैँडाकोटमा ३५ जना विस्थापित

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका का विभिन्न क्षेत्रमा बाढी पस्दा ३५ जना विस्थापित भएका छन्। भृकुटीचोक, बेल्डिहा, प्रगति टोल, झापर्दी टोललगायत क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।

प्रहरीका अनुसार सोमबार राति जंगल क्षेत्रबाट आएको बाढी र नालाको पानी बस्तीमा पस्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। विस्थापितहरू हाल आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।

पृथ्वी राजमार्गमा रातभर सवारी रोकियो, मुग्लिन–नारायणगढ सडक खुले पनि जाम

धादिङमा पहिरो खस्ने जोखिम बढेपछि सोमबार रातिदेखि पृथ्वी राजमार्ग मा सवारी सञ्चालन रोकिएको थियो। मंगलबार बिहानबाट सडक खुले पनि नागढुंगा–नौबिसे क्षेत्रमा सवारीको अत्यधिक चाप देखिएको छ।

यस्तै, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला, केराबारी र जलबीरेमा गएको पहिरो हटाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। यद्यपि रातभर रोकिएका हजारौं सवारीसाधनका कारण अझै लामो जाम रहेको छ।

नदी किनारका बस्तीलाई सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चितवन, नवलपरासी, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, गोरखा, तनहुँ, लमजुङ, स्याङ्जालगायत जिल्लाका नदी तटीय क्षेत्र मा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

नारायणी, त्रिशूली, राप्ती, कालीगण्डकी तथा अन्य साना–ठूला नदीमा बहाव अझै बढ्न सक्ने भएकाले नदी किनार, पहिरोको जोखिम भएका बस्ती र डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

अझै केही दिन भारी वर्षाको सम्भावना

मौसमविद्हरूका अनुसार मनसुनी प्रणाली अझै सक्रिय रहेकाले आगामी केही दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश का धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। यससँगै आकस्मिक बाढी, पहिरो, डुबान, सडक अवरोध तथा नदी कटानको जोखिम कायमै रहने भएकाले आवश्यकबाहेक यात्रा नगर्न र सरकारी निकायका सूचना तथा चेतावनीको पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण जनधनको क्षति थप बढ्न सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय र उद्धार टोलीलाई उच्च सतर्क अवस्थामा राखिएको छ भने प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of map and text

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor