(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका) Old Archive >
अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानको सैन्य क्षमता ठूलो मात्रामा ध्वस्त पारिएको दाबी गर्दै आज राति इरानमाथि थप ठूलो सैन्य आक्रमण हुने चेतावनी दिएका छन्। यससँगै हर्मुज जलडमरूमध्यको सुरक्षा, इरानमाथिको नाकाबन्दी तथा मध्यपूर्वको युद्ध थप गम्भीर चरणमा प्रवेश गर्ने संकेत देखिएको छ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकी सेनाले पछिल्ला केही महिनामा इरानको नौसैनिक शक्ति, वायुसेना, मिसाइल प्रणाली तथा ड्रोन उत्पादन क्षमतामा ठूलो क्षति पुर्याएको दाबी गरे। उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न यी सैन्य कारबाही अपरिहार्य रहेको बताए।
“यदि हामीले कारबाही नगरेको भए इरानसँग अहिले आणविक हतियार हुने थियो। त्यसो भएको भए इजरायलको अस्तित्व नै संकटमा पर्थ्यो र सम्पूर्ण मध्यपूर्व अस्थिर बन्ने थियो,” ट्रम्पले भने।
उनले अमेरिकाले चार महिनामै उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्दै यसलाई भियतनाम युद्धसँग तुलना गरे।
ट्रम्पले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरूमध्य को सुरक्षा अमेरिकाले गरिरहेको भन्दै त्यसको आर्थिक प्रतिफल पाउनुपर्ने तर्क पनि अघि सारे।
उनले विश्वका धनी राष्ट्रहरूको ऊर्जा आपूर्ति सुरक्षित राख्ने जिम्मेवारी अमेरिकाले निर्वाह गरिरहेको उल्लेख गर्दै त्यसबापत शुल्क उठाउनु उचित हुने बताए। यसअघि उनले हर्मुज हुँदै ओसारपसार हुने कार्गोमा २० प्रतिशत सुरक्षा शुल्क लगाउने घोषणा गरिसकेका छन्।
ट्रम्पले इरानले दशकौँदेखि वार्तालाई लम्ब्याउँदै आएको आरोप लगाउँदै अघिल्ला अमेरिकी प्रशासनहरू कमजोर भएको टिप्पणी गरे।
उनले जर्ज डब्लु. बुस, बराक ओबामा तथा जो बाइडेनको नाम उल्लेख गर्दै उनीहरूले इरानसँग कडा नीति अपनाउन नसकेको दाबी गरे।
अमेरिकी पूर्वसभामुख न्युट गिङ्गरिच ले ट्रम्पको इरान नीति अमेरिकी गृहयुद्धका बेला राष्ट्रपति अब्राहम लिंकन ले अपनाएको प्रसिद्ध “एनाकोन्डा रणनीति” सँग तुलना गरेका छन्।
FOX Business सँगको अन्तर्वार्तामा उनले प्रत्यक्ष ठूलो स्थलयुद्ध नगरी आर्थिक, सैन्य र कूटनीतिक दबाबमार्फत इरानलाई क्रमशः कमजोर बनाउने रणनीति अपनाइएको बताए।
उनका अनुसार अमेरिकाले प्रत्येक हप्ता इरानमाथि दबाब बढाउँदै जानेछ र अन्ततः इरानी शासन कमजोर हुँदै जानेछ।
गिङ्गरिचले करिब १० करोड जनसंख्या भएको विशाल इरानमा प्रत्यक्ष स्थलयुद्ध गर्नु उपयुक्त नहुने उल्लेख गर्दै ट्रम्पले त्यसबाट बच्ने प्रयास गरिरहेको बताए।
अमेरिकी सञ्चारमाध्यम Axios का अनुसार ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमान ले इरान समर्थित हुथी विद्रोहीविरुद्ध यमनमा गरेको हवाई आक्रमणलाई समर्थन गरेका छन्।
सोमबार साउदी अरबले साना अन्तर्राष्ट्रिय विमानस्थल लाई लक्षित गरी आक्रमण गरेपछि हुथी समूहले प्रतिशोधस्वरूप मिसाइल प्रहार गरेको जनाइएको छ। सन् २०२२ यताकै सबैभन्दा ठूलो सीमा–पार सैन्य तनावका रूपमा यस घटनालाई हेरिएको छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्ज ले ट्रम्प प्रशासनद्वारा इरानमाथि पुनः लागू गरिएको नौसैनिक नाकाबन्दीको बचाउ गरेका छन्।
उनले इरानले अन्तर्राष्ट्रिय जहाजमाथि आक्रमण गरेको, समुद्रमा बारुद बिछ्याएको तथा युद्धपछि भएको समझदारी उल्लंघन गरेको आरोप लगाए।
वाल्ट्जका अनुसार संयुक्त राष्ट्रसंघका १४३ सदस्य राष्ट्रहरूले इरानका समुद्री आक्रमणको निन्दा गरिसकेका छन्।
उनले ट्रम्प प्रशासनले सैन्य कारबाहीसँगै ‘अपरेशन इकोनोमिक फ्युरी’ अन्तर्गत आर्थिक दबाब पनि निरन्तर बढाइरहेको बताए।
वाल्ट्जले इरानको अर्थतन्त्र गम्भीर संकटमा रहेको र तेहरानले आर्थिक स्रोतमा पहुँच खोजिरहेको दाबी गरे। साथै इरानको युरेनियम संवर्धन कार्यक्रम तथा आणविक गतिविधिबारे प्राविधिक वार्ता भने अझै जारी रहेको जानकारी पनि दिए।
विश्लेषकहरूका अनुसार अमेरिकी सैन्य कारबाही, हर्मुज जलडमरूमध्यको नाकाबन्दी, यमनमा बढ्दो द्वन्द्व तथा इरानमाथिको आर्थिक दबाबले सम्पूर्ण मध्यपूर्वलाई थप अस्थिर बनाउने जोखिम बढेको छ। यदि आज राति ट्रम्पले संकेत गरेअनुसार नयाँ ठूलो सैन्य आक्रमण भयो भने क्षेत्रीय युद्ध अझ व्यापक बन्न सक्ने र त्यसको प्रत्यक्ष असर विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार तथा कच्चा तेलको मूल्य मा पर्ने सम्भावना बढेको छ।


नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)
Our Team:
हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका
नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं
Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com
(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com
नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया