Washington DC, US : July 14, 2026, Tuesday 01:55 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन|ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री दीपाश्री निरौला स्वास्थ्यलाभ गर्दै|सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट राजनीतिक सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा आकस्मिक निधन|गरिबको चमेली बोल्दिने कोही छैन !|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा

गरिबको चमेली बोल्दिने कोही छैन !

  NepalMother.com | २८ असार २०८३, आईतवार २१:३६

विस्थापित सुकुम्वासीको पीडा : बस्ती हट्यो, स्थायी बसोबास अझै टुंगिएन, अस्थायी आश्रयबाट पनि बाहिरिनुपर्ने चिन्ता

काठमाडौं। वाग्मती, मनोहरा तथा काठमाडौं उपत्यकाका विभिन्न नदी किनारबाट हटाइएका सयौं सुकुम्वासी परिवार अहिले पनि स्थायी बसोबासको पर्खाइमै छन्। सरकारको नदी संरक्षण अभियानसँगै बस्ती हटाइएपछि उनीहरूलाई अस्थायी रूपमा विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएको भए पनि महिनौं बितिसक्दा पनि दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट खाका सार्वजनिक हुन सकेको छैन। बरु कतिपय आश्रयस्थल खाली गर्न दबाब बढ्न थालेपछि विस्थापित परिवारहरू फेरि एकपटक खुला आकाशमुनि पुग्ने डरमा छन्।

सरकारले नदी अतिक्रमण हटाउने अभियानलाई वातावरण संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा नदीको प्राकृतिक बहाव कायम गर्ने योजनासँग जोडेर अघि बढाएको छ। तर मानव अधिकारकर्मी, सहरी योजनाविद् तथा सामाजिक अभियन्ताहरूले भने नदी संरक्षणसँगै प्रभावित नागरिकको सम्मानजनक पुनर्स्थापना पनि समान रूपमा राज्यको दायित्व भएको औंल्याउँदै आएका छन्।

‘घर गयो, अब आश्रय पनि छोड्न भनियो’

शंखमूल क्षेत्रबाट विस्थापित भएका रविन्द्र कार्की अहिले आफ्ना तीन सन्तानसहित अस्थायी आश्रयमा बसिरहेका छन्। उनका दुई छोरा गम्भीर शारीरिक अपांगता भएका कारण दैनिक हिँडडुलसमेत गर्न सक्दैनन्।

उनले भावुक हुँदै भने, “सरकारले व्यवस्थापन गर्छ भनेर विश्वास गरेर यहाँ आयौं। अहिले फेरि कोठा खोज्न भनिएको छ। दुई जना अपांग छोरालाई लिएर कसले कोठा दिन्छ? उनीहरूको हेरचाहका लागि म आफैं घरमै बस्नुपर्छ। यस्तो अवस्थामा हामी कहाँ जाने?”

उनको परिवारजस्तै धेरै परिवार अहिले अस्थायी आश्रय र अनिश्चित भविष्यबीच संघर्ष गरिरहेका छन्।

नागरिकता नहुँदा राहतबाट समेत वञ्चित

मनोहरा खोला किनारमा दुई दशकभन्दा बढी समय बिताएकी अञ्जु परियार अहिले आफ्नी आमासँगै होल्डिङ सेन्टरमा बसिरहेकी छन्। तर उनीसँग नेपाली नागरिकता नभएकै कारण सरकारले घोषणा गरेको राहत रकमसमेत प्राप्त गर्न सकेकी छैनन्।

उनले भनिन्, “हामी आमा–छोरी मात्रै हौं। नागरिकता नहुँदा कुनै सुविधा पाइएन। नागरिकता बनाइदिएर राहत दिएको भए आफैं व्यवस्थापन गर्थ्यौं। अहिले सरकारले जहाँ भन्छ, त्यतै जानुपर्ने अवस्था छ।”

सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरूले नागरिकता अभावका कारण राहत, सामाजिक सुरक्षा तथा सरकारी सेवा लिन नपाएका परिवारहरूको संख्या उल्लेख्य रहेको बताउँदै आएका छन्।

रोग र गरिबीले दोहोरो मार

प्रताप लामा नदी किनारको बस्ती हटाइएका परिवारमध्ये एक हुन्। घर भत्किएको केही समयमै उनलाई पक्षघात (प्यारालाइसिस) भयो। अहिले उनी स्वतः हिँडडुल गर्न सक्दैनन्।

उनको गुनासो छ, “परिवारको एउटा सदस्य बिरामी भएपछि भाडामा कोठा पाउनै कठिन हुन्छ। सरकारले दिने भनिएको रकमले केही दिन पनि धान्दैन। उपचार, बसोबास र दैनिक खर्च कसरी चलाउने?”

विस्थापित परिवारमा ज्येष्ठ नागरिक, दीर्घरोगी, अपांगता भएका व्यक्ति तथा गर्भवती महिलाको संख्या उल्लेख्य रहेको सामाजिक कार्यकर्ताहरू बताउँछन्।

बालबालिकाको शिक्षा अन्योलमा

अस्थायी आश्रयस्थलमा बसिरहेका बालबालिकाको पढाइ सबैभन्दा बढी प्रभावित भएको अभिभावकहरूको भनाइ छ। विद्यालय परिवर्तन, आवश्यक कागजात, नियमित यातायात र स्थायी ठेगाना नहुँदा धेरै बालबालिका विद्यालय बाहिर रहने जोखिम बढेको उनीहरूको गुनासो छ।

एक अभिभावकले भने, “घर फेरि बनाउन सकिएला, तर छुटेको पढाइ फर्काउन सकिँदैन। सरकारलाई कम्तीमा बालबालिकाको शिक्षालाई प्राथमिकता दिनुपर्छ।”

शिक्षाविद्हरूका अनुसार बारम्बार बसोबास परिवर्तन हुँदा बालबालिकाको मानसिक स्वास्थ्य, सिकाइ क्षमता र विद्यालयसँगको सम्बन्धमा दीर्घकालीन असर पर्ने सम्भावना रहन्छ।

होल्डिङ सेन्टर फेरिँदै, समस्या उस्तै

सरकारले विभिन्न चरणमा विस्थापित परिवारलाई कीर्तिपुर, खरिपाटी, बोडे, नगरकोट, नागार्जुनलगायत स्थानका अस्थायी आश्रयमा स्थानान्तरण गर्दै आएको छ।

हालै कीर्तिपुरस्थित अस्थायी शिविर वर्षाका कारण जलमग्न भएपछि त्यहाँ रहेका परिवारलाई भक्तपुरको खरिपाटी सारिएको थियो। त्यसअघि खरिपाटीमा रहेका केही परिवारलाई नागार्जुन स्थानान्तरण गरिएको थियो।

विस्थापित बबिता घिसिङका अनुसार स्थानान्तरणका क्रममा धेरै परिवारको सामान हराएको, खानेपानी तथा आधारभूत सुविधाको अभाव रहेको र नयाँ स्थानमा समेत दैनिक जीवन सहज नभएको गुनासो छ।

‘सारियो मात्रै, पुनर्स्थापना भएन’

विस्थापित समुदायका अगुवा सुमन चौधरी सरकारले वास्तविक पुनर्स्थापना नगरी एउटा स्थानबाट अर्को स्थानमा सार्ने काम मात्र गरेको आरोप लगाउँछन्।

उनका अनुसार सरकारले सुरुवातमा केही दिनभित्र सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन।

उनले भने, “पुनर्स्थापना भनेको केवल मानिसलाई अर्को भवनमा सार्नु होइन। सुरक्षित घर, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र सम्मानपूर्वक बाँच्ने वातावरण सुनिश्चित गर्नु हो। अहिले त्यो केही पनि भएको छैन।”

नदी संरक्षण र मानव अधिकारबीच सन्तुलनको चुनौती

सहरी विकास विज्ञहरूका अनुसार काठमाडौं उपत्यकाका नदी किनारमा दशकौंदेखि अनियोजित बसोबास विस्तार हुँदा नदीको प्राकृतिक बहाव साँघुरिएको, बाढीको जोखिम बढेको तथा वातावरणीय समस्या गम्भीर बन्दै गएको छ। त्यसैले नदी क्षेत्र संरक्षण आवश्यक भए पनि प्रभावित नागरिकको वैकल्पिक व्यवस्थापनबिना गरिएको हटाउने अभियानले नयाँ सामाजिक समस्या सिर्जना गर्न सक्ने उनीहरूको धारणा छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बसोबास गर्ने अधिकार सुनिश्चित गरेको छ। त्यसैगरी राष्ट्रिय भूमि आयोग तथा भूमि सम्बन्धी नीतिहरूले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्। तर कार्यान्वयन प्रक्रिया भने अझै सुस्त देखिएको भन्दै सरोकारवालाहरूले सरकारसँग स्पष्ट पुनर्स्थापना योजना सार्वजनिक गर्न माग गरिरहेका छन्।

मन्त्रीहरूको अनुगमन, समाधानको प्रतीक्षा

यसैबीच गृहमन्त्री, भूमि व्यवस्था मन्त्री, स्वास्थ्य मन्त्री, शिक्षा मन्त्री, श्रम मन्त्री तथा महिला मन्त्रीसहितको सरकारी टोलीले खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेर विस्थापित परिवारसँग छलफल गरेको छ। मन्त्रीहरूले प्रभावित परिवारलाई सरकारले दीर्घकालीन समाधानका लागि काम गरिरहेको भन्दै धैर्य गर्न आग्रह गरेका थिए।

यद्यपि, विस्थापित परिवारहरू भने आश्वासनभन्दा बढी व्यवहारिक समाधानको प्रतीक्षामा छन्। उनीहरूको एउटै माग छ—अस्थायी आश्रय होइन, सम्मानपूर्वक बाँच्न सकिने स्थायी घर, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षित भविष्य।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor