Washington DC, US : March 27, 2026, Friday 06:50 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बिशेष सम्पादकीय : नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्का अवसर, चुनौती र जिम्मेवारी|Breaking News : नेपालमा नयाँ सरकार गठन, प्रधानमन्त्री बालेन्द्र शाह र १४ जना मन्त्री, सबैले गरे आफ्नो आफ्नो मन्त्रालयमा पदभार ग्रहण|अमेरिकामा सरकारी बन्दले विमानस्थल अस्तव्यस्त, “राष्ट्रिय आपतकालीन अवस्था”, TSA कर्मचारीलाई तुरुन्त पारिश्रमिक दिन आदेश जारी|“पत्रकार तथा सञ्चार जगत” शीर्षकमा उल्लेख गरिएको एक अंशले अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको गम्भीर ध्यानाकर्षण|इरान “असामान्य” र “अझै पनि गम्भीर नभएका” भन्दै आलोचना गरे ट्रम्पले, गम्भीर हुन चेतावनी, ढिलो गरे परिणाम झन् गम्भीर हुने|इरानको नौसेना प्रमुख अलिरेजा तंगसिरी आक्रमणमा मारिए|बालेन शाह संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन, प्रधानमन्त्री बन्ने संवैधानिक बाटो स्पष्ट, अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति|“ओलीको आजको भासण सुन्दा लाग्यो उनी न कहिलै सुध्रिन्छन, न लाज मान्छन । हुन त ज्योति मगर, रबि चुडाल, गुन्डु वालाहरुको संगत जो छ !”|इरानले अमेरिकाले प्रस्तुत गरेको युद्ध अन्त्यको प्रस्ताव अस्वीकार|‘सधैं साथमा तिम्रो’ : सुरेश बस्नेत र रेहा पोखरेलको नयाँ अबतार

अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा - टंक पन्त -

  NepalMother.com | २२ फाल्गुन २०८२, शुक्रबार १३:१४

देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने , न्यायालय लगायत संबैधानिक निकायमा भैहरहेकोे राजनीतिकरणलाई अन्त्य गर्ने , दलीय भागबण्डामा शासन चलाउने प्रथाको अन्त्य गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रमा भैरहेको ब्यापारिकरण अन्त्य गर्ने , सांसदको टिकट किनवेचको प्रथा अन्त्य गर्ने, सत्तामा जान सेवाका लागि नभएर आफनो र पार्टीको स्वार्थका लागि हानथाप गर्ने प्रबृत्तिको अन्त्य गर्ने , आफनो क्षेत्रमा मात्र देशको वजेट केन्द्रित गर्ने परंपराको अन्त्य गर्ने र देशमा सुशासन कायम गर्ने, सेवा प्रवाहलाई छिटोछरितो वनाउने , समृद्धि र बिकास नेपाली जनताको चाहनालाई पूरा गर्ने , सांसद कानून बनाउनका लागि हो भन्ने कुरालाई आत्मसात गरी ब्यबहारमा लागू गर्ने , लूट तन्त्रमा परिणत भएको संघीयताको मोडेल परिवर्तन गर्ने , संबिधान बमोजिम समयमा बनाउनुपर्ने कानून बनाएर देशलाई बिधिको शासनमा परिणत गर्ने जस्ता अहं बिषयलाई पटक पटक सत्तामा जांदा पनि पूर्णत बेवास्ता गरेकै कारण निरासाले सीमा काटेपछि जेनजी बिद्रोह भयो । जेनजी बिद्रोहकै कारण प्रधानमन्त्री , मन्त्री र नेताहरु सेनाको हेलिकप्टरको पुच्छर समातेर भागेर ज्यान जोगाउंदा पनि नचेतेका राजनीतिक दल र नेताहरुलाई २०८२ फागुन २१ गते एकै चरणमा ऐतिहासिक र शान्तिपूर्ण रुपमा संपन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले थला पर्ने गरी दण्डित गरेको छ ।
जनताले यस पटक अहम घमण्ड, दम्भ र कुशासनको पहाडलाई छिया छिया हुने गरी भत्काएको छ । कुशासन र भ्रष्टाचार अन्त्य , ०४६ पछि सत्तामा गएर तर मारेका नेता , संबैधानिक निकाय , ब्यूरोक्र्याट एवं अन्य सरकारी ओहोदमा बसेका वा सरकारी ओहोदामा बसेकालाई आफनो चंगुलमा पारेर स्वार्थ सिद्धी प्राप्त गरेका बिचौलियालाई कारवाही गर्ने , भ्रष्टहरुको संपत्ति छानविन गरी कारवाही गर्ने , स्वदेशमा रोजगार सिर्जना गरी बिदेश जान बाध्य नपारौ भन्ने उद्धेश्यका साथ भएको जेनजी बिद्रोह माथि गोली ठोकेर हत्या गर्नेहरुले त्यसको सामान्य रियालाइजेशन गर्ने भन्दा पनि विद्रोहहको खिसिट्याउरी गर्ने , यी केटाकेटीहरुको हुलहुज्जतवाट सुशिला कार्कीको नेतृत्वको सरकार बनेको भनी नागरिक सरकारको खिल्ली उडाउने , आफू सत्तावाट हटनुपरेको पीडा पोख्ने क्रममा गृहमन्त्री लगायतलाई बावु केटाकेटी भन्नेलाई पनि निर्वाचनले राम्ररी झापड दिएको छ । जनताले ब्यालेट बक्समा मत जाहेर गरेर झापड त दिएका छन् तर कानूनी झापड भने दिन वाकी नै छ । नेपाली जनतालाई कमजोर ठानेर हेप्ने , पार्टीमा पनि आफ्‌नो भन्दा फरक बिचार राख्नेलाई पार्टीमा बस्न नदिने गरी वातावरण बनाउने मात्र होइन पार्टीवाटै उछिट्याउने जस्ता काम जसरी गरियो , संवैधानिक निकायको जसरी दुरुपयोग गरियो त्यसको प्रतिफल निर्वाचन परिणामले दिएको छ ।
आफूलाई मन परेन भने देउवा नेतृत्वको कांग्रेस र ओली नेतृत्वको एमाले र ती दुवै नेताको स्वार्थका लागि बनेको जेनजी बिद्रोहवाट सत्ताच्यूत ओली सरकारले सरकारी संयन्त्र समेतको दूरुपयोग गरी महानगरपालिकामा निर्वाचित मेयरलाई काम गर्न नदिने गरी सिगो पार्टीका नेता कार्यकर्ता परिचालन गर्ने , पार्टी सभापति र उपप्रधानमन्त्री गृहमन्त्री भैसकेका ब्यक्तीलाई उज्यालो हुन पनि नदिई सुतिरहेको अबस्थामा उठाएर रातारात हिडाउने , मुद्धा चलाउने नाममा देशब्यापि घुमाउने जस्ता क्रियाकलापकै कारण रास्वपाको क्रेज बढाउन सहयोग गरेको कुरा कसैसंग छिपेको छैन । गठवन्धन र समीकरणका नाममा मिलीजुली खाने प्रथाको अन्त्य , भ्रष्टाचार अन्त्य , सुशासन कायम गर्न एक मना सरकार बनोस र निर्धक्कसंग जनताको काम हुन सकोस भनी जनताले रास्वपालाई शानदार अभिमत दिएका छन् त्यो अभिमतको कदर गरेर रास्वपा अगाडि बढ्ने महान अबसर पैदा भएको छ त्यसको प्रयोग कानून नियम भित्र रहेर खरो रुपमा उत्रिन रास्वपा सकोस भन्ने आम नागरिकको चाहना रहेको छ । मतदान गर्दा नै त्यो चाहना खुला रुपमा मतदाताले भनेका थिए ।
त्यसैले त शानदार बहुमत सहितको मत जाहेर भएको छ । पटक पटक प्रधानमन्त्री हुंदा पनि जनताको पक्षमा काम नगर्ने उल्टै उम्मेदवार हुन पाउने अधिकार प्रयोग गरी निर्वाचन पछि प्रधानमन्त्री हुने घोषणा सहित झापा पुग्दा प्रतिष्पर्धी माथि गरिएकोे ब्यबहार र उडाउने काम जसरी एमाले अध्यक्ष केपि शर्मा ओलीले गरे जसले गर्दा उनले आफनो मत मात्र घटाएनन् उनकै घमण्डको उर्लदो बोली र उखान टुक्काले बलियो संगठन रहेको पार्टीलाई नै लाजमर्दो अबस्थामा पुरयाए । हुन पनि दुइ तिहाइको कम्युनिष्ट सरकारलाई उनैले धुजा धुजा पारे , दुइ दुइ पटक संसद बिघटन गरे , कांग्रेस एमाले मिलेर आफनो स्वार्थका लागि पुन उनैको नेतृत्वमा सरकार बनाउदा पनि देशमा निराशाको भाष्यले ठूलो बिद्रोह मात्र होइन इतिहासमै नभएको क्षति गरायो । यस्तो हुदैछ भन्ने थाहा पनि पाउन सकेनन् ।आफै सत्तामा बस्ने अनि ठूलो ग्राइन डिजाइन रहेछ भन्ने ? त्यो कुरा त सत्तामा सम्पूर्ण डाडू पन्यू लिएर बसेकाले थाहा पाउनु पर्दैन ? अनि बिदेशी चलखेल भयो भन्न लाज नमान्ने ? पार्टीमा रहेका जिम्मेवार नेताले त्यो अहंम घमण्डलाई टुलुटुलु हरेर मात्र बसेनन् उनैको झोले बन्न पुगे जसले गर्दा पार्टीले निर्वाचनमा यो हद सम्मको हार ब्यहोर्नु परयो । त्यति मात्र कहां हो र नेपाली कांग्रेसले पार्टीलाइ पुनर्ताजकी बनाउन गगन थापा र बिश्व प्रकाश शर्माको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनमाथि ओलीले खिल्ली उडाउने काम समेत गरे । आज गगन थापा र बिश्व प्रकाश शर्मा सहितका नेताहरुले त्यो आंट नगरेको भए अहिलेको यो निर्वाचनमा अझ बढी सर्वनाक अबस्था ब्योर्नुपर्ने निश्चित थियो । तर झण्डै ४० बर्ष देखि प्रायः सत्ता बाहिर नभएको कारण नेपाली कांग्रेसलाई निर्वाचनले नराम्रोसंग झापड दिएको छ । प्रचण्डको नेतृत्वमा रहेको नेपाली कम्युनिष्ट पार्टीले पनि जनयुद्धपछि भएको निर्वाचनमा ठूलो अबसर पाएको थियो तर त्यो पार्टी र त्यसका धेरै नेताहरुले जनयुद्धमा उठाएका मुद्धा, सवाल र त्यसवेला पाएको दुख र संघर्षलाई बिर्सेर जसरी आफू र आफना लागि स्वार्थमा केन्द्रित भएर कमाउ र खाउ भन्ने कुरामा केन्द्रित भै सत्ताका लागि जसो पनि गर्ने काममा लिप्त भए जसको कारण अहिले संपन्न भएको निर्वाचनले झापड मात्र दिएको छैन राम्रैसंग सबक सिकाएको छ । मधेश केन्द्रित दलको कुरा पनि त्यहि हो ।मधेश केन्द्रित दल नेताहरु प्नि सत्ता स्वार्थमा केन्द्रित भए ।
यस पटक जनताले निर्वाचन मार्फत ऐतिहासिक परिणाम दिएका छन् त्यसको सदुपयोग गरेर अगाडि जान सके भने केही न केही हुने छ । भ्रष्टाचार अन्त्य , सुशासन कायम गर्ने , समृद्धि र स्थायित्व प्रदान गर्ने , शिक्षा र स्वास्थ्यमा भैरहेको ब्यापारिकरण रोक्ने , बेथिति अन्त्य गर्ने , संबैधानिक निकाय र ब्यूरोक्रेसीलाई राजनीतिवाट मुक्त बनाउने , कर्मचारी क्षेत्रमा रहेका राजनीतिक संगठन खारेज गर्ने , संबिधान सशोधन गरी लुटतन्त्रमा परिणत भएको संघीयताको मोडेल परिवर्तन गर्ने र आम जनताले उठाएका र जेननी बिद्रोहले उठाएका बिषयलाई समय तोकेरै यति समय सम्म यो यो गरिने छ भनी संवोधन भएमा अबश्य पनि मुलुकमा स्थायित्व हुने छ । मुलुक सिस्टमा जाने छ । मुलुकलाई सिष्टममा लगी दण्डहीनताको अन्त्य हुनासाथ धेरै कुरा स्वतः हुदै जाने छन् । यदि जनताले ब्यालेटबक्समा देशको अनुहार फेर्ने गरी दिएको मतलाई ख्याल गरिएन भने धेरै समय टिकाउ हुने छैन भन्ने कुरा नयां शक्तिले बुझ्‌ने नै छ ।
जनताको चाहना अनुसार मुलुकलाई सिष्टममा लैजानका लागि थरिथरि बिचार भएका पार्टीका नेता र नवनिर्वाचित ब्याक्तिहरुको एकता जरुरी पर्ने छ । देशका लागि केही गरेर देखाउ भन्ने मात्र सोचेर काम गरियो भने नेताहरुमा बिवाद हुने छैन जब स्वार्थका लागि अगाडि बढन खोजिन्छ त्यतिखेर बिवाद सिर्जना हुनेछ त्यो बिवादले देशलाई अगाडि बढाउने बाटोमा कांडा तेर्सिन सक्छन् । त्यसतर्फ पनि सचेत हुनुपर्ने छ । आम नागरिकहरु निकै सचेत छन् धेरै समय पर्खिेने अबस्थामा हुने छैनन । अर्को कुरा निर्वाचनवाट पराजित भएका हिजो बर्षौ सम्म सत्ताको स्वाद चाखेका पुराना पार्टीले कहांनेर गल्ती भेटिन्छ भनेर खोज्ने पनि छन् उनीहरु सत्ताको स्वादले अनुभवी भएका हुनाले गल्ती थाहा पाउन उनीहरुलाई असजह हुने छैन ।
जेनजी विद्रोहपछि बनेको सरकारले ऐतिहासिक रुपमा निर्वाचन गराउन कसरी सफल भयो भन्ने बिषय पनि अहम छ । किनकि सुशिला कार्कीलाई फेरि सत्तामा जाने लोभ थिएन , सुरक्षा निकाय र कर्मचारी संयन्त्रलाई कार्की नेतृत्वको सरकारले दुरुपयोग गरेन , मैले भनेको मानिनस भने भोलि हामी सत्तामा आएपछि ठेगान लगाउछौ भनी विगतका दलीय सरकारले जस्तो धम्की दिने काम पनि सुशिला कार्की नेतृत्वको सरकारवाट भएन । जसले गर्दा निर्वाचन आयोग, सुरक्षा निकायका चारै अंगहरु , ब्यूरोक्रेसी र सरकारवीचको समन्वय जसरी हुन्छ निर्वाचन एकै चरणमा शान्तिपुर्ण भयरहित रुपमा संपन्न गर्ने कुरामा एउटै मत अर्जुन दृष्टि बन्यो नभन्दै कुनै एक ठाउमा पनि बुथ कब्जा भएन , गोली चलेन , हुल दंगा भएन , एक जना पनि घाइते भएनन, विवाद भएर कुनै मतदान केन्द्रको मतदान अर्को दिन सार्नु पर्ने अबस्था भएन । यस्तो शान्तिपूर्ण र भयरहित निर्वाचन बहुदलीय ब्यबस्था पछि नै भएको थिएन । बिगतमा प्रधानमन्त्री , मन्त्री उम्मेदवार हुने अनि सत्ताको चरम दुरुपयोग गरेर चुनाव प्रचार प्रसारमा जाने गर्थे यस पटक त्यो पनि भएन । जेनजी बिद्रोहपछि मन्त्रालय चलाएका मन्त्रीहरुले सामान्य कुर्सी टेवलमै बसेर काम गरे । बिगतमा जस्तो मन्त्री नयां फेरिना साथ कार्यालय देखि निवास सम्म फर्निचर फेरेर लाखौ झ्‌वाम पार्ने काम पनि यस पटक भएन । कार्यालयमा खाजाको भण्डार गर्ने र निवास सम्म पुरयाउने काम पनि भएन । प्रधानमन्त्री सुशिला कार्कीकै शब्दमा भन्ने हो भने मन्त्रालयमा चिया खाएर कार्यालयको काम प्रधानमन्त्री देखि मन्त्रीहरुले गरे ।
मितब्ययिताको सन्दर्भमा सरकार खरो सावित भयो । त्यतिमात्र होइन एउटा मात्र उदाहरणलाई लिदा ०४६ सालको राजनीतिक परिवर्तन पछि व्रिफकेश नवुझाइकन प्रहरी महानिरीक्षक बन्ने भाग्यमानी दानबहादुर कार्की मात्र भए । अब यो निर्वाचनपछि बन्ने सरकारले पनि सुशासन कायम गर्ने सन्दर्भमा यस्तै उदाहरणलाई अनुशरण गरी संबैधानिक निकाय , कुटनीतिक निकाय वा जिम्मेवार पदमा योग्य र स्वच्छ छवि भएका ब्यक्तिको नियुक्ति गर्ने , अनाबश्यक सचिवालय नबनाउने , स्वकीय निजी सचिवका नाममा हुने बेथितिको अन्त्य गरी अत्याबश्यक बाहेक खर्च नगर्ने गरी जनताको सेवामा तल्लीन हुने काम हुने अपेक्षा र बिश्वास आम नागरिकहरुको रहेको छ त्यो बिश्वास ब्यबहारमा परिणत हुन सकोस जनमतको म्याण्डेट हो । साथै निर्वाचनलाई ऐतिहासिक बनाउने सुशिला कार्की नेतृत्वको सरकार , सिगो सुरक्षा निकाय र तिनका कमाण्डहरु , ब्यूरोक्रेशी र निर्वाचन आयोग प्रति स्यालूट सहित बधाई ।
tanka.panta@gmail.com

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।