Washington DC, US : March 12, 2026, Thursday 02:09 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए

  NepalMother.com | २५ मंसिर २०८२, बुधबार ११:५४

काठमाडौँ । भारतका अतिरिक्त विदेश सचिव मुनु महावर चारदिने नेपाल भ्रमण सकेर बुधबार नयाँदिल्ली फर्किएका छन्। महावरको यो भ्रमणले यसपालि असामान्य कूटनीतिक संकेतहरू देखिएको छ, किनकि अघिल्ला वर्षहरूमा जस्तै उनले राष्ट्रपतिदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट गर्ने परम्परा यसपटक दोहोरिएन।

आइतबार काठमाडौँ आएका महावरले प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरूसँग मात्र शिष्टाचार भेट गरे। उनीले प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेनन् मात्र होइन, राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेटघाट भएन।

प्रधानमन्त्री निकट एक स्रोतका अनुसार, भारतले यसपटक निकै स्पष्ट सन्देश दिएको छ—“जेनजी आन्दोलनको भावना र देशमा देखिएको नयाँ राजनीतिक चेतनालाई सम्मान गर्दै राजनीतिक दल र नेताहरूसँग तत्काल घनिष्ठता राख्न भारत इच्छुक छैन। तर नेपाल–भारत सम्बन्धलाई निरन्तरता दिनेनीति भने बदलिएन।”

महावरले मंगलबार मात्रै सबै महत्त्वपूर्ण भेटवार्ताहरू सम्पन्न गरेका थिए। उनले प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग वार्ता गरेका थिए। भारतीय दूतावासका अनुसार, यी भेटघाटमा दोस्रोतर्फको सहकार्यमा भइरहेको प्रगति, आगामी दिनमा साझेदारी विस्तार गर्ने उपाय र स्थिर द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ।

जेनजी आन्दोलनपछि नेपाल–भारत राजनीतिक सम्पर्कमा नयाँ दूरी देखिएको स्रोतहरू बताउँछन्। केही नेपाली नेता भारत पुगे पनि उच्चस्तरीय भेट पाउन सकेनन्। दिल्लीको बुझाइ अनुसार, यस संवेदनशील समयमा नेताहरूसँग अत्यधिक नजिक देखिनु नेपालभित्र भारतविरुद्धको भावना झनै प्रबल बनाउन सक्ने भएकाले भारत “पर्ख–र–हेर”को अवस्थामै छ।

महावर नेपालको लुम्बिनीमा एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने शीर्षकमा आएका भए पनि उनको भ्रमणका तीन प्रमुख उद्देश्य थिए—नेपालको पछिल्लो राजनीतिक परिस्थिति बुझ्नु, निर्वाचन तयारीका विषयमा प्रत्यक्ष जानकारी लिनु, र भारतद्वारा सञ्चालित परियोजनाको अवस्थाबारे नजीकबाट अवलोकन गर्नु।

स्रोतका अनुसार, महावरले जेनजी आन्दोलनको प्रभावलाई दुई देशबीचको सम्बन्धमा नकारात्मक असर हुन नदिन विशेष जोड दिएका थिए। उनले नेपाल–भारतबीच रहेका झण्डै तीन दर्जन संयन्त्रहरू जनताको हितका लागि अत्यन्त महत्वपूर्ण भएकाले तिनको बैठक रोकिन नहुने धारण व्यक्त गरे।

प्रधानमन्त्री कार्कीसँगको भेटमा महावरले नेपालको राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि गठन भएको उच्चस्तरीय छानबिन आयोगको काम, तथा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनबारे बुझ्न चासो देखाए। गृहमन्त्री अर्यालसँग भने उनले शान्ति–सुरक्षा अवस्था, जेनजी आन्दोलनका क्रममा भागेका कैदी–बन्दी, हराएका हातहतियार, सीमा सुरक्षाका मुद्दा तथा निर्वाचन सुरक्षा तयारीबारे विस्तृत जानकारी मागेका थिए।

नेपालले निर्वाचनका लागि भारतसँग ६ सयको हाराहारीमा सवारीसाधन मागेको छ, र महावरले नेपाललाई आवश्यक स्रोतसाधन तथा सुरक्षा सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन्। “निर्धारित मितिमै निर्वाचन हुनु नेपालको लोकतान्त्रिक प्रक्रियाको लागि अपरिहार्य छ,” उनी उद्धृत गर्दै स्रोतले भन्यो।

महावरले जाजरकोट भूकम्पपछि पुनर्निर्माण तथा बाढी–पहिरोले क्षति पु¥याएका संरचनामा सहयोग निरन्तर गर्ने आश्वासन पनि दिए। ऊर्जा मन्त्री कुलमान घिसिङसँगको भेटमा भने उनले नेपालमा कार्यरत भारतीय कंपनिहरूले जलविद्युत् आयोजनामा भोगिरहेका समस्या, विशेषतः तल्लो अरुण (६६९ मेगावट) र अरुण तेस्रो (९०० मेगावट) आयोजनाका वनजग्गा सम्बन्धी ढिलाइ, प्राथमिकताका साथ उठाएका थिए।

परराष्ट्र सचिव अमृत राईसँगको भेटमा महावरले जेनजी आन्दोलनका कारण नेपाल–भारत सम्बन्धमा कुनै अवरोध आउन नहुने स्पष्ट संदेश दिए। “राजनीतिक उतार–चढावले दुई देशबीचको सम्बन्ध रोकिनु हुँदैन,” उनले स्पष्ट रुपमा भनेका थिए।

भारततर्फको कूटनीतिक सावधानी र नेपालतर्फ देखिएको नयाँ राजनीतिक संरचनाबीच महावरको यो भ्रमण दुई देशबीचको कूटनीतिक सन्तुलनको संवेदनशील चरणका रूपमा हेरिएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।