अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण ककसस क्षेत्रमा ऐतिहासिक सम्झौता गराउँदै अजरबैजान–आर्मेनियाबीचको दशकौँ लामो द्वन्द्व अन्त्य गर्नुका साथै वाशिङ्टनलाई इरानको उत्तरी सीमामा दुर्लभ रणनीतिक पहुँच दिलाएका छन्। यस सम्झौताले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शासनलाई ठूलो झट्का दिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको ठहर छ।
गत अगस्ट ८ मा वाशिङ्टन डीसीमा भएको शान्ति सम्झौता अन्तर्गत अर्मेनिया र अजरबैजानले अमेरिकी पक्षलाई ९९ वर्षका लागि झान्गेजुर करिडोर (Zangezur Corridor) लिज दिने निर्णय गरेका हुन्। यो करिडोरले क्यास्पियन बेसिनदेखि यूरोपसम्मको व्यापार र ऊर्जा आपूर्ति मार्गलाई इरानलाई पूर्ण रूपमा बाइपास गर्दै जोड्नेछ। अमेरिकी कम्पनीहरूले यसमार्ग हुँदै तेल, ग्यास, दूरसञ्चार र अन्य ढुवानी नियन्त्रण गर्ने भएकाले वाशिङ्टनलाई दीर्घकालीन आर्थिक र रणनीतिक फाइदा पुग्ने अनुमान गरिएको छ।
विश्लेषक बानाफ्शेह जान्दका अनुसार, “यो सम्झौता केवल अमेरिकाको जित मात्र होइन, इरानका लागि ठुलो अपमान पनि हो। अब क्यास्पियन क्षेत्रको ऊर्जा प्रवाह अमेरिकी निगरानीमा यूरोप पुग्नेछ। सम्भावित नाफा अर्बौँ डलरमा हुनेछ, र यो सबै नाटोको आशीर्वादमा।” उनले अझ भनिन्, “नजिकै अमेरिकी सैन्य बेस स्थापना भए भने खामेनी शासनलाई ‘चेकमेट’ हुनेछ।”
यो करिडोरलाई अहिले TRIPP (Trump Route for Peace & Prosperity) नाम दिइएको छ। अमेरिकी उपस्थितिले यूरोपलाई रुस र इरान दुवैमा निर्भर रहनबाट छुटकारा दिनेछ भने इरानलाई महत्वपूर्ण राजस्व र क्षेत्रीय ट्रान्जिट भूमिकाबाट वञ्चित गर्नेछ।
इरानका लागि यो परिदृश्य “भयानक सपना” सरह भएको बताइएको छ। परराष्ट्र मन्त्री सेर्गेई लाभरोभले त हालैको अन्तर्वार्तामा “हामीले कुनै भूभाग कब्जा गर्ने कुरा गरेको छैन” भने पनि, विश्लेषकहरूले क्रेमलिनको अन्तिम उद्देश्य अझै पनि कीभमाथि नियन्त्रण नै रहेको बताएका छन्।
इरानी–अमेरिकी विश्लेषक बेहनाम बेन तालेब्लुले भने, “यो करिडोरले इरानलाई ककससमा कमजोर देखाएको छ। अर्मेनियाको पछिल्लो हार र रुससँगको बिग्रिएको सम्बन्धका कारण इरानको पुरानो रणनीतिक प्रभाव गुमेको छ। अब उनीहरू यो मार्गबाट पूर्ण रूपमा बाहिरिएका छन्।”
यो सम्झौताको timing पनि इरानका लागि प्रतिकूल भएको विश्लेषकहरूको भनाइ छ। २०२३ अक्टोबर ७ पछि इजरायलसँगको १२ दिने युद्ध, सिरिया र इराकभित्र बढ्दो असन्तोष, हिज्बोल्लाहको क्षय, र वरिष्ठ आईआरजीसी कमान्डर तथा वैज्ञानिकहरूको हत्या–यी सबै घटनाले इरानी शासनलाई असुरक्षित बनाएको छ। जान्दका शब्दमा, “खामेनी फेरि लुकेका छन्, शासनभित्र डर हावी भएको छ।”
यस सम्झौताले केवल ३० वर्ष लामो द्वन्द्व समाप्त गरेको होइन, अमेरिकालाई दक्षिण ककसस क्षेत्रमा स्थायी रूपमा जम्न सक्ने अवसर पनि दिएको छ। जान्दले निष्कर्षमा भनिन्, “यो केवल करिडोर होइन, यो इरानी शासनको घडी सकिँदै गएको संकेत हो।
प्रतिक्रिया