Washington DC, US : March 19, 2026, Thursday 01:36 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|रवि र बालेन्द्रलाई अत्यन्त अर्थपूर्ण खुला पत्र लेखे रबीन्द्र मिश्रले|इरानका गुप्तचर मन्त्री इस्माइल खतिब हवाई आक्रमणमा मारिए|NRNA नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने र विश्वभरका नेपालीलाई एकीकृत गर्ने लक्ष्य सार्वजनिक|NRN नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग|Breaking News : इरानका दुई शीर्ष नेता मारिए|निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक|नेपाली अदालतमा विदेशी संस्थाले मुद्दा दर्ता गर्न पाउने नजिर स्थापित|संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई मध्यनजर गर्दै हवाई क्षेत्र बन्द|भीषण हवाई आक्रमणले अफगानिस्तान र पाकिस्तानबीच तनाव|एक रातमा नायक, अर्को रातमा खलनायक बनाउने प्रबृत्ति !

अदालत माथि प्रधानमन्त्री ओलीले गरे आक्रमण र तिखो ब्यङ्ग भागबण्डामा आफ्ना मान्छे छानी छानी न्यायाधीश बनाउने पनि ओली, आफ्नो अनुकुल फैसला नहुँदा अदालतको तेजोबध गर्ने पनि ओली !

  NepalMother.com | ३ भाद्र २०८२, मंगलवार ०८:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एक पटक अदालतमाथि कटाक्ष गरेका छन् । राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले अदालतलाई ‘झोक चलेको बेला प्रधानमन्त्री बर्खास्त र नियुक्ति गर्ने संस्था’को रूपमा प्रस्तुत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट चुनिएको प्रधानमन्त्रीलाई हटाउने अधिकार अदालतसँग नभएको दाबी गर्दै भने, “प्रधानमन्त्री संसदबाट चुनिन्छ, संसदले नै हटाउँछ । तर कहिलेकाहीँ अदालतलाई झोक चल्दा प्रधानमन्त्रीलाई बर्खास्त गरिदिएको ताजै अनुभव छ ।” उनले अदालतले संविधानको व्याख्याको नाममा अनुकूल निर्णय गर्दै आएको आरोप लगाए ।

ओलीको भनाइमा, “अदालत संविधानको व्याख्याता हो । कुर्सीमा बसेपछि आफू अनुकूल व्याख्या गर्ने अधिकार प्रयोग गरेर प्रधानमन्त्री नियुक्ति र बर्खास्ती पनि गर्ने काम भयो । लोकतन्त्रमा यो अस्वीकार्य हो । सैन्य शैलीमा बर्खास्ती भयो, धन्न कोर्टमार्सल भएन ।”

तर, ओलीको यस्तो टिप्पणी लोकतान्त्रिक मूल्य, मान्यतामाथि नै आघात भएको भन्दै आलोचना बढ्दै गएको छ । उनी विगतमा पनि पटक–पटक अदालतको आदेश र फैसलालाई अस्वीकार गर्दै हिँड्ने नेता हुन् । संसद विघटनदेखि संवैधानिक व्याख्या नमान्ने जस्ता कार्यहरूले ओली वास्तवमै शासन गर्ने मानसिकता भएको प्रमाणित भएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

समीक्षकहरू भन्छन्, “ओली अदालतमाथि निरन्तर आक्रमण गर्छन्, किनभने उनले आफ्नो शक्ति सीमित गर्ने कुनै पनि संस्थालाई स्वीकार्दैनन् । अदालतको मानमर्दन गर्दै अदालतलाई ‘झोक चलेको संस्था’ भन्नु लोकतन्त्रकै अपमान हो ।”

नेपालजस्तो संवैधानिक लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीले नै अदालतलाई यसरी अवहेलना गर्नु राष्ट्रकै लागि लाजमर्दो कुरा भएको टिप्पणी भइरहेको छ । लोकतन्त्रमा सरकार, संसद र अदालतको सन्तुलन नै मूल आधार हो, तर ओलीले फेरि देखाए कि उनी सधैँ आफ्नो सत्ताको घेराभन्दा बाहिरको शक्ति स्वीकार्दैनन्

यसरी अदालतलाई निरन्तर कमजोर बनाउने ओलीको शैलीले फेरि एकपटक देखाएको छ, उनी देशलाई लोकतान्त्रिक शासन होइन, ओली शासन बनाउन चाहन्छन् ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।