Washington DC, US : February 17, 2026, Tuesday 07:36 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत तथा मानार्थ वाणिज्यदूत जनरलहरूको ऐतिहासिक बैठक सम्पन्न नेपालका लागि लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत जनरल श्रीराम लामिछाने, उनका सहायक डा. विकास भट्टराई पनि सहभागी

  NepalMother.com | ३१ श्रावण २०८२, शुक्रबार १४:००

 लक्जेम्बर्गका विदेशमन्त्री एच.इ. जेभियर बेटेलको निमन्त्रणामा लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत तथा मानार्थ वाणिज्यदूत जनरलहरूको ऐतिहासिक बैठक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको उक्त बैठकमा विदेशमन्त्री, वाणिज्य तथा व्यापार मन्त्री र प्रधानमन्त्रीले लक्जेम्बर्गको विकास यात्रा, हालको उपलब्धि र भविष्यका योजनाबारे विस्तृत जानकारी दिएका थिए।

लक्जेम्बर्गको इतिहासमै पहिलोपटक आयोजित यस बैठकमा विश्वका विभिन्न मुलुकबाट १२० जना मानार्थ वाणिज्यदूत तथा वाणिज्यदूत जनरलले सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागीहरूलाई मुलुकसम्बन्धी आवश्यक जानकारी दिनुका साथै आ–आफ्नो देशमा लक्जेम्बर्गको हितका लागि गरेको योगदानप्रति सरकारको आभार प्रकट गरिएको थियो।

नेपालका लागि लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत जनरल श्रीराम लामिछाने पनि यस बैठकमा सहभागी भए। लामो समयदेखि उत्कृष्ट सेवा पुर्‍याउँदै आएका लामिछानेलाई लक्जेम्बर्गको हितका लागि उल्लेखनीय योगदान गर्ने सक्षम र समर्पित मानार्थ वाणिज्यदूत जनरलका रूपमा चिनिन्छ। बैठकमा उहाँसँगै उनका सहायक डा. विकास भट्टराई पनि सहभागी भएका थिए।

बैठकको अवसरमा युवराज एच.आर.एच. गिल्यमेले आफ्नै बर्ग दरबारमा अतिथिहरूको सम्मानमा विशेष स्वागत समारोहको आयोजना गरे। छोटकरी सम्बोधनमा युवराजले सबै मानार्थ प्रतिनिधिहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। सो अवसरमा युवराजसँगको विशेष भेटवार्तामा करिब २० वर्षअघि उहाँ १६ वर्षको स्काउटका रूपमा नेपाल भ्रमणमा आउँदा खिचिएको तस्बिर देखाइएको र त्यसमा युवराजले विशेष चासो देखाएको जनाइएको छ। समारोहमा युवराज्ञी एच.आर.एच. स्टेफनी अफ लक्जेम्बर्गसँग भेट्ने अवसर पनि प्राप्त भएको थियो।

मानार्थ वाणिज्यदूत तथा मानार्थ वाणिज्यदूत जनरलका रूपमा करिब २७ वर्षदेखि सेवा दिँदै आएका प्रतिनिधिले सन् १९९८ जुलाईमा दिवंगत ग्राण्ड ड्यूक ज्यान अफ लक्जेम्बर्गद्वारा पहिलो नियुक्ति पाएका थिए। त्यसपछि ग्राण्ड ड्यूक हेनरी र हाल युवराज गिल्यमेको शासनकालमा पनि सो जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

यस प्रकारका पदहरू पूर्णतः स्वेच्छिक हुने भएकाले कुनै आर्थिक पारिश्रमिक हुँदैन। धेरै मुलुकहरूले सबै देशमा दूतावास वा पेशागत वाणिज्यदूत कार्यालय खोल्न नसक्ने भएकाले स्थानीय प्रतिष्ठित व्यक्ति वा व्यवसायिक समुदायका सदस्यलाई सीमित कूटनीतिक कार्यका लागि नियुक्त गर्ने परम्परा रहेको छ।

सन् १९६३ को जेनेभा सम्मेलनअनुसार मानार्थ वाणिज्यदूतको प्रमुख जिम्मेवारीमा आपतकालीन अवस्थामा नागरिकलाई सहयोग पुर्‍याउने, पासपोर्ट हराएको वा कानुनी समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने, मृत्यु वा दुर्घटनामा आवश्यक समन्वय गर्ने, उच्च पदाधिकारीलाई समर्थन गर्ने, आर्थिक, सांस्कृतिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने र मुलुकको प्रतिनिधित्व गर्दै विभिन्न औपचारिक कार्यक्रमहरूमा सहभागी हुने कार्यहरू पर्छन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।