विष्णु माझीको स्वरमा सजिएको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। सपनाः म्युजिक प्रालिको प्रस्तुतिमा आएको यो गीत ‘पुतलीको भट्टी’ सिरिजको भाग–२१ अन्तर्गत बजारमा आएको हो। रचना तथा सङ्गीत सुन्दरमणि अधिकारीको रहेको यस गीतमा विष्णु माझीको मधुर आवाजमार्फत तीजको उत्सवमय वातावरणलाई सजीव रूपमा उतारिएको छ।
गीतको अडियो निर्माणमा धर्म गान्धर्वाको सारङ्गी, गोपाल देव घतानीको बाँसुरी, शिशिर परियारको सहनाई, खड्का बुढाको मादल, भुवन गान्धर्वाको ढोलक, तबला र ढिमीको सुमधुर धुन रहेको छ। रेकर्डिङ ‘रागा रेकर्ड्स’ मा आकाशले गरेका हुन् भने एरेञ्ज, मिक्सिङ र माष्टरिङ अशिष अविरलले सम्पन्न गरेका छन्।
भिडियोतर्फ, कलाकार ललिता पौडेल, बाल कलाकार प्राविधि भण्डारी, विज्ञान भण्डारी र अक्षत हिमालीले अभिनय गरेका छन्। मेकअपमा सक्ष्यम पुडासैनी, विमला तामाङ र गीत तामाङको योगदान छ। शम्भु चालिसेले सिनेमाटोग्राफी गरेका छन् भने सम्पादन र कलर प्रबिन भट्टाले गरेका छन्। माउसाम हिमालीको कोरियोग्राफीमा तयार भएको भिडियोमा रंगीन र रमाइलो माहोल सृजना गरिएको छ।
पोस्टर निर्माण पवन सिम्खडाले गरेका छन् भने सम्पूर्ण पोस्ट–प्रोडक्सन र बजार व्यवस्थापन सपनाः म्युजिक इन्डस्ट्रिज प्रालिले गरेको हो। गीतका निर्देशक तथा निर्माता सुन्दरमणि अधिकारी स्वयं हुन्।
‘म त नराउरी’ ले तीजको उत्साह, नारीको भाव र सांस्कृतिक रंगतालाई आकर्षक अडियो–भिजुअलमार्फत दर्शक–श्रोतासम्म पुर्याउने उद्देश्य राखेको छ।
प्रतिक्रिया