Washington DC, US : February 17, 2026, Tuesday 06:48 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

गाजा र विश्वभर पत्रकारमाथि बढ्दो आक्रमणप्रति अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाको घोर निन्दा र भर्त्सना

  NepalMother.com | २९ श्रावण २०८२, बुधबार १५:०३

१२ अगस्ट २०२५, वाशिङ्टन डीसी / अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका (Federation of International Journalist, America – FIJA) ले गाजा क्षेत्रमा हालै भएका पत्रकारमाथिका लक्षित आक्रमण र विश्वभर सञ्चारकर्मीमाथि भइरहेको हिंसात्मक कार्यप्रति घोर निन्दा र भर्त्सना गरेको छ।

संघले जारी गरेको विज्ञप्तिमा अगस्ट १०, २०२५ मा गाजा सिटीमा इजरायली हवाई आक्रमणमार्फत अल जजिराका पत्रकार अनस अ-शरिफसहित उनका सहकर्मी मोहम्मद क्रेइक, इब्राहिम जाहेर, मोहम्मद नोउफल र मोअमन अलीवाको हत्या भएको घटना अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको उल्लेख छ। घटना भएको बेला ती पत्रकारहरू प्रत्यक्ष समाचार संकलनको क्रममा थिए र उनीहरूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको तथ्यले FIJA स्तब्ध भएको जनाएको छ।

हत्या भएका पत्रकारहरूको तथ्याङ्कले चकित
पत्रकार संरक्षण समिति (CPJ) का अनुसार, सन् २०२५ को सुरुवातदेखि अहिलेसम्म गाजामा कम्तीमा १३ पत्रकार जानाजानी मारिएका छन्। यसले युद्ध क्षेत्रमा सत्य खोज्ने कलमलाई बन्दुकले चुप पार्ने प्रयास झन् बढ्दै गएको स्पष्ट देखाएको FIJA को भनाइ छ। सन् २०२४ मा मात्रै विश्वभर १२४ पत्रकार र मिडिया कर्मचारीको ज्यान गएको तथ्याङ्क उद्धृत गर्दै संघले यो संकटलाई विश्वका सबै सरोकारवालाले गम्भीर रूपमा लिनुपर्ने आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय दबाब र निन्दा
गाजा घटनापछि संयुक्त राष्ट्र (UN), UNESCO, युरोपियन सङ्घ (EU), कतार, फ्रान्स, बेलायत, अस्ट्रेलिया, आयरल्यान्डलगायतका मुलुकहरूले यसप्रति कडा आपत्ति जनाउँदै निष्पक्ष छानबिन र पत्रकार सुरक्षाका लागि ठोस कदम चाल्न आह्वान गरेका छन्। UNESCO महासचिव ओड्रे अझुले यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रत्यक्ष उल्लङ्घन भन्दै तत्काल निष्पक्ष अनुसन्धानको माग गरेकी छिन्। कतारका प्रधानमन्त्री तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमनले यसलाई “कल्पनाभन्दा बढी अपराध” भन्दै अन्तर्राष्ट्रिय समुदायको तत्काल हस्तक्षेपको आवश्यकता औंल्याएका छन्।

FIJA का ठोस मागहरू
FIJA को दृढ विश्वास छ कि युद्ध वा द्वन्द्व क्षेत्रमा कार्यरत पत्रकारको जीवन रक्षा गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व हो, पत्रकारलाई लक्षित आक्रमण कुनै पनि हालतमा स्वीकार्य छैन र यो प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय मानवीय तथा मानवअधिकार कानुनको उल्लङ्घन हो। त्यसैले, FIJA ले संयुक्त राष्ट्र, अन्तर्राष्ट्रिय सङ्घ संस्था, मानवअधिकार सङ्गठन र लोकतान्त्रिक मुलुकहरूलाई निम्न माग राखेको छः

  • युद्ध क्षेत्रमा पत्रकारको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट अन्तर्राष्ट्रिय कानुनी ढाँचा लागू गर्न।

  • गाजामा भएका पत्रकार हत्या घटनाको छानबिनका लागि स्वतन्त्र अन्तर्राष्ट्रिय आयोग गठन गर्न।

  • पत्रकार र मिडियामाथि हुने सबै प्रकारका हिंसा तथा दमनका घटनामा दोषीलाई जबाफदेही बनाउन।

श्रद्धाञ्जली र आह्वान
FIJA ले गाजा र विश्वभर शहीद भएका पत्रकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, युद्ध क्षेत्रमा कार्यरत सबै पत्रकारलाई आत्मरक्षा, सुरक्षा उपकरणको प्रयोग र विश्वसनीय अन्तर्राष्ट्रिय समर्थन सञ्जालमा आबद्ध हुन आग्रह गरेको छ।

FIJA अध्यक्ष रामप्रसाद खनाल र महासचिव टङ्क दाहालले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ — “पत्रकारिता सत्यको आवाज हो, यसलाई बन्दुक, बम र दमनले कहिल्यै दबाउन सक्दैन।”https://fijahq.com/】

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।